REPORTERSNEPAL.COM
A BILINGUAL NEPALESE NEWS PORTAL PRESENTATION OF REPORTERS CLUB NEPAL IN
ASSOCIATION WITH RADIANT INFOTECH NEPAL
NEWS CATEGORY

Face to Face
ऋषि धमला with  पशुपतिशमशेर राणा

राप्रपाले अब राजतन्त्र बोक्दैन : पशुपतिशमशेर जबरा
Q.
० राप्रपा महाधिवेशनको मूल एजेन्डा के हो?
A.
 महाधिवेशनको दुईवटा एजेन्डा छन्, पहिलो उत्कृष्ट प्रजातान्त्रिक अभ्यास हो। संविधानअनुसार र निर्वाचन आयोगले दिएको निर्देशनअनुसार पार्टीका सम्पूर्ण पंक्तिको तर्फबाट निर्वाचनद्वारा पार्टीमा आन्तरिक प्रजातन्त्र स्थापना गर्नु हो। दोस्रो पार्टीले लिने भावी दिशालाई तय गर्नु हो।
Q.
० राप्रपाको भावी दिशा कस्तो हुन्छ त?
A.
 हामीले संविधानसभा निर्वाचनको मिति तत्काल घोषणा गर्नुपर्छ, समावेशी कुरालाई महत्व दिएको छ। मधेस, दलित, जनजाति, महिला, मुस्लिम आदिको विषयलाई प्राथमिकता दिएको छ। यिनिहरुमाथि भएको अन्यायलाई अन्त्य गर्ने राप्रपाको दिशा हुन्छ। पार्टीले उठाएका यी विषयहरुलाई संस्थागत गदैै जनतामाझ जाने हाम्रो लक्ष्य हो।
Q.
० मुलुकमा व्याप्त असमझदारी अन्त्यका लागि पनि एजेन्डा होलान् नि?
A.
राप्रपाको भनाइ के हो भने अहिलेको समस्या समाधान गर्ने जिम्मा जनआन्दोलनले सात दललाई सुम्पेको हो। सात दल समझदारी जुटाउने काममा पूर्ण रुपले असफल भएको छ।
Q.
सात दल नै असफल भएपछि कसले समझदारी जुटाइदिन्छ?
A.
 सात दल असफल भएपछि त्यहाँबाट नयाँ पहल सुरु हुनुपर्छ। लोकतान्त्रिक पद्धतिभित्रकै पहल नै नयाँ पहल हो। त्यो नयाँ पहल भनेको पनि अब स्टेटमेनसिप प्रदर्शन हुन्छ भन्ने हो।
Q.
अहिले सात दलको विकल्प त छैन हैन र?
A.
 जनतामा गयो भने त तुरुन्त विकल्प आउँछ। जनतामा नगएसम्म संसद् र सरकारमा हेर्दा त उनीहरुकै भित्रको कुरा हो।
Q.
महाधिवेशनले राप्रपालाई गणतन्त्रमुखी बनाउला नि?
A.
राप्रपाको मूल एजेन्डा अन्तरिम संविधानअनुसार अगाडि बढ्नु हो। अहिले हामीले त्यही प्रक्रिया सुरु गरेका छौं।
Q.
देशमा गणतन्त्र आउन कसैले रोक्न सक्दैन होइन र?
A.
 जो जो जहाँ जहाँ गए पनि त्यो आफ्नो ठाउँमा छ। हामी ०४७ सालपछि पनि संविधानअनुसार नै हिंडेका छौं, अहिले पनि हामी त्यही गतिमा अन्तरिम संविधानअनुसार गएको छौं। हामीले पार्टी विधानबाट संवैधानिक राजतन्त्र झिक्नु नै यसको ज्वलन्त उदाहरण हो।
Q.
तपाईंहरु पनि राजाविहीन मुलुकको परिकल्पना गरिरहनुभएको छ होइन?
A.
 मैले पहिला पनि भनिसकें हामी संविधानमा जे उल्लेख छ, त्यहीअनुसार अघि बढ्छौं।
Q.
संसद्बाट गणतन्त्र घोषणा गर्न तपाईंहरुको पनि विमति छ र?
A.
त्यो घोषणाको विपक्ष राप्रपा छ। संसद्बाट गणतन्त्र घोषणा गर्नुहँुदैन भन्ने हाम्रो अडान कायम छ। संसद्मै कांग्रेस र हामीले त्यसको विपक्षमा मतदान गरिसकेका छौं। संक्रमणकालमा यो निर्णय हुन सक्दैन, यो निर्णय गर्ने अधिकार सार्वभौमसम्पन्न जनतालाई छोडिदिनुपर्छ।
Q.
पूर्ण समानुपातिकमा त माओवादीको नजिक हुनुभयो नि?
A.
हामी कोसँग नजिक छौं भन्ने सवाल होइन, हामीले पाँच वर्षअघि तेस्राे महाधिवेशनबाटै मुलुकमा समानुपातिक निर्वाचन प्रणाली चाहिन्छ भनेका हौं। अरु कुनै दलले यो एजेन्डा उठाएका थिएनन्।
Q.
प्रचण्डले त राजावादीसँग मोर्चाबन्दी गर्छाैं भनिरहनुभएको छ नि, तपाईं मोर्चावन्दीका लागि तयार हुनुहुन्छ?
A.
प्रचण्डले के के भने, मलाई थाहा छैन। सात पार्टी एक ठाउँमा छन्, हामी विरोधमा छौं। प्रचण्डले भनेको भनेर भर्खर सुनेको छु। राम्रोसँग बुझेपछि मात्र म जवाफ दिउला।
Q.
दरबारसँग प्रचण्डको सम्बन्ध होला र?
A.
मलाई त यसवारेमा थाहा नै छैन। उहाँले के भन्नुभयो अहिले विभिन्न किसिमका कुरा आइरहेका छन्। म अहिले महाधिवेशनमा व्यस्त छु, यो सकिएपछि मात्र अरु जवाफ दिउँला। पत्रिकामा आएको कुनै पनि कुराका आधारमा म जवाफ दिन्नँ।
Q.
तपाईंको चाहिँ प्रचण्डसँग कतिको कुरा भइरहेको छ?
A.
प्रचण्डसँग मेरो कुरा नभएको धेरै भइसक्यो।
Q.
अधिवेशनमा क–कसलाई बोलाउनुभएको छ?
A.
मैले प्रधानमन्त्रीदेखि प्रचण्ड र विदेशी कूटनीतिज्ञलाई पनि बोलाएको छु। राप्रपाले सबैलाई बोलाएको छ।
Q.
राप्रपा र राजपाबीचको एकीकरण टरेको हो?
A.
 महाधिवेशनले पार्टी एकीकरणलाई कुनै पनि फरक पर्दैन।
Q.
तपाईं फेरि अध्यक्ष हुने होला नि?
A.
 म उम्मेदवारी दिन्छु।
‹‹ Back
Latest Video
IME
Civil Homes
जिल्ला समाचार
उदयपुरमा एक बालिकाको उद्धार
[January 03 2011]
उदयपुर २० पुस । बिभिन्न प्रलोभन देखाई एक बालिकालाई काठमाण्डौतर्फ लैजादै गरेका खोटाङका डिल्ली खत्रीलाई प्रहरीले गाईघाट बजारबाट पक्राउ गरेको छ । उदयपुरको हडिया गाविस
सबै हेर्नुहोस् ››
Dish Nepal
hometv
Galaxy Public School
Bajaj XCD
Oil Corporation
utl ad
Manakamana Temple
Tara Air
OM HOSPITAL
Guna Colony
Akhadya
Real
Kist Bank
Himalayan Bank
Prime Bank
Citizens Bank
CFL Bulb
NIBL
Copyright © Reporters Nepal. 2007 - 2012. All rights reserved.