REPORTERSNEPAL.COM
A BILINGUAL NEPALESE NEWS PORTAL PRESENTATION OF REPORTERS CLUB NEPAL IN
ASSOCIATION WITH RADIANT INFOTECH NEPAL
NEWS CATEGORY

Face to Face
Rishi Dhamala with  Jhala Nath Khanal

नेकपा एमालेका नवनियुक्त महासचिव झलनाथ खनाल बौद्धिक, आकर्षक र मिलनसार नेताका रुपमा चिनिनुहुन्छ । नेपालको कम्युष्टि आन्दोलनमा तीन दशकभन्दा लामो समय बिताउनुभएका उहां २०४६ साल अघि तत्कालिन नेकपा मालेको महासचिवको जिम्मेवारी निभाइसक्नुभएको छ । असजिलो अवस्थामा जिम्मेवारीको सफलताका साथ पालना गर्नुभएका उहां चुनौतीकै अवस्थामा महासचिव चयन हुनुभएको छ । संविधानसभा निर्वाचनमा तेस्रो स्थानमा चित्त बुझाउनुपरेको एमालेका सामु आएका चुनौतीको सामना गर्न आफ्नो नेतृत्व सक्षम रहेको बताउनुहुने खनालसंग रिपोर्र्टर्स नेपाल डट कमका लागि ऋषि धमलाले गर्नुभएको कुराकानी ः
Q.
अब नेकपा एमालेलाई कसरी अघि बढाउनुहुन्छ?
A.
अब एमालेलाई वैचारिक राजनीतिक सैद्धान्तिक संगठनात्मक कार्यशैलीगत सबै क्षेत्रमा पुनर्गठन गर्दै पार्टीलाई बिल्कुल नयाँ उचाइबाट अघि बढाइनेछ।
Q.
तपाईको पहिलो प्राथमिकता के हो अब?
A.
विगतको चुनावको समीक्षा गर्दै र त्यसवाट पाठ सिक्ने र सिंगो पार्टीलाई वैचारिक र राजनीतिक क्षेत्रमा पुनर्गठन गर्ने संगठनात्मक क्षेत्रमा पुनर्गठन गर्र्न, कार्यशैलीगत क्षेत्रमा पुनर्गठन गरी पार्टीलाई एकबद्ध बनाएर नयाँ उचाइबाट अगाडि बढाउने मेरो प्राथमिकता हुनेछ।
Q.
एमालेलाई पुरानै स्थितिमा फर्काउन सक्नुहुन्छ?
A.
दुई वर्ष पुग्दा नपुग्दै एमाले यो मुलुकको अत्यन्त महत्वपूर्ण राष्ट्रिय शक्तिका रुपमा अघि बढ्ने कुरा सुनिश्चित छ।
Q.
दुई वर्षपछि एमाले देशकै ठूलो पार्टी बन्छ?
A.
आगामी निर्वाचनमा नेकपा एमाले यो मुलुकको सबैभन्दा ठूलो पार्टी हुने कुरा निश्चित छ।
Q.
अर्काे चुनावमा तपाईहरु बहुमत ल्याउन सक्नुहुन्छ?
A.
अब आउने आम निर्वाचनमा एमाले सवैभन्दा महत्वपूर्ण शक्तिको रुपमा खडा हुने गरिकन हामी बैचारिक, संगठनात्मक र सम्पूर्ण क्षेत्रमा एकदम संकल्पबद्ध ढंगले अगाडी बढ्छौं।
Q.
तपाईहरुको सहकार्य को को सँग हुन्छ?
A.
हामी लोकतान्त्रिक गणतन्त्रका शक्तिहरु, आमूल परिवर्तनका शक्तिहरु, यो मुलुकमा शान्ति स्थापना गर्न चाहने शक्तिहरु र यो मुलुकलाई संघीय लोकतान्त्रिक गणतन्त्र हुदै समाजवादतर्फ उन्मुख हुन चाहने सम्पूर्ण शक्तिसँग सहकार्य गर्दै अघि बढ्छौं।
Q.
सहकार्यको पहिलो प्राथमिकता कांग्रेस कि माओवादी?
A.
हामी दुवैको गुण र दोष हेरेर एकता र सहकार्यको कुरालाई अघि बढाउछौं। आवश्यक पर्योश भने हामी संघर्ष पनि गर्छाै।
Q.
अबको सरकारको नेतृत्वले कांग्रेसले गर्छ कि माओवादीले?
A.
यो त सबै दलको बीचमा हुने समझदारी र सहमतिको आधारमा नयाँ सरकार बन्नुपर्छ। त्यो सहमतिविना त सरकार बन्नै सक्दैन नि।
Q.
सहमति कसले जुटाउने माओवादीले कि कांग्रेसले?
A.
सबैभन्दा ठूलो दलका रुपमा रहेको माओवादीले नै सहमतिका लागि पहल गर्नुपर्छ। हामी अरु दलहरुले पनि पहल गर्नुपर्छ र सहमतिमा पुग्नुपर्छ।
Q.
माओवादी नेतृत्वमा सरकार बन्ने त सहमति जुटेको छैन नि?
A.
सरकार बनाउने कुरा अलि पछिको कुरा छ। पहिले हामी संविधानसभालाई सुरुवात गराउने कुरामा ध्यान केन्द्रित गर्दै छौं। नयाँ संविधान बनाउने कुरा सबैभन्दा महत्वपूर्ण कुरा हो।
Q.
सरकार कहिले र कसरी बन्ला?
A.
पार्टीहरुका बीचमा सबैभन्दा पहिला साझा मार्गचित्र तयार गर्नुपर्दछ। एकआपसको समझदारी अझ उन्नत बन्नुपर्दछ। त्यसपछिमात्रै सरकार कसरी बन्छ या बन्दैन भन्ने कुराको निधो हुन्छ।
Q.
सहमति जुटाउन तपाईंले सक्नुहुन्छ कि?
A.
हामी यो देशमा सहकार्यको साथ पुर्ननिर्माण गर्ने र मुलुकलाई आमूल परिवर्तनको दिशातर्फ अघि बढाउने र नयाँ संविधान बनाउने काममा हामी पहलकदमीका साथ अगाडी बढ्छौं।
Q.
माओवादी र एमालेबीच एकता हुने संभावना कत्तिको छ?
A.
कम्युनिष्टहरु बीचमा एकता हुने संभाव छ। तर उनीहरुले सही नीति, विचार, ब्यवहार र कार्यशैलीलाई अगाडी बढाएर लैजान सक्नुपर्छ। विशेषगरी माओवादी कसरी अगाडि बढ्छ भन्ने कुरामा यी सबै कुरा निर्भर गर्दछन्। कम्युनिष्ट एकताले मात्र पुग्ने स्थिति छैन। कम्युनिष्टहरु र अन्य लोकतान्त्रिक गणतन्त्रका शक्तिका बीचमा सहकार्य अनिवार्य छ। त्यसलाई हामीले सुदृढ गर्दै अघि बढ्नुपर्छ।
Q.
माओवादीको कार्यशैली कस्तो छ त?
A.
उनीहरुको कार्यशैलीमा आक्रामकता देखिन्छ। हिंस्रकता देखिन्छ, अरुका कार्यकर्तामाथि हमला गर्ने, खुट्टा भाँच्ने, खप्पर फोर्ने प्रवृत्ति देखिन्छन्। यो प्रवृति समूल रुपमा अन्त्य हुनुपर्छ। तबमात्र माओवादीसँग सहकार्यको कुरा अगाडि बढ्न सक्छ।
Q.
माओवादी सच्चिए सरकारमा जानुहुन्छ त?
A.
यी जम्मै कुरा सच्चिएर आउने स्थितिमा हामीले सरकारमा जाने वा नजाने विषयमा विचार गर्नुपर्छ।
Q.
राजतन्त्रको अन्त्य कसरी गर्नुहुन्छ?
A.
जेठ १५ गते संविधानसभाको पहिलो बैठक अत्यन्त भब्यताका साथ सुरु हुँदैछ। सोही बैठकबाट राजतन्त्रको अन्त्य गरेर मुलुक संघीय लोकतान्त्रिक गणतन्त्रमा प्रवेश गर्दैछ।
Q.
राजालाई दरबारबाट कसरी निकाल्नुहुन्छ?
A.
चुनावको जनादेशअनुरुप संविधानसभाले निर्णय गरिसकेपछि राजा त्यहाँबाट निस्कने कुरा सुनिश्चित छ। त्यसपछि गडबड भयो भने त्यो कुरो ब्यक्तिगत रुपमा पनि शाही परिवारका निम्ति क्षतिपूर्ण हुनेछ। राजा दरबारबाट ननिस्के उनले ठूलो क्षति बेहोर्नुपर्नेछ। नारायणहिटी त नेपाली जनता र राज्यको दरबार हो त्यो कुरामा कुनै ब्यक्ति वा परिवारको हक छैन। त्यहाँ बस्न कसैले दावी गर्न सक्दैन।
Q.
पार्टीभित्रका केपी ओली समूहलाई कसरी समेटेर लानुहुन्छ?
A.
मैले आफ्नो पार्टीभित्र कसैलाई पनि विरोधी देखेको छैन। हाम्रो अत्यन्त प्रिय नेता र कमरेड कार्यकर्ताहरु हुनुहुन्छ। केपी ओली पनि मेरो अन्तरङ्ग नेता हो, उहाले निरन्तर सहयोग गर्नुभएको छ। बिहीवारको केन्द्रीय समितिको बैठकबाट महासचिवको निर्वाचन सर्वसम्मतिका साथ भएको छ। यसले पनि एमाले एक ढिक्का छ, एकताबद्ध भएर अगाडि बढ्छ।
‹‹ Back
Latest Video
IME
Civil Homes
जिल्ला समाचार
उदयपुरमा एक बालिकाको उद्धार
[January 03 2011]
उदयपुर २० पुस । बिभिन्न प्रलोभन देखाई एक बालिकालाई काठमाण्डौतर्फ लैजादै गरेका खोटाङका डिल्ली खत्रीलाई प्रहरीले गाईघाट बजारबाट पक्राउ गरेको छ । उदयपुरको हडिया गाविस
सबै हेर्नुहोस् ››
Dish Nepal
hometv
Galaxy Public School
Bajaj XCD
Oil Corporation
utl ad
Manakamana Temple
Tara Air
OM HOSPITAL
Guna Colony
Akhadya
Real
Kist Bank
Himalayan Bank
Prime Bank
Citizens Bank
CFL Bulb
NIBL
Copyright © Reporters Nepal. 2007 - 2012. All rights reserved.