ऋषि धमला with प्रणव मुखर्जी
शरणार्थी मामिलामा भारत स्पष्ट छ :
प्रणव मुखर्जी, भारतीय विदेशमन्त्री
Q.
सार्क सम्मेलनको खास सन्देश के हो ?
A.
चौधौं सार्क सम्मेलनले गरिबी, आतंकवाद र व्यापारबारे आठै राष्ट्रको सहमति जुटाएको छ । यसको कार्यान्यन प्रमुख पक्ष हो । त्यस निम्ति गम्भीर हुने संकल्प सदस्य राष्ट्रहरुले गरेका छन् ।
Q.
सात राष्ट्रको क्लबका रुपमा रहेको सार्क अव साँच्चै क्षेत्रीय संगठन बन्न सफल होला ?
A.
म सार्कलाई क्लब भन्न चाहन्न । तर, २० वर्षा सार्क गतिशील र प्रभावकारी चाहिँ हुन सकेन । सार्क सदस्य राष्ट्रमा रहेका असमझदारी र संशय हटाउने प्रतिबद्धता अहिले जनाइएको छ । यो सुखद् पक्ष हो । आठौं सदस्यका रुपमा अफगानिस्तान र पर्यवेक्षकका रुपमा शक्ति राष्ट्रहरु प्रवेश गरेको अवस्थामा र्सार्क क्षेत्रीय संगठन बन्न नसक्ने प्रश्नै छैन ।
Q.
नयाँ दिल्ली सम्मेलनले आतंकवादविरुद्ध नयाँ रणनीति तयार गरेको हो ?
A.
अहिले आतंकवाद सार्क राष्ट्रको प्रमुख चुनौती हो । त्यसविरुद्ध लड्न विद्यमान महासन्धिअर्न्तर्गत रहेर नयाँ रणनीतिमार्फत आतंकवाद र आतंकवादी गतिविधि नियन्त्रण गर्नुपर्छ भन्नेमा सार्क राष्ट्रहरु सहमत छन् ।
Q.
नयाँ दिल्ली सम्मेलनले आतंकवादविरुद्ध नयाँ रणनीति तयार गरेको हो ?
A.
अहिले आतंकवाद सार्क राष्ट्रको प्रमुख चुनौती हो । त्यसविरुद्ध लड्न विद्यमान महासन्धिअर्न्तर्गत रहेर नयाँ रणनीतिमार्फत आतंकवाद र आतंकवादी गतिविधि नियन्त्रण गर्नुपर्छ भन्नेमा सार्क राष्ट्रहरु सहमत छन् ।
Q.
प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालासित तपाईंको के कुरा भयो ?
A.
कमजोर स्वास्थ्यका बाबजुद पनि प्रधानमन्त्री कोइराला र्सार्क सम्मेलनमा सहभागी हुनुभयो । भारतसित पछिल्लो शान्ति प्रक्रिया, संविधानसभाको निर्वाचन, मधेस समस्या, शरणार्थीलगायतका मुद्दामा द्विपक्षीय कुराकानी भएको छ । प्रधानमन्त्रीको धारणामा भारत सकारात्मक छ ।
Q.
मधेस समस्या समाधानका निम्ति कुनै सहमति भयो कि ?
A.
प्रधानमन्त्री कोइरालाले मधेस समस्या समाधानका निम्ति सक्दो पहल गरिरहनुभएको छ । संविधानसभा निर्वाचन सफल पार्न मधेस समस्या समाधान गर्नैपर्छ । अहिले माओवादीसहितको अन्तरिम सरकार बनेको छ । नेपाली जनता आप\\mनो निर्ण्र्ााआफैं गर्न सक्षम छन् । तर, नेपालले चालेका हरेक कदममा नेपालको साथ, सहयोग र र्समर्थन रहन्छ । वार्ताबाटै मधेस समस्या समाधान होस् भन्ने हामी कामना गर्दछौं ।
Q.
माओवादीसहितको अन्तरिम सरकारप्रति भारतको कस्तो धारणा छ ?
A.
सात दल र माओवादीबीचको समझदारीका आधारमा अन्तरिम सरकार बनेको हो । यसलाई भारतले नकारात्मक रुपमा लिएको छैन । माओवादी लोकतान्त्रिक पद्धति, विधिको शासन र शान्तिपूण् राजनीतिको सम्मान गर्नैपर्छ । तर, माओवादीसहितको अन्तरिम सरकार बनेकोमा भारत बेखुसी छैन ।
Q.
नेपाल-भारत खुला सीमाका कारण आपराधिक गतिविधि पनि बढेका छन् । त्यसको नियन्त्रणका निम्ति कुनै समझदारी भयो कि ?
A.
खुला सीमाका कारण केही आपराधिक घटना हुनु स्वाभाविक हो । त्यसको नियन्त्रणका निम्ति भारतीय प्रधानमन्त्री डा. मनमोहन सिंह र नेपाली समकक्षी कोइरालाबीच सौहार्द वार्ता भइसकेको छ । मलाई लाग्छ, यो समस्या छिट्टै समाधान हुन्छ । संविधानसभा निर्वाचनका सर्न्दर्भमा यो आवश्यक पनि छ ।
Q.
भुटानी शरणार्थी समस्या समाधानमा भारतको कस्तो दृष्टिकोण छ ?
A.
भुटानी शरणार्थी समस्या द्विपक्षीय वार्ताबाटै समाधान होस् भन्ने भारतको स्पष्ट धारणा छ । तर, समाधान ढिलो भइसकेको छ । भारतले सक्दो सहयोग गर्छ ।
Q.
भुटानी शरणार्थी मामिलामा त्रिपक्षीय सहमति आवश्यक छैन र ?
A.
अहिले म सबै कुरा भन्न चाहन्न । भरखरै नेपाली विदेशमन्त्री सहाना प्रधानले पनि त्रिपक्षीय वार्ताको प्रसंग उठाउनुभएको थियो । नेपाल र भुटान दुवैले प्रस्ताव गरेमा भारत सहयोग गर्न तयार छ । अव शरणार्थी समस्यालाई नयाँ शिराबाट समाधान गर्नुपर्छ ।
[January 03 2011]
उदयपुर २० पुस । बिभिन्न प्रलोभन देखाई एक बालिकालाई काठमाण्डौतर्फ लैजादै गरेका खोटाङका डिल्ली खत्रीलाई प्रहरीले गाईघाट बजारबाट पक्राउ गरेको छ । उदयपुरको हडिया गाविस