Rishi Dhamala with Rekha Ojha
रेखा भन्छिन्-नो सेक्स विफोर म्यारिज
रेखा ओझा उदयमान कलाकार हुन् । मोडलिङ र अभियनयमा उत्तिकै सक्रिय उनी चलचित्र र टेलिसिरियलहरुमा छाइसकेकी छिन् । चलचित्र छोरीको कर्म, संघर्षमा मुख्य भूमिका निभाइसकेकी छिन् । 'आमाको आशिर्वाद' बाट चलचित्र क्षेत्रमा प्रवेश गरेकी नवनायिका रेखाको फोटोजेनिक मुहारले धेरै फोटोग्राफरका क्यामरलाई नतानी छाडदैन ।
मृदुभाषी र सरल रेखा प्रष्ट विचार राख्छिन् । उनको विचारमा यौन प्रकृतिको उपहार हो र यसको प्रयोग सही तरिकाले गरे जीवननै आनन्दमय बन्न सक्छ । तर आफूले कसैसंग यौन सम्बन्ध नराखेको उनको दाबी छ । प्रस्तुत छ रेखासंग रिपोर्र्टर्स नेपाल डट कमका लागि गरिएको कुराकानी ः
Q.
ज् रेखाजी आजकाल के गर्दैहुनुहुन्छ ?
A.
म गीतको सुटिङमा व्यस्त छु । वसन्त ऋतु भइरहेकाले पनि धेरै गीतको सुटिङ भइरहेको छ । मलाई यसपटक धेरै अफर आइरहेको छ ।
Q.
ज् ठूलो पर्दाको चलचित्रमा खेल्दै हुनुहुन्न ?
A.
म छिट्टै नयां चलचित्रमा काम गर्दैछु । संख्यामा भन्दा गुणमा विश्वास गर्ने भएकाले धेरै चलचित्रमा भन्दा राम्रो चलचित्रमा खेल्ने सोच बनाएको हुं । मलाई प्राय नारी प्रधान चलचित्र मनपर्छ । त्यस्तो चलचित्र पाए काम थालिहाल्नेछु ।
Q.
ज् तपाईंलाई आफूप्रति बढी आत्मविश्वास छ ?
A.
हो म बढी आत्मविश्वासी छु । मलाई आफ्नो क्षमताप्रति गर्व लाग्छ । म आफ्नै क्षमताबाट अघि बढ्नसक्छु जस्तो लाग्छ । कसैको दया माया भन्दा पनि क्षमताको भरमा अघि बढ्न चाहन्छु । त्यसो भए प्रगति दीगो हुन्छ भन्ने मान्यता छ ।
Q.
ज् रंगिन दुनियांमा धेरै रंगिन कुरा पनि सुनिन्छ, अफेयरका प्रसंग आउछन् । तपाईंको कसैसंग अफेयर छ कि छैन ?
A.
यो नितान्त व्यक्तिगत प्रश्न हो । २१ औं शताब्दीमा अफेयर छ छैन भनेर सोध्नुनै बेक्कार हो । उमेर चढेपछि जसको पनि अफेयर त हुन्छ नै ।
Q.
ज् उसोभए तपाईंको कोसंग अफेयर छ भनिदिनुहोस् न ?
A.
तपाईं आफै पत्ता लगाउनुहोस् । यो काम तपाईंहरुको हो । म आफ्नो करियर बिगारेर अफेयरमा अल्झनेवाला छैन ।
Q.
ज् तपाईं यौनको विश्लेषण कसरी गर्नुहुन्छ ?
A.
यौन प्रकृतिको अनुपम उपहार हो । यसको प्रयोग सामाजिक मूल्य मान्यतामा बाधिएरै गर्नुपर्छ । यौनको दुरुपयोग भएमा नोक्शानी बाहेक केही हुन्न ।
Q.
ज् तपाईंले यौन अनुभूती लिनुभएको छ कि छैन ?
A.
मान्छे भएपछि अनुभूती हुनेनै भयो । तर म दाबाका साथ भन्छु मैंले कसैबाट यौन अनुभव लिएको छैन ।
Q.
ज् विवादमा परिएला भनेर कुरा लुकाउनुभएको त हैन ?
A.
हैन, हैन । मैंले कसैसंग यौन अनुभव लिएको छैन ।
Q.
ज् यौन अनुभव नलिनुको कारण के हो ?
A.
म बिहे अघि कसैसंग यौन सर्म्पर्क गर्ने पक्षमा छैन । नो सेक्स बिफोर म्यारिज । हाम्रो संस्कृति, मूल्य र मान्यतालाई पनि ध्यान दिनुपर्छ । समाजले तोकेको नियम अनुसार अगाडि बढ्नुपर्छ भन्ने मेरो मान्यता हो ।
Q.
ज् यौन बारे प्रश्न गर्दा कलाकारहरु किन पन्छिने र कुरा लुकाउने गर्छन् ?
A.
यौन भन्ने कुरा सुनाउने कुरा हैन । यो व्यक्तिगत कुरा हो । यसलाई आफैभित्र लुकाउन नसक्नु भनेको महत्वहीन बनाउनु हो ।
[January 03 2011]
उदयपुर २० पुस । बिभिन्न प्रलोभन देखाई एक बालिकालाई काठमाण्डौतर्फ लैजादै गरेका खोटाङका डिल्ली खत्रीलाई प्रहरीले गाईघाट बजारबाट पक्राउ गरेको छ । उदयपुरको हडिया गाविस