REPORTERSNEPAL.COM
A BILINGUAL NEPALESE NEWS PORTAL PRESENTATION OF REPORTERS CLUB NEPAL IN
ASSOCIATION WITH RADIANT INFOTECH NEPAL
NEWS CATEGORY

Face to Face
डा करण सिंह with  ऋषि धमला

नेपालमा गणतन्त्र आउदा भारतलाई आपत्ति छैन डा करण सिंह, वरिष्ठ नेता, का“ग्रेस आई
Q.
नेपालको राजनीतिक संकटलाई कसरी हेरीरहनु भएको छ ?
A.
गंभीर ढंगले हेरीरहेका छौं । नेपालमा राजनीतिक स्थायीत्व, दिगो शान्ति, विकास र लोकतान्त्रीक पध्दतीको संस्थागत विकास हुनर्ुपर्छ भन्ने भारत र का\"ग्रेस आईको समेत चाहना हो । नेपालको हालको राजनीतिक गतिरोधलाई चिर्न सात दलको एकता अझ बलीयो हुनर्ुपर्छ । नेपालको शान्ति प्रकृयाको सफलतामै भारतको पनि हित रक्षा हुनसक्छ भन्ने हाम्रो मान्यता हो ।
Q.
नेपालमा त संसदवाट गणतन्त्र घोषणा गर्ने निर्ण्र्ााभइसक्यो नी ?
A.
नेपालमा गणतन्त्र वा कस्त्ँँे शासन व्यवस्था ल्याउने भन्ने कुरा नेपाली जनता र दलहरुले नै निर्ण्र्ाागर्ने विषय हो । दलहरुवीचको सहमतीमा संसदवाट गणतन्त्रको संकल्प प्रस्ताव पारीत हुन लागेको जानकारी मैले पाएको छु । त्यसप्रति भारतको पनि खासै विमती रहदैन । तर एउटा कुरामा हाम्रो विशेष जोड के रह\"दै आएको छ भने गणतन्त्रलाई संस्थागत गर्ने जिम्मा संविधानसभालाई नै दिनुपर्छ । सात दलको सहमतीमा हुने निर्ण्र्ाा्रति हाम्रो र्समर्थन रहनेछ तर, संविधानसभाको पहिलो वैठकबाट राजतन्त्रको भविष्यबारे अन्तीम फैसला गर्ने वा गणतन्त्रलाई वैधानीक मान्यता प्रदान गर्ने जुन सहमती छ, त्यो नै उपयुक्त छ । जनताबाट अनुमोदीत हुने कुनै पनि राजनीतिक पध्दतीले मात्र राष्ट्रिय/अर्न्तराष्ट्रिय वैधता पाउन सक्छ ।  
Q.
गणतन्त्रप्रति तपाईहरुल्र्ँर्ँइ कुनै आपत्ती छैन त ?
A.
मैले भने नी, नेपालमा कस्तो शासन ल्याउने हो, त्यो त नेपाली जनताले नै निर्ण्र्ाागर्ने हो । संविधानसभामार्फ स्थापीत हुने शासन व्यस्थामै जनताको सही मत अभिव्यक्त हुने भएकाले दलहरुले निर्वाचनको वैधानीक प्रकृयामा बढी जोड दिनर्ुपर्छ र यथास्रि्र संविधानसभाको निर्वाचन गराउनर्ुपर्छ भन्ने हामी चाहन्छौं । हामी गणतन्त्रको विरोधी वा निरपेक्ष रुपमा त्यसको र्समर्थक दुबै होईनौं । संविधानसभाले अनुमोदन गर्ने गणतन्त्रप्रति भारतको र्समर्थन रहने छ । कांग्रेस आई गणतन्त्रको विरोधी हैन ।
Q.
यसको अर्थ अब राजतन्त्रको अन्त्य अवश्यंभावी छ हैन ?
A.
हेर्नुस कुनै पनि शासन व्यवस्था भनेको समय, आवश्यकता र जनताको चाहनामा भर पर्छ । कुनै बेला म पनि काश्मीरमा राज खानदानमै थिए\" । तर, त्यहा\" राजतन्त्रको अन्त्यपछि पनि म राजनीतिमै छु । भारतीय अझ भनौं काश्मीरका जनताको चाहना बमोजिम त्यहा\" अहिलेको नया\" परीपाटी छ । त्यसैले चाहे काश्मीरमा होस या नेपालमा, राजतन्त्रबारे फैसला गर्ने त जनताले नै हो । तपाईले जुन प्रश्न गर्नुभयो, त्यसको असली उत्तरदाता त नेपाली जनता नै हुन् । नेपालको राजतन्त्रप्रति भारतको मोह पनि छैन ।
Q.
राजतन्त्रको अन्त्यपछि नेपाल बिखण्डनतर्फजाने प्रचारवाजी पनि गरिदैछ नि ?
A.
तपाई त्यस्तो कल्पनै नगर्नुस । नेपाल शान्त, स्वतन्त्र, समृध्द र अखण्ड राष्ट्र रहने छ, यसमा शंका गर्नुपर्दैन । नेपालको र्सार्वभौम अखण्डता अक्षुण हुनैपर्छ भन्ने हामी च्ँँन्छौं । कुनै पनि परम्परागत वा आधुनीक संस्थाको अभावमा देशै टुक्रिन्छ भनेर सोच्नु आफैमा गलत हो । जनताले नै देशलाइ अखण्डीत राख्ने हो । मलाई लाग्छ नेपाली जनता यसबारेमा सचेत छन् । नेपाली जनताले आङ्खनो देशप्रति देखाएको प्रेम विश्वमै उदाहरणीय छ । उनीहरुले राष्ट्रियताप्रति लडेकै हुन् ।
Q.
तपाई त दोश्रो जनआन्दोलनताका नेपाल भ्रमणमा आउनु भएको थियो, त्यसबेला राजास"ग के सहमती भएको थियो ?
A.
म त्यसबेला भारत सरकार र खासगरी प्रधानमंत्री मनमोहन सिंहको विशेष दूतका रुपमा नेपाल भ्रमणमा थिए\" । नेपाली जनताको चाहना बमोजिम लोकतन्त्र स्थापनाकै अभियानलाई निश्कर्षा पुर्‍याउने मेरो उद्देश्य थियो । राजास\"ग पनी मैले त्यसबेला जनताको चाहना बमोजिम लोकतन्त्र बहाली गर्नुपर्छ भन्ने कुरा राखेको थिए\" । मेरो भ्रमणको केन्द्रीय विषय नै लोकतन्त्र थियो ।
Q.
तर, तपाईले त राजालाई जोगाउने भूमिका निर्वाह गर्नुभयो भन्ने आरोप छ नी ?
A.
त्यो बिलकुल गलत हो । त्यसबेला सात दलको रोडम्याप के थियो भने संसद पुनर्स्र्थ्ँापना गर्ने । भारतको जोड पनि त्यसैमा थियो । मैले पनि संसद पुनर्स्थापनाकै पक्षमा राजास\"ग कुरा राखेको थिए\" । सात दलको मार्गचित्र भन्दा अलग मेरो कुनै आग्रह थिएन, त्यसबेला । अझ, राजालाई जोगाउने त मेरो कुनै उद्देश्य नै थिएन । हो, कुनै पनि संस्थाको अन्त्य बैधानीक प्रकृयावाट होस भन्ने हाम्रो आग्रह हो, जुन अहिले पनि कायमै छ । जनताको मतको कदर हुनर्ुपर्छ र निर्वाचनको प्रकृयाम्ँँ जोड दिनर्ुपर्छ भन्ने हाम्रँे सुझाव हो ।
Q.
त्यसयता राजास"ग कुराकानी भएको छ ?
A.
अह\" भएको छैन । राजास\"ग कुरा गर्नु आवश्यक पनि छैन । हामी त नेपाली जनता र दलको निर्ण्र्ााो सम्मान गर्र्छौं । हाम्रो संबन्ध भनेको जन आधारीत शक्तिस\"ग हुन्छ । त्यसैले राजास\"ग अव कुराकानी गनर्ृर्ुुे के औचीत्य छ र - अव त संविधानसभाबाट आउने फैसलालाई नै सबैले मान्न्ुपर्छ ।
Q.
संविधानसभाका लागी पर्ूण्ा समानुपातीक निर्वाचन प्रणाली लागू गर्नेबारे नेपालमा त्रि्र बहस चलीरहेको छ नी ?
A.
हामीले जोड दिने निर्वाचनका लागी हो । अब कस्त्ँँे निर्वाचन प्रणाली भन्ने कुरा पनि नेपाली दल र जनताले नै निर्ण्र्ाागर्ने हो । समानुपातीकका लागी ६० र ४० को हाराहारीमा सहमती हुदैछ रे भन्ने सुनेको छु । नेपालका दलहरु सो सहमतीमा पुगेमा भारतको पनि र्समर्थन रहने छ ।
Q.
तपाईको विचारमा मधेश समस्या कसरी समाधान होला ?
A.
मधेशको राजनीतिक र अन्य न्यायोचीत उपायबाट हल गर्नुपर्छ । तर यसका लागी सात दलको एकता मजबुत हुनर्ुपर्छ । मैले विभिन्न दलका मधेसी नेताहरुले पार्टर्ीीाडेको पनि सुनेको छु । समय अनुसार नेपालमा क्षेत्रीय पार्टर्ीी खुल्न सक्छन् । यसलाई अन्यथा लिन सकिदैन । तर मधेश लगायत समग्र देशलाई अझै केही समय सात दलले नै पकडमा राख्नुपर्छ । नेपालमा अझ लामो समयसम्म राष्ट्रिय दलहरुकै वर्चस्व हुनुपर्छ । तर, उनीहरुले मधेश लगायत अन्य समुदायको समस्यालाई गंभीरतापर्ूवक हल गर्नैपर्छ ।
Q.
नेपालको तर्राईल्र्ँाई टुक्रयाउने खेल भईरहेको हो की ?
A.
मलाई त्यस्तो लाग्दैन । त्यस्तो खेल कसैको हो भने त्यो भारत र नेपाल दुवैलाई स्वीकार्य हुदैन । नेपाल विभाजित हुनु भनेको भारतमा पनि विभाजनको बिउ रोपीनु हो । नेपालको विखण्डन असंभव छ । कसैले त्यस्तो नचिताए हुन्छ । त्यो सम्भव छैन । नेपाली जनता बिखण्डनको पक्षमा हुनैसक्दैनन् ।
Q.
नेपालमा प्रज्ँातान्त्रीक शक्तिहरुको गठबन्धन हुन लागेको हो ?
A.
नेकपा-माओवादी) पूण् विश्वसनीय ढंगले प्रजातान्त्रीक धारमा समाहीत नभएसम्म नेपालका प्रजातान्त्रीक शक्तिहरुको मोर्चा कायम हुनुपर्छ । यसमा नेपाली का\"ग्रेस, एमाले, राप्रपा र जनशक्ति पार्टीीटाउन सक्छन् । यी शक्तिहरुले प्रज्ँातान्त्रीक धारलाई निरन्तरता दिईरहनुपर्छ । माओवादीप्रति भने अझै विश्वस्त हुन सकिएको छैन ।
Q.
माओवादी लोकतान्त्रिक पद्धतिमा रुपान्तरित भइसके नि ?
A.
त्यो भएमा धेरै राम्रो हो । सांच्चै माओवादी लोकतन्त्रप्रति प्रतिवद्ध छन् भने कांग्रेस आई पनि उनीहरुसंग सम्बन्ध विस्तार गर्न चाहन्छ । त्यसको लागि हामी माओवादी उच्च नेतृत्वसंग कुराकानी गर्न तयार छौं ।
Q.
नेपाल सरकारको नेतृत्व परिवर्तनको कुरा उठीरहेको छ नि ?
A.
हेर्नुस, यो पनि नेपालीहरुकै सरोकारको विषय हो । तर संक्रमणकालमा बारम्वार नेतृत्व फेरवदल गर्नु उपयूक्त नहोला । अहिलेकै नेतृत्वलाई कायम राखेर चुनाव गराउनुपर्छ भन्ने मेरो व्यक्तिगत धारणा हो । किनकी, नेपालमा अझै लामो समय हालको सात दलीय गठबन्धन कायम हुनुपर्छ ।
‹‹ Back
Latest Video
IME
Civil Homes
जिल्ला समाचार
उदयपुरमा एक बालिकाको उद्धार
[January 03 2011]
उदयपुर २० पुस । बिभिन्न प्रलोभन देखाई एक बालिकालाई काठमाण्डौतर्फ लैजादै गरेका खोटाङका डिल्ली खत्रीलाई प्रहरीले गाईघाट बजारबाट पक्राउ गरेको छ । उदयपुरको हडिया गाविस
सबै हेर्नुहोस् ››
Dish Nepal
hometv
Galaxy Public School
Bajaj XCD
Oil Corporation
utl ad
Manakamana Temple
Tara Air
OM HOSPITAL
Guna Colony
Akhadya
Real
Kist Bank
Himalayan Bank
Prime Bank
Citizens Bank
CFL Bulb
NIBL
Copyright © Reporters Nepal. 2007 - 2012. All rights reserved.