Rishi Dhamala with Ram Chandra Poudel
कांग्रेसको नेतृत्व राष्ट्रिय आवश्यकता हो -रामचन्द्र पौडेल, शान्ति तथा पुननिर्माण मन्त्री
नेपाली कांग्रेसका उपसभापति एवं शान्ति तथा पुननिर्माणमन्त्री रामचन्द्र पौडेल कांग्रेसलाई व्यापक सुधार गर्नुपर्ने आवश्यकता रहेको बताउनहुन्छ । पार्टीभत्र मध्यमार्गी, जुझारु, बौद्धिक, क्रान्तिकारी र प्रष्ट विचारकमा गनीने पौडेल छिट्टै पार्टीको महाधिबेशन बोलाएर पार्टीले अब खेल्ने भूमिका र नेतृत्वका बारेा निर्णय गर्नुपर्ने बताउनुहुन्छ । नेपाली कांग्रेसले किन चुनाव हायो त ? कांग्रेस अब सत्तामा रहन्छ कि प्रतिपक्षको भूमिकामा - यिनै विषयमा रहेर पौडेलसंग देशान्तरका लागि ऋषि धमलाले गर्नुभएको कुराकानीको विशेष अंश ।
Q.
कांगे्सले चुनावको पराजयलाई कसरी लिएको छ ?
A.
-यो अप्रत्यासित रुपमा भएको घट्ना हो ।
Q.
किन भयो त यस्तो ?
A.
कसैलेपनि चुनावको परिणाम यस्तो आउंछ भन्ने कल्पना समेत गरेका थिएनन् । उनीहरु -नेकपा माओवादी)ले सुनियोजित रुपमा कब्जा गर्ने रणनीति बनाएका रहेछन् । निर्वाचनलाई भयरहित वातावरणमा सम्पन्न गर्न प्रशासनको कमजोरी पनि भयो । पार्टीको सांगठानिक रुपमा पनि केहि कमीकमजोरीहरु भए । पहिलोकुरा त पार्टीका साथीहरुलाई यस्तो अवस्थामा चुनाव हुन्छ भन्नेमा विश्वास नै थिएन । मानसीक रुपमा पनि पार्टी चुनाव हुन्छ भन्नेमा तयार भएन । त्यसले गर्दा जनपरिचालनमा पछाडि पयौं । पार्टी जनताकाबीचमा जानुपर्ने थियो, प्रशिक्षण शिविरहरु चलाउनुपर्ने थियो । गाउं-गाउं जाउं भन्दा साथीहरुको जानै सकिंदैन भन्ने तर्क मात्र आए । जसले गर्दा अनपेक्षित परिणाम आयो ।
Q.
यसको जिम्मेवारी अब कसले लिन्छ ?
A.
जिम्मेवारी त सबैले लिनु पयो नि । नेतृत्व र सहायकहरुले पनि जिम्मेवारी लिनुपर्छ । चुनाव नै हुँदैन किन जनताको माझमा जाने भन्नेहरुले पनि लिनुपर्छ ।
Q.
अव कांग्रेस यहि नेतृत्व लिएर जान्छ कि रिर्फम गर्छ ?
A.
नेतृत्वको बारेमा पार्टी साथीहरुले मुल्यांकन गरेर तय गर्ने कुरा हो । अब पार्टीको महाअधिबेशन छिट्टै हुन्छ । त्यसका लागि पार्टी भित्रका केही कुराहरु मिलाउनुपर्नेछ । पार्टी एकिकरण पूर्णरुपमा अझै भइसकेको छैन त्यो प्रक्रिया पनि पुरा गर्नुपयो । कांग्रेसले पूर्ण प्रजातान्त्रिक अभ्यास गर्नुपर्छ । अब केहिपनि अपारदर्शी हुनुहुंदैन ।
Q.
कांग्रेस अव एक भएर जान्छ कि विभाजन हुन्छ ?
A.
-कांग्रेस एक भएर जान्छ र हुनुपर्छ । आजको अपरिहार्य आवश्यकता नै एक भएर जानु हो । पार्ट ीमल्नुपछ तर कांग्रेसलाई मुल्य मान्यतामा आधारीत प्रजातान्त्रि संगठन बनाउनुपर्छ ।
Q.
युवा पुस्ताले नेतृत्व लिन्छ अब ?
A.
कांगे्रस मुल्य मान्यतामा आधारीत सशक्त संगठन हुनुपयो । युवाहरुलाई पनि संगै लिएर जानुपर्छ । त्उसपछि मात्र कांग्रेस सफल हुन्छ ।
Q.
तपाईहरुको हारलाई माओवादीले विजय सम्झेका छन् नि ?
A.
अवश्यपनि माओवादीले जनादेश पाए । यहि कारणले माओवादीले गरेका कमजोरीहरु ढाकिएको छ । उनीहरुले कसरी लिएका छन् त्यो माओवादीको कुरा हो ।
Q.
अब तपाईहरु माओवादीसंग सहकार्य कसरी गर्नुहुन्छ ?
A.
त्यसबारे पार्टीले छलफल गर्दैछ । यहि १२ गते बस्ने पार्टीको केन्द्रीय समितिको बैठकले सहकार्य गर्ने वा नगर्ने भन्नेमा टुंगो लगाउला । माओवादीसंग मिलेर जाने कि एक्लै जाने भन्ने निर्ण्र्ाात्यहिबेला हुन्छ
Q.
अब कांग्रेसकै नेतृत्वमा सरकार बन्छ कि बन्दैन ?
A.
कसैको पनि बहुमत आएको छैन । राष्ट्रिय आवश्यकता के हो त्यसको राम्रो मुल्यांकन सबै दलहरुले गर्नुपर्छ । देश संकटमा छ भन्ने कुरा सबैले बुEmनर्ुपर्छ । देशमा संक्रमणकाल पुरा भएको छैन समस्याहरु जटिल र चुनौतीपूर्ण छन् । दुशको अखण्डताको सवाल हाम्रा सामु छ । यस्तो बेला सेन्टिमेन्ट र कागजी कुरा होइन्ा राष्ट्रिय आवश्यकता बुझेर अगाडि जानुपर्छ । हामीलाई सत्ताको लोभ छैन ।
Q.
कांग्रेस प्रतिपक्षमा बस्न तयार भएको हो ?
A.
कांग्रेस मुलुकको हितका लागि जे गर्न ठिक हुन्छ त्यो गर्न तयार रहन्छ । जनताको जानदेश माओवादीलाई होला तर बहुमत छैन । त्यसैले मिलिजुली संस्कृतिको विकास गर्नुपर्छ । हामी सत्ता बाहिर वा सत्तामा रहेरै भएपनि सहयोग गर्न सक्छौं ।
Q.
माओवादीले सरकारको नेतृत्व लिन्छ भनेर प्रचण्डले भनेका छन् नी ?
A.
उहांहरुले दावी गर्न सक्नुहुन्छ । तर जनताले कसैलाई पनि बहुमत दिएका छैनन् । माओवादीले पाएका जनमतलाई भने हामी नकार्न सक्दैनौं । सरकारको नेतृत्वका सवालमा छलफल गछौं ।
Q.
कांग्रेस माओवादी नेतृत्वको सरकारमा जानुहुंदैन र ?
A.
त्यसको मुल्यांकन हामी गर्र्छौं । माओवादीको व्यवहार, आचरण, क्रियाकलाप, भावी रणनीति बुझेर मात्र निर्णय गछौं । उनीहरु के उद्येश्य लिएर जान्छन् त्यो हेर्नुपर्छ ।
[January 03 2011]
उदयपुर २० पुस । बिभिन्न प्रलोभन देखाई एक बालिकालाई काठमाण्डौतर्फ लैजादै गरेका खोटाङका डिल्ली खत्रीलाई प्रहरीले गाईघाट बजारबाट पक्राउ गरेको छ । उदयपुरको हडिया गाविस