REPORTERSNEPAL.COM
A BILINGUAL NEPALESE NEWS PORTAL PRESENTATION OF REPORTERS CLUB NEPAL IN
ASSOCIATION WITH RADIANT INFOTECH NEPAL
NEWS CATEGORY

Face to Face
ऋषि धमला with  सूर्यबहादुर थापा

राजतन्त्र समाप्त भइसकेको छैन - सूर्यबहादुर थापा
Q.
संसद्मा सात दलले गरेको निर्णयलाई कसरी लिनुभएको छ?
A.
जनताको सर्वोच्चता कायम गर्छु भनेर हिँड्ने नेताहरूले जनताको अधिकारमाथि अतिक्रमण गरे।  
Q.
सात दलको अतिक्रमणको विरुद्धमा तपाइंंहरूले पनि जेहाद छेड्न सक्नु भएन नि?
A.
हामीहरू बोलिरहेका छौं। यहाँभन्दा के बोल्नु?
Q.
तपाइंले राजतन्त्रको पक्षमा मतदान गर्नुभएन नि?
A.
 म जनताको अधिकारको कुरा गरिराखेको छु। अरू केही कुरा गरिरहेको छैन।
Q.
तपाईंहरू अझै पनि राजाको पक्षमा लाग्नुभएको छ?
A.
छोड्दिनु–छोड्दिनु बचाउने कुरा बेग्लै अध्यायको कुरा हो। यसमा राजाको कुरा जोड्नै मिल्दैन। जोड्ने भए म कुनै पनि जवाफ दिन्न।
Q.
सबै बिगार्ने काम राजाबाटै भइरहेको छ भन्ने कुरा आएको छ नि?
A.
आफू गल्ती गर्ने अनि अरूलाई दोष लगाएर उम्कन पाइन्छ? जनता अब त्यति लाटा छैनन्, सबै कुरा जनताले बुझिसकेका छन्।
Q.
नेपालमा राजतन्त्रको अन्त्य भएको होइन र?
A.
 राजा छ कि छैन भन्ने कुरा मैले भनिरहनु पर्दैन। अन्तरिम संविधान हेरे नै पुग्छ। राजाले यो यो काम गरेमा उनलाई दुई तिहाईबाट हटाइनेछ भन्ने लेखिसकेपछि उनीहरूले नै भनुन् राजा बाँकी छ कि छैन। संविधान आफैंले बोलिसकेको कुरामा म के बोलिरहुँ?
Q.
त्यसो भए राजतन्त्र कायमै छ?
A.
राजतन्त्र छैन भने संविधानमा किन लेखिएको हो त? नेताहरूलाई नै सोध्नुहोस् न।
Q.
तपाईंले किन मतदान गर्नुभएन?
A.
मैले कतै पनि मत दिइंन, जनताको अधिकार खोस्ने कुरामा मतियार नबन्नका लागि मैले मतदान बहिष्कार गरेको हुँ। यो कुरा मैले त्यही बेला संसद्मा नै प्रष्टसँग भनिसकेको छु।
Q.
अब नेपालबाट राजतन्त्र समाप्त भएको घोषणा गरे हुन्छ त?
A.
यो कुरा गिरिजालाई सोध्नु, प्रचण्डलाई सोध्नु। अरूलाई सोधिरहनु पर्दैन। र, संविधानमा हेर्नु। राजतन्त्र समाप्त भएको हो भने संविधानमा किन राखेको त?
Q.
गणतन्त्रको घोषणा गर्दा पनि राजाको पक्षमा त कोही पनि देखिएनन् नि?
A.
कसको पक्षमा को छ भन्ने कुरा समयमा देखिनेछ। अहिले देखाएर देखिने कुरा होइन त्यो।
Q.
नेपालको राजनीतिक भविष्य के होला?
A.
नेपाल कसरी अगाडि बढ्दछ भन्ने कुरा चाहिँ सात दलका नेताको जिम्मामा छ।
Q.
संविधानसभाको चुनाव चैत्रभित्रै होला?
A.
संविधानसभाको चुनावको लागि वातावरण बनाउनुपर्‍यो।
Q.
वातावरण कसरी बनाउने त?
A.
 वातावरण बनाउनका लागि कुटपिट गर्ने, तोडफोड गर्ने, अर्कालाई आक्रमण गर्ने, अरूका विचार जनतामा लैजानै नदिने जुन कामको हर्कत गरेको छ। त्यो तत्कालै बन्द गर्नुपर्‍यो। एकले अर्कालाई आदर गर्नुपर्दछ।  अर्कालाई हेप्ने काम छोड्नुपर्‍यो।
Q.
यो हर्कत कसले गरिरहेको छ खुलासा गरिदिनुस् न?
A.
 यो सबै काम नै सात दलको नेताको हो। जे भइरहेको छ त्यो सबै सात दलका नेताहरूबाट भएको छ। तालाकुदी लिएर सबै गद्दीमा बस्ने अनि आउरेबाउरेलाई चाहिँ दोष लगाएर हुन्छ। त्यसबाट सात दल उम्किन पाउँदैन।
Q.
जनता फेरि सात दलका विरुद्ध सडकमा आउनुपर्छ भन्न खोज्नुभएको हो?
A.
मैले भन्ने कुरा भनें। जनता सडकमा आउने–नआउने त्यो जनताले जान्ने कुरा हो। जनतालाई सडकमा ल्याउने कुरा पनि सात दलले नै गर्दछन्। ज्यादती गर्न थालेपछि त निस्कन्छन् नि। जे गर्ने हो सम्पूर्ण कुरा अब सात दलकै नेतामा निर्भर छ।
Q.
तपाईंको रणनीति के छ?
A.
 मेरो रणनीति के छ भने अहिले गएर राति १० बजे सुत्दछु। बिहान ५ बजे उठेर तयार भएर मर्निङ वाकमा निस्कन्छु।
Q.
तपाईंको पार्टी संविधानसभा जान तयार भएको हो?
A.
 हामी चुनावमा जाने तम्तयार भएर बसेका छौं। चुनावमा नजाने प्रश्नै छैन। चुनाव ठीक समयमा हुनुपर्छ हामी भाग लिन्छौं।
Q.
सात दलको सरकारले गराएको चुनावमा भाग लिनुहुन्छ?
A.
सरकारले चुनाव गरेर देखाए भइहाल्यो नि हामी भाग पनि लिन्छौं। र चुनाव गर्ने निर्णयको स्वागत पनि गर्दछौं। कुरामात्रै गरेर हुँदैन चुनाव गराएर देखाउनुपर्छ।
Q.
संसद्बाट राजतन्त्रको अन्त्य र गणतन्त्रको घोषणा भइसक्यो अब चुनावको आवश्यकता छ र?
A.
 जनताको अधिकार खोसेको परिणाम त सात दलका नेताहरूले भोग्दछन्। त्यस कारणले चुनाव भनेको समयमा गराएपछि सबैले भाग लिन्छन्।
Q.
सात दलका नेताहरूले के अपराध गरेका छन् र परिणाम भोग्नुपर्ने?
A.
यो कुरा म जान्दिनँ, उनीहरूले नै जान्दछन्। त्यो सात दलका नेतालाई गएर सोध्नुहोस्। जनताको अधिकार खोसेपछि तिमीहरूले के भोग्नुपर्दछ भनेर सोधुन्। उनीहरूले नै बताउँलान् मलाई थाहा छैन। मैले कसैको अधिकार खोसेको पनि र भोग्ने कुरा थाहा पनि छैन।
Q.
नेपालको राजनीतिलाई सबैभन्दा बढी बुझ्ने त तपाईं नै होइन र?
A.
तपाईंले फुर्क्याएको मात्र हो। म केही पनि बुझ्दिनँ। यसबारे भाङभुरी मलाई केही थाहा छैन।
Q.
अब सात दलको औचित्य नै समाप्त भन्न खोज्नुभएको हो?
A.
हेर्नुहोस् यस्ता सस्ता कुरा गर्ने मेरो बानी पनि छैन। सात दल नै अहिले सरकारमा छन्, चुनाव गराउँछौं भनेर उनीहरू हिँडेका छन्। २३ बुँदे सहमति इमानदारीका साथ त्यो लागू गर्नुपर्दछ। कार्यान्वयनलाई व्यवहारमा उतार्नुपर्‍यो र चुनाव समयमा गराउनु पर्‍यो।
Q.
गिरिजाप्रसाद कोइरालाले चुनाव गराउन सक्नुहोला?
A.
गिरिजापं्रसाद कोइरालाले त वातावरण बनाउने हो। चुनाव गराउने काम त भोजराज पोखरेलको हो।
Q.
गिरिजाप्रसादको कोइरालाको अब विकल्प छैन त?
A.
 विकल्प त ईश्वरको पनि हुन्छ। संसारमा विकल्प नभएको कुरै छैन। जसको पनि विकल्प हुन सक्छ।
Q.
वर्तमान प्रधानमन्त्रीकै नेतृत्वमा चुनाव हुन्छ त?
A.
त्यो उनीले नै जान्दछन्। यो मैले जान्ने कुरा होइन।
Q.
मधेसको समस्या कसरी समाधान होला?
A.
सात दलका नेताहरूले विवेक बुद्धि ख्याउनुपर्‍यो।
‹‹ Back
Latest Video
IME
Civil Homes
जिल्ला समाचार
उदयपुरमा एक बालिकाको उद्धार
[January 03 2011]
उदयपुर २० पुस । बिभिन्न प्रलोभन देखाई एक बालिकालाई काठमाण्डौतर्फ लैजादै गरेका खोटाङका डिल्ली खत्रीलाई प्रहरीले गाईघाट बजारबाट पक्राउ गरेको छ । उदयपुरको हडिया गाविस
सबै हेर्नुहोस् ››
Dish Nepal
hometv
Galaxy Public School
Bajaj XCD
Oil Corporation
utl ad
Manakamana Temple
Tara Air
OM HOSPITAL
Guna Colony
Akhadya
Real
Kist Bank
Himalayan Bank
Prime Bank
Citizens Bank
CFL Bulb
NIBL
Copyright © Reporters Nepal. 2007 - 2012. All rights reserved.