REPORTERSNEPAL.COM
A BILINGUAL NEPALESE NEWS PORTAL PRESENTATION OF REPORTERS CLUB NEPAL IN
ASSOCIATION WITH RADIANT INFOTECH NEPAL
NEWS CATEGORY

Face to Face
ऋषि धमला with  शिवशंकर मुखर्जी

अब चुनाव कसैले रोक्न सक्तैन – शिवशंकर मुखर्जी, भारतीय राजदूत भारतीय राजदूत भारतीय राजदूत शिवशंकर मुखर्जीको चारवर्षे नेपाल बसाइ निकै उतारचढावमय रह्यो। उहाको कार्यकालमा नेपालमा क्रान्तिकारी परिवर्तन सम्भव भयो। नेपाल शाही कूदेखि लोकतान्त्रिक आन्दोलनको सफलता, माओवादीसहितको अन्तरिम सरकार हुादै संविधानसभा निर्वाचनसम्म आइपुगेको छ। बौद्धिक, शालीन, शिष्ट र मिलनसार कूटनीतिक व्यक्तित्व मुखर्जी आफ्नो नेपाल बसाइलाई अत्यन्त उपलब्धिमूलक रहेको बताउनुहुन्छ। नेपाल–भारत सम्बन्धमा पनि निकै उत्साहजनक रहेको उहााको भनाइ छ। सफल कूटनीतिज्ञका रुपमा परिचित मुखर्जीले निकट भविष्यमा बेलायतस्थित भारतीय उच्चायुक्तको पदभार सम्हाल्दै हुनुहुन्छ। सरकार र संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाबीच ८ बुदे सम्झौता भएपछि निकै प्रफुल्ल देखिनुभएका मुखर्जीसित देशान्तरका लागि ऋषि धमलाले गर्नुभएको कुराकानीको मुख्य अंश:
Q.
० सरकार र संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाबीच ८ बुदे सम्झौतालाई तपाईंले कसरी हेर्नुभएको छ?
A.
सरकार र मोर्चाबीच जुन सम्झौता भयो, त्यो ऐतिहासिक छ। शान्ति प्रक्रियाका निम्ति यो अत्यन्त सकारात्मक छ। भारत सरकारको के दृष्टिकोण छ भने, शान्ति र लोकतन्त्रको संस्थागत विकासका साथै संविधानसभा चुनावका निम्ति यो महत्वपूर्ण कदम हो। भारत सरकारले यसको बारेमा प्रेस विज्ञप्तिमार्फत नै स्वागत गरिसकेको छ।
Q.
० अब चैत २८ गते नै नेपालमा संविधानसभा चुनाव होला त?
A.
चुनाव अव हुन्छ र हुनैपर्छ। अव त्यसको विकल्प छैन। भारत पूर्ण रुपमा विश्वस्त छ। तोकेकै मितिमा संविधानसभा चुनाव हुन्छ। यसको निम्ति मुलुक चुनावमय भइसकेकेा छ। र यसको जनमत पनि बनिसकेको छ। 
Q.
० चुनाव सफल पार्न भारतको सहयोग कस्तो रहन्छ?
A.
भारत नेपालमा संविधानसभा चुनावका निम्ति जस्तो सुकै सहयोग गर्न तयार छ। भारतले सदैव भनेको छ, हाम्रो क्षमताअनुसार हामी सहयोग गर्न तयार छौं। चुनाव सम्पन्न गर्न चुनौतीहरू देख्नुहुन्न? हेर्नुस्, अब संविधानसभा चुनाव गराउन म कुनै बाधा व्यवधान देख्दिन। सत्तारुढ सात दलदेखि जनतासम्म चुनाव चाहन्छन्। उनीहरू जस्तोसुकै चुनौती सामना गर्न सक्षम छन्। जनआन्दोलन, २ ले एसियाका निम्ति एउटा उदाहरण प्रस्तुत गरिसकेको छ।  नेपाली जनता आफैं सक्षम छन्। लोकतन्त्रप्रति नेपाली जनताको चाहना त्यसमा मुखरित भएको छ। असल छिमेकीको नाताले हामी आवश्यक सहयोग गर्न चाहन्छौं। 
Q.
मधेस समस्या समाधान गर्न भारतको भूमिका कस्तो रह्यो?
A.
नेपालको जुनसुकै समस्या समाधान गर्न सरकार, दलहरू र जनता नै सक्षम छन्। भारतले खाली शुभकामना र सहयोग मात्र गरेको हो। यो समस्या सरकार, दलहरू र मधेसवादीहरूले नै समाधान गरेका हुन्। यसमा भारतको सहयोगी भूमिकामात्र हो। 
Q.
भारतले हस्तक्षेप गर्यो भनिन्छ नि त?
A.
 त्यो गलत हो। नेपालको आन्तरिक समस्या नेपालीहरूले नै समाधान गर्न सक्छन्। भारत शान्त, स्थिर, समृद्धशाली र लोकतान्त्रिक नेपाल देख्न चाहन्छ। नेपालको आन्तरिक मामिलामा हामी हस्तक्षेप गर्न चाहदैनौ.। शान्ति प्रक्रिया सफल होस् भन्ने मात्र भारतको चाहना हो। लोकतन्त्रलाई बलियो बनाउन चुनाव आवश्यक छ। त्यस अर्थमा मात्र हामीले समयमा संविधानसभा चुनाव गर्न भनेका हौं। यसका निम्ति भारतको नैतिक, राजनीतिक, कूटनीतिक र भौतिक सहयोग रहनेछ। 
Q.
तपाईंको चार वर्षे कार्यकाल कस्तो रह्यो?
A.
मैले सरकारी सेवामा ३६ वर्ष बिताएा। यस अवधिमा मैले अद्वितीय अनुभव बटुलेको छु। मेरो कार्यकालमा नेपाल ठूलो परिवर्तनका निम्ति अघि बढ्यो। यसले मलाई पूर्ण सन्तुष्टि मिलेको छ। 
Q.
कतिपय त नेपाललाई असफल राष्ट्र भइसक्यो भन्छन् नि?
A.
 त्यो निकै पूर्वाग्रही र उडन्ते कुरा हो। नेपाल असफल राष्ट्र हुनै सक्दैन। त्यसो भन्नु मुर्खता मात्र हो। भारत त्यो मान्न तयार छैन। नेपाल सफलतातिर उन्मुख छ। चुनावपछि नेपालमा आर्थिक उन्नतिको लहर नै सिर्जना हुन सक्छ।   
Q.
नेपालमा अव गणतन्त्र संस्थागत होला त?
A.
संविधानसभा चुनाव आफ्नो भाग्यको फैसला गर्ने महान् अवसर हो। त्यो अवसरमा नेपाली जनताको चाहना अवश्य अभिव्यक्त हुन्छ। त्यसमा हाम्रो पूर्ण समर्थन रहन्छ। नेपाली जनताले चाहे भने गणतन्त्र संस्थागत हुन सक्छ। त्यसमा भारतको आपत्ति रहने कुरै हुदैन।
‹‹ Back
Latest Video
IME
Civil Homes
जिल्ला समाचार
उदयपुरमा एक बालिकाको उद्धार
[January 03 2011]
उदयपुर २० पुस । बिभिन्न प्रलोभन देखाई एक बालिकालाई काठमाण्डौतर्फ लैजादै गरेका खोटाङका डिल्ली खत्रीलाई प्रहरीले गाईघाट बजारबाट पक्राउ गरेको छ । उदयपुरको हडिया गाविस
सबै हेर्नुहोस् ››
Dish Nepal
hometv
Galaxy Public School
Bajaj XCD
Oil Corporation
utl ad
Manakamana Temple
Tara Air
OM HOSPITAL
Guna Colony
Akhadya
Real
Kist Bank
Himalayan Bank
Prime Bank
Citizens Bank
CFL Bulb
NIBL
Copyright © Reporters Nepal. 2007 - 2012. All rights reserved.