REPORTERSNEPAL.COM
A BILINGUAL NEPALESE NEWS PORTAL PRESENTATION OF REPORTERS CLUB NEPAL IN
ASSOCIATION WITH RADIANT INFOTECH NEPAL
NEWS CATEGORY

Face to Face
उमेशप्रसाद मैनाली with  ऋषि धमला

उम्मेदवारले नमाने जे पनि हुन सक्छ– उमेशप्रसाद मैनाली, गृहसचिव
Q.
आयोगले तपाईलाई के भन्यो?
A.
निर्वाचन आयोग गृहप्रशासनको सुरक्षा व्यवस्थासंग सन्तुष्ट छ अझ सुरक्षास्थितिलाई कसरी सृदृढ गर्नेबारेमा छलफल केन्द्रित थियो। 
Q.
उम्मदेवारको हत्या भयो र कुटिन थालिसके, कसरी सुरक्षा दिनुहुन्छ?
A.
यस्ता घटनाहरु परिस्थितिजन्य हुन्छ, उम्मेदवारको जुन हत्या भयो यसमा हामी पनि अत्यन्त दुखित छौं। हामीलाई मर्माहत तुल्याएको छ। कमल अधिकारीको घरमा पनि ११ बजेसम्म सुरक्षाकर्मीले सुरक्षा दिइरहेको थियो। तर अधिकारीजीले मलाई कुनै धम्की छैन तपाईहरु जानुभए हुन्छ। घरमा सुत्नलाई कसैकसैको केही अप्ठ्यारो हुन सक्छ। त्यसै भएर उहाँले सुरक्षाकर्मीलाई घरबाट जानको लागि आग्रह गर्नुभयो। जब उहाँको घरबाट पुलिस बाहिरियो र आधा घण्टाभित्र उम्मेदवारको हत्या भयो। 
Q.
कस्ले हत्या गर्‍यो अधिकारीजीलाई तपाईसंग के सूचना छ?
A.
अधिकारीलाई साढे ११ बजे राति गोली हान्यो। बिहान ३ बजे मर्ने बेलामा उहाँले भनेको मान्छेहरुलाई हामीले राती समात्यौं। जतिसुकै सुरक्षाको व्यवस्था गरे पनि मान्छेको आफ्नो अप्ठ्यारो हुने, घरमा सुताउने नसक्ने र राति राख्न नसक्ने उम्मेदवारले त्यस्ता समस्या आएको हो। नयाँ पत्रिकामा अधिकारीकै छोरीले भनेको कुरा छापिएको छ। पुलिस दाइहरु ११ बजेसम्म हुनुहुन्थ्यो। त्यसैबाट थाहा हुन्छ कि गृहप्रशासनले सुरक्षा दिन कुनै कसर बाँकी राखेको छैन। हामी जस्तोसुकै परिस्थितिमा पनि सुरक्षा दिन सक्षम छौं तर सुरक्षा लिन उम्मेदवारहरुले हिचकिचाहट गर्नुहुँदैन र सानो गल्तीले ठूलो घटना घट्न जान्छ र त्यसमा गम्भीर र जिम्मेवार हुनुपर्छ।
Q.
के गृहप्रशासन सुरक्षा दिन सक्षम भएको छ?
A.
एकदमै हामी सुरक्षा दिन सक्षम छौं तर कसो भयो भने उम्मेदवारहरुले पनि के सोचदिनुपर्‍यो भने आफूलाई हल्का रुपमा आफ्नो सुरक्षा ठिकै छ भनेर सोच्न भएन। गृहप्रशासनले सुरक्षा दिइसकेपछि उम्मेदवारहरुले संगै लिएर हिड्नुपर्छ र त्यसलाई हल्का रुपमा सोचिदिनुभयो भने दुर्घटना हुनसक्छ। म त्यसैले सबै उम्मेदवारलाई आग्रह गर्न चाहन्छु र राज्यले दिएको सुरक्षालाई सहर्ष स्वीकार गर्दै सुरक्षाकर्मी भनेको आफ्नै सुरक्षाको लागि आएको भनी स्वीकार गर्न सिकौं।
Q.
उम्मेदवारहरुले राज्यले दिएको सुरक्षालाई किन स्वीकार गर्न चाहिरहेको छैन?
A.
त्यहाँ ११ बजेसम्म सुरक्षा थियो। साढे ११ बजे उहाँको हत्या भयो। ३ बजे बिहान मर्ने बेलामा विभिन्न व्यक्तिको नाम लिनुभयो। त्यतिखेर म नेपालगन्जमै थिए। त्यसपछि हत्याराहरुलाई राति समातेर हामीले कारवाही प्रक्रिया अगाडि बढाएका छौं। गृहप्रशासन कति चुस्त र दुरुस्त छ भने यस घटनाले प्रमाणित गरेको देखिन्छ। 
Q.
के यस घटनामा माओवादीको संलग्नता छ?
A.
यस घटना घटाउने ज्वाला सिंह समूहको हात रहेको  छ। हामीले समातेका छौं र बिहीबार पनि थप व्यक्ति समातिएका छन्। 
Q.
निर्वाचन पर्यवेक्षक समितिले माओवादीको हात छ भनेको छ नि त?
A.
माओवादको आवरणमा ज्वाला सिंहका मान्छेहरु थिए त्यहाँ। 
Q.
जुन घटना घटिहरेको त यसलाई निस्तेज पार्न सरकारसंग के छ त्यस्तो गुरुयोजना?
A.
हामी सुरक्षा दिन एक दमै सक्षम छौं। तर लापरबाही कसैले पनि गर्न भएन। 
Q.
संविधानसभा निर्वाचन गराउन सक्नुहुन्छ?
A.
एकदमै चुनाव हुन्छ, कसैले पनि रोक्न सक्दैन। चुनावको लागि चाहिने प्राप्त गुरुयोजना हामीसंग छ। म सुदूरपश्चिम र पश्चिम नेपाल घुमेर आएँ, त्यहाँको वातावरण एकदमै राम्रो छ। सुरक्षा प्रबन्ध पनि व्यवस्थित छ। कसैले सुरक्षालाई लिएर प्रश्न गरेको मैले देखिनँ। सबैजना सुरक्षाको प्रबन्धबाट सन्तुष्ट रहेका छन्। 
Q.
मतदाताहरुको सुरक्षा कसरी दिनुहुन्छ?
A.
सरकार जसलाई पनि सुरक्षा दिन तयार छ। तर कसैले पनि हल्का रुपमा नलिऔं। सुरक्षा दिन खोज्दाखेरी हामील्ााई चाहिंदैन भनेर ढुक्क नपरौं। 
Q.
निर्वाचन आयोगले त सुरक्षा दिन सकेन भनेर सरकारलाई चेतावनी दिएको छ नि?
A.
निर्वाचन आयोगले जे भनिरहेको छ त्यसमा हाम्रो कुनै कम्प्लेन छैन। आयोगले सही कुरा भनिरहेको छ। निर्वाचन आयोगको कन्सर्न जायज छ। आयोगले हामीलाई घचघच्याउनुपर्छ। 
Q.
तपाई के भन्न चाहनुहुन्छ त सुरक्षासम्बन्धी मामलामा?
A.
कसैले पनि आफूलाई सुरक्षित महसुस नगर्ने? हामीलाई भन्ने सरकारले जे माग्छ, त्यो दिन तयार छु। हिजोमात्रै माओवादीका अध्यक्ष प्रचण्ड चढ्नुभएको गाडीमा सल्यानमा ढुंगा प्रहार गरिएको छ। त्यो पनि हामी राम्रो मान्दैनौं। गृहप्रशासनलाई सूचना आएको छ एसएलसी दिने विद्यार्थीले ढुंगा हानेको रहेछ त्यसमा म पनि चिन्तित छु। हामीले प्रचण्डदेखि सूर्यबहादुर थापा, पशुपतिसमशेर राणासम्मलाई सुरक्षा दिएका छौं। 
Q.
राजाका मान्छेलाई पनि सुरक्षा दिनुभएको छ?
A.
सिद्धान्तको कुरा आफ्नो ठाउँमा हुन्छ, सुरक्षाका मामलामा हामी कसैलाई आग्रह–पूर्वाग्रह गर्दैनौं, जनतासँग मत माग्ने अधिकार सबैमा छ। लोकतन्त्रमा सबैले जनतामा जान पाउनुपर्छ।  
Q.
चुनावमा सेना परिचालन कतिको आवश्यक छ?
A.
सेना परिचालनको कुनै आवश्यक छैन। सुरक्षा दिन गृहप्रशासन सक्षम छ। 
Q.
गृहप्रश्ाासनमाथि प्रश्न चिन्ह खडा भएको छैन र?
A.
 पञ्चायती व्यवस्थामा तीनचार घण्टा लगाएर कर्ण हैजुको हत्या भयो त्योचाहिं इस्यु बनेन। हरेक चुनावमा केही मान्छे मरेका थिए अथवा बम पड्किएको थियो तर त्यो इस्यु बनेन। अहिलेको तरल अवस्थामा हामी सबैलाई सुुरक्षा दिन खोज्दैछौं तर कसैको लापरबाही यस्तो घटना घट्छ। एकदम कडा सुरक्षा भएको बेला पनि राजीव गान्धी र जोन एफ केनेडीको पनि हत्या भएकेा  छ।
Q.
गृहप्रशासनको सुरक्षा निति के छ?
A.
हिजो साँझमात्र मैले विशेष सर्कुलर जारी गरेको छु। उम्मेदवारको सुरक्षा अपनाउने र सजगता अपनाउन सबै सिडिओलाई मैले परिपत्र गरेको छु। 
Q.
० के छ तपाईंले जारी गर्नुभएको परिपत्रमा?
A.
हामीले उम्मेदवार, निर्वाचनमा खटिने मतदान अधिकृत र अन्य कर्मचारीको सरक्षामा केन्द्रीत छौं। मैले त सिडिओहरुलाई उम्मेदवारले भनेको पनि नमान्नुस् भनेको छु। उम्मेदवारहरुलाई सुरक्षाकर्मी लिनुस् भन्दा हामी त जनतामाझ जाने हो हामीलाई चाहिंदैन भनिरहनुभएको छ। उहाँहरु सुरक्षा घेरामा बस्दिनुपर्‍यो। अहिले कोही पनि सुरक्ष्ाित छैन। 
Q.
० अव कुनै पनि उम्मेदवारको हत्या हँुदैन त?
A.
 हामी सुरक्षा प्रबन्ध मिलाउन कुनै पनि कसर बाकी राख्दैनौं। 
Q.
गृहप्रशासनले कांग्रेसलाई मात्र सहयोग गर्‍यो भनिन्छ नि?
A.
हामी कांग्रेसको मात्र होइन, हामी ती बदमासहरु जसले अरुको मत बलात्कार गर्छन्, लुट्ने, तर्साउने र आतंक सिर्जना गर्छन् ती सबैसंग लड्छौं। कसैले पनि बुथ क्याप्चर र हिंसा गरेर  चुनाव जित्छु भन्नु दिवास्वप्न हो। यस्तो संक्रमणकालमा सवै संवेदनशील भएर हिंडिदिनुपर्‍यो।
‹‹ Back
Latest Video
IME
Civil Homes
जिल्ला समाचार
उदयपुरमा एक बालिकाको उद्धार
[January 03 2011]
उदयपुर २० पुस । बिभिन्न प्रलोभन देखाई एक बालिकालाई काठमाण्डौतर्फ लैजादै गरेका खोटाङका डिल्ली खत्रीलाई प्रहरीले गाईघाट बजारबाट पक्राउ गरेको छ । उदयपुरको हडिया गाविस
सबै हेर्नुहोस् ››
Dish Nepal
hometv
Galaxy Public School
Bajaj XCD
Oil Corporation
utl ad
Manakamana Temple
Tara Air
OM HOSPITAL
Guna Colony
Akhadya
Real
Kist Bank
Himalayan Bank
Prime Bank
Citizens Bank
CFL Bulb
NIBL
Copyright © Reporters Nepal. 2007 - 2012. All rights reserved.