REPORTERSNEPAL.COM
A BILINGUAL NEPALESE NEWS PORTAL PRESENTATION OF REPORTERS CLUB NEPAL IN
ASSOCIATION WITH RADIANT INFOTECH NEPAL
NEWS CATEGORY

Face to Face
ऋषि धमला with  बामदेव गौतम

प्रचण्डले चुनाव जित्नै पछl : वामदेव गौतम, नेता नेकपा एमाले
Q.
संविधानसभाको चुनावमा एमालेको नारा के हो?
A.
यसपटकको चुनावमा राजतन्त्रको अन्त्य र संघिय लोकतन्त्रिक गणतन्त्रको स्थापना, क्रान्तिकारी भुमिसुधार र समाजवाद उन्मुख गणतन्त्रको निर्माण मुख्य नारा हुनेछ।  
Q.
तपाईंहरुले चुनाव जित्ने आधार के हो?
A.
राजतन्त्रको समाप्त भइसकेका अवस्थामा हामीले चुनाव नजित्ने त कुरै भएन। नेपाली जनता एमालेलाई जिताउन आतुर भएका छन्।  
Q.
यस पटकको चएमाले र माओवादीबीचको द्वन्द्वले कसलाई फाइदा होला?
A.
नेकपा एमाले र माओवादीबीच भिडन्त भएर माओवादीलाई नोक्सान हुनेमात्र हो, एमालेलाई भने केही फरक पर्दैन।  
Q.
०५६ को आम चुनावमा एमाले र मालेको द्वन्द्वले कांग्रेसले बहुमत ल्याएजस्तै यो पटक पनि यही स्थिति नदोहोरिएला त?
A.
०५६ सालमा एमाले विभाजित थियो, तर अहिले त एकीकृत भएको छ। हिजो फुटेको पार्टी फेरि एकीकृत भएको छ। माले एमालेबाट विभाजित भएको शक्ति थियो। त्यसो भएर त्यो कमजोर भएको हो। अहिले माओवादी त नेकपा एमालेबाट विभाजित भएर बनेको होइन नि। पहिले पनि माओवादीको जनमत आफ्नै थियो। २०४८ सालमा एम्ाालेको ३० लाख मत थियो, त्यतिवेला फुट्दै नफुटेका अन्य वामपन्थीको जम्मा ६/७ लाख मत थियो। त्यसैले माओवादीका कारण एमालेलाई कुनै फरक पर्दैन।  
Q.
एमाले र माओवादीको भोट बैंक एउटै होइन र?
A.
बिल्कुल होइन, हाम्रो स्कुलिङ फरक छ, भोट बैंक पनि फरक छ। उनीहरु युद्धको आधारमा जनमत तयार गरेर गएका हुन्। हामी शान्तिपूर्ण क्रियाकलापको आधारमा जनाधार निर्माण गरेर आएका हौं। त्यसैले हाम्रो भोट बैंक फरक छ।  
Q.
कांग्रेसले बहुमत ल्याउँदै छ रे नि त?
A.
नेपाली कांग्रेसको बहुमत आउने कुनै आधार छैन। त्यो यथास्थितिवादी शक्ति हो, ठूलो दबाबबाट मात्रै लोकतान्त्रिक गणतन्त्रमा जाने निर्णय गरेको हो। नेपाली जनताको प्रवृति आमूल परिवर्तनकारी भएकाले कांग्रेसले बहुमत ल्याउन सक्दैन।  
Q.
माओवादी र एमालेको प्रतिस्पर्धाले कांग्रेसले जित्छ रे नि?
A.
नेकपा एमाले र माओवादीबीच सैद्धान्तिक मतभिन्नतामात्र हो। एमाले र कांग्रेसको बीचमा जुन प्रतिस्पर्धा हो, त्यस्तै एमाले र माओवादीबीच प्रतिस्पर्धा छ।  
Q.
कांग्रेसको विजयलाई रोक्न तपाईंहरु वाम तालमेल गर्दै हुनुहुन्छ रे नि?
A.
कांग्रेसको विजयलाई रोक्न होइन, नेपालमा आमुल परिवर्तनकारीलाई सुदृढ बनाई बहुमत हासिल गर्नको निम्ति लोकतान्त्रिक गणतन्त्रका पक्षधरका बीचमा तालमेल गर्ने पक्षमा छौं। हामी बामहरुको बीचमा मात्र तालमेल गर्दैनौं।  
Q.
कांग्रेसलाई हराउन त तालमेल गर्नुहोला नि त?
A.
कांग्रेसलाई हराउनका निम्ति एमाले नै काफी छ। बाम तालमेल गर्नैपर्दैन।  
Q.
माओवादीसंग एमालेले तालमेल गर्दैन होइन?
A.
लोकतान्त्रिक गणतन्त्रका पक्षधरसंग समझदारी विकास गर्न चाहन्छौं भने कतिपय कुरामा तालमेल गरेर पनि जान चाहन्छौं। माओवादीसंग तालमेल गर्ने हाम्रो नीति छैन।  
Q.
एक बाम एक ठाम नहुने नै भयो त?
A.
त्यस्तो संभावना नै छैन, हामी त्यो पक्षमा पनि छैनौं। आवश्यक ठाउमा जोसँग पनि तालमेल हुन्छ तर एक बाम एक ठाम हँुदैन। तालमेल गर्छाै। तर बामपन्थीसंग मात्र तालमेल गर्ने हाम्रो पार्टीको नीति छैन।  
Q.
प्रचण्डले त चुनावी तालमेल गरेर शीर्ष नेताहरुलाई जिताउनुपर्छ भन्नुभएको छ नि?
A.
प्रचण्डको भनाइलाई अन्यथा लिनुहँुदैन, त्यो उहाँको पार्टीको नीति हो।  
Q.
प्रचण्डले त चुनाव जित्नुहोला नि?
A.
हामी सुशील कोइरालालाई पनि चुनाव जिताउन चाहन्छौं, प्रचण्डलाई पनि जिताएर हामी संविधानसभामा ल्याउन चाहन्छौं। हाम्रो चाहना प्रचण्डजस्ता प्रमुख दलका शीर्ष नेताहरु संविधानसभामा आउनुपर्छ।  
Q.
प्रचण्डलाई जित्न सहज होस् भनेर एमालेले उम्मेदवारी फिर्ता लिदै छ रे नि?
A.
एमालेले कहाँ फिर्ता लिन्छ भन्ने कुरा होइन। आफ्नै शक्तिको आधारमा आउनुपर्छ। एमालेको आधारमा कोही पनि नेता बन्नुपर्दैन। एमालेको आधारमा त एमालेकै नेता हुन्छ। आफ्नै जनाधारमा टेकेर आउनुपर्छ।  
Q.
प्रचण्डले त आफुलाई भावी राष्ट्रपति घोषणा गर्नुभएको छ नि?
A.
यो राष्ट्रपतिको चुनाव भइरहेको छैन, अहिले त संविधानसभा सदस्यको निर्वाचन भइरहेको छ। प्रचण्डले त \'नानी पाउनु कहिले कहिले, कोक्रो बुन्नु अहिले\' भनेझै घोषणा गर्नुभयो।  
Q.
माधव नेपाललाई तपाईंहरु प्रधानमन्त्री बनाउन पनि चाहनुहुन्न?
A.
हाम्रो पार्टी महासचिव माधवकुमार नेपाल संविधानसभा निर्वाचनपछि प्रधानमन्त्री हुने निश्चित छ, कसैले रोक्न सक्दैन। हाम्राे पार्टीको बहुमत आउँछ। यसपटक चुनावमा जनताको मतलाई बुझ्दा र विगतमा भएको निर्वाचनको प्रवृत्तिलाई बुझ्दाखेरि नेकपा एमालेले प्रत्यक्ष निर्वाचन प्रणालीको २४० सिट मध्येबाट बहुमत हासिल गर्छ। हामी माओवादीभन्दा धेरै अघि हुन्छौं।  
Q.
कति सिट जित्नुहुन्छ, आँकलन गर्नुभएको छ?
A.
हामीले १ सय ३५ देखि १ सय ४० सिटमा निर्वाचन जित्छौं।
‹‹ Back
Latest Video
IME
Civil Homes
जिल्ला समाचार
उदयपुरमा एक बालिकाको उद्धार
[January 03 2011]
उदयपुर २० पुस । बिभिन्न प्रलोभन देखाई एक बालिकालाई काठमाण्डौतर्फ लैजादै गरेका खोटाङका डिल्ली खत्रीलाई प्रहरीले गाईघाट बजारबाट पक्राउ गरेको छ । उदयपुरको हडिया गाविस
सबै हेर्नुहोस् ››
Dish Nepal
hometv
Galaxy Public School
Bajaj XCD
Oil Corporation
utl ad
Manakamana Temple
Tara Air
OM HOSPITAL
Guna Colony
Akhadya
Real
Kist Bank
Himalayan Bank
Prime Bank
Citizens Bank
CFL Bulb
NIBL
Copyright © Reporters Nepal. 2007 - 2012. All rights reserved.