ऋषि धमला with सुशील कोइराला
काग्रेसका बहमुत निश्चित छ– सुशील कोइईराला, कार्यहक सभापति, नेपाली काग्रेस
नेपाली कांग्रेसका कार्यवाहक सभापति सुशील कोइराला
संघर्षशील, त्यागी र इमानदार नेता हुनुहुन्छ। प्रजातान्त्रिक मूल्य र मान्यतासित कहिल्य ै पनि कसैिसत सम्झातै ा नगनर् ेकाइे राला भष््रटाचार विरोधीका नेताका रुपमा पनि चिनिनुहुन्छ। कहिल्यै पदका लागि मरिहत्त े नगनर्,े पाटीर्ल े दिएका े जस्तासे कु ै जिम्मवे ारी परू ा गनर् े कागं से्र का लोकप्रिय नेता कोइराला पार्टी अनुशासनको समेत पक्षपाती हुनुहुन्छ। कांग्रेस एकीकरणपछि शक्तिशाली कार्यवाहक सभापति बन्नुभएका उहाँ बाँके क्षेत्र न. ३ बाट उम्मेदवार बन्नुभएको छ। उहाँ भन्नुहुन्छ, “यो क्षेत्रका जनताले मलाई नै मत दिन्छन्, मेरो जित सुनिश्चित छ।” पत्रकार ऋषि धमलाले गर्नुभएको
अन्तर्वार्ताको पूर्ण विवरण।
Q.
० कांग्रेसको स्थिति के छ मध्यपश्चिममा?
A.
कांग्रेसको पक्षमा प्रशस्त जनलहर छ। यद्यपि मधेस आन्दोलनका कारण मतदाताहरु खुलेर कुरा गर्न सकिरहेका छैनन्। तर, बिस्तारै चुनावी वातावरण बनिरहेको छ। गाउाघरमा जाने, मत माग्ने काम भइरहेको छ। जनताले कांग्रेस नै जिम्मेवार पार्टी हो, देश बचाउने कांग्रेस नै हो, त्यसैले हामी भोट दिन्छौं भनिरहेका छन्।
Q.
० जनभावना नि?
A.
अहिले विकास निर्माण भन्दा पनि नयाँ संविधान बनाउने बेला हो। महिला, जनजाति, दलित, मधेसीलगायत सबैको सहभागितामा संविधान बनाउने बेला हो। विगतमा माओवादीका कारण विकास निर्माणका काम हुन सकेन। अहिले पनि ज्वाला सिंह, गोइत, कोब्रालगायत सशस्त्र समूहका कारण सन्त्रास छ। भरखरै क्षेत्र नं २ का उम्मेदवार कमलप्रसाद अधिकारीको हत्या भयो। यसले जनतामा डर घटिसकेको छैन।
Q.
० कांग्रेस जनतासमक्ष कस्तेा एजेन्डा लिएर गएको छ?
A.
कागं से्र ल े नपे ाली जनताप्रतिका े प्रतिबद्धता लिएर गएका े छ। कागं से्र जहिल्य ै पनि नपे ाली जनताक ै पक्षमा छ। गरिब किसानका आवाज हामील े बाके के ा छा ंै। कागं से्र आधा शताब्दीभन्दा बढीदेिख तानाशाहीका ेविराधे र पज्र ातन्त्रका ेपक्षमा नते त्ृ व गरिरहके ा ेछ। कागं से्र मलु कु का ेराजनीतिक स्थायित्वबाटै मुलुकको विकास सम्भव छ भन्ने ठान्छ। राज्यको पुनर्सरचना, समावेशी प्रजातन्त्र, नया ँ परिवतर्न , शान्तिपण्ू ार् जनआन्दाले नबारमे ा न ै हामी जनतालाइर् बताइरहके ा छा ंै।
Q.
कांग्रेसले चुनावमा जित्छ त?
A.
आम जनताले के बुझेका छन् भने सबैभन्दा पुरानो पार्टी नेपाली कांग्रेस नै हो। २०४६ सालमा प्रजातन्त्र पुनर्स्थापना भएपछि नेपाली कांग्रेसको नेतृत्वमा थुप्रै विकास निर्माणका कार्य भए। त्यसपछि माओवादीको हत्याहिंसा, तोडफोड र आगजनीले भएका विकास निर्माण र आधारभूत संरचना ध्वस्त भयो। हत्या, अपहरण, भय, त्रास र चन्दा जस्ता आतंकपूर्ण काम भयो। त्यसकारण जनतामा नेपाली कांग्रेसप्रति आस्था छ। अहिले पनि तराईका सशस्त्र समूह र वाइसिएलको आतंक कायमै छ। यस्तो अवस्थामा जनताले कांग्रेसबाहेक अरुलाई मत दिने कुरै छैन।
Q.
जनताले निर्धक्क भएर भोट हाल्ने वातावरण छ कि छैन?
A.
कमल अधिकारीजीको हत्याले जनतामा सन्त्रास बढेको छ। मारपिट, डराउने, धम्काउने क्रम जारी छ। त्यस कारण सरकारले कसैको मुख हेर्नु हुादैन। चाहे माओवादी हुन्, चाहे अन्य। सरकार शान्ति सुरक्षँमा कडाइका साथ प्रस्तुत हुनुपर्छ। चुनावबाटै मुलुकले एउटा दिशा लिन्छ र स्थायित्व लिन्छ। आम जनताको आकांक्षँ पनि यही हो।
Q.
० माओवादीले चुनाव चाहन्छ कि चाहदैन?
A.
बाहिर माओवादी चुनावका पक्षमा देखिन्छ। तर, उसले जनताको विश्वास आर्जन गर्न सकेन। अहिलेसम्म विस्थापितको जग्गाजमिन फिर्ता गरेन। गिरिजाबाबुले माओवादीलाई त्यत्रो वातावरण बनाइदिनुभयो। तर, उनीहरुले वातावरण नै बनाएनन्। कब्जामा लिएका जग्गाजमिन त उनीहरुले त फिर्ता गरेनन् नै, भागबण्डा गर्न थालेका छन्।
Q.
० माओवादीको नियतमाथि शंका छ त्यसो भए?
A.
उनीहरु बाहिर एकथरि कुरा गर्छन्, भित्र अर्कै काम गरिरहेका छन्। चुनावी अभियानमा लागेका कांग्रेस, एमालेलगायत अन्य पार्टीका कार्यकर्तामाथि आक्रमण गरिरहेका छन्। माओवादीले भय र त्रास सिर्जना गरेर कब्जा गर्ने रणनीति लिएको छ।
Q.
० माओवादी अध्यक्ष प्रचण्डले त चुनाव नजिते कब्जा गर्छौ भन्नुभएको छ, कांग्रेसले कसरी लिएको छ उनको भनाईलाई?
A.
कब्जा गर्न सक्ने भए माओवादी फर्केर आउादैनथ्यो। जनताको सहयोग नभएपछि नै उनीहरु आएका हुन्। राज्यले पनि आफ्नो उपस्थिति देखाउनुपर्छ। चुनाव बिथोल्ने अप्रिय घटना भयो भने राज्यले पनि मुकदर्शक भएर हेर्न मिल्दैन। उसले गरेको आक्रमण हारेको मानसिकताको उपज हो। चुनाव हारे बन्दुक उठाउाछौ भन्नु ज्यादै गैरजिम्मेवार कुरा हो। अव नेपालमा उसको तागत चल्दैन। जनतालाई भरोसा चाहिन्छ। सरकारले त्यस्ता घटना हेरिरहनु हुादैन।
Q.
० अब त चुनाव त नसर्ला नि?
A.
जनताले शान्ति र सुरक्षँ खोजिरहेका छन्। राज्यले कडाईका साथ जाने हो भने चुनाव हुन्छ। सरकारले चुनावविरोधी सबैलाई कारबाही गनुपर्छ। अव खुट्टा कमाउनु हुँदैन।
Q.
० सेना परिचालन गर्नुपर्छ कि पर्दैन?
A.
आवश्यकताअनुसार गर्न सकिन्छ। यस्तै चुनाव विरोधी गतिविधि हुन्छ भने सेना परिचालन नै गर्नुपर्छ। सेना परिचालन गरेर भए पनि चुनाव गनर्ैैपर्छ।
Q.
० माओवादीले शीर्ष नेताहरुको तालमेलको कुरा पनि उठाइरहेको छ नि?
A.
म तालमेल विरोधी होइन। तालेमलको कुरा सकारात्मक हो। तर, उनीहरुले विश्वासको वातावरण नै तयार गरेका छैनन्। उनीहरुलाई के को आधारमा विश्वास गर्ने? अव केको तालमेल? उनीहरु चाहिं डरधम्की, त्रास र मारपिट गरिरहने हामीचाहिं सिट सुरक्षित गरिदिने? पहिले उनीहरुले लोकतान्त्रिक र राजनीतिक चरित्र त देखाउनुपर्यो। कहीा धम्कीले तालमेल हुन्छ?
Q.
० मधेसवादी पार्टीहरुसित कांग्रेसको तालमेल हुन्छ कि हुँदैन?
A.
सबैको व्यवहारमा निर्भर छ तालमेल। शान्तिपूर्ण वातावरण बनाउने हो भने सबैसित तालमेल हुन्छ।