REPORTERSNEPAL.COM
A BILINGUAL NEPALESE NEWS PORTAL PRESENTATION OF REPORTERS CLUB NEPAL IN
ASSOCIATION WITH RADIANT INFOTECH NEPAL
NEWS CATEGORY

Face to Face
Rishi Dhamala with  Sita Ram Yechuri

नेपालको शान्ति प्रक्रियामा महत्वपूर्ण योगदान पुर्‍याउनुभएका भारतीय कम्युनिष्ट पार्टी मार्क्सवादीका पोलिटब्यूरो सदस्य सीताराम यचुरी बोद्धिक, मिलनसार र जुझारु नेताका रुपमा परिचित हुनुहुन्छ । नेपाल भ्रमणमामा आउनुभएका यचुरीसंग रिपोर्र्टर्स नेपाल डट कमका लागि ऋषि धमलाले गर्नुभएको कुराकानी ः
Q.
तपाईं नेपाल किन आउनुभयो?
A.
नेपालमा ऐतिहासिक संविधानसभा निर्वाचन शान्तिपूर्ण रुपमा सफल भएकाले प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला, प्रचण्ड, माधवकुमार नेपाललगायतका नेता र दलहरुलाई बधाइ दिन आएको हुँ। किनभने नेपालका सबै राजनीतिक दल र नेताहरु हाम्रो असल मित्र हुन्। उनीहरुलाई शुभकामना दिन र आगामी दिनमा सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गर्न आएको हुँ।
Q.
चुनाव त सम्पन्न भयो, अब दलहरु कसरी अघि बढ्नुपर्छ?
A.
संविधानसभामार्फत आएको जनादेशपछि नयाँ संविधान निर्माण गर्ने महत्वपूर्ण काम बाँकी नै छ। संविधानसभामार्फत बन्ने नयाँ संविधानपछि त्यसकै आधारमा फेरि आम निर्वाचन हुन्छ। त्यसले मात्र को सरकारमा जाने को र प्रतिपक्षमा बस्छ भन्ने निर्धारण गर्छ। त्यसैले संविधान निर्माण गर्ने ऐतिहासिक र गहन जिम्मेवारी पूरा गर्न सम्पूर्ण दलबीच आम सहमति हुनुपर्छ र एक ढिक्का भएर अघि बढ्नुपर्छ। संविधान निर्माण गर्दा दलहरुबीच विभेद हुनुहँुदैन।
Q.
अबको सरकार कस्को नेतृत्वमा बन्नुपर्ला?
A.
यो त सबै राजनीतिक दलहरु बसेर सहमतिका आधारमा निर्णय गर्ने कुरा हो। चुनावको परिणाम जुन आएको छ, त्यसमा माओवादी सबैभन्दा ठूलो दल भएको छ। त्यसैले छलफल गरेर जनादेशलाई मध्यनजर राख्दै अघि बढ्नु उपयुक्त हुन्छ। सरकार निर्माणमा सबै दलहरु सहयोगी हुनुपर्छ।
Q.
प्रचण्डको नेतृत्वमा सरकार बन्नुपर्छ हो?
A.
यो नेपाली जनता र नेपालका दलहरुले तय गर्ने कुरा हो। हामी नेपालमा फलानोको नेतृत्वमा सरकार बनोस् भनेर किटान गर्न चाहदैनौं। भारत नेपालको आन्तरिक मामिलामा हस्तक्षेप गर्न चाहँदैन। तर, जनमतलाई कदर गर्दै दलहरु अघि बढ्नुपर्छ।
Q.
दलहरुबीच सरकार निर्माणका विषयमा सहमति होला?
A.
सहमति त हुनै पर्छ। म चाहन्छु– सबै दलवीच एकता र सहकार्य गरेर नयाँ नेपाल निर्माणको ढोका खोल्न अग्रसर हुनुपर्छ।
Q.
गिरिजाबाबु, प्रचण्ड र माधव नेपाललाई तपाईं के सुझाव दिनुहुन्छ?
A.
संविधानसभाको चुनाव सम्पन्न गरेर नेपालले नयाँ इतिहास निर्माण गरेको छ। नेपालमा जनतन्त्रको गणतन्त्र (डेमोक्य्राटिक रिपब्लिक) स्थापना हुन लागेको छ। यो खुसीको क्षणमा म नेतात्रयलगायतलाई सुझाव दिन आएको होइन सफलताको शुभकामना र बधाई दिन आएको हुँ।
Q.
नेपालमा एकतन्त्रीय कम्युनिस्ट शासन त आउँदैन?
A.
अहिले त्यो सम्भव छैन। जब नयाँ संविधान बन्छ र अर्काे आम चुनाव हुन्छ, त्यही चुनावले नै राजनीतिक भविष्य निर्धारण गर्छ।
Q.
मिलिजुली सरकारको जुन जनादेश आएको छ, त्यसले गणतान्त्रिक संविधान बन्ला?
A.
मलाई पूर्ण रुपमा विश्वास छ, नेपालका दलहरु मिलेर गणतान्त्रिक संविधानको निर्माण गर्छन्।
Q.
राजा र राजतन्त्रको भविष्य के होला?
A.
निर्वाचनको परिणामपछि अब नेपालको राजसंस्था समाप्तिको अन्तिम घडीमा आइपुगेको छ। जनादेशलाई हेर्दा नेपाली जनता अब कुनै पनि किसिमको राजशाही चाहँदैनन् भन्ने स्पष्ट छ। जनताले समेत बहिष्कार गरिसकेपछि अब के गर्ने भन्ने कुरा राजा आफैंले चाँडै तय गर्नुपर्छ।
Q.
के राजतन्त्र समाप्त होला त?
A.
मेरो विचारमा राजतन्त्र समाप्त हुन्छ। तर, जनताको निर्णयलाई सबैले स्वीकार गर्नुपर्छ।
Q.
राजा नागरिक भएर बस्न तयार होलान्?
A.
राजा नागरिक भएर बस्न सक्छन्।
Q.
राजालाई निर्वासनका लागि भारतमा स्थान छ त?
A.
यो सबै नेपाली जनता, दलहरु र राजाले निर्णय गर्ने कुरा हो। अहिलेसम्म भारतलाई त्यस्तो कुनै जानकारी छैन। यसमा भारतको कुनै पनि किसिमको चाख र भूमिका हँुदैन। भारतको नेपालसँगको भाइचारा सम्बन्ध छ। त्यसलाई प्रयोग गरेर जोकोही पनि नेपाली भारतमा बस्न सक्छन् भने भारतीयहरु पनि नेपालमा बस्न सक्छन्।
Q.
१९५० को नेपाल भारत सन्धिबारे तपाईंको दृष्टिकोण के छ?
A.
हाम्रो पार्टीले २० वर्षपूर्व नै १९५० को सन्धिबारे पुनर्विचार गर्नु आवश्यक छ भनिसकेको छ। सन्धि भएको करिब ५८ वर्ष भइसकेकोले त्यसमा परिवर्तन र परिमार्जन गर्नु आवश्यक भएकाले समयानुकुल परिवर्तन गरी नयाँ ढंगबाट अघि बढ्नुपर्छ।
Q.
'रअ' को भूमिका सफल भएको हो?
A.
नेपाल र नेपाली जनता नै आत्मनिर्णय गर्न सफल भएका छन्। त्यसमा \'रअ\'वा भारतको कुनै भूमिका रहेको पाइँदैन। जे निर्णय गरेका छन्, नेपालको सरकार, दल र जनता आफैंले गरेका छन्। यहाँ कसैको पनि प्रभाव स्वीकार्य छैन।
Q.
नेपालमा माओवादी त शक्तिशाली भयो नि?
A.
नेपाल जनताको भावनालाई प्रतिनिधित्व गर्दै माओवादीले चुनावमार्फत आफूलाई ठूलो शक्तिको रुपमा उभ्याएको छ। तर, अझै पनि नेपालमा प्रमुख दलहरुबीचको सहकार्य अपरिहार्य छ।
‹‹ Back
Latest Video
IME
Civil Homes
जिल्ला समाचार
उदयपुरमा एक बालिकाको उद्धार
[January 03 2011]
उदयपुर २० पुस । बिभिन्न प्रलोभन देखाई एक बालिकालाई काठमाण्डौतर्फ लैजादै गरेका खोटाङका डिल्ली खत्रीलाई प्रहरीले गाईघाट बजारबाट पक्राउ गरेको छ । उदयपुरको हडिया गाविस
सबै हेर्नुहोस् ››
Dish Nepal
hometv
Galaxy Public School
Bajaj XCD
Oil Corporation
utl ad
Manakamana Temple
Tara Air
OM HOSPITAL
Guna Colony
Akhadya
Real
Kist Bank
Himalayan Bank
Prime Bank
Citizens Bank
CFL Bulb
NIBL
Copyright © Reporters Nepal. 2007 - 2012. All rights reserved.