REPORTERSNEPAL.COM
A BILINGUAL NEPALESE NEWS PORTAL PRESENTATION OF REPORTERS CLUB NEPAL IN
ASSOCIATION WITH RADIANT INFOTECH NEPAL
NEWS CATEGORY

Face to Face
Rishi Dhamala with  Digvijay Singh

शक्तिबांडफांड सहमतिको उत्तम सूत्र- दिग्विजय सिंह, महामन्त्री कांग्रेस आई कांग्रेस आईका महामन्त्री दिग्विजय सिंह बौद्धिक, मिलनसार र कुशल नेताका रुपमा परिचित हुनुहुन्छ । पार्टी अध्यक्ष सोनिया गान्धीका अति निकट नेता सिंह दर्ुइपटक मध्यप्रदेशको मुख्यमन्त्रीको जिम्मवारी सम्हालिसक्नुभएको थियो । नेपालको शान्ति प्रक्रियालाई नजिकबाट नियालिरहनुभएका उहां चार महिना अघि नेपाल आउनुभएको थियो । मधेश आन्दोलन उचाईंमा पुग्दा आउनुभएका उहांले राजनीतिक दलका नेताहरुलाई भेटी राजनीतिक समझदारी गराउन महत्वपूर्ण भूमिका निभाउनुभएको थियो । नेपालमा गणतन्त्र कार्यान्वयको घोषणाबाट अत्यन्त प्रसन्न हुनुभएका सिंहसंग नयां दिल्लीमा रहनुभएका ऋषि धमलाले रिपोर्र्टर्स नेपाल डट कमका लागि साउथ एभेन्यूमा रहेको उहांकै निवासमा गर्नुभएको कुराकानीको मुख्य अंश
Q.
नेपालमा गणतन्त्र कार्यान्वयनको घोषणालाई भारतले कसरी लिएको छ ?
A.
भारत नेपाली जनताको चाहना अनुरुप भएको निर्णयलाई सधै सम्मान गर्दै आएको छ र गरिरहन्छ । संविधानसभाको पहिलो बैठकले गणतन्त्र घोषणा गर्नु भनेको जनताको चाहना हो । नेपाली जनताको जीत भएको छ । हामी त्यसका लागि नेपाली जनता र राजनीतिक दललाई बधाई दिन चाहन्छौं ।
Q.
गणतन्त्र नेपालको भविष्य कस्तो देख्नुभएको छ ?
A.
नेपालको भविष्य सुन्दर छ । आउदा दिनमा लोकतन्त्र अझ बलियो हुदै जाने हाम्रो विश्वास छ । नेपाली जनताले आफ्नो भविष्यको फैसाल आफैले गरेका छन् । जनताको फैसला कदापि नराम्रो हुनैसक्दैन । अब नेपाल दीगो शान्ति, बलियो लोकतान्त्रिक परिपाठी र समृद्धिको दिशामा बढ्नेछ ।
Q.
गणतान्त्रिक नेपाललाई भारतको कस्तो सहयोग रहन्छ ?
A.
भारत र नेपाल सुख दुःखका साथी हुन् । लोकतान्त्रिक गणतन्त्रको संस्थागत विकास, नेपालको आर्थिक उन्नति र प्रगतकिा लागि भारत सधै सहयोग गर्न तयार छ । नेपाली जनताको चाहना अनुसार नेपालको राजनीति संचालित होस् भन्ने हाम्रो चाहना हो ।
Q.
नेपालका राजनीतिक दलहरुको सहमतिको सूत्र भारतसंग छ ?
A.
नेपालका राजनीतिक दलहरु आफै सहमति र सहकार्य निर्माण गर्न सक्षम छन् । भारत नेपालको एकता, समृद्धी र राजनीतिक स्थायित्वका लागि सधै सहयोग गर्न तयार छ । दलहरु मिलेर जानुको विकल्प छैन भन्ने हाम्रो ठहर छ । नेपाली जनताले आफ्नो मतद्वारा दलहरुलाई मिलेर जान भनेका छन् । हामीलाई विश्वास छ कि लोकतान्त्रिक दलहरुले जनताको निर्देशन बमोजिमको मार्ग तय गर्नेछन् । विगतमा जनादेशलाई अनुशरण गरेरै दलहरु आजको स्थानसम्म आइपुगेका हुन् । अबका दिनमा सहमति र सहकार्यलाई बलियो बनाए नेपालले आर्थिक समृद्धी र दीगो शान्ति हासिल गर्न समय लाग्नेछैन ।
Q.
नेपालका कस्तो सरकार बन्नुपर्छ ?
A.
नेपाली जनताको चाहना अनुसारको सरकार बनोस् भन्ने भारतको चाहना हो । संविधानसभाबाट जनताको विश्वास पाएका दलहरुले सहमति र सहकार्यबाटै नयां सरकार गठन गरुन् ।
Q.
नयां सरकारको नेतृत्व कस्ले गर्नुपर्छ ?
A.
सहमतिका आधारमा नेपालका दलहरुले त्यस्को टुंगो लगाउने विषय हो । जनताले कसैलाई पनि बहुमत दिएको अवस्था छैन । दलहरु मिलेर जानुको विकल्प छैन । लोकतान्त्रिक मूल्य मान्यता अनुरुप बढी मत पाएको दलले सरकारको नेतृत्व गर्न पाउनुपर्छ । यो संसारभरको मान्यता हो । तर ठूलो दलले बहुमतको र्समर्थनका लागि सहमति जुटाउनुपर्छ । नेकपा माओवादीले सरकारको नेतृत्व गरेपनि राष्ट्रिय सहमतिको पहल गर्नुपर्छ । उसले राष्ट्रिय सहमतिसहतिको शक्तिशाली र्सर्सवसम्मत सरकार बनाओस् भन्ने हाम्रो शुभेच्छा छ ।
Q.
प्रचण्डको नेतृत्वमा बन्ने सरकारलाई भारतले सहयोग गर्छ ?
A.
भारत जनविश्वास पाएको सरकारलाई सधै सहयोग र र्समर्थन गर्छ । माओवादीले सबैभन्दा ठूलो दलको हैसियत बनाएको छ । सबैलाई समेटेर जानसके सरकारको नेतृत्व गर्नेलाई पनि सजिलो हुन्छ । मिलीजुली जादा नेपालले छिट्टै आर्थिक फड्को मार्नसक्छ ।
Q.
दलहरुबीच राष्ट्रपति, प्रधानमन्त्री र सभामुख जस्ता महत्वपूर्ण पद बांडफांड हुनुपर्छ ?
A.
सहमतिका आधारमा शक्ति बांडफांड गर्ने संसारभरको मान्यता हो । नेपाली जनताले कसैलाई बहुमत नदिएको अवस्था रहेकाले सहमति र सहकार्यको विकल्प छैन । दलहरु आपसी समन्वय र सहकार्यको वातावरण बनाएर जानेमा हामी विश्वस्त छौं । त्यसका लागि शक्ति बांडफांड पनि सहमतिको उत्तम सूत्र हुनसक्छ । भारत सहमति र सहकार्यमा जाने दलहरुको निर्णयको सधै स्वागत गर्छ ।
Q.
भारतले नेपालमा हस्तक्षेपकारी भूमिका निभाइरहेको आरोप लाग्नेगरेको छ नि ?
A.
भारत कहिल्यै हस्तक्षेप गर्दैन र त्यसलाई रुचाउदैन पनि । हामी सधै नेपालको विकास, समृद्धि र दीगो शान्तिका सहयोगी हौं । नेपाल र भारतको सम्बन्ध राजनीतिक तहको मात्र सम्बन्ध हैन जनता जनताबीचको भावनात्मक सम्बन्ध हो । यही सम्बन्धलाई हस्तक्षेपको शब्दसंग जोडेर हेर्नु आफैमा भूल हो । नेपाललाई पर्दा भारतले र भारतलाई पर्दा नेपालले सहयोग गर्ने परिपाठी चल्दै आएको छ । यसले निरन्तरता पाउनेछ । भारत नेपालको आन्तरिक मामलामा हस्तक्षेप गर्दै गर्दैन ।
Q.
माओवादी गतिविध्रि्रति भारतको भनाई के छ ?
A.
नेकपा माओवादी लोकतान्त्रिक परिपाठीमा प्रवेश गरिसकेको छ । उनीहरुले आफूलाई रुपान्तरित गरेका छन् । जनताबाट उल्लेख्य मत पाएका छन् । कांग्रेस आई लोकतान्त्रिक शक्तिसंग राम्रो सम्बन्ध स्थापित गरेर अघि बढ्छ ।
Q.
कांग्रेस आईको माओवादीसंग कस्तो सम्बन्ध छ ?
A.
माओवादीसंग हाम्रो सम्बन्ध राम्रो छ । हामी नेपालका लोकतान्त्रिक दलहरुसंग सधै राम्रो सम्बन्ध बनाउदै आएका छौं । माओवादी पनि लोकतान्त्रिक परिपाठीलाई स्वीकारेर चुनावमै सहभागी भएर राम्रो मत प्राप्त गरेर आइसकेको छ ।
‹‹ Back
Latest Video
IME
Civil Homes
जिल्ला समाचार
उदयपुरमा एक बालिकाको उद्धार
[January 03 2011]
उदयपुर २० पुस । बिभिन्न प्रलोभन देखाई एक बालिकालाई काठमाण्डौतर्फ लैजादै गरेका खोटाङका डिल्ली खत्रीलाई प्रहरीले गाईघाट बजारबाट पक्राउ गरेको छ । उदयपुरको हडिया गाविस
सबै हेर्नुहोस् ››
Dish Nepal
hometv
Galaxy Public School
Bajaj XCD
Oil Corporation
utl ad
Manakamana Temple
Tara Air
OM HOSPITAL
Guna Colony
Akhadya
Real
Kist Bank
Himalayan Bank
Prime Bank
Citizens Bank
CFL Bulb
NIBL
Copyright © Reporters Nepal. 2007 - 2012. All rights reserved.