REPORTERSNEPAL.COM
A BILINGUAL NEPALESE NEWS PORTAL PRESENTATION OF REPORTERS CLUB NEPAL IN
ASSOCIATION WITH RADIANT INFOTECH NEPAL
NEWS CATEGORY

Face to Face
दिग्विजय सिंह with  ऋषि धमला

कांग्रेस आईकी अध्यक्ष सोनिया गान्धी र प्रधानमन्त्री डा मनमोहन सिंहका विश्वासपात्र हुनुहुन्छ, महामन्त्री दिग्विजय सिंह। कंग्रेस आईले पार्टी महामन्त्री सिंहको नेतृत्वमा पार्टीको उच्च स्तरीय प्रमण्डल नेेपालको त्रिदिवसीय भ्रमणका लागि पठाएको थियो। मध्य प्रदेशको मुख्यमन्त्री रहिसकेका प्रभावशाली नेता सिंहसित नेपाल भ्रमणमा रहँदा लिएको अन्तर्वार्ता–
Q.
तपाईंको नेतृत्व कंग्रेस आईको उच्च स्तरीय प्रमण्डलको नेेपालको त्रिदिवसीय भ्रमण कस्तेा रह्यो?
A.
कंग्रेस आई प्रमण्डलको त्रिदिवसीय भ्रमणको उपलब्धिका आकलन त नेपाली जनताले नै गर्नेछन्। साथै नेपाली प्रेसले पनि यसको मूल्यांकन गनर्ेे नै छ। तर, भारत र कंग्रेस आई नेपालमा लोकतन्त्रले स्थायित्व पाओस्, नेपालमा शान्ति र प्रगति होस् भन्ने नै चाहन्छ। बाँकी सबै संविधानसभा निर्वाचनपछि पूरा हुनेछन्।  
Q.
० नेपालमा संविधानसभा निर्वाचन चैत २८ गते नै गर्नका लागि केके गर्नुपर्ने देख्नुभयो त?
A.
सबै राजनीतिक दलहरू एकजुट भएर संविधानसभा निर्वाचनमा भाग लिनुपर्छ। त्यसपछि जनताको प्रतिनिधिले आफ्नो संविधान बनाउने छन्।  
Q.
नेपालमा संविधानसभा निर्वाचन हुने सुनिश्चित भयो त?
A.
संविधानसभा निर्वाचन त हुनैपर्छ नि। यसको विकल्प के छ र?
Q.
मधेसका ज्वलन्त समस्या त समाधान भएको छैन नि?
A.
मधेसका समस्या त समाधान हुनैपर्छ। समाधान खोज्ने जिम्मेवारी पनि नेपालकै नेतृत्ववर्गको हो। गिरिजाबाबुको जन्म पनि मधेसमा नै भएको हो।  
Q.
मधेसका आन्दोलनकारी पार्टीहरूलाई तपाईंले कस्तो सुझाव दिनुभयो?
A.
उनीहरूको मागमा सहानुभूतिपूर्वक निर्णय हुने हो भने निर्वाचनमा भाग नलिने सवालै छैन।  
Q.
एक मधेस: एक प्रदेशको माग त कसरी पूरा होला र?
A.
हो, यही माग लिएर उनीहरू चुनाव लडून् र जनताको मतबाट स्थापित गरुन् कि त्यहाा एक मधेस चाहिन्छ।  
Q.
यो मागलाई सम्बोधन चुनावअघि हुनुपर्छ कि पछि?
A.
नयाँ संविधान त संविधानसभा निर्वाचन पछि नै बन्ने हो।  
Q.
त्यसअघि कसरी लेख्ने?
A.
यसलाई स्वीकार गर्नैपर्छ।
Q.
उनीहरूले त अन्तरिम संविधान संशोधनका कुरा पनि उठाएका छन् नि?
A.
यसले कुनै फरक पर्दैन। संविधानसभापछि त्यो खारेज भयो भने के गर्ने?  त्यसको जिम्मा कसले लिन्छ? यसका लागि उनीहरूले चुनावमा भाग लिनैपर्छ।
Q.
मधेसवादी नेताहरू के भन्छन्?
A.
उनीहरूमाथि भएको अन्याय र भेदभाव भएको छ। उनीहरूको अविश्वासलाई विश्वासमा परिणत गर्नका लागि पनि सबै दलहरूले यसमा गम्भीर हुनैपर्छ।  
Q.
तपाईंले प्रधानमन्त्रीलाई पनि भेट्नुभयो, प्रधानमन्त्रीको कस्तो दृष्टिकोण पाउनुभयो?
A.
प्रधानमन्त्री कोइराला बडो सकारात्मक हुनुहुन्छ। नेपालको अखण्डता र सार्वभौम अधिकारको विषयमा सम्झौता नगरिने उहााले स्पष्ट पार्नुभएको छ।
Q.
राष्ट्रसंघको हस्तक्षेपमा चाहिं प्रधानमन्त्री सहमत हुनुभयो त?
A.
प्रधानमन्त्री कोइराला यसको लागि तयार हुनुुहुन्न। हामी पनि राष्ट्रसंघको हस्तक्षेप होस् भन्ने चाहँदैनौं।
Q.
भनेपछि नेपालमा राष्ट्रसंघको हस्तक्षेप आवश्यक छैन?
A.
यहाँको समस्या नेपालको सरकारले नै समाधान गर्नुपर्छ। नेपालीहरू नै यसमा सक्षम छन्।  
Q.
राष्ट्रसंघ त अझै छँदैछ नेपालमा.....?
A.
चुनाव गर्नका लागि उनीहरूको भूमिका ठीकै छ। तर, मधेसका समस्या समाधानका लागि राष्ट्रसंघको हस्तक्षेप चाहिंदैन। यसमा भारत स्पष्ट छ।
Q.
के प्रधानमन्त्री कोइरालाले चुनाव गराउन सक्नुहोला?
A.
किन नसक्ने? उहाँकै नेतृत्वमा चुनाव हुन्छ र हुनुपर्छ। अव दुई महिनामात्र बााकी छ।  
Q.
नेपाली कांग्रेस र कंग्रेसआईको सम्बन्ध कस्तो छ?
A.
नेपाली कांग्रेस र कंग्रेस आईको पुरानो सम्बन्ध छ। तर, यसको अर्थ अरु पार्टीसित सम्बन्ध नराम्रो छ भन्ने होइन।  
Q.
माओवादी अध्यक्ष प्रचण्डलाई पनि तपाईंले भेट्नुभयो, उहाँको पार्टीसित कस्तो सम्बन्ध छ?
A.
प्रचण्डजीमा बडो सकारात्मक हुनुहुन्छ। पार्टीहरूका अलग अलग विचार धारा हुन्छन्। यसमा हामीलाई कुनै समस्या छै्रन। हामी सबै दलसित उत्तिकै सम्बन्ध राख्न चाहन्छौं। भारतकै कुरा गर्नुस्। कंग्रेस आईको सरकारलाई धेरै दलहरूको समर्थन छ। यद्यपि उनीहरूसित हाम्रा केही मतभेद होलान्। प्रचण्डजीले हामीलाई भन्नुभयो, कब्जामा लिइएका सम्पत्ति फिर्ता हुन्छ, अव वाइसिएल हिंसामा सामेल हुादैन। सबै दललाई चुनाव प्रचार गर्न दिन्छ।  
Q.
प्रचण्डले त आफूलाई प्रथम राष्ट्रपतिमा दाबी गर्नुभएको छ नि?
A.
ठीक छ, हरेक व्यक्तिका आआफ्ना महत्वाकांक्षा हुन्छन्। त्यसमा हामीलाई के चिन्ता?
Q.
नेपालमा राजाको भूमिका के हुन्छ?
A.
राजाका भूमिका त नेपालका जनताले नै तय गर्छन्। नेपाली जनताको निर्णयलाई भारतले सम्मान गर्नेछ। नेपालको सार्वभौमसत्ता, अखण्डता रहनुपर्छ भन्ने हाम्रो धारणा हो।
Q.
राजासित कंग्रेस आईको कस्तो सम्बन्ध छ?
A.
कंग्रेस पार्टीले स्वतन्त्रता आन्दोलनपछि भारतमा राजामहाराजा र जमिन्दारी समाप्त गरेको हो। गरिबलाई अधिकार दिलायो। हामी नेपाली जनता चाहन्छन् भने राजा राखून् र चाहादैनन् भने नराखून्। हाम्रो कुनै हस्तक्षेप हुँदैन।  
Q.
चुनाव भएन भने नेपालमा के होला?
A.
भरखर त प्रक्रिया शुरुवात भएको छ। यसबारे हामीले के भन्ने?  
Q.
पाकिस्तानमा जस्तै सैनिक कू नहोला?
A.
नेपाली सेना बडो जिम्मेवार छ। शान्ति र जिम्मेदारीसाथ काम गर्नेमा हामी विश्वस्त छौं।
Q.
प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालासमक्ष कांग्रेस आईकी अध्यक्ष सोनिया गान्धी, प्रधानमन्त्री डा मनमोहन सिंह, विदेशमन्त्री प्रणव मुखर्जीको सन्देश के थियो?
A.
नेपालको शान्ति प्रक्रिया परिणाममुखी होस् र संविधानसभा निर्वाचन समयमै होस्। नेपाल अघि बढोस्
‹‹ Back
Latest Video
IME
Civil Homes
जिल्ला समाचार
उदयपुरमा एक बालिकाको उद्धार
[January 03 2011]
उदयपुर २० पुस । बिभिन्न प्रलोभन देखाई एक बालिकालाई काठमाण्डौतर्फ लैजादै गरेका खोटाङका डिल्ली खत्रीलाई प्रहरीले गाईघाट बजारबाट पक्राउ गरेको छ । उदयपुरको हडिया गाविस
सबै हेर्नुहोस् ››
Dish Nepal
hometv
Galaxy Public School
Bajaj XCD
Oil Corporation
utl ad
Manakamana Temple
Tara Air
OM HOSPITAL
Guna Colony
Akhadya
Real
Kist Bank
Himalayan Bank
Prime Bank
Citizens Bank
CFL Bulb
NIBL
Copyright © Reporters Nepal. 2007 - 2012. All rights reserved.