डा. रामशरण महत with ऋषि धमला
त्यसो हो भने देश टुक्रन्छ – डा. रामशरण महत अर्थमन्र्त्री
अर्थमन्त्री डा रामशरण महत नेपाली कांग्रेसका प्रभावशाली,ं बौद्धिक र स्पष्टवादी नेता हुनुहुन्छ। कांग्रेसका मध्यमार्गी नेताका रुपमा परिचित डा महतले धेरै आलोचना खपेर भए पनि नेपालको अर्थतन्त्रलाई बलियो पार्न मरमग्दुर प्रयत्न गरिरहनुभएको छ। बृहत् दातृ समन्वय बैठक र समसामयिक राजनीतिक परिस्थितिबारे देशान्तरका लागि ऋषि धमलाले उहाँसित गरेको कुराकानी:
Q.
दातृराष्ट्रहरूको बैठकको उपलब्धि कस्तो रह्यो?
A.
लोकतन्त्रपछि प्रतिकूल परिस्थितिका बाबजुद नेपालले हासिल गरेको आर्थिक उपलब्धिलाई दाताहरूले अत्यन्त सकारात्मकले प्रशंसा गरेका छन्। आर्थिक स्थायित्व कायम राख्न सकेको, सामाजिक क्षेत्र र गरिबी निवारणको क्षेत्रमा भएको प्रगतिलाई पूर्णतय समर्थन गरेका छन्। साथै, हाम्रा प्राथमिकताका क्षेत्रमा थप सहयोग दिने वचन दिएका छन्।
Q.
दाताहरूले संविधानसभा निर्वाचन बारे के भने त?
A.
संविधानसभा निर्वाचन आवश्यक छ र समयमा शान्तिपूर्ण वातावरणमा सम्पन्न गर्नुपर्छ र चुनाव शान्ति प्रक्रियाको अंग हो भन्ने उनीहरूको धारणा रह्यो।
Q.
० माओवादीका बारेमा चाहिँ उनीहरूको धारणा कस्तो छ?
A.
शान्ति सम्झौतालगायतका समझदारीहरूअनुरुप आचरण गर्नुपर्छ भन्ने उनीहरूको धारणा छ।
Q.
० दाताहरूले चुनाव र शान्तिलाई जोड दिएका छन्। उनीहरूलाई आश्वस्त गराउन सक्नुहुन्छ?
A.
सरकार त्यसैका लागि प्रयत्नशील छ। अन्तिम समयसम्म पनि समझदारी बनाएर संविधानसभा निर्वाचन गराउने प्रयास भइरहेको छ। त्यसैले उम्मेदवारी दर्ता गराउने म्याद थपिएको हो।
Q.
० विदेशीहरू शान्ति प्रक्रिया र चुनावका लागि आर्थिक सहयोग गर्न तयार छन् त? सबै कुरा विदेशीले गरिदिने हो भने हाम्रो के काम त?
A.
विदेशीको पोल्टामा गए भइहाल्यो नि। आफ्नै स्रोत र साधन परिचालन गर्नुपर्छ, नपुग सहयोग माग्ने हो।
Q.
० तपाईंहरूले कुन कुन सहयोग माग्नुभयो त?
A.
हरेकपटक भिक्षा मात्र मागिरहने हो र? उनीहरूले आवश्यकताअनुसार सहयोग गर्ने वचन दिएका छन्।
Q.
० विदेशीहरू समयमै चुनाव होस् भन्ने चाहन्छन् त?
A.
हो, चाहन्छन्। उनीहरू समयमै होस् भन्ने चाहन्छन्।
Q.
० तपाईंहरू चुनाव गराउन सक्नुहुन्छ त?
A.
किन नसक्ने? त्यसैका लागि त लागिरहेका छौं। पूरै आत्मविश्वास छ। ण् मधेसी पार्टीहरूको माग कसरी पूरा गराउनुहुन्छ त? मागअनुसार चुनाव सार्दै जाने हो भने कहिले पनि हुँदैन। त्यो त अन्तहीन छ।
Q.
० एक मधेस एक प्रदेशको माग पूरा हुन्छ?
A.
हुँदैन। एक मधेस एक प्रदेश कुनै पनि हालतमा मान्य हुँदैन।
Q.
० एक मधेस एक प्रदेश दिंदा के फरक
A.
यसले देशमा विखण्डन हुनसक्छ। टुत्र््कयाउने खेल हुन सक्छ। यसले संविधानसभा चुनाव हुन दिंदैन। संविधानसभा निर्वाचनले नै यसबारे तय गर्छ।
Q.
० मधेसका पार्टीहरू नआए पनि चुनाव हुन्छ?
A.
चुनावमा ल्याउने प्रयास भइरहेको छ। उनीहरू नै आउँदैनन् भने के उपाय छ? मधेसी जनताले चुनावमा भाग लिन्छन्।
Q.
० चुनाव सर्दैन त अव?
A.
कुनै पनि हालतमा सर्दैन।
Q.
० कांग्रेस चुनावमा के एजेन्डा लिएर जान्छ?
A.
दिगो शान्ति, लोकतन्त्र र आर्थिक समुन्नतिको नारा लिएर जान्छ।
Q.
० कांग्रेसलाई किन भोट दिने?
A.
दिगो शान्ति, लोकतन्त्र र आर्थिक समुन्नतिका लागि कांग्रेसको सरकारले जति कसैले योगदान गरेको छैन। त्यसैले जनताले भोट दिन्छन्।
Q.
० चुनावमा कांग्रेसले को–कोसित तालमेल गर्छ?
A.
अहिले कसैसित तालमेल गर्ने कार्यक्रम छैन। एकल चुनावमा जान्छ।
Q.
० कांग्रेसले बहुमत आउला?
A.
कांग्रेसले सधैं जित्दै आएको छ। अव पनि जित्छ। बहुमत ल्याउँछौं।
Q.
० टिकटमा मारमार छ नि?
A.
चुनावअघि त्यस्तो हुनु सामान्य हो। कतिले पाउाछन्, कतिले पाउादैनन्। त्यसैले असन्तुष्टि हुनु स्वाभाविकै हो।
Q.
० टिकट वितरणमा भागबन्डा भइरहेको छ नि?
A.
त्यस्तो तानातानको जानकारी मलाई छैन। संसदीय समितिका साथीहरू लागिरहनुभएको छ।
Q.
० भनेपछि कांग्रेसमा झगडा छैन त?
A.
कांग्रेसमा सिटभन्दा बढी योग्य मान्छे धेरै छन्। सबैलाई टिकट दिन सकिन्न। त्यसैले अलिकति असन्तुष्टि हुन्छ नै।
Q.
० योग्यलाई भन्दा चाप्लुसी गर्नेैलाई टिकट दिइन्छ रे?
A.
कसले भन्यो? मलाई थाहा छैन।
Q.
० मुलुक गणतन्त्रमा जान्छ कि राजतन्त्रमै रहन्छ?
A.
मुलुक गणतन्त्र उन्मुख छ।
Q.
० वैशाख ११ गते नै राजा राख्ने सहमति भएको थियो रे?
A.
संविधानमा नै गणतन्त्रमा जाने निर्णय भइसक्यो।
Q.
० भारतीय दूतावासमा गएर तपाईंहरूले वार्ता गर्नुभयो। यो राम्रो हो कि नराम्रो?
A.
खै कुन्नि कसरी त्यहाँ पुगेको हो मलाई थाहा छैन। विदेशी दूतावासमा वार्ताका लागि जानु राम्रो होइन।
Q.
० एमालेको दसवर्षे योजनालाई कसरी हेर्नुभएको छ?
A.
मैले यसबारे अध्ययन गर्नै बाँकी छ। तर, यस्ता योजना हामीले पहिल्यै दिइसकेका छौं।