REPORTERSNEPAL.COM
A BILINGUAL NEPALESE NEWS PORTAL PRESENTATION OF REPORTERS CLUB NEPAL IN
ASSOCIATION WITH RADIANT INFOTECH NEPAL
NEWS CATEGORY

Face to Face
Rishi Dhamala with  Rakesh Sood

राष्ट्रिय सहमतिको सरकार आवश्यक छ-भारतीय राजदूत राकेश सुद नवनियुक्त भारतीय राजदूत राकेश सुद कुटनीतिक क्षेत्रका ज्ञाता हुनुहुन्छ । बौद्धिक, इमान्दार र मिलनसार कुटनीतिज्ञ सुद नेपाल भारत सम्बन्ध अझ प्रगाढ बनाउन विभिन्न दलका नेतास“ग भेटघाटमा व्यस्त हुनुहुन्छ । प्रभावशाली व्यक्तित्व र सफल कुटनीतिज्ञ सुद यसअघि अफगानिस्ताका लागि राजदूतको सफल जिम्मेवारी निभाइसक्नुभएको छ । अध्ययनशील सुद सरल र मिजासिलो हुनुहुन्छ । उहांले प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालालाई गत बुधबार ओहदाको प्रमाणपत्र बुझाइसक्नुभएको छ । देशान्तरका लागि ऋषि धमलास“ग सुदले गर्नुभएको विशेष कुराकानीको प्रमुख अंशहरु ः
Q.
नेपाल भारत सम्बन्ध कस्तो छ ?
A.
नेपाल र भारतबीचको सम्बन्ध अत्यन्त घनिष्ठ छ । सरकारस\"ग मात्र हैन जनतासंगको आपसी सम्बन्ध पनि सुमधुर छ । यो ऐतिहासिक, सांस्कृतिक, राजनीतिक र आर्थिक सम्बन्ध अगाडि बढाउन म प्रयत्नशील रहनेछु । नेपाल एक नयां दिशामा कदम चाल्न पुगेको छ । नयां दिशामा दुइ देशबीचको सम्बन्धलाई झन् प्रगाढ बनाउनेछ ।
Q.
नेपालसंग भारत कस्तो सम्बन्ध चाहन्छ ?
A.
भारत नेपालको शान्ति प्रक्रियामा सद्भाव राख्दैआएको छ । शान्ति प्रक्रियाकै अभिन्न अंगका रुपमा रहेको संविधानसभा निर्वाचन सफलताका साथ सम्पन्न भएको छ । यसबाट भारत र भारतीय जनता निकै खुशी छ । हामीलाई आशा छ कि नेपालको शान्ति प्रक्रिया गन्तव्यमा पुग्नेछ । नेपाली जनताले दीगो शान्तिको अनुभूती प्राप्त गरी संस्थागत विकासतर्फआफ्नो देशलाई डोर्‍याउने अवसर पाउनेछन् ।
Q.
नयां सरकालाई भारतले कस्तो सहयोग गर्नेछ ?
A.
भारत जनादेशबाट आएको जुनसुकै सरकारलाई जस्तोसुकै सहयोग गर्न तयार छ । नेपालमा राजनीतिक क्रान्ति सफल भएजस्तै आर्थिक क्रान्तिको बाटो तय होस् भन्ने भारतको चाहना छ । नेपालमा शान्ति, स्थायित्व, लोकतन्त्र र विकासको लागि लगातार सहयोग गरिरहनेछ ।
Q.
भारत नेपालमा कस्तो सरकार बनोस् भन्ने चाहन्छ ?
A.
सरकार बनाउने कुरा जनमत पाएका राजनीतिक दलले निर्णय गर्ने विषय हो । भारत राष्ट्रिय सहमति र सहकार्यबाट सरकार बनोस् भन्ने चाहन्छ । हामीलाई आशा छ कि नेपालका दलहरु जनमतको कदर गर्न जान्दछन् । अहं सवालमा सहमतिका साथ अगाडि बढे नेपालको शान्ति प्रक्रिया सफल हुन्छ भन्ने हाम्रो बुझाई छ । विगतमा दलहरुले सहमति र सहकार्य गर्दा नेपालमा ऐतिहासिक क्रान्ति भएको दुनियांलाई थाहा छ । संविधानसभा निर्वाचन पनि सहमति र सहकार्यकै राजनीतिबाट भयो । हामीलाई आशा छ नेपालका दलहरुले त्यस्तो सहमति र सहकार्यलाई जारी राख्नेछन् ।
Q.
भारत राष्ट्रिय सहमतिसहितको सरकार बनोस् भन्ने चाहन्छ ?
A.
हो । नेपालमा राष्ट्रिय सहमतिको सरकार बनेमा नेपाल र नेपालीको हित हुन्छ । यसले लोकतान्त्रिक दलहरुको एकता कायम रहन्छ ।
Q.
राष्ट्रिय सहमतिको सरकार सम्भव होला ?
A.
त्यो नेपालका दलहरुले तय गर्ने विषय हो । जनमतको कदर गर्दै दलहरु अघि बढ्नेमा हाी विश्वस्त छौं । भारत नेपाली जनताको भावना अनुरुप चल्ने जुनसुकै कदमको सम्मान गर्दछ ।
Q.
माओवादीले नयां सरकारको नेतृत्व दाबी गरिरहदा दलहरुबीच सहमति बन्ला ?
A.
चुनावी परिणाम आइसकेको छ । सहमति र सहकार्यको राजनीतिलाई प्रतिबिम्बित गर्ने सरकार गठन होस् भन्ने भारतको चाहना छ । नेपालका लागि नयां संविधान लेख्ने तथा शान्ति र विकासको बाटोमा लाग्ने महत्वपूण् कार्य बांकी नै छ । सहमति र सहकार्यबाट बन्ने भावी सरकारको यो कार्य सफलताका साथ सम्पन्न गर्नसक्छ भन्नेमा भारत आशावादी छ ।
Q.
नेपाल गणतान्त्रिक मुलुक बन्ला ?
A.
नेपाली जनताको निर्णय आइसकेको छ । दलहरु पनि निर्णयमा पुगिसकेका छन् । त्यसैले नेपाल नयां बाटोमा अगाडि बढिरहेको छ । नेपाल जनताको मतबाट संविधान बनाउने बाटोमा छ । हामीलाई आशा छ कि नयां संविधानमा जनताको भावना प्रतिबिम्बित हुनेछ । नेपालमा जनतन्त्र संस्थागत हुनेछ ।
Q.
राजतन्त्रबारे भारतको दृष्टिकोण के छ ?
A.
नेपाली जनता, दल र सरकारको निर्णयको भारत सम्मान गर्दछ । नेपाली जनताले गर्ने जुनसुकै निर्णयको भारत र्समर्थन गर्दछ ।
‹‹ Back
Latest Video
IME
Civil Homes
जिल्ला समाचार
उदयपुरमा एक बालिकाको उद्धार
[January 03 2011]
उदयपुर २० पुस । बिभिन्न प्रलोभन देखाई एक बालिकालाई काठमाण्डौतर्फ लैजादै गरेका खोटाङका डिल्ली खत्रीलाई प्रहरीले गाईघाट बजारबाट पक्राउ गरेको छ । उदयपुरको हडिया गाविस
सबै हेर्नुहोस् ››
Dish Nepal
hometv
Galaxy Public School
Bajaj XCD
Oil Corporation
utl ad
Manakamana Temple
Tara Air
OM HOSPITAL
Guna Colony
Akhadya
Real
Kist Bank
Himalayan Bank
Prime Bank
Citizens Bank
CFL Bulb
NIBL
Copyright © Reporters Nepal. 2007 - 2012. All rights reserved.