REPORTERSNEPAL.COM
A BILINGUAL NEPALESE NEWS PORTAL PRESENTATION OF REPORTERS CLUB NEPAL IN
ASSOCIATION WITH RADIANT INFOTECH NEPAL
NEWS CATEGORY

Face to Face
Rishi Dhamala with  Narayan Kaji shrestha prakash

कांग्रेसलाई एक्ल्याउने कुरा सोच्नु पनि हुन्न, नारायणकाजी श्रेष्ठ (प्रकाश) महामन्त्री–एकता केन्द्र मशाल)
Q.
सहमति निस्कन्छ कि निस्कँदैन?
A.
सहमति त निकाल्नै पर्छ। सहमति ननिकालिकन देश र संविधानसभालाई अनिश्चय र अनिर्णयको बन्दी बनाएर राख्ने कुरै भएन। त्यसकारणले आज शुक्रवारसम्म सात दलको बैठकले कुनै पनि सहमतिमा निष्कर्ष निकाल्नै पर्छ। त्यसअन्तर्गत निर्णय गरेर बिहीवारको बैठक समापन गरेका हौं।  
Q.
सहमति कसरी निकाल्ने?
A.
सरकार निर्माणको प्रक्रिया अघि नबढेको अवस्थामा संविधानसभाले एजेन्डा नपाउने भयो, विधेयक नपाउने भयो र संविधानसभाको प्रक्रिया नै अवरुद्ध हुने भयो। त्यसैले पहिलो काम सरकार निर्माणको प्रक्रिया अघि बढाउनुपर्यो। सरकार नबने नीति र कार्यक्रम पनि आउन सक्दैन। यसका साथै बजेट पनि आउन सक्दैन। संविधान संशोधन र शान्ति प्रक्रियालाई पूर्णता दिने काम सँगै जान्छ।  
Q.
सरकारको नेतृत्व कसले गर्छ?
A.
 यो त स्वतः स्पष्ट छ, सरकारको नेतृत्व नेकपा माओवादीका अध्यक्ष प्रचण्डले नै गर्नुहुन्छ। सात दल नै माओवादीले नै सरकारको नेतृत्व गर्नुपर्छ भन्नेमा रहेको छ।  
Q.
राष्ट्रपति को बन्छ?
A.
 – राष्ट्रपतिका विषयमा हामी छलफलमा प्रवेश गरेर कुनै निष्कर्षमा पुगेका छैनांै।  
Q.
प्रधानमन्त्रीले राजीनामा दिने प्रतिबद्धता व्यक्त गर्नुभएको होइन र?
A.
– प्रधानमन्त्रीले त नयाँ सरकारको गठन प्रक्रियालाई अघि बढाउनका निम्ति पनि राजीनामा दिनै पर्छ।  
Q.
गिरिजाप्रसादलाई राष्ट्रपति बनाउन तपाईहरुले के आपत्ति?
A.
 त्यसबारेमा सात दलमा जुन शक्ति बाँडफाँडका विषयमा सहमति कायम हुनुपर्यो । हामीले सात पार्टी बसेर राष्ट्रपति कसलाई बनाउने भन्ने विषयमा प्रवेश नै गरेका छैनौं।  
Q.
तर वामपन्थीहरु मिलेर माधव नेपाललाई राष्ट्रपति बनाउने तयारी भएको भनिन्छ नि?
A.
 – माधव नेपाललाई राष्ट्रपति बनाउने निर्णय हामीले गरेकै छैनौं। कसलाई राष्ट्रपति बनाउने भन्ने एजेन्डामा हामी प्रवेश गरेकै छैनौं। सकेसम्म राष्ट्रपति सहमतिमा बन्नुपर्छ भन्नेमा हामी छौं। त्यसरी बनाउँदा सबै पक्षले मान्न सक्ने र सिँगो देशले ठीक गर्योर भन्ने स्थितिमा सहमतिमा पुगौ भन्ने हाम्रो लक्ष्य छ।  
Q.
सहमतिमा राष्ट्रपति नबनेर गणितीय तवरले राष्ट्रपति बनाइयो भने त १२ बुँदे सहमतिको औचित्य समाप्त भयो होइन?
A.
 – हामी प्रष्टसँग भन्न चाहन्छौं राष्ट्रपति छान्दा गणितिय प्रणालीमा नजाउँ र अन्तरिम संविधानमा उल्लेख भएअनुरुपको सहमतिको स्पिरिटलाई पालना गरौं भनेर यो सहमतिअन्तर्गत जाने दुई तिहाईको प्रावधानलाई नहटाऊन् भनेर हामीले भनेका हौं।   दुई तिहाईको कुरा अन्तरिम संविधानमा त्यतिकै राखिएको थिएन। त्यसलाई सोचबीचार गरेरै सहमतिकै राजनीतिलाई अघि बढाउन राखिएको थियो। अहिले सहमतिको राजनीतिलाई अघि बढाउन प्रक्रियामा बाधक यो संविधानसभा निर्वाचनपछाडिको सरकारलाई राख्ने र फाल्ने कामचाहिं साधारण बहुमतले गर्नुपर्छ भन्ने जुन प्रस्ताव आयो– त्यसले सहमतिको राजनीतिलाई ब्रेक गर्न खोज्यो। अहिले पनि हामी त्यो ढंगले संविधान संशोधन नगरौं भन्ने मान्यतामा छौं। अरु सबै दल त्यसमा सहमत हुन्छन् भने त्यसमा केही आपत्ति छैन। कमसेकम संविधानसभाको प्रक्रियासम्म र नयाँ संविधानमा आधारित निर्वाचन भएर नयाँ सरकार नबनुन्जेल सहमति र सहकार्यमा जानुपर्छ भन्ने मान्यतामा अडिग छु।  
Q.
वामपन्थीहरुको साझा मोर्चा बन्न सक्छ?
A.
 – लोकतान्त्रिक शक्तिलाई अलग गरेर वामपन्थीको मोर्चा बनाउने भन्ने त सवाल नै उठ्दैन। संविधानसभा निर्वाचनपछि सात दलले आफ्नो हैसियत देखाएका छन्। त्यसैले वामपन्थीहरुको छुट्टै मोर्चा बनाएर हिजो सात दलबीच भएको सहमतिलाई टुटाउनुहँुदैन त्यसको आवश्यकता आज पनि उत्तिकै रहेको छ। संविधानसभामा आएका अरु शक्तिसँग पनि विश्वासमा लिएर सहमति र सहकार्य गरेर अघि बढ्नुपर्छ। तबमात्रै संविधानसभाबाट संविधान निर्माणको ऐतिहासिक कार्यभार सफलतापूर्वक सम्पन्न गर्न सक्छौं।  
Q.
भनेपछि तपाईहरु मिलेरै जानुहुन्छ?
A.
– मिलेर जानुको विकल्प छैन।  निकास निस्कन्छ त?  विवाद र बहस त हुन सक्छन् तर यसबाट पनि निकास त निकाल्नै पर्छ। निकास निकाल्न सकिएन भने देशले दुर्भाग्य भोग्नुपर्छ। जनआन्दोलन र सहिदको पनि अपमान हुनेछ। त्यसो गर्न कुनै हालतमा दिनुहँुदैन। त्यसैले आज शुक्रवारसम्म निकास प्रक्रियातर्फ हामी जान्छौं।  
Q.
आजै राष्ट्रपतिको टुंगो लाग्छ?
A.
 – राष्ट्रपतिको टुगो लाग्छ भनेर त दृढताका साथ भन्न सक्दिनँ। यसरी जाने भइयो भनेर एउटा सहमतिको निकास निस्कनुपर्छ भन्नेमा निश्चिन्त छु।  
Q.
कांग्रेसलाई एक्लाएर जाने तयारी त छैन?
A.
– कांग्रेसलाई एक्ल्याउने कुरा अरुले सोच्नुहुन्न। कांग्रेसले पनि आफूले भनेजस्तो भएन भने विपक्षमा बस्छु भन्न पनि भएन। सहमति र सहकार्यको निरन्तरता जारी रहनुपर्छ।  
‹‹ Back
Latest Video
IME
Civil Homes
जिल्ला समाचार
उदयपुरमा एक बालिकाको उद्धार
[January 03 2011]
उदयपुर २० पुस । बिभिन्न प्रलोभन देखाई एक बालिकालाई काठमाण्डौतर्फ लैजादै गरेका खोटाङका डिल्ली खत्रीलाई प्रहरीले गाईघाट बजारबाट पक्राउ गरेको छ । उदयपुरको हडिया गाविस
सबै हेर्नुहोस् ››
Dish Nepal
hometv
Galaxy Public School
Bajaj XCD
Oil Corporation
utl ad
Manakamana Temple
Tara Air
OM HOSPITAL
Guna Colony
Akhadya
Real
Kist Bank
Himalayan Bank
Prime Bank
Citizens Bank
CFL Bulb
NIBL
Copyright © Reporters Nepal. 2007 - 2012. All rights reserved.