REPORTERSNEPAL.COM
A BILINGUAL NEPALESE NEWS PORTAL PRESENTATION OF REPORTERS CLUB NEPAL IN
ASSOCIATION WITH RADIANT INFOTECH NEPAL
NEWS CATEGORY

Face to Face
ऋषि धमला with  झलनाथ खनाल

झलनाथ खनाल, प्रभावशाली नेता एमाले
Q.
प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला र तपाईंहरुबीच के कुरा भयो ?
A.
अन्तरिम सरकार गठनका बारेमा कुराकानी भएको हो ।
Q.
कुराकानीको निष्कर्ष के रह्यो त ?
A.
अन्तरिम सरकार चा\"डो बनाउनुपर्छ र जेठमा चुनाव गराउनुपर्छ भन्नेमा सहमति भयो ।
Q.
चा“डो भनेको कहिले, आज सा“झसम्म बन्छ त ?
A.
सकेसम्म र्सार्कमा जानुअघि नै अन्तरिम सरकार बनाउनु औचित्यपर्ूण्ा हुन्छ र आवश्यक पनि छ भन्ने कुरा हामीले राखेका छौं ।
Q.
अनि प्रधानमन्त्रीले चाहि“ के भन्नुभयो त ?
A.
उहा\"ले पनि चा\"डो बनाउने कुरा नै राख्नुभएको छ । तर, उहा\"ले आप\\mना विगतका कुरा पनि राख्नुभएको छ ।
Q.
विगतको कुरा के के राख्नुभयो ?
A.
विगतका कुरा उहा\"ले राख्नुभएको छ । हामीले पनि विगतकै कुरा राखेका छौं । हामीले त्यसमा सहमति बनाएर जाऔं भनेका छौं ।
Q.
विगतको कुरामा कसरी सहमति हुन्छ त ?
A.
प्रधानमन्त्रीले विगतका अडान राख्नुभयो, हामीले पनि अडान राखेका छौं ।
Q.
कुन अडान ?
A.
पहिले जे राख्नुभएको थियो, त्यही अडान ।
Q.
उपप्रधानमन्त्री कसैलाई नदिने अडान हो ?
A.
त्यसमा केही नया\" सहमति गर्ने लक्षण देखाउनुभएको छ । लक्षणहरु मात्र देखिएका छन् । ती के हुन् भन्ने प्रस्ट भइसकेको छैन । हामीले आप\\mना कुरा राखेका छौं । त्यसबारेमा आप\\mनो विचार पठाउने कुरा भएको छ ।
Q.
तपाईंहरु जहिले पनि सहमति नजिक पुगेका छौं भनिरहनुभएको छ । अन्तरिम सरकार चा“डै बनाउने पनि भन्नुहुन्छ, तर कहिल्यै मिति तोक्नुहुन्न नि ?
A.
अन्तरिम सरकार चा\"डै बनाउनर्ुपर्छ भन्ने चाहि\" सहमति हो । हामीले सम्मानजनक, न्यायोचित र सबैलाई मान्य हुने सरकार बनाउनुपर्छ भनेका हौं ।
Q.
एमालेलाई के दियो भने मान्य हुन्छ ?
A.
हामीलाई के दिने भन्दा पनि आठवटै दललाई मान्य हुने आधारमा उभिएर अन्तरिम सरकार बनाउनुपर्छ भन्ने मान्यता हामीले दृढतापूवक राखेका छौं ।
Q.
भनेपछि तपाईंहरु उपप्रधानमन्त्रीको अडान राखिरहनुभएको छ ?
A.
जे अडान राख्दै आएका छौं, प्रधानमन्त्रीलाई पनि त्यही अडान राखेर आएका छौं । सम्भवतः आज आठ दलको बैठक हुन सक्छ । त्यो बैठकबाट धेरै कुराको टुंगो लाग्ने सम्भावना छ ।
Q.
आज सा“झसम्म अन्तरिम सरकार बन्ला त ?
A.
आठ दलको बैठकले टुंगो लगाउन सक्यो भने महत्वपूण् परिवर्तन हुन सक्छ ।
Q.
भनेपछि आज सा“झसम्म नेपालमा माओवादीसहितको अन्तरिम सरकार बन्छ ?
A.
सबैलाई मान्य हुने आधारमा आज सा\"झसम्म माओवादी समेत समावेश भएको अन्तरिम सरकार गठन गर्नुपर्छ भन्ने हाम्रो दृढ मान्यता छ । माओवादी समेत सरकारमा सामेल हुने परिस्थिति बन्यो भने मुलुकको राजनीतिक परिदृश्यमा धेरै ठूलो परिवर्तन आउने निश्चित छ ।
Q.
माओवादी अझै सरकार नजाने संकेत देखिएको छ र ?
A.
माओवादीसित प्रधानमन्त्रीको वार्ताबारे मैले थाहा पाए\" । हामीले पनि प्रधानमन्त्रीसित लामै कुरा गरेका छौं । त्यसले सहमतिको दिशा लिएको छ । तर, सहमति गर्न कैयौं कुरा बा\"की छन् । आजसम्म त्यो टुंगो लाग्ला ।
Q.
माओवादीलाई उपप्रधानमन्त्री दिन प्रधानमन्त्री राजी हुनुभएको हो ?
A.
उपप्रधानमन्त्रीका सवालमा जेजस्ता प्रतिबद्धता पहिलेदेखि कायम हु\"दै आएका छन्, त्यसलाई मान्यता दिनुपर्छ भन्ने हाम्रो धारणा हो । यसमा मिलनका बिन्दुहरु धेरै नजिक देखिएका छन् ।
Q.
उसो भए प्रधानमन्त्री पनि माओवादीलाई उपप्रधानमन्त्री दिन तयार हुनुभएको छ ?
A.
उपप्रधानमन्त्री कतिवटा रहन्छन् भन्ने चाहि\" निश्चित छैन । तर, अन्तरिम सरकारमा उपप्रधानमन्त्री पनि रहन्छ भन्ने मलाई लागेको छ ।
Q.
उपप्रधानमन्त्री अन्तरिम सरकारमा रहन्छन् ?
A.
हो, त्यसमा सहमतिमा पुगिने लक्षणहरु देखिएका छन् । मुलुकका सबै शक्ति एकै ठाउ\"मा रहेपछि राजनीतिमा आउनु परिवर्तन अनिवार्य हु\"देन र ?
Q.
भनेपछि सहमति हुने भयो ?
A.
माथि हिमालमा हिउ\" पग्लन खोजेजस्तो देखिएको छ । तर, पग्लेको हो कि होइन आजमात्र निश्चित हुन्छ ।
Q.
संविधानसभाको निर्वाचन कहिले हुन्छ त ?
A.
आगामी जेठसम्म संविधानसभाको निर्वाचन त गरिनैपर्‍यो नि । निर्वाचन गर्नै सवालमा हामीबीच सहमति नै देखिएको छ ।
Q.
असार ४ गते संविधानसभाको निर्वाचन गर्ने सहमति भएको हो ?
A.
आठ दल एकताबद्ध भएर युद्धस्तरमा लागेपछि हुन नसक्ने कुरा केही पनि देखेको छैन । आत्मविश्वासका साथ अघि बढ्ने हो भने, संविधानसभाको निर्वाचन गर्न नसक्ने कुरा छैन ।
Q.
त्यत्रो आन्दोलनको आ“धीबेरी सिर्जना गर्ने दलहरु भागबण्डामा अलमलि“दा जनतामा राम्रो सन्देश त गएन नि ?
A.
शक्तिहरुबीचको हित र सन्तुलनका विन्दु पत्ता लगाउनु नै राष्ट्रिय सहमतिको गुदी कुरा हो । यसलाई छाड्नै हुदैन र छाडेपछि कुरा ब्रि्रन्छ ।
Q.
भनेपछि तपाईंहरु सत्ताका निम्ति झगडा गरिरहनुभएको र्छैन ?
A.
हामी सत्ताका निम्ति झगडा गरिरहेका छैनौं । झगडा गर्ने पक्षमा पनि छैनौं । तर, मुलुकलाई बलियो, व्यवस्थित, प्रभावकारी र जनमुखी अन्तरिम सरकारको जरुरत छ । त्यसलाई राम्ररी र सफलतापूवक पूर्ति गर्नुपर्छ भन्ने हाम्रो अठोट हो ।
Q.
संविधानसभा निर्वाचन गराउने सरकारमा अर्थ, गृह या यस्ता महत्वपूण् मन्त्रालय नै किन चाहियो त ?
A.
यो प्रश्न तपाईंले नेपाली कांग्रेसका नेताहरुलाई सोध्नुभयो भने सार्‍है सुहाउने थियो ।
Q.
किन तपाइंहरुलाई सोध्नुहु“दैन ?
A.
मैले त धेरै पटक भनिसकेको छु । कुनै पनि पार्टरी एकाधिकारवादी चिन्तन राख्नुहु\"दैन । हामीले होइन, एकाधिकारवादी चिन्तन राख्ने साथीहरुले त्यस्तो आकांक्षा राखेका होलान् ।
Q.
तपाईंहरु प्रधानमन्त्री परिवर्तनको मानसिकतामा पुग्नुभएको हो ?
A.
हामी अहिले अन्तरिम सरकारमा मेलमिलापपूण् ढंगले सम्मानपूण् वातावरणमा बनाउने पक्षमा छौं । कुनै पनि कुरा परिवर्तन गर्न औचित्य चाहिन्छ । आठ दलको निर्ण्र्ााकार्यान्वयन गर्न सकेनन् भने प्रधानमन्त्रीसामू जिम्मेवारी बहन गर्न नसकेको प्रश्न अवश्यमेव उठ्न सक्छ ।
Q.
अन्तरिम सरकारमा गिरिजाप्रसाद कोइराला नै प्रधानमन्त्री हुने निर्ण्र्ााभएको होइन र ?
A.
यस बारेमा कुनै निर्ण्र्ााभइसकेको छैन । भयो भने आजसम्म टुंगो लाग्ला । हामी प्रधानमन्त्री, मन्त्रिपरिषद्, साझा कार्यक्रम, कार्यविधि, आचारसंहिता, संविधान संशोधनको एकीकृत प्याकेजमा खोज्ने प्रयासमा छौं ।
‹‹ Back
Latest Video
IME
Civil Homes
जिल्ला समाचार
उदयपुरमा एक बालिकाको उद्धार
[January 03 2011]
उदयपुर २० पुस । बिभिन्न प्रलोभन देखाई एक बालिकालाई काठमाण्डौतर्फ लैजादै गरेका खोटाङका डिल्ली खत्रीलाई प्रहरीले गाईघाट बजारबाट पक्राउ गरेको छ । उदयपुरको हडिया गाविस
सबै हेर्नुहोस् ››
Dish Nepal
hometv
Galaxy Public School
Bajaj XCD
Oil Corporation
utl ad
Manakamana Temple
Tara Air
OM HOSPITAL
Guna Colony
Akhadya
Real
Kist Bank
Himalayan Bank
Prime Bank
Citizens Bank
CFL Bulb
NIBL
Copyright © Reporters Nepal. 2007 - 2012. All rights reserved.