ऋषि धमला with गिरिजाप्रसाद कोइराला
अझै दस वर्षआठ दलको एकता चाहिन्छ : प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला
Q.
प्रधानमन्त्रीज्यू, र्सार्क सम्मेलन कस्तो रह्यो ?
A.
चौंधौं र्सार्क सम्मेलन ऐतिहासिक, उपलब्धिमूलक र विश्वलाई नयाँ सन्देश दिन सफल रह्यो । खासगरी गरिबी, आतंकवाद र व्यापारबारे र्सार्कमा अपर्ूव सहमति भएको छ । महत्वपूण् कुरा यसको कार्यान्वयन हो । र्सार्क नेताहरुबाट जनस्तरको सम्बन्धबाट र्सार्कलाई गतिशील र प्रभावकारी बनाउन साझा प्रतिबद्धता आएको छ । यो बडो उत्साहप्रद छ । डा. मनमोहन सिंह जस्तो सक्षम, त्यागी र सफल व्यक्तित्वको नेतृत्वमा र्सार्क नयाँ शिराबाट अघि बढ्ने कुरामा म विश्वस्त छु ।
Q.
र्सार्क नेताहरुको नेपालप्रतिको दृष्टिकोण कस्तो रहेछ ?
A.
नेपालको पछिल्लो शान्ति प्रक्रियाबारे उनीहरुको प्रश्नको ओइरो लाग्यो । म त जवाफ दिँदादिँदा थकित भएँ । उनीहरु माओवादीको शान्तिपर्ूण्ा रुपान्तरण देखेर चकित भएका छन् । संविधानसभा निर्वाचन सफल पार्न नेपाललाई हरतरहको सहयोग गर्न र्सार्क नेताहरु तयार छन् ।
Q.
माओवादीले हतियार छाडेकै हो त ?
A.
दस वर्षसशस्त्र संर्घष्ामा माओवादी सामेल भएको सत्य हो । तर, अहिले माओवादी अन्तरिम सरकारमा आइसकेको छ । माओवादी अव जिम्मेवार शक्तिका रुपमा प्रस्तुत हुन्छ भन्ने कुरामा हामी सबै विश्वस्त छौं । अव उसले लोकतान्त्रिक पद्धति र संस्कारको दायराभित्र बस्नुको विकल्प छैन ।
Q.
संविधानसभाको निर्वाचन समयमै हुन्छ ?
A.
संविधानसभाको निर्वाचन तोकिएको समयमै गर्नुपर्छ भन्ने हाम्रो स्पष्ट मान्यता छ । यसका निम्ति तीव्र गतिमा तयारी गर्नुपर्छ । यसमा सबैको सहयोग र सद्भावना चाहिन्छ ।
Q.
तर्राई समस्या रहिरहेको अवस्थामा निर्वाचन सम्भव छ र ?
A.
हो, संविधानसभा निर्वाचनअगावै तर्राई समस्या समाधान गर्न सरकार तयार छ । म काठमाडौं फर्किएपछि वार्ता अघि बढ्छ ।
Q.
राजा ज्ञानेन्द्रबाट षड्यन्त्र नहोला ?
A.
अव तपाईंहरु राजा छाड्नुस्, ज्ञानेन्द्र भन्नुस् । राजाले अव षड्यन्त्र गर्न सक्दैनन् । ज्ञानेन्द्रले षड्यन्त्र गर्न सक्छन् । तर, संविधानसभा निर्वाचन कसैले रोक्न सक्दैन ।
Q.
सोनिया गान्धीसित के कुराकानी भयो ?
A.
सोनियासित पनि संविधानसभा निर्वाचनको सर्न्दर्भमा सीमा क्षेत्रमा हुने आपराधिक क्रियाकलाप नियन्त्रणबारे कुराकानी भएको छ । साथै पछिल्लो शान्ति प्रक्रिया, तर्राई समस्या, भुटानी शरणार्थी एवं विविध विषयमा कुराकानी भएको छ । नयाँ नेपाल निर्माणका लागि भारतीय सहयोग रहने वचन दिएकी छन् ।
Q.
अन्य दलले गणतन्त्रको बाटो समातिसकेको अवस्था कांग्रेसमा अन्योल नै छ । कांग्रेस गणतन्त्रमा जान सक्दैन ?
A.
हो, संविधानसभा निर्वाचनको माहोल बनाउन मसला चाहिन्छ । कांग्रेसले पनि निर्वाचनअगावै राजसंस्थाबारे औपचारिक निर्ण्र्ाालिन्छ । संविधानसभामा कांग्रेसले गणतन्त्रको नारा लिन्छ कि लिँदैन भन्ने थाहा पाउन केही दिन पर्खनुपर्छ ।
Q.
कांग्रेस गणतान्त्रिक हुने सम्भावना छ कि छैन ?
A.
धेरै कुरा नगर्नुस् । केही दिन पर्खनुस् ।
Q.
संविधानसभा निर्वाचनअगावै कांग्रेस एकता हुन्छ कि हुँदैन ?
A.
म काठमाडौं फर्किनासाथ कांग्रेस एकता प्रक्रिया सुरु हुन्छ । यस विषयमा शेरबहादुर देउवासित कुरा भइसकेको छ । धेरै कुरा मिलिसकेका छन् । संविधानसभामा दुवै कांग्रेस एकताबद्ध भएर जान्छन् । ढुक्क हुनोस् ।
Q.
माओवादी अध्यक्ष प्रचण्डसित तपाईंको सम्बन्ध कस्तो छ ?
A.
प्रचण्डसित मात्र होइन, आठै दलका नेताहरुसित मेरो गहिरो र भावनात्मक सम्बन्ध छ । आठ दलबीच संविधानसभा निर्वाचनसम्ममात्र होइन, अझै ८-१० वर्षएकता र मेलमिलाप चाहिन्छ । अव आठ दलको एकतालाई नयाँ विन्दुबाट अघि बढाउनुपर्छ भन्ने मेरो धारणा छ ।
Q.
भुटानी शरणार्थी समस्या समाधान हुने भयो त ?
A.
शरणार्थी समस्या द्विपक्षीय वार्ताबाट समाधान गर्न भुटान सरकार सकारात्मक रहेको त्यहाँका प्रधानमन्त्रीले दिएका छन् । सन् २००८ मा प्रजातान्त्रिक प्रक्रियामा जानुअगावै शरणार्थी समस्या समाधान गरिसक्न मैले भुटानी प्रधानमन्त्रीलाई अनुरोध गरेँ । प्रजातान्त्रिक प्रक्रिया र शरणार्थी समस्या समाधान भएपछि मात्र विश्व समुदायमा भुटानको प्रतिष्ठा बढ्छ ।
[January 03 2011]
उदयपुर २० पुस । बिभिन्न प्रलोभन देखाई एक बालिकालाई काठमाण्डौतर्फ लैजादै गरेका खोटाङका डिल्ली खत्रीलाई प्रहरीले गाईघाट बजारबाट पक्राउ गरेको छ । उदयपुरको हडिया गाविस