Rishi Dhamala with Sita Ram Yechuri
कोइराला हुँदा राम्रो हुन्छ, सीताराम येचुरी, नेता, भाकपा, मार्क्सवार्दी
नेपालको राजनीतिमा बामपन्थीहरुकेा वर्चश्व बढ्दै गएपछि यहाँ राजनीतिक दलहरुबीच उत्पन्न विवाद र द्वन्द्व समाधान गर्न निर्णायक भूमिका निर्वाह गर्दैआएका प्रभावशाली भारतीय वामनेता सीताराम येचुरीले हालको समस्याको सन्दर्भमा सुझाव दिएका छन् – गिराजाबाबु राष्ट्रपति बन्नुपर्छ र प्रचण्ड कार्यकारी अधिकारसहितको प्रधानमन्त्री बन्न्ुपर्छ। नेपालको मामिलामा भारत सरकार (साउथब्लक) को समेत प्रतिनिधित्व गर्नेे येचुरीको समेत यस्तो सल्लाह आएपछि माओवादीको पनि केही स्वर फेरिएको छ।
भारतीय कम्युनिष्ट पार्टी मार्क्सवादीका वरिष्ठ नेता येचुरी नेपालमा गणतन्त्र कार्यान्वयन भएकोमा निकै खुशी हुनुहुन्छ। नेपालको लोकतान्त्रिक आन्दोलन, शान्ति प्रक्रिया र संविधानसभा निर्वाचनमा महत्वपूर्ण भूमिका निर्वाह गरेका येचुरी भारतका लोकप्रिय कम्युनिष्ट नेता हुनुहुन्छ। बौद्धिक, जुझारु, सरल र मिलनसार नेताका रुपमा परिचित येचुरीको वाक्क्षमताले धेरैलाई प्रभाव पारेको छ। भारतीय कांंग्रेस आईको नेतृत्वको सरकारको सहयात्री दल भाकपा मार्क्सवादीको प्रभाव निकै बढेको छ। नेपालको पछिल्लो राजनीतिक गतिविधिलाई राम्ररी नियालिरहनुभएका यचुरीसँंग उहांकै निवास वसन्तकुञ्जमा गत साता नयाँदिल्लीमा रहँदा पत्रकार ऋषि धमलाले लामो भलाकुसारी गर्नुभयो। साप्ताहिक देशान्तरका लागि धमलाले गर्नुभएको कुराकानीको महत्वपूर्ण अंशः
Q.
नेपालमा राजतन्त्र समाप्त भएपछि तपाईंलाई कस्तो लागेको छ?
A.
म एकदम खुशी छु। नेपाली जनताले शान्तिपूर्ण रुपमा नेपालको २ सय ४० वर्षको राजतन्त्र सदाको लागि अन्त गरेर गणतन्त्र कार्यान्वयन गरेका छन्। यसमा म त्यहाँका दल नेपाली जनता र सबै लोकतन्त्रवादीलाई बधाई दिन चाहन्छु। गणतन्त्रले नेपालको भविष्य उज्ज्वल बनाउनेमा म आशावादी छु। मैंले दुई वर्ष पहिले नेपालमा लोकतन्त्र पुर्नवहाली भइसकेपछि रिपोर्टर्स क्लबमार्फत् नै घोषणा गरेको थिए कि ज्ञानेन्द्र शाह नेपालका अन्तिम राजा हुन्। आज नेपालमा त्यही भएको छ।
Q.
गणतन्त्र कार्यान्वयनमा चुनौती देख्नुभएको छ?
A.
नेपाली जनता परिपक्व भइसकेका छन्। उनीहरू आफ्नो निर्णय आफै गर्नसक्छन्। अब गणतन्त्र कार्यान्वयनमा दलहरू एक भएर अगाडि बढ्नुपर्छ। दलहरूबीचको एकता अझै आवश्यक छ। दलहरू एक भएर गए भने जस्तोसुकै चुनौतीको सामना गगर्नसक्छन् भन्ने विगतदेखि जनआन्दोलनको सफलता र गणतन्त्र कार्यान्वयनको घोषणाले देखाइसकेको छ।
Q.
दलहरूबीच एकता कायम होला र?
A.
दलहरूबीच एकता र सहकार्य हुन्छ। सहमति र सहकार्यबाटै नयां सरकार निर्माण हुनेमा हामी विश्वस्त छौं। दलहरूको एकताबाटै नेपालमा लोकतन्त्रको संस्थागत विकास हुन्छ।
Q.
नयाँ सरकार बन्न धेरै अप्ठ्यारा छन्, नि त ?
A.
ऋषिजी, आन्तरिक मामलामा म धेरै कुरा बोल्न चाहन्न। दलहरूको सहमतिबाटै नयाँ सरकार बन्नेमा म पूर्णतः आशावादी छु। शक्ति बाँडफाँड नै सहमतिको सूत्र हो। नेपाली जनताले सहमति र सहकार्यबाट अघि बढ्न दलहरूलाई निर्देशन दिएको हाम्रो बुझाइ छ। नेपालका दल र राजनीतिक नेताहरू निकै परिपक्व हुनुहुन्छ। उहांहरूले जस्तोसुकै परिस्थितिमा पनि सहमतिको सूत्र छाड्नु हँुदैन भन्नेमा हामी विश्वस्त छौं। त्यसो भएमा साँच्चैको नयाँ नेपाल बन्छ।
Q.
सत्ताको बाँडफाँडको सूत्र के हुनसक्छ?
A.
मैले धेरै कुरा बोल्न मिल्दैन। नेपालको आन्तरिक मामिलामा हामी हस्तक्षेप गर्न चाहँदैनौं तर मेरो स्पष्ट दृष्टिकोण के छ भने माओवादी अध्यक्ष प्रचण्डको नेतृत्वमा नयाँ सरकार बन्नुपर्छ। उहाँले सबै पार्टीलाई समावेश गराएर राष्ट्रिय सहमतिको राष्ट्रिय सरकार बनाउनुपर्छ। मिलिजुली संस्कृतिअनुरुप उहाँले सबैलाई लिएर अगाडि बढ्नु उत्तम उपाय हो।
Q.
राष्ट्रपति को बन्ने?
A.
म कुनै व्यक्तिको नाम लिन चाहन्न। माओवादी सबैभन्दा ठूलो पार्टी हो। त्यसका अध्यक्ष प्रचण्ड कार्यकारी अधिकारसहित प्रधानमन्त्री बन्नुपर्छ। उहाँले राष्ट्रपतिका लागि पनि उपयुक्त व्यक्तिको नाम प्रस्ताव गर्नुपर्छ।
Q.
राष्ट्रपति गिरिजाप्रसाद कोइराला कि माधवकुमार नेपाल?
A.
प्रमुख चार पार्टीहरूबीच सत्ताको बाँडफाँडको सूत्र लागू भए राम्रो हुन्छ। राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री र संविधानसभाको अध्यक्षमा सूत्र लागू भए सहमति बन्छ। प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको शान्ति प्रक्रियामा महत्वपूर्ण भूमिका छ। उहाँले संविधानसभा सम्पन्न गराउनुभयो। उहाँलाई सेरेमोनियल राष्ट्रपति बनाउँदा हाम्रो समर्थन नै रहन्छ। तर कसलाई राष्ट्रपति बनाउने भन्ने नेपाली जनता र दलहरूले तय गर्ने विषय हो। माधव नेपालजी मेरा आदरणीय मित्र हुनुहुन्छ। उहाँसँग मेरो राम्रो सम्बन्ध छ। उहाँं राष्ट्रपति बन्ने/नबन्ने कुरा मलाई थाहा छैन।
Q.
भनेपछि गिरिजाप्रसाद नै राष्ट्रपति हुनुहुनेभयो हैन त?
A.
नेपाल एउटा ऐतिहासिक मोडमा छ। नेपाली जनताले गणतन्त्र कार्यान्वयन गरेर विजयोत्सव मनाइरहेका छन्। त्यसैले गिरिजाप्रसाद राष्ट्रपति हुँदा पनि हामीलाई कुनै आपत्ति छैन। तर, सहमतिमा हुँदा राम्रो हुन्छ।
Q.
शक्ति बाँडफाँडमा दलहरूबीच सहमति बन्न सक्ला?
A.
निश्चिन्त हुनुहोस्। नेपालमा दलहरूबीच सहमति र सहकार्य हुन्छ र नयाँ सरकार छिट्टै बन्छ।
Q.
नयाँ सरकारलाई के–के सहयोग भारतको तर्फबाट हुन्त त?
A.
प्रचण्डको नेतृत्वमा नयाँ सरकार बनेपछि उहाँले भारत भ्रमण गर्नुहुन्छ। हाम्रो पार्टीले उहाँलाई भ्रमणको निम्तो दिइसकेको छ। हाम्रो पार्टीकै निम्तोमा पहिलो भ्रमण गर्नुहुन्छ। उहाँको नेतृत्वमा बन्ने सरकारलाई भारत सरकार, भारतीय जनताले पूर्ण सहयोग र समर्थन गर्नेछन्। प्रचण्ड प्रधानमन्त्री हुन लागेकोमा म निकै खुसी छु।
Q.
भारतीय जनता पार्टीले माओवादीको आलोचना गरेको छ नि?
A.
म अरुले बोलेको विषयमा प्रतिक्रिया दिन चाहन्न। तर भारत नेपालमा राष्ट्रिय सहमतिको सरकार बनोस् भन्ने चाहना राख्दछ। त्यस्तो सरकार माओवादीकै नेतृत्वमा बन्नुपर्छ।
[January 03 2011]
उदयपुर २० पुस । बिभिन्न प्रलोभन देखाई एक बालिकालाई काठमाण्डौतर्फ लैजादै गरेका खोटाङका डिल्ली खत्रीलाई प्रहरीले गाईघाट बजारबाट पक्राउ गरेको छ । उदयपुरको हडिया गाविस