REPORTERSNEPAL.COM
A BILINGUAL NEPALESE NEWS PORTAL PRESENTATION OF REPORTERS CLUB NEPAL IN
ASSOCIATION WITH RADIANT INFOTECH NEPAL
NEWS CATEGORY

Face to Face
ऋषि धमला with  रामबहादुर थापा बादल

गिरिजाप्रसादकै नेतृत्वमा चुनाव हुन्छ रामबहादुर थापा बादल माओवादीका कम बोल्ने र पार्टीका हरेक निर्णयमा निर्णायक भूमिका निर्वाह गर्ने थिङ्क ट्याङ्क
Q.
० हिजो तीन दलका शीर्ष नेताहरूको बैठकमा के सहमति भयो?
A.
राजनीति गतिरोध अन्त्य गर्नका लागि गोलमेच सम्मेलन अथवा अन्तर्क्रिया कार्यक्रम गर्ने सहमति भएको छ। अहिले उठिरहेको मुद्दाको टुंगो लगाई संविधानसभाको निर्वाचन सम्पन्न गराउने बारेमा करिब–करिब सहमतिमा पुगिसकेका छौं।
Q.
० पूर्ण समानुपातिक र गणतन्त्रमा के–के कुरा भए?
A.
सबै मुद्दामा कुराकानी भयो। सहमतिको अन्तिम चरणमा हामी पुगेका छौं। अन्तरिम संविधानलाई गणतान्त्रिक संविधान बनाउने, निर्वाचन प्रणालीमा सहमति जुटाउनलाई नागरिक समाजले गोलमेच सम्मेलन आयोजना गर्ने ( अन्तर्क्रिया) सहमति भएको छ। अन्तर्क्रियालाई सात दलका प्रतिनिधिहरूले सम्बोधन गर्ने र विभिन्न असन्तुष्ट पक्षहरूको राय संकलन गरेर सात दलको बैठकमा राखेर निष्कर्षमा पुग्ने मार्ग तय भएको छ। मलाई पूर्ण विश्वास छ आजकोे गोलमेच सम्मेलनले सहमतिको ढोका खोल्छ।
Q.
० अन्तरिम संविधानलाई गणतान्त्रिक संविधान बनाउने सहमति कसरी भयो?
A.
हिजोको बैैठकमा प्याकेजमा सहमति भएको छ, सात दलको बैठक बसेर त्यसपछि पत्रकार सम्मेलनमार्फत सार्वजनिक गर्ने समझदारी भएको छ। तर अझै सबै विषय छलफलमा नै रहेका कारण अहिले सबै कुरा मिलिसक्यो र सहमतिमा पुगिसक्यौं भन्न सकिँदैन तर तीन दलबीचमा संविधानसभाको निर्वाचन चैत्र महिनामा सम्पन्न गर्ने सहमति भएको छ। हिजोको बैठक निकै सकारात्मक दिशातिर उन्मुख भएको छ।
Q.
तर कांग्रेस र एमालेका नेताहरूले सहमति भइसक्यो भनेर बताउनुभयो नि?
A.
उहाँहरूले कसरी सहमति भइसक्यो भन्नुभयो मलाई थाहा छैन। गोलमेच सम्मेलन नभई सहमतिमा पुग्न सकिँदैन।
Q.
गोलमेच सम्मेलनमार्फत नै सहमतिमा पुग्ने निर्णय गर्नुभएको हो?
A.
गोलमेच सम्मेलनले निकास दिने होइन। सम्मेलनमार्फत सबै प्रतिनिधिहरूको राय, सुझाव लिने काम हुन्छ र त्यसको आधारमा सात दलका बैठक बसी अन्तिम टुंगो लगाउँछ। गोलमेच सम्मेलनको स्वरूप कस्तो हुन्छ? मधेसमा आगो बलिरहेको छ, उनीहरूको प्रतिनिधि पनि सहभागी हुन्छन्। जनजाति, दलित, महिला, सबैको प्रतिनिधित्व हुने गरी उनीहरूले उठाएका मुद्दालाई सम्बोधन गर्नको लागि पनि यो सम्मेलन आवश्यक थियो। सात दलले सबैलाई समेटेर जानुपर्छ भन्ने हाम्रो मान्यता हो।
Q.
गोलमेच सम्मेलन किन सात दल र सरकारले नगरेर किन नागरिक समाजलाई जिम्म्ाा दिइयो?
A.
 नागरिक समाजले गर्दा नै राम्रो हुन्छ भन्ने सातै दलको सहमति हो।
Q.
गोलमेच सम्मेलनमा सात दलबाट को को जाँदैछ?
A.
 गोलमेच सम्मेलनमा सातै दलका प्रतिनिधिहरू जान्छन् र राजनीतिक गतिरोधको टुंगो लगाउने हिसाबले छलफल चल्छ।
Q.
गोलमेच सम्मेलनपछि त अन्तरिम सरकारमा जाने होला नि?
A.
सात दलको बैठकले हामी अन्तरिम सरकारमा सहभागी हुने कुराको पनि टुंगो लगाउँछ। हामीले उठाएको मुद्दाहरूको समाधान हुनेबित्तिकै सरकारमा सहभागी नहुने कुरै हुँदैन। गोलमेच सम्मेलनपश्चात् हामी अन्तरिम सरकारमा फर्किन्छौं।
Q.
सरकारमा जाँदा तपाईंहरूले कुनकुन मन्त्रालय माग गर्नुभएको छ?
A.
मन्त्रालयको बारेमा अन्तिम टुंगो लगाइएको छैन। त्यो छलफलमै छ। तर हामीलाई कुनकुन मन्त्रालय चाहिन्छ भन्दा पनि हाम्रो प्रमुख एजेन्डा संविधानसभाको निर्वाचन, राजतन्त्रको अन्त्य र गणतन्त्रको स्थापना हो त्यसमा हामी सफल भयौं भने मन्त्रालय यही नै चाहिन्छ भन्ने छैन।
Q.
सहमतिको नजिक पुग्नभयो तर निर्णय हुन चाहिँ बाँकी छ?
A.
हामी सहमतिमा पुगेपछि निर्णयहरू घोषणा गर्छौ।
Q.
अबको सरकारको स्वरूप कस्तो हुन्छ?
A.
सातदलीय संयन्त्रका आधारमा सरकार सञ्चालन हुनुपर्छ। पहिला भएको र अहिले हुन लागेको विकसित सहमतिको आधारमा सरकार सञ्चालन हुन्छ।
Q.
सरकारमा तपाईंको पार्टीको नेतृत्व कस्ले गर्छ?
A.
 सरकारमा हाम्रो पार्टीबाट कस्ले नेतृत्व गर्ने भन्ने टुंगो लागिसकेको छैन। संविधानसभाको चुनावमा जान माओवादी तयार छ।
Q.
सरकारको नेतृत्व तपाईंले गर्ने, डा. बाबुराम भट्टराईले गर्ने?
A.
सरकारको नेतृत्व कसले गर्ने भन्ने बारेमा हाम्रो पार्टीमा छलफल नै भएको छैन। पहिला सहमति बन्नुपर्‍यो अनि सरकारमा हाम्रो पार्टीबाट को जाने हामी छलफल गरेर टुंगोमा पुग्छौं।
Q.
तपाइं डा. बाबुराम भट्टराई सरकारमा जान नदिने पक्षमा हुनुहुन्छ हो?
A.
 त्यो गलत हो, हाम्रो पार्टीबाट सरकारमा को जाने भन्ने कुरा अहिले छलफलको विषय नै भएको छैन।
Q.
अहिलेसम्म के के विषयमा सहमति भयो त?
A.
गणतन्त्रको सन्दर्भमा सात दलले अनुमोदन गरेको निर्णयलाई संसद्ले पारित गर्ने। पूर्ण समानुपातिक निर्वाचन प्रणालीमा पनि गोलमेच सम्मेलनमार्फत निर्णय गर्ने र अन्य मागहरू पूर्वाधारको विषयमा, क्यान्टोनमेन्टको विषयमा, स्थानीय निकायहरूको बारेमा, बेपत्ता पारिएका परिवारका बारेमा, सेना समायोजनका बारेमा प्याकेजमा डिल गर्ने सहमति भएको छ।
Q.
राजतन्त्रको अन्त्य गर्न तपार्इंहरू सफल हुनुभयो त?
A.
अहिले अन्तिम निष्कर्षमा नपुगेको हुनाले सबै कुरा नभनी हालौं तर नेपालमा गणतन्त्रलाई कसैले रोक्न सक्दैन। राजतन्त्रको पतन अवश्यभावी छ।
Q.
चुनावमा राजावादीसँग तपार्इंहरूको कस्तो किसिमको मोर्चाबन्दी बन्छ?
A.
 विस्तारवादी, साम्राज्यवादी, राजावादीहरू सबैले आ–आफ्ना मोर्चा बनाएकै छन्।
Q.
प्रचण्डले चुनावमा राजावादीसँग मोर्चाबन्दी बनाउँछु भन्नुभएको थियो नि?
A.
प्रचण्डजीले त्यस्तो भन्नुभएकै होइन, मिडियाहरूले अलिकति त्यसलाई \'डिक्टेट\' गरे। जसले असमान सन्धिहरू खारेज गर्ने कुरा गर्छ, जसले बाह्य हस्तक्षेप विरोधमा लड्न तयार हुन्छ, जसले आफ्नो देशलाई माया गर्छ र राष्ट्रघातीलाई घृणा गर्ने सबै राष्ट्रवादी हुन। राजावादीहरूसँग मिल्ने कुरा हामीले कहिल्यै गरेका छैनौं।
Q.
अब चुनावमा जानुहुन्छ होइन?
A.
 एकदमै हामी चुनावमा अर्जुनदृष्टिका साथ जान्छौं।
Q.
गिरिजाप्रसादकै नेतृत्वमा संविधानसभाको चुनाव हुने नै भयो?
A.
हामीले नेतृत्व परिवर्तनको कुरै गरेका छैनौं, गिरिजाप्रसादकै नेतृत्वमा हुन्छ,
‹‹ Back
Latest Video
IME
Civil Homes
जिल्ला समाचार
उदयपुरमा एक बालिकाको उद्धार
[January 03 2011]
उदयपुर २० पुस । बिभिन्न प्रलोभन देखाई एक बालिकालाई काठमाण्डौतर्फ लैजादै गरेका खोटाङका डिल्ली खत्रीलाई प्रहरीले गाईघाट बजारबाट पक्राउ गरेको छ । उदयपुरको हडिया गाविस
सबै हेर्नुहोस् ››
Dish Nepal
hometv
Galaxy Public School
Bajaj XCD
Oil Corporation
utl ad
Manakamana Temple
Tara Air
OM HOSPITAL
Guna Colony
Akhadya
Real
Kist Bank
Himalayan Bank
Prime Bank
Citizens Bank
CFL Bulb
NIBL
Copyright © Reporters Nepal. 2007 - 2012. All rights reserved.