ऋषि धमला with श्यामसुन्दर गुप्ता
लोकप्रियताका लागि आन्दोलन भएको छ : श्यामसुन्दर गुप्ता, मन्त्री
Q.
पेट्रालियम पदार्थको मूल्यबृद्धि किन फिर्ता लिनुभयो?
A.
मूल्यबृद्धि जनभावना र आगामी संविधानसभाको निर्वाचनलाई ध्यानमा राख्दै प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको निर्देशन र सात दलको सहमतिमा यो मूल्य समायोजनलाई फिर्ता लिएर पूरानै मूल्य कायम गरिएको हो।
Q.
निर्णय गर्दै फिर्ता लिदै जाँदा सरकारको विश्वसनीयता नै गुम्दैन र?
A.
यो सरकारले गर्ने निर्णय नै होइन, यो त नेपाल आयल निगमले गर्ने निर्णय हो। पेट्रोलियम पदार्थको मूल्य बढाउने र घटाउने पूर्ण जिम्मेवारी आयल निगमलाई सरकारले दिएको छ।
Q.
सरकारको सहमति पनि त आयल निगमले लिनुपर्छ नि त? सरकारको सहमति पनि त आयल निगमले लिनुपर्छ नि त?
A.
पर्दैन। धेरै पहिलेदेखि नै सरकारले आयल निगमलाई मूल्य समायोजन गर्ने जिम्मेवारी दिएको छ।
Q.
तपाईंं त मूल्य फिर्ता लिने पक्षमा हुनुहुन्थेन,तर कसको दबाबमा यो फिर्ता लिनुभयो?
A.
त्यो त हो। मलाई प्रधानमन्त्री कोइराला र सात दलको निर्देशनमा मूल्य फिर्ता लिन निर्देशन दिएको हो। क्याबिनेट भनेको प्रधानमन्त्रीको नेतृत्वमा हुन्छ। उहाँको निर्देशन मैले नमान्ने त कुरै भएन।
Q.
दुई दिनको आन्दोलनमा भएको क्षतिको जिम्मेवारी कसले लिने?
A.
त्यो आन्दोलनमा प्रतिगामी शक्तिहरु चलखेल गरिरहेका थिए। समयमा नै सरकार सचेत भई बुद्धिमत्तापूर्ण निर्णय गर्योआ।
Q.
ह्दयेश त्रिपाठीकै शैलीमा बृद्धि गर्ने अनि फिर्ता गर्ने शैली दोहोरियो नि?
A.
उहाँको समयमा कुरा बेग्लै थियो। अहिलेको राष्ट्रिय एजेन्डा भनेको संविधानसभा निर्वाचन हो। त्यो संविधानसभाको निर्वाचन सफल पार्न नै हामीले निर्णय गरेका हौं। प्रतिगामीले यसैलाई मुद्दा बनाएर चुनाव बिथोल्ने नीति अपनाएका थिए त्यसलाई चिर्न हामी सफल भएका छाैं।
Q.
अब घाटा बेहोरेर पनि आयल निगम तेल बेच्न तयार छ त?
A.
सरकारले अब जुनसुकै तरिकाबाट भए पनि थेगेर यसलाई चलाउँछ। जनतालाई पेट्रोलियम पदार्थ उपलब्ध गराउँछ।
Q.
भनेपछि सरकारले पैसा दिने भयो होइन?
A.
हो। अब अहिले तीन अर्ब निकासा दिने भएको छ। २ अर्व ५ करोड भारतीय आयल निगमलाई तिर्ने र बाँकी पैसाले आयल निगमको काम चलाउने भएका छौं।
Q.
संविधानसभा चुनाव गराउन तपाईंंहरु कस्सिनुभएको हो?
A.
सरकार र सात दल कुनै पनि कसर बाकी नराखिकन संविधानसभा निर्वाचन सम्पन्न गराउन लागिपरेको छ। हामी चुनाव गराउन सक्नेमा शत प्रतिशत निश्चित छौं।
Q.
मधेसमा त आगो दन्किएको छ नि?
A.
मधेसको समस्या राजनीतिक र उठिरहेको समस्या हो। यदि मधेसमा आन्दोलनरत दलहरु चुनावमा भाग नलिने हो भने किन निर्वाचन आयोगमा गएर दल दर्ता गराए त। अहिले त लोकप्रिय हुनका लागि आन्दोलन भइरहेको छ। चुनाव मधेसमा हुन्छ र आन्दोलनरत पार्टीले भाग लिन्छन्।
Q.
उनीहरु त मागसहित आन्दोलनमा आएका होइनन् र?
A.
तराईमा उठेका केही माग पूरा भए पनि संघीय लोकतन्त्रको माग पूरा नभएको हो। तर त्यो माग पूरा गर्न संविधानसभा निर्वाचन नै उपयुुक्त विकल्प हो। बाहिर बसेर त यो माग पूरा गर्न सकिंदैन नि त। जति छिटो संविधानसभा चुनाव भयो, त्यति छिटो मधेसको माग पूरा हुन्छ।
Q.
चैतमा चुनाव भएन भने परिस्थिति कस्तो हुन्छ होला?
A.
अहिलेको अवस्थामा चुनाव नहुने कुरातर्फ हामीले सोचेकै छैनौं। हामी चुनाव हुन्छ भन्नेमा निश्चित भएकाले त्यसमा नै लागिरहेका छौं।
Q.
तपाईंलाई सरकारबाट हट्न आनन्दीदेवीले सात दिनको अल्टिमेटम दिनुभएछ नि?
A.
आनन्दीदेवी आधिकारिक व्यक्ति हुन् कि होइनन्। गत पुस २५ गते निर्वाचन आयोगले २६ सदस्यीय समिति बनाएर जुन निर्णय दियो। अब अधिकार त २६ जनामा गएको छ। ती २६ जनामध्ये उहाँ पनि एक हो। ह्दयेश त्रिपाठीलगायत ४ जना अर्कै पार्टीमा गइसके। उहाँसहित २२ जना छन्। तीमध्ये १२ जनाले मविरुद्ध निर्णय गर्नुपर्योत। अहिले त बहुमत हामीसँगै छ।
Q.
पार्टी अध्यक्षले तपाईंलाई हट्नुपर्योा भन्दा पनि नहट्ने त?
A.
आनन्दीदेवीको स्वेच्छाचारिता रोकेर केन्द्रीय कार्यसमितिलाई संस्थागत बनाउन खोजेको हो। अब पार्टी एक व्यक्तिको एकाधिकारमा होइन, संस्थागत रुपमा अघि बढ्छ।
Q.
पार्टी अध्यक्षले तपाईंलाई हट्नुपर्योा भन्दा पनि नहट्ने त?
A.
आनन्दीदेवीको स्वेच्छाचारिता रोकेर केन्द्रीय कार्यसमितिलाई संस्थागत बनाउन खोजेको हो। अब पार्टी एक व्यक्तिको एकाधिकारमा होइन, संस्थागत रुपमा अघि बढ्छ।
Q.
अब तपाईंहरुको पार्टीको अध्यक्ष को हो त?
A.
पार्टी अध्यक्ष आनन्दीदेवी नै हो। अध्यक्षले पार्टी कार्यसमितिको निर्णय मान्नुपर्योप। आनन्दीदेवीले केही गर्न सक्नुहुन्न।
Q.
तपाईं मन्त्रीबाट राजीनामा दिनुहुन्न?
A.
मैले किन राजीनामा दिने? कार्यसमितिले पूर्ण अधिकार मलाई दिएको छ। मन्त्रीमा पनि रहिरहन्छु र सात दलको बैठकमा पनि सहभागी भइरहन्छु। राजीनामा दिने आधार र कारण पनि छैन।
Q.
तपाईं आफूले आफैंलाई वरिष्ठ उपाध्यक्ष घोषणा गर्न मिल्छ?
A.
निर्वाचन आयोगले निर्णय गरेको २२ सदस्यीय कार्यसमितिले बहुमतको आधारमा मलाई वरिष्ठ उपाध्यक्ष बनाएको हो।
Q.
प्रधानमन्त्रीले तपाईंलाई हटाउने संभावना छ कि छैन?
A.
मलाई किन हटाउने, म त सात दलमा छु, पार्टी छँदैछ। उहाँले त आधिकारिकता हेरेर मात्र हटाउनुहुन्छ। उहाँले हचुवामा वा सुनेको भरमा विनाआधार निर्णय गर्नुहुन्न। प्रधानमन्त्री कोइरालाजस्तो जिम्मेवार र सबैले मानेका राजनीतिक व्यक्तित्वले कसैको दबाबको भरमा निर्णय पनि लिनुहुन्न।