REPORTERSNEPAL.COM
A BILINGUAL NEPALESE NEWS PORTAL PRESENTATION OF REPORTERS CLUB NEPAL IN
ASSOCIATION WITH RADIANT INFOTECH NEPAL
NEWS CATEGORY

Face to Face
Rishi Dhamala with  Prachanda

राष्ट्रपति र प्रधानमन्त्री एउटै व्यक्तिले रहनुपर्छ प्रचण्ड नेपाली राजनीतिमा चमत्कारी व्यक्तित्वका रुपमा देखापर्नुभएका माओवादी अध्यक्ष प्रचण्डले केही दिनभित्र राष्ट्रप्रमुखसहित प्रधानमन्त्रीको जिम्मेवारी सम्हाल्दैहुनुहुन्छ । दश वर्षे जनयुद्ध र दुइ वर्षे शान्ति प्रक्रियामा सफल राजनीतिज्ञको रुपमा देखिनुभएका प्रचण्डको सरलता, बौद्धिकता, क्षमता दक्षता र कुशल राजनीतिज्ञमा हुनुपर्ने सबै गुणले गर्दा संविधानसभा निर्वाचनमा आफ्नो पार्टीलाई सबैभन्दा ठूलो शक्तिका रुपमा उभ्याउन सफल हुनुभयो । एकपटक कुनै व्यक्तिसंग कुरा गरेपछि त्यसलाई कन्भिन्स गर्न सक्ने अभूतपूर्व क्षमताले प्रचण्डलाई यो उचाईमा पुर्‍याएको हो । सादा जीवन र उच्च विचारका धनी प्रचण्डको भाषणमा रहनेगरेको तर्कशैलीले सबैलाई प्रभावित पार्ने गरेको छ । हिजो प्रधानमन्त्री निवास बालुवाटारमा भएको तीन दलको बैठकमा प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालालाई सरकार गठन गर्न प्रचण्डलाई आव्हान गर्नुभएपछि उहां के गर्दैहुनुहुन्छ, कसरी सरकार बनाउनुहुन्छ, राजाको बर्हिगमन कसरी गर्दैहुनुहुन्छ । नेपालमा मात्र नभई विश्व कम्युनिष्ट आन्दोलनमा प्रभाव र्छन सक्नुभएका प्रचण्डले हिजो देशान्तरका लागि ऋषि धमलासंग विशेष कुराकानी गर्नुभयो । कुराकानीको मुख्य अंशहरु
Q.
प्रधानमन्त्रीले तपाईंलाई सरकार बनाउन आव्हान गर्नुभएको छ, अब कसरी सरकार बनाउनुहुन्छ ?
A.
सहमती र सहकार्यकै आधारमा सरकार बनाइन्छ । अबको सरकार संयुक्त राष्ट्रिय सरकार बन्नेछ । शनिबारबाट नै छलफल शुरु गरिसकेका छौं । अनौपचारिक औपचारिक कुराकानीलाई गति दिएका छौं । आइतबार विहान आठ बजे पहिलो बैठक, गणतन्त्र कार्यान्वयन र सरकार बनाउने विषयमा संवेदनशील छलफल गर्नेछौं । सरकार बनाउने गृहकार्यलाई अन्तिम स्वरुप दिदैछौं ।
Q.
दलहरुबीच कुरा मिलेकै हो ?
A.
गिरिजाबाबुले पहिलोपटक औपचारिक रुपले ठूलो दलका हैसियतले सरकार बनाउन तपाईं पहल गर्नुहोस् भन्नुभयो । उहांले सबैका अगाडि अन्यौल हट्ने गरी बोल्नुभयो । अब माओवादीको नेतृत्वमा सरकार बन्नेमा कुनै अन्यौल बांकी रहेन । त्यसअर्थमा सबै कुरा मिलेको छ । तर सहमतिका विषयमा छलफल गर्न बांकी छ ।
Q.
सहमति बनाउदा राष्ट्रपति र प्रधानमन्त्री को को हुने ?
A.
अहिलेको अन्तरिम संविधानमा उल्लेख भएको व्यवस्थालाई नै निरन्तरता दिनुपर्छ । कार्यकारी अधिकारसहितको प्रधानमन्त्रीकै व्यवस्थामा अडिएर अघि बढ्नुपर्छ भन्ने हाम्रो स्पष्ट नीति छ । तत्कालका लागि राष्ट्राध्यक्षको भूमिका पनि प्रधानमन्त्रीलेनै खेल्ने गरी गणतन्त्र कार्यान्वयन गर्नका लागि अगाडि बढ्नुपर्छ । नयां संविधान नबन्दासम्म कार्यवाहक राष्ट्रपतिको भूमिका पनि प्रधानमन्त्रीले खेल्ने व्यवस्था रहदा सजिलो हुन्छ भनेका छौं ।
Q.
तपाईंहरुको एजेण्डालाई कांग्रेस र एमाले सहमत भएका छन् ?
A.
छलफल शुरु भइसकेको छ । मलाई लाग्छ यही आइतबार हामी एउटा टुंगोमा पुग्छौं ।
Q.
राष्ट्रप्रमुख र प्रधानमन्त्री तपाईंनै हो ?
A.
हाम्रो पार्टीको निर्णय नै यही छ । राष्ट्रप्रमुख र प्रधानमन्त्री एउटै व्यक्तिले संचालन गर्ने निर्णय बनेको छ । पार्टीका साथीहरुले मलाई अगाडि सार्नुभएको छ ।
Q.
गिरिजाप्रसाद कोइरालालाई कुन भूमिका दिनुहुन्छ ?
A.
गिरिजाप्रसाद कोइरालाको दलसंग पनि कुरा गरें । उहांलाई सम्मानित गर्न, उहांको संरक्षकत्वलाई कायम राख्न, सक्रिय पनि राख्नका लागि समग्र एलाइन्स बनाएर त्यसको प्रमुखका रुपमा भूमिका खेल्दिनुहोस् भने । संविधानमै आवश्यक व्यवस्था गरी दलहरुको एलाइन्सको प्रमुखको जिम्मवारी गिरिजाप्रसादलाई राखौं भनें । गिरिजाप्रसादको सक्रियता, सम्मान र संरक्षकत्व आवश्यक छ ।
Q.
गिरिजाप्रसादलाई राष्ट्रपति दिनुहुन्न ?
A.
प्रधानमन्त्री नै कार्यवाहक राष्ट्राध्यक्ष रहने भएपछि अहिले राष्ट्रपतिको कुरै नगरौं । शान्ति प्रक्रियामा गिरिजाप्रसादले खेल्नुभएको भूमिकाको हामी उच्च मूल्यांकन गर्र्छौं । अहिले राष्ट्रपति दिन सकिदैन ।
Q.
गिरिजाप्रसादको कामको मूल्यांकन कसरी गर्नुभएको छ ?
A.
नेपालको प्रजातान्त्रिक आन्दोलनमा १२ बुंदे सहमति देखि शान्ति प्रक्रियालाई निष्कर्षा पुर्‍याउने देखि संविधानसभा निर्वाचन सफल बनाउन उहांले महत्वपूण् भूमिका निर्वाह गर्नुभएको छ । हामी त्यसको उच्च मूल्यांकन गर्र्छौं । उहांले स्टेट्स्म्यानशिप देखाउनुभएको छ । हामी त्यसको प्रशंशा गर्र्छौं ।
Q.
कांग्रेस र एमाले सरकारमा सहभागी हुन्छन् ?
A.
कांग्रेस र एमाले सरकारमा आउनेछन् र आउनुपर्छ । त्यसको कुनै विकल्प छैन ।
Q.
कांग्रेस र एमाले किन सरकारमा आउनुपर्छ ?
A.
कांग्रेस र एमाले सरकारमा नआए संविधान लेख्ने कुरा सहज हुदैन । त्यसले सरकार गठन प्रक्रियालाई पनि सहज हुन दिदैन । संविधान लेख्न र शान्ति प्रक्रियालाई टुंगोमा पुर्‍याउने प्रमुख लक्ष्य पूरा गर्नका लागि उहांहरु सरकारमा आउनुपर्छ ।
Q.
कांग्रेस र एमालेले उठाएको संविधान संशोधनमा तपाईं सहमत हुनुहुन्छ ?
A.
अहिले संविधान संशोधन गर्दा धेरै समस्या आउनसक्छ । हाम्रो आग्रह छ कि यही संविधानलाई टेकेर नयां सरकार बनाऊ र गणतन्त्र कार्यान्वयनमा अगाडि बढौं । हामी सहमति र सहकार्यको संस्कृतिको विकास गर्न यही संविधानबाटै टेक्न आग्रह गर्र्छौं । संविधान संशोधनको पक्षमा छैनौं । तर सहमति अपरिहार्य छ ।
Q.
राजालाई कसरी बिदाई गर्नुहुन्छ ?
A.
बिदाईमा सैद्धान्तिक सहमति जुटिसकेको छ । विधि र प्रक्रियाबारे करिब करिब टुंगोमा पुगेका छौं । हामी चाहन्छौं कि सहज निकासको वातावरण बनोस् । त्यसले भोलिसम्मका लागि राम्रो राष्ट्रिय एकता बनाएर अगाडि बढ्ने अवस्था सृजना होस् । देशको समृद्धिका लागि वातावरण बन्नेगरी पाइला चाल्नुपर्छ भन्ने हाम्रो चाहना छ ।
Q.
राजाले नारयणहिटी छाड्लान् ?
A.
नारायणहिटी छाड्नुको विकल्प छैन ।
Q.
नारायहिटी छाडेनन् भने के हुन्छ ?
A.
मैंले त्यतातर्फसोचेको छैन । त्यतातिर सोच्नुपर्ने आवश्यकता समेत छैन । राजाले दरबार छाड्छन् भन्नेमा म विश्वस्त छु ।
Q.
तपाईंले राजाका ज्वाईं राजबहादुर सिंहलाई भेट्नुभएको हो ?
A.
त्यो समाचार पूरा गलत र कपोकल्पित हो । मैंले भेटेको छैन ।
Q.
राजालाई केही सन्देश पठाउनुभएको हो ?
A.
मैंले सन्देश त र्सार्वजनिक रुपमा पठाएकै छु । राजाका नजिक भन्ने मान्छेमार्फ् पनि सन्देश पठाएको छु ।
‹‹ Back
Latest Video
IME
Civil Homes
जिल्ला समाचार
उदयपुरमा एक बालिकाको उद्धार
[January 03 2011]
उदयपुर २० पुस । बिभिन्न प्रलोभन देखाई एक बालिकालाई काठमाण्डौतर्फ लैजादै गरेका खोटाङका डिल्ली खत्रीलाई प्रहरीले गाईघाट बजारबाट पक्राउ गरेको छ । उदयपुरको हडिया गाविस
सबै हेर्नुहोस् ››
Dish Nepal
hometv
Galaxy Public School
Bajaj XCD
Oil Corporation
utl ad
Manakamana Temple
Tara Air
OM HOSPITAL
Guna Colony
Akhadya
Real
Kist Bank
Himalayan Bank
Prime Bank
Citizens Bank
CFL Bulb
NIBL
Copyright © Reporters Nepal. 2007 - 2012. All rights reserved.