REPORTERSNEPAL.COM
A BILINGUAL NEPALESE NEWS PORTAL PRESENTATION OF REPORTERS CLUB NEPAL IN
ASSOCIATION WITH RADIANT INFOTECH NEPAL
NEWS CATEGORY

Face to Face
ऋषि धमला with  सुजाता कोइराला

म गणतन्त्रविरोधी होइन सुजाता कोइराला, मन्त्री समाजसेवामा लाग्दालाग्दै १५ वर्षघि राजनीतिमा होमिएकी पुत्री सुजातालाई मंत्री पदको सपथ गराएपछि प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले उनीस“ग हात पनि मिलाउनुभयो । त्यस क्षण त्यहा“ पिता र पुत्रीको संबन्ध थिएन । थियो त, प्रधानमंत्री र मंत्रीको संबन्ध । प्रधानमंत्रीकी पुत्री भए पनि सुजाता आफ्नै पहिचान, मेहनत, क्षमता र उचाईका आधारमा अहिलेको स्थानमा पुगेको सांकेतीक जनाउ पनि थियो त्यो । प्रस्तुत छः नेपाली का“ग्रेसमा पुरानो, सशक्त र प्रभावकारी शक्ति केन्द्रकी भावी नेतृ एवं मंत्री सुजातास“ग ऋषि धमलाले गर्नुभएको कुराकानीका मुख्य अंशः
Q.
पहिलो पल्ट मंत्री हुनुभयो, त्यो पनि विना विभँगीय ?
A.
-प्रधानमंत्री गिरिजाप्रसाद कोईरालाले सुम्पनु भएको जस्तोसुकै जिम्मेवारी पुरा गर्न म तयार छु । अहिले समग्र मुलुकको एक मात्र एजेण्डा भनेको संविधानसभा निर्वाचन हो । चैत्र २८ गते निर्धारीत निर्वाचन सम्पन्न गराउने प्रधानमंत्री र सात दलको अठोटलाई साकार पार्नु नै मेरो मुख्य दायित्व हो । त्यसका लागी निश्चीत विभाग वा क्ष्ेत्राधिकार आवश्यक पर्छ जस्तो लाग्दैन । मंत्रीका रुपमा मैले प्रधानमंत्री र सरकारलाई बलीयो, चुस्त र जनमुखी बनाउने प्रयास गर्नेछु ।
Q.
विना विभागीय मंत्रीका रुपमा तपाईको खास भूमिका के ?
A.
-तिन वटा मुख्य भूमिका छन् । पहिलो सुरक्ष्ँा, दोश्रो संविधानसभा र तेश्रो दिगो शान्ति । सरकारमा रहेर मैले शान्ति सुरक्षा दरिलो बनाउन राज्यका संयन्त्रहरुलाई मजबुत बनाउने प्रयास गर्नेछु । संविधानसभा निर्वाचन निर्धारित मितिमै सम्पन्न गराउने र समावेशी लोकतन्त्रको संस्थागत विकास गर्दै मुलुकमा दिगो शान्ति स्थापना गर्ने विषयहरु मेरो प्रँथमिकतामा पर्छन । यसैगरी प्रधानमंत्रीको कार्यालयलाई चुस्त र प्रभावकारी बनाउने, शासन संचालनमा प्रधानमंत्रीलाई सक्ष्ँम र बलियो बनाउने एवं सिंहदरबारलाई बढी जनमुखी र लोककल्याणकारी बनाउने पहल पनि गर्नेछु ।
Q.
प्रधानमंत्रीको सुपुत्री भएकै कारण राजनीतिमा यस्तो सफलता पाउनु भएको हो की ?
A.
-हेर्नुस, बाबुराम भट्टर्राईजीकी श्रीमती हिसिला यमी पनी राजनीतिमा लाग्नुभएको छ र अहिले मंत्री हुनुहुन्छ । प्रचण्डका छोरा पनी राजनीतिमै हुनुहुन्छ । धेरै नेताका श्रीमती, छोरी, छोरा, साला, भाञ्जा, भतीजा राजनीतिमा लाग्नुभएको छ र सफलता पनी पाउनु भएको छ । तर राजनीतिक सफलतामा नाताको मात्र भूमिका रहन्न, आफुले पनि केही गर्नुपर्छ । मैले समाजसेवा र राजनीतिमा निरन्तर निर्वाह गरेको भूमिकाकै कारण अहिलेको अवस्थामा आईपुगेकी हु“ । निश्चय नै, गिरिजाप्रसाद कोईरालाजस्तो लोकतन्त्रका लागी सिंगो जिवन अर्पण गरेको नेताको छोरी हुनुमा मलाई गर्व छ ।
Q.
प्रधानमंत्रीको काम हेनका लागी तपाईलाई मंत्री बनाईएको हो त ?
A.
प्रधानमंत्रीको धेरै ठूलो कार्यभार छ । उहा“ले धेरै विषयहरुमा ध्यान दिन भ्याईरहनु भएको छैन । मैले निश्चय नै ति कामहरु हेर्नुपर्छ र प्रधानमंत्रीको कामलाई हल्का बनाईदिनुपर्छ । म प्रधानमंत्रीलाई सफल बनाउन कटीबध्द रहने छु । अहिले प्रधानमंत्री सफल हुनु भनेको जनता, सिंगो मुलुक र शान्ति प्रकृया सफल हुनु हो । तर्सथ प्रधानमंत्रीलाई सफल बनाउन सम्पर्ूण्ा मंत्रीहरु लाग्नर्ुपर्छ, अहिले पार्टर्ीी भिन्नता राख्नुको औचीत्य छैन । हामीले प्रधानमंत्रीलाई झिना मसीना काममा अल्झन दिएनौं भने उहा“ले संविधानसभा, शान्ति सुरक्षा र तर्राईको समस्यामा ध्यान केन्द्रीत गर्न पाउनुहुनेछ । लोकतन्त्रलाई संस्थागत बनाउन पनि सफल हुनुहुनेछ ।
Q.
प्रधानमंत्री कोईरालाको उत्तराधिकारी अब तपाई नै हुनुभयो हैन त ?
A.
हर्ेर्नुस, अहिले यो उत्तराधिकारीको कुरै नगरौं । मान्छेको पहिचान विचार र कर्मले हुने हो । जसले वीपी कोईराला र गिरिजाप्रसाद कोईरालाको विचार बोकेर हिंडछ, उ नै सच्चा उत्तराधिकारी हो । उहा“हरुको विचार बोकेर नहिंडने यदि कोईराला परिवारभित्रै छ भने पनि उ उत्तराधिकारी हुनेछैन । विचार ठुलो कुरो हो, परिवार हैन ।
Q.
भन्नाले तपाई नै सच्चा उत्तराधिकारी ?
A.
-मलाई उत्तराधिकारी बन्ने महत्वाकांक्षा छैन । म वीपीको विचार बोकेर हिंडने कार्यकर्ता हु“ । वीपी र गिरिजावावुको विचारलाई सही ढंगले आत्मसात गर्ने, सही व्याख्या गर्ने र त्यसमा कटीबध्द रहने जुनसुकै कार्यकर्ता कोईरालाको उत्तराधिकारी हुनसक्छ । गिरिजा वाबुका उत्तराधिकारीहरु का“ग्रेसमा धेरै छन् ।
Q.
गिरिजावावुको विचारलाई सही अर्थमा आत्मसात गर्ने नेताका रुपमा तपाईलाई हेन थालीएको छ नी ?
A.
-गिरिजावावुको विचारप्रति सहमत छु र त्यही विचारलाई लिएर अघि बढेकी छु । काम गर्दा गल्ती पनी हुनसक्छन, तर मैले जानेर कहिल्यै गल्ती गरेको छैन । देश, जनता र पार्टर्ीीे हितका लागी म जहिले पनी कटीबध्द रहने छु ।  
Q.
तपाईको कटीबध्दता अहिले मुल रुपमा केमा केन्द्रीत छ ?
A.
निर्धारित मितिमा संविधानसभा निर्वाचन गराउनर्ैपर्छ । तर्राई, जनजाती र अन्य समुदायवीच विभेद र विवादहरु चर्कन थालेका छन् । यसले विखण्डन ल्याउनसक्छ । विवाद बढन नपाओस भन्नका लागी निर्वाचन नै उपयुक्त उपाय हो । संविधानसभापछि बन्ने नया“ संविधानले सबैलाई समेटेर लैजाने छ । मुलुकमा हाल उत्पन्न बहु आयामीक समस्या समाधानका लागी नया“ संविधान निर्माण नै एक मात्र समाधान हो । निष्पक्ष र भयरहीत निर्वाचनको बातावरण बनाउन सरकार, राजनीतिक दल, नागरीक समाज, जनता र पत्रकारहरुको समेत दायित्व हो ।
Q.
प्रधानमंत्री कोईरालाको सफलताको पछाडी तपाईको कस्तो भूमिको रह्यो ?
A.
-यो त मैले भन्ने कुरा भएन । अरुले विश्लेषण गर्ने कुरा हो । तर, मलाई लाग्छ, प्रधानमंत्रीको सफलतामा म  मात्र हैन, का“ग्रेसका नेता, देशभरका तलदेखी माथिसम्मका कार्यकर्ता, आम जनता, अर्न्तराष्ट्रिय समुदाय र नागरीक समाजको पनि हात रहेको छ । अहिले त गिरिजावावु का“ग्रेसको मात्र नभई सात दलकै र समग्र शान्ति प्रकृयाकै नेता हुनुहुन्छ ।
Q.
प्रधानमंत्री कोईरालाको गुण/अवगुण के हुन ?
A.
-हेर्नुस, सबै मान्छे भगवान त हुदैनन । महात्मा गान्धीका पनि कतिपय अवगुणहरु थिए । तर, जोस“ग अवगुणभन्दा बढी गुणहरु हुन्छन, त्यही वाहिर देखीन्छ । धेरै गुणहरुले कम अवगुणलाई छाया“मा पारीदिन्छ । वीपी कोईरालामा पनि अवगुणहरु थिए । तर, उहा“मा यतिधेरै गुणहरु थिए की जसका कारण अवगुणतर्फकसैले वास्तै गरेन । गिरिजावावुमा पनि केही अवगुण छन भने त्यसलाई उहा“का प्रशस्त गुणहरुले छोपीदिएका छन् ।  
Q.
गिरिजावावुका कमजोरीहरु केही छैनन त ?
A.
-उहा“का पनि अवगुण नभएको होईन । तर कमीकमजोरी भन्दा पनि उहा“का गुणहरु यतिधेरै छन की म मात्र होईन कुनै पनि कार्यकर्ता ति कमी कमजोरीको चर्चा गर्नै चाहन्नन् । महात्मा गान्धी, नेल्सन मण्डेला, वीपी कोईराला जस्ता नेताहरुको पनि आलोचना गर्नेहरु छन् । किनकी, पर्ूण्ा गुणसम्पन्न भएर सवैलाई खुशी बनाएर कोही पनि हिंडन सक्दैन । अर्को कुरा, काम गर्ने मान्छेबाटै गल्ती हुने हो । काम नगरेर, साहसी जिम्मेवारी नलिएर घरमै बस्ने मान्छेबाट गल्ती नहोला, तर जनताका लागी काम गर्ने मान्छेबाट केही गल्तीहरु हुन सक्छन, तर उसले आफ्ना गुणहरुबाट त्यसलाई सच्याउ“दै अघी बढ्छ । अवगुण त मानवको सामान्य पक्ष्ँ हो, उसमा कती बढी गुण छ, त्यो महत्वपर्ूण्ा हो । गिरिजावावुका देश, जनता र राष्ट्रका लागी धेरै गुण छन्, तर्सथ म उहा“को अवगुणको कुरै गर्न चाहन्न । गिरिजाप्रसाद कोईरालाको नेतृत्वमा निर्वाचन होला त - -जनताको अहिलेको एक मात्र चाहना नै संविधानसभा निर्वाचन हो । यो महाअभियानलाई सफल बनाउन हामी सम्पर्ूण्ा जनता, दल, मंत्रीहरु, प्रशासनीक, न्यायीक र सुरक्षा निकायले प्रधानमंत्रीलाई पर्ूण्ा रुपमा सहयोग गर्नुपर्छ । गिरिजावावुकै नेतृत्वमा निर्वाचन गराउनर्ुपर्छ । अन्यथा भोलीका दिनमा धेरै दर्ुघटनाहरु हुनसक्छन् । उमेर र स्वास्थ्यका दृष्टीले हर्ेदा गिरिजावावु स्वयं पनि धेरै समय प्रधानमंत्री पदमा बस्न इच्छुक हुनुहुन्न । जनताको चाहना बमोजिम निर्वाचनमार्फ मुलुकलाई निकास दिने उहा“को जुन इच्छा हो, त्यो इच्छा उहा“ प्रधानमंत्री भएकै बेला पुरा गर्नुपर्छ । गिरिजावावुको नेतृत्वमा मुलुकले उचित निकास पाउने विश्वास गरिएको छ । उहा“को परिपक्व व्यक्तीत्व छ । उहा“को नेतृत्वमा हुने निर्वाचनले अन्तर्रर्ााट्रय मान्यता पनी पाउनेछ । उहा“ बिना त निर्वाचन हुन निकै गाह्रो पर्नेछ । त्यसैले हामी जतिसक्दो चा“डो निर्धारित मितिमा निर्वाचन सम्पन्न गर्न कटीबध्द हुनर्ुपर्छ । मलाई पर्ूण्ा विश्वास छ, नेपालमा गिरिजावावुकै नेतृत्वमा संविधानसभा निर्वाचन हुन्छ ।
Q.
मधेशमा कसरी निर्वाचन होला त ?
A.
निश्चय नै निर्वाचनका लागी धेरै अप्ठयारा र चुनौतीहरु छन् । हामीले बडो सजगता र चुस्तताका साथ निर्वाचनको तयारी गर्नुपर्छ । मधेश, जनजाती, चुरे भावर, लिम्वुवान, खुम्वुवान लगायत सम्पर्ूण्ा समुदायलाई समेटेर निर्वाचनमा जाने वातावरण बनाउनर्ुपर्छ । सवैको समावेशी सहभागीता हुने प्रत्याभूती दिलाएर हामी निर्वाचनमा गयौं भने परिस्थिति सहज बन्नेछ ।
Q.
सरकारको नेतृत्व तपाईंले गर्ने, डा. बाबुराम भट्टराईले गर्ने?
A.
 -पार्टर्ीी र स्वयं संविधानले लोकतान्त्रीक संघीय गणतन्त्रको मान्यता अघि सारीसकेको छ । म पार्टर्ीी अन्तरीम संविधान विपरीत जान चाहन्न । गणतन्त्रको कार्यान्वयन गर्ने अधिकार संविधानसभालाई प्रदान गरिएको छ, त्यसैले पार्टर्ीी अन्तरीम संविधानको भावनाको कदर गर्दै हामी संविधानसभाको निर्वाचनमा भाग लिनर्ुपर्छ । जे गर्छ, त्यो संविधानसभाले गर्छ । अन्तीम अदालत त संविधानसभा नै हो नी ।
Q.
नेपालमा गणतन्त्र आउने नै भयो हैन ?
A.
सेरिमोनीय राजतन्त्र नै भए राम्रो हुन्थ्यो भन्ने मेरो पहिला व्यक्तिगत विचार थियो । तर अब परिस्थिति बदलीएको छ । सवै पार्टर्ीीले गणतन्त्रको निर्ण्र्ाागरिसकेका छन् । संविधानमा लेखीसकेको छ । मलाई लाग्छ, अब गणतन्त्र आउ“छ । संविधानसभाको पहिलो वैठकले त्यसबारेमा निर्ण्र्ाागर्नेछ । यसबारेमा अब अन्यौल केही छैन । चैत्र २८ गते निर्वाचनको मिति तोकिएको छ । तर्सथ यी विषयमा बहस गर्न छाडेर हामी सबै निर्वाचनमै केन्द्रीत हुनर्ुपर्छ । का“ग्रेसले लिने हरेक निर्ण्र्ाा्रति मेरो र्समर्थन रहने छ । पार्टर्ीी गणतन्त्रको निर्ण्र्ाागरिसकेकाले म त्यो भन्दा अलग छैन ।
Q.
तपाईले त २०४७ सालको संविधान ब्युंताउनर्ुपर्छ भन्नुभएको थियो नी ?
A.
-मैले केही समयअघि रिपोर्र्टर्स क्लव नेपालमा त्यस्तो धारणा राखेको थिए, तर अब त्यो सर्न्दर्भ पुरानो भईसकेको छ । त्यतिबेला निवर्ँचन हुने अवस्था थिएन, तर अब इतिहासले कोल्टे फेरिसकेको छ । चुनावको मिति तय भईसकेको छ । त्यसबेला जव माओवादीहरुले सात दलस“ग भएका सहमती विपरीत काम गर्न थाल्छन भने नया“ संविधान किन बनाउने - हामीले चा“ही उनीहरुका सबै माग स्वीकार्दै जाने, तर माओवादी पक्ष्ँबाट चन्दा, अपहरण, धम्की र हतियारको दम्भ पर््रदर्शन भईरहने हो भने २०४७ सालको संविधानमा किन नफर्किने भन्न खोजेको थिए“ । संसदवादी दलले आफुमा परिवर्तन ल्याएर संविधानसभालाई एजेण्डा मानेका छन भने माओवादीले पनि आपनो व्यवहारमा सुधार ल्याउने की नल्याउने - मुल प्रश्न यो हो । तर अव निर्वाचनमा जान सवै पक्ष तयार भएकाले हामीले अरु कुरा सोच्नु हुदैन । मेरो एक मात्र ध्येय भनेको संविधानसभा निर्वाचन सफलतापर्ूवक सम्पन्न गर्नु हो ।  
Q.
गृहमंत्री कृष्णप्रसाद सिटौलाको राजीनामाको माग कहा पुग्यो ?
A.
हिजो, शान्ति सुरक्षाको अवस्थालाई लिएर मैले गृहमंत्रीको राजीनामा मागेकै हो । तर अव यो सर्न्दर्भ पनि पुरानो भईसक्यो । अब सरकारलाई दोष दिने अवस्थामा म छैन, किनकी म आफै सरकारमा छु । अब म सरकारमै रहेर मुलुकको शान्ति सुरक्षाको अवस्था सुदृढ गराउन गृहमंत्रीलाई घचघच्याईरहने छु । निर्वाचनको मिति निर्धारण भईसकेकाले अव यस्ता विषयलाई उप्काउने काम नगरौं । बितेका तिता कुृराहरुलाई विर्सर्ेेअव हामी देशको सुन्दर भविश्य निर्माणमा जुटनर्ुपर्छ ।
Q.
सिटौलास“ग तपाईको मन मुटाव समाप्त भयो हैन त ?
A.
-मेरो उहा“स“ग व्यक्तिगत मन मुटाव नै थिएन । मैले त शान्ति सुरक्षाको अवस्थाप्रति चिन्ता प्रकट गरेको थिए“ । अहिले परिस्थिति फेरिएको छ । अब हामी सबै मिलेर शान्ति सुरक्षाको अवस्था सुदृढ गर्दै निर्वाचनको महाअभियानमा जुटनर्ुपर्छ । कसैको राजीनामा अब मुख्य विषय होईन । निर्वाचन प्रमुख हो । सिटौलाजीस“गको मतभेदको \'च्याप्टर क्लोज\' भईसक्यो ।
Q.
मधेशको समस्या चा“ही कसरी समाधान गर्नुहुन्छ ?
A.
मधेश लगायत सबै समुदायका नेताहरुलाई मेरो के आग्रह छ भने सवै समस्याको समाधान संविधानसभाबाट खोजौं । त्यसका लागी समावेशी र सहभागीतामूलक परिपाटी बसाउन के गर्ने भन्ने बारेमा छलफल गर्न सकिन्छ । सवै पक्षस“ग वार्ताको माध्यमबाट समस्याको समाधान गर्न सरकार तयार रहने छ । सरकारले कसैलाई पनि उपेक्षा गर्नेछै्रन । आउनुस, वार्ता गरौं, मन माझौं, समाधान खोजौं र निर्वाचनमा जाऔं ।
‹‹ Back
Latest Video
IME
Civil Homes
जिल्ला समाचार
उदयपुरमा एक बालिकाको उद्धार
[January 03 2011]
उदयपुर २० पुस । बिभिन्न प्रलोभन देखाई एक बालिकालाई काठमाण्डौतर्फ लैजादै गरेका खोटाङका डिल्ली खत्रीलाई प्रहरीले गाईघाट बजारबाट पक्राउ गरेको छ । उदयपुरको हडिया गाविस
सबै हेर्नुहोस् ››
Dish Nepal
hometv
Galaxy Public School
Bajaj XCD
Oil Corporation
utl ad
Manakamana Temple
Tara Air
OM HOSPITAL
Guna Colony
Akhadya
Real
Kist Bank
Himalayan Bank
Prime Bank
Citizens Bank
CFL Bulb
NIBL
Copyright © Reporters Nepal. 2007 - 2012. All rights reserved.