ऋषि धमला with अभिषेक मनु सिंघवी
संविधानसभाको विकल्प छैन .अभिषेक मनु सिंघवी, प्रवक्ता कांग्रेस आई
Q.
प्रधानमन्त्रीको निमन्त्रणामा नेपाल आउँदै हुनुहुन्छ हो?
A.
हो, प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको निमन्त्रणामा हामी नेपाल आउँदैछौं।
Q.
तपाईं नेपाल किन आउँदै हुनुहुन्छ?
A.
भारतीय कांग्रेस र नेपाली कांग्रेसबीचको ऐतिहासिक सम्बन्धलाई निरन्तरता दिन र अझ प्रगाढ तथा सुमधुर बनाउनका लागि फेब्रुअरीमा कांग्रेस आईको उच्च नेतृत्व नेपाल आउन लागेका हौं। यो भ्रमणले कांग्रेस आई र नेपाली कांग्रेसको सम्बन्धमा नयाँ आयाम थप्ने विश्वास हामीले लिएका छौं। यो भ्रमणबाट दुई कांग्रेसको आगामी सम्बन्ध विस्तारको बारेमा विशेष छलफल हुनेछ।
Q.
संविधानसभा निर्वाचन सम्पन्न गराउनका लागि भारतको सहयोग कस्तो रहन्छ?
A.
अवश्यंभावी नेपालको शान्तिप्रकृया निष्कर्षमा पुर्यााउनका लागि संविधानसभा निर्वाचन नै एकमात्र विकल्प हो। चुनाव निर्धारित मितिमा नै हुनुपर्छ, त्यसका लागि हाम्रो पार्टीको सक्दो सहयोग र समर्थन रहन्छ।
Q.
संविधानसभा निर्वाचनको विकल्प केही छैन भन्ने तपाईंहरुको राय हो?
A.
हो, हाम्रो पार्टी र भारतीय सरकारकै दृष्टिकोण स्पष्ट छ। जुन मिति नेपाल सरकारले घोषणा गरेको छ, त्यही मितिमा चुनाव हुनुपर्छ। जनआन्दोलनमार्फत स्थापित लोकतन्त्रलाई संस्थागत गर्न चुनावबाहेक अरु विकल्प हुनै सक्दैन।
Q.
चुनाव गराउनका लागि मधेस समस्याको रुपमा देखिएको छ, यसको समाधान के हुन सक्छ?
A.
हामी नेपालको आन्तरिक मामलामा हस्तक्षेप गर्न चाहँदैनांै। हामी त नेपालको शान्तिप्रकृयालाई सफल बनाउन सहयोगमात्र गर्न सक्छौं। नेपालको समस्या समाधान गर्न नेपाल सरकार, नेपाली जनता र राजनीतिक दलहरु नै सक्षम छन्। यसमा जहिले पनि भारतको सहयोग रहनेछ।
Q.
शान्तिप्रकृयामा सहयोग गरेजस्तै मधेस समस्यामा पनि त सहयोग गर्न सक्नुहुन्छ होला नि?
A.
मैले अघि नै भनिसकें नेपालको समस्या समाधान गर्न नेपाल सरकार र जनता नै सक्षम छन्। हामी त बाहिर बसेर सहयोगमात्र गर्न सक्छौं। यसमा हाम्रो पूर्ण सहयोग छ र रहिरहन्छ।
Q.
भारत सरकारको भूमिकाचाहिं के हुन सक्छ त?
A.
नेपालमा देखिएका कुनै पनि समस्या समाधान गर्नमा जहिले पनि भारतको सकारात्मक सोच र सहयोग रहँदै आएको छ र रहिरहन्छ पनि। संविधानसभामा सबै दल सहभागी भई यसलाई सफल पार्नै पर्छ। मधेसका सबै दल र जनता पनि चुनावको विपक्षमा छन् जस्तो मलाई लाग्दैन। वार्ताबाटै सबै समस्या समाधान भएका उदाहरण धेरै छन्।
Q.
नेपाल भ्रमणका क्रममा क–कसलाई भेट्दै हुनुहुन्छ?
A.
कस कसलाई भेटिन्छ भन्ने कुरा अहिलेसम्म तय भएको छैन। तर हामी नेपाल आएपछि प्रधानमन्त्रीसहित सबै दलका शीर्ष नेताहरुलाई भेट्छौं।
Q.
माओवादीसँग कांग्रेस आईको सम्बन्ध सुधारिएको हो?
A.
म केही महिनाअघि नेपाल भ्रमणमा आउँदा माओवादी अध्यक्ष प्रचण्ड र नेता डा. बाबुराम भट्टराईसँग कुराकानी गरेका थिए। अरु सम्बन्धका बारेमा भने अहिले नै म टीकाटिप्पणी गर्न चाहन्नँ। हामी यस विषयमा छलफल गर्दैछौं।
Q.
बीजेपीका नेता लालकृष्ण आडवाडीले त नेपाल माओवादीको एजेन्डामा गइसकेकाले भारतीय सरकारले पुनर्विचार गर्नुपर्ने अभिव्यक्ति दिएका छन् नि?
A.
उहाँको अभिव्यक्तिका विषयमा म अहिले कुनै टीकाटिप्पणी गर्न चाहन्नँ।
[January 03 2011]
उदयपुर २० पुस । बिभिन्न प्रलोभन देखाई एक बालिकालाई काठमाण्डौतर्फ लैजादै गरेका खोटाङका डिल्ली खत्रीलाई प्रहरीले गाईघाट बजारबाट पक्राउ गरेको छ । उदयपुरको हडिया गाविस