REPORTERSNEPAL.COM
A BILINGUAL NEPALESE NEWS PORTAL PRESENTATION OF REPORTERS CLUB NEPAL IN
ASSOCIATION WITH RADIANT INFOTECH NEPAL
NEWS CATEGORY

Face to Face
ऋषि धमला with  दिलेन्द्रप्रसाद वडू

मेरो हत्या गर्ने योजना थियो .दिलेन्द्रप्रसाद वडू, नेता नेपाली कांग्रेस
Q.
घटना कसरी भयो?
A.
हामीहरुको आमसभाको कार्यक्रम थियो अर्को दिन। तिनीहरुले रोक्न खोज्दाखोज्दै पनि अपार जनसहभागिताको स्थिति पैदा भइसकेपछि आमसभा हुनुभन्दा एक दिनअघि नै हामीले सोच्दै नसोचको यति ठूलो षड्यन्त्र गरे।   
Q.
के षड्यन्त्र गरेका रहेछन्?
A.
यो हाम्रो आधार इलाका हो। यहाँ आमसभा र कुनै पनि राजनीतिक गतिविधि गर्न प्रतिबन्ध लगाइएको छ। यहाँ तपाईंंहरुले छोड्नुपर्छ नत्र भने हामी जे गर्न पनि तयार छौं। हामीले नछोडेर कार्यक्रम गर्ने तयार भयौं। सर्वदलीय सहमति गरेरै हामी त्यो ठाउँमा कार्यक्रम गर्न गएका थियो। अकस्मात एक दिनअघि एउटा घरमा बसेर हामी खाना खाइरहेका थियौं त्यतिबेलै यिनीहरुले पूरा तोडफोड, आगजनी गरे। हामी भित्र थियौं, उनीहरुले बाहिर आगो लगाएर हामीलाई सिध्याउने खेल खेले। 
Q.
कुनचाहिं घरमा आगो लगाएका थिए उनीहरुले?
A.
जुन घरमा हामी खाना खाइरहेका थियौं, त्यो घरमा चारैतिरबाट ढुंगा प्रहार गरे। त्यसपछि घरको वरिपरि परालहरु थुपारेर बाहिरबाट आगो लगाइदिए। घरको छाना ध्वस्त पारे र छानाको माथिबाट आगो फालेर, घाँसहरु जलाएर भित्र हालिदिए। पूरै घर दनदनी बल्न थाल्यो।   
Q.
आगो लगाएको बेला तपाईंं के गर्दै हुनुहुन्थ्यो?
A.
 आगो लगाएको बेला हामी घरभित्रै थियौं। खान खाइसक्न लागेका थियौं र बाहिर ढुंगा प्रहार भइरहेको थियो। 
Q.
आगो लगाउने को को थिए?
A.
नेकपा (माओवादी)को सम्पूर्ण शक्ति लागेको थियो। माओवादी जिन्दावाद! नेपाली कांग्रेस मूर्दावाद! हाम्रो आधार इल्ााका छोड् नत्र तेरो हत्या गरिदिन्छौं भनेर नाराबाजी गरिरहेका थिए। 
Q.
तपाईंले गोली चलाएको भन्ने आरोप छ नि?
A.
यत्रो आगो लगाएर हामीलाई हत्या गर्ने योजना बनाइसकेपछि हामीले बाँच्नको लागि कि त हामीले प्रतिकार गर्नुथ्यो कि त त्यही आगोमा डढेर मर्नुथ्यो। हामीले जसरी पनि बाँच्नुथ्यो, बाँच्दा पनि हामील्ााई बाहिरबाट ढुंगा हानेर मरिने अवस्था थियो। मेरो सुरक्षार्थ बसेको सुरक्षाकर्मीले दुई राउन्ड हवाइ फायर गरेर हामी त्यहाँबाट बाहिर निस्कन सफल भयौं। तर पनि ढुंगामूढा बर्सिरह्यो। उनीहरु अलिकति अग्लोमा थिए। हामी होचोमा थियौं। एकपछि अर्को गरेर उनीहरुले हामीलाई ढुंगामुढा बर्साइरहे। 
Q.
सुरक्षाकर्मीले दुई राउन्ड हवाइ फायर मात्रै चलाएको हो त?
A.
घरबाट हामीलाई बाहिर निकाल्नका लागि सुरक्षाकर्मीले दुई राउन्ड हवाइ फायर मात्र गरेको हो। 
Q.
तपाईंंलाई हत्या गर्ने नै नियोजित षड्यन्त्र थियो त?
A.
एकदम। मलाई हत्या गर्ने नियोजित षड्यन्त्र थियो। जसरी उनीहरुले चारैतिरबाट आगो लगाए, जुन किसिमको उनीहरुको गतिविधि देखियो। त्यसबाट प्रस्ट थियो– उनीहरु हामीलाई जसरी पनि हत्या गर्न चाहन्थे। 
Q.
तपाईंको हत्या गरेर माओवादील्ााई के फाइदा हुन्छ?
A.
मलाई हत्या गरेपछि दार्चुलामा सत्ता कब्जा गर्न सक्छौं। आफ्नो आधार इलाकामा कोही पस्नुहुँदैन। पस्यौ भने कसैलाई पनि छोड्दैनौं भन्ने माओवादीको निष्कर्ष छ। 
Q.
के माओवादीको ज्यादती घटेको छैन र?
A.
माओवादी संविधानसभाको चुनावप्रति इमान्दार छैन। यो घटनाले स्पष्ट पार्दछ कि माओवादी अधिनायकवादी चरित्रअनुसार अघि बढ्ने रणनीतिमा जुटेको छ। जसरी भए पनि सत्ताकब्जा गरेर विपक्षीहरुलाई ध्वस्त पार्न चाहन्छन्। 
Q.
कांग्रेसले के हेरेर बसेको छ त?
A.
कांग्रेस पार्टीले एउटा विज्ञप्ति निकालेर घटनाको विरोध गरेको मैले सुनें। त्यति गरेर मात्रै पुग्दैन, यसलाई गम्भीर रुपमा लिनु आवश्यक छ। यस्तै घटना र गतिविधि हुँदै जाने हो भने कसरी हामी चुनावमा जान सक्छौं भन्ने कुरा समग्र रुपमा पुनरवलोकन हुनुपर्छ भन्ने मेरो मान्यता हो। 
Q.
माओवादीसँगको सहयात्रा नै तोड्नुपर्छ भन्न खोज्नुभएकेा हो?
A.
माओवादीसँगै अब अगाडि जाने कि नजाने भन्ने कुरामा पुनर्विचार र यसको आधार खोजिनुपर्छ। एकचोटी अगाडि जान सकिन्छ कि सकिंदैन भन्ने बारेमा शीर्षनेताहरुको बैठक बसेर यसको कारण खोजिनुपर्छ। यो सात पार्टीको जिम्मेवादारी र दायित्व पनि हो। 
Q.
के माओवादीसँगको सात दलको गठबन्धनको औचित्य समाप्त भएको
A.
अब त्यसमाथि नै पुनर्विचार गरिनुपर्छ। त्यस्तै हो भने सात दलको गठबन्धनको औचित्य नै समाप्त हुन सक्छ। त्यसैले तत्काल सात दलको शीर्ष बैठकमा अब आगामी दिनमा कसरी अगाडि बढ्न सक्छ भन्ने खाका खोरिनुपर्छ।  
Q.
भनेपछि माओवादीसँग सम्बन्ध तोडेर कोसँग गठबन्धन गर्ने त?
A.
अब प्रजातान्त्रिक शक्तिको बीचमा एउटा सल्लाह हुनुपर्ने स्थिति देखिन्छ र अधिनायकवादीका विरुद्धमा प्रजातान्त्रिक शक्तिहरु एक ठाउँमा उभिनै पर्छ। 
Q.
अब माओवादीलाई सँगै लिएर जान सक्नुहुन्न?
A.
पुनर्विचार हुनुपर्छ र सात दलको बैठक बसेर गम्भीर रुपमा छलफल हुनुपर्छ। एउटा निर्णय र निष्कर्षका साथ हामी अघि बढ्नुपर्छ।
Q.
माओवादीको सत्ताको नेतृत्व गर्ने रणनीतिलाई रोक्न तपाईंहरु असफल हुनुभयो होइन र?
A.
अब हामी प्रजातान्त्रिक शक्ति एक भएर अगाडि बढ्नुपर्छ र अब प्रजातान्त्रिक शक्तिबीचको एकताको विकल्प छैन। माओवादीले सत्ताको नेतृत्व गर्ने जुन रणनीति बनाएको छ, त्यो दिवास्वप्नमात्र हो। 
Q.
यसबारेमा प्रधानमन्त्री कोइरालाको केही प्रतिक्रिया आएन नि?
A.
प्रधानमन्त्रीले मलाई फोन गरेर भन्नुभयो, यो घटना अत्यन्त गम्भीर छ, जसलाई मैले गम्भीर रुपमा लिएको छु। यो घटनालाई लिएर के गर्ने भन्नेबारेमा म छलफल गर्दैछु। यसको बारेमा ब्यापक रुपमा पुनर्विचार र विश्लेषण हुन्छ, भन्नुभएको छ।
Q.
दोषीलाई कारबाही गर्नेबारेमा प्रमले के भन्नुभयो?
A.
मैले गम्भीर रुपमा लिएको छु र दोषीमाथि तत्काल कारबाही गर्ने निर्देशन दिएको छु भन्नुभएको छ। 
Q.
माओवादील्ााई अहिलेसम्म कारबाही गरेको दुईवटा मलाई उदाहरण दिनुस् न?
A.
घटना भइसकेको छ, अब कसरी अघि बढ्ने भन्नेबारेमा एउटा निर्णय सात दलको बैठक बसेर गर्नैपर्छ ताकि उनीहरुलाई कारबाही गर्न सजिलो होस् र यस्तो घटना अब नदोहोर्‍योऊन्। 
Q.
के अब यस्तै भइरह्यो भने संविधानसभाको चुनाव होला त?
A.
यस्तै घटना भइरह्यो भने कसरी चुनाव हुन्छ? उनीहरुले हामीलाई आमसभा गर्नै नदिने, जनताको घरदैलेमा जानै नदिने, आधार इलाका भनेर बन्देज लगाउने, पूरै निषेध गर्ने यस्तोमा कसरी चुनाव हुन्छ?
Q.
चुनावको लागि सेना परिचालन गर्नु आवश्यक छ?
A.
त्यो मैले एक्लै भन्नुभन्दा पनि भने यो घटनालाई गम्भीर रुपमा लिएर चुनाव साँच्चिकै गर्ने हो भने अहिलेसम्म भएका सबै सहमति, समझदारीको बारेमा पुनरवलोकन गरौं र गम्भीर रुपमा अघि बढौं। 
Q.
गृहमन्त्रीको पनि विकल्प खोज्ने बेला भयो?
A.
गृहमन्त्रीको जुन कुरा बाहिर आएको छ, त्यो झन गम्भीर भएको छ त्यसबारेमा पार्टीले एउटा निर्णय गर्नैपर्छ। 
Q.
१२ बुँदेदेखि अहिलेसम्म भएको समझदारीको औचित्य छ?
A.
औचित्य नभएर त हामी यहाँ पुगेका होइनौ। अब त्यो समझदारीलाई अक्षरशः पालना नगर्ने हो भने त्यो समझदारीको औचित्य छैन। समझदारीको कुनै पनि कार्यान्वयन हुँदैन भने औचित्यको आवश्यता छैन।
‹‹ Back
Latest Video
IME
Civil Homes
जिल्ला समाचार
उदयपुरमा एक बालिकाको उद्धार
[January 03 2011]
उदयपुर २० पुस । बिभिन्न प्रलोभन देखाई एक बालिकालाई काठमाण्डौतर्फ लैजादै गरेका खोटाङका डिल्ली खत्रीलाई प्रहरीले गाईघाट बजारबाट पक्राउ गरेको छ । उदयपुरको हडिया गाविस
सबै हेर्नुहोस् ››
Dish Nepal
hometv
Galaxy Public School
Bajaj XCD
Oil Corporation
utl ad
Manakamana Temple
Tara Air
OM HOSPITAL
Guna Colony
Akhadya
Real
Kist Bank
Himalayan Bank
Prime Bank
Citizens Bank
CFL Bulb
NIBL
Copyright © Reporters Nepal. 2007 - 2012. All rights reserved.