ऋषि धमला with उषा नेपाल
अब कारबाही गरेर देखाई दिन्ौ उषा नेपाल, निर्वाचन आयुक्त
Q.
निर्वाचन आयोग निर्वाचन गराउन सक्षम छ?
A.
हामी एकदम सक्षम छौं, चुनाव गराएर देखाइदिन्छौं। निर्वाचन आयोगको क्षमतामाथि कसैले शंका नगरे पनि हुन्छ।
Q.
उम्मेदवारहरु नै गाउँमा जान नसक्ने स्थिति आइसक्यो कसरी गराउनुहुन्छ चुनाव?
A.
उम्मेदवारमाथि भएको आक्रमणलाई हामीले त्यतिकै हेरेर बसेका छैनौं। हामीले निर्वाचनका क्रममा गरेका घटनाहरुको हामीले कडा रुपमा प्रतिवाद गरिरहेका छौं।
Q.
माओवादी वा अरु कसैले बुथ कब्जा गरे पनि तपाईंहरु केही गर्न सक्नुहुन्न भनिन्छ नि?
A.
त्यस्तो परिस्थिति भए भने हामी चुप लागेर बस्दैनौं। कसैले बुथ कब्जा गर्र्ने प्रयास गर्यो् भने हामी कारबाही गछर्ौं। गलत समाचार प्रवाह नगरिदिनुस्। हामी चेतावनी दिने, पाठ पढाउने काम गरिरहेका छौं।
Q.
उसो भए बुथ कब्जा गर्नेहरुलाई कस्तो कारवाही गर्नुहुन्छ?
A.
पक्कै हामी कारवाही गर्छौं, कुनै पनि हालतमा कसैलाई छोड्दैनौं। हामीलाई जुन कानुनी अधिकार दिएको छ, त्यसको दायराभित्र बसेर हामी कारवाही गर्छौै।
Q.
कानुनले तपाईहरुलाई के के अधिकार दिएको छ?
A.
अहिले यहाँ बताएर सम्भव छैन। उम्मेदवारहरुलाई निर्वाध रुपमा प्रचारप्रसार गर्न दिनुपर्छ। कसैले प्रचारप्रसारमा बाधा अवरोध गर्न खोज्छ भने कसुर तथा सजाय अर्न्तगत रहेर हामी कारबाही गर्छाै। निर्वाचनलाई प्रभाव पार्ने उम्मेदवारी समेत रद्ध गरिदिन्छौैं।
Q.
माओवादीले त चुनावमा अवरोध खडा गर्ने स्थिति देखियो नि?
A.
माओवादीले यदि चुनावमा अवरोध पुर्याेउने काम गर्योा भने उसको उम्मेदवारी नै रद्ध गरिदिन्छौं। माओवादीले अवरोध पुर्याीएको हामीले पत्रपत्रिकाबाट जानकारी पाइरहेका छौं। एउटा प्रकृयावाट हामी कारबाही गर्छाै।
Q.
माओवादीसँग यस विषयमा आयोगले कुरा गरेको छैन?
A.
माओवादी अध्यक्ष प्रचण्ड लगायतका वरिष्ठ नेताहरुसँग प्रमुख निर्वाचन आयुक्त भोजराज पोखरेलले कुराकानी गरिरहनुभएको छ।
Q.
प्रध्ाानमन्त्रीसँग पनि कुराकानी भइरहेको छ?
A.
प्रधानमन्त्रीसंग पनि यसवारेमा कुराकानी भइरहेको छ।
Q.
जनताले निर्धक्कसँग मतदान गर्ने बातावरण बनेको छ त?
A.
पहिलाको भन्दा शान्तिसुरक्षामा ब्यापक सुधार भएको छ। तर छिटफुट जुन घटना भइरहेका छन्, यसमा पनि हामी आखा चिम्लेर बस्दैनौं। कानुनी उपचारको बाटो अवलम्वन गर्छाै।
Q.
कानुनी उपचार के छ बताइदिनुस् न?
A.
अहिले म सवै कुरा बताउन सक्दिन। निर्वाचन ऐन र कानुनको आधारमा रहेर कारवाही गर्छाै।
Q.
भनेपछि चुनावचाहि हुने नै भयो होइन त?
A.
अहिलेसम्मको स्थिति हेर्दा चुनाव हुनेमा सवै निश्चित भए हुन्छ।
Q.
उम्मेदवार काटिन, मारिन थाले भने के गर्नुहुन्छ?
A.
त्यस्तो स्थिति भयो भने हामी अर्काे वैकल्पिक निर्णय लिन्छौं। तर त्यो निर्णयमा चुनाव रोकिने भन्ने हुदैन। केही मतदान केन्द्रमा चुनाव स्थगित गर्ने र उम्मेदवारी रद्ध गर्न सक्छौं।
Q.
आचारसंहिता त दलहरुले पालना गर्न छोडे नि?
A.
धेरै आचारसंहीता पालना भएको छ। सवै पार्टीले आचारसंहिता पालना गर्ने प्रकृयालाई तिव्रता दिएका छन्। केही दलवाट लेखिएको भित्ते लेखनलाई मेटिएको छैन, आज (विहीवार)मात्र हामीले निर्देशन दिएका छौं। यदि दलहरुले भित्ते लेखन मेटेनन् भने आयोगले आफैले मेटेर विल पार्टी कार्यालयमा पठाउने छौं।
Q.
आयोग कामभन्दा कुरा ठूलो गर्छ भन्ने आरोप छ नि?
A.
अव आयोगले बोल्नेमात्र होइन कारवाही गरेर पनि देखाउँछ।
[January 03 2011]
उदयपुर २० पुस । बिभिन्न प्रलोभन देखाई एक बालिकालाई काठमाण्डौतर्फ लैजादै गरेका खोटाङका डिल्ली खत्रीलाई प्रहरीले गाईघाट बजारबाट पक्राउ गरेको छ । उदयपुरको हडिया गाविस