REPORTERSNEPAL.COM
A BILINGUAL NEPALESE NEWS PORTAL PRESENTATION OF REPORTERS CLUB NEPAL IN
ASSOCIATION WITH RADIANT INFOTECH NEPAL
NEWS CATEGORY

Face to Face
Rishi Dhamala with  Ramraja Prasad Singh

त्यस्तो सोच्नु पनि अपराध हुन्छ, रामराजाप्रसाद सिंह (राष्ट्रपतिका प्रत्याशी)
Q.
राष्ट्रपति भइसकेपछि तपाईंको प्राथमिकता के हो?
A.
रवीन्द्रनाथ टैगौरको एउटा कविताको अंशमा भनिएको \'काठहरु काट्दा डुम बौलायो\' भनेजस्तै मेरो हालत भएको छ। नेपालमा गणतन्त्र आइसक्यो र एउटा नयाँ युगको सुरु भइसक्यो अब कसरी के गर्ने भन्ने म एजेन्डा तयार गर्दैछु। मेरो जीवनको लक्ष्य थियो– राजतन्त्र खत्तम गरेर गणतन्त्र स्थापना गर्ने। त्यो पूरा भयो। अब कालजयी संविधान निर्माण गर्नतिर लाग्छु। म अमेरिकी संविधानको \'फ्यान\' हु। दक्ष्ािण अफ्रिकामा नेल्सन मन्डेलाले जुन किसिमको संविधान ल्याए– त्यो पनि मेरो लागि आदर्श हो। म त्यस्तै किसिमको संविधान बनाउने प्रेरणा देशवासी र जुन सरकार आउँछ त्यसलाई दिन्छु। नयाँ सरकारसँग सहकार्य गरेर मन्डेलाजस्तै संविधान बनाउने मेरो चाहना हो।
Q.
माधवकुमार नेपालले पनि त तपाईंलाई राष्ट्रपति बनाउन सकिन्छ भन्नुभएको थियो नि?
A.
त्यो नेपालजीको उदारता हो। मलाई एमालेको समर्थन पनि हुनसक्छ। किनकि त्यस पार्टीका नेताहरुसँग पनि मेरो व्यक्तिगत सम्बन्ध राम्रो छ।
Q.
राष्ट्रपतिका लागि तपाईंलाई कस–कसको समर्थन रहेको छ?
A.
माओवादी पार्टी, तीनवटा मधेसवादी दलहरुको पूर्ण समर्थन रहेको छ। नेपाली कांग्रेसमा म कहिल्यै रहिनँ तर त्यस पार्टीका नेताहरुसँग पनि मेरो घनिष्ठ सम्बन्ध रहेको छ। कांग्रेस वा कम्युनिस्ट पार्टीसँगको मेरो पुरानो \'ब्याकराउन्ड\' भने छैन। म नवजनवादी मोर्चा स्थापना गरेर राजनीतिमा सक्रिय छु। म कुनै पार्टीमा गएको छैन।
Q.
एक दशकअघिको वार्तामा राजाको श्रीपेच सँग्रहालयमा राख्नुपर्छ भन्नुभएको थियो त्यो पूरा भएको हो?
A.
हो, त्यसो भनेको मेरो स्मृतिमा अझै ताजै छ, राजतन्त्रको अन्त्य नभई मुलुकले स्वतन्त्रता पाउँदैन त्यसैले राजाको श्रीपेच लगेर संग्रहालयमा राखिनुपर्छ। अहिले आन्दोलनमार्फत त्यो पूरा भएको छ। मैले त त्यही बेला भनेको थिएँ– \'राजाले आफैंले श्रीपेच उतारेर म्युजियममा राख्छन्\' अहिले ज्ञानेन्द्रले त्यही गरेका छन्।
Q.
गणतन्त्र ल्याउन राजालाई बम प्रहार गरेको प्रतिफल अहिले पाउन लाग्नुभएको हो?
A.
राजा र दरबारमाथि बम आक्रमण गर्नुभन्दा वर्षाै अघि नै गणतन्त्र स्थापनाका लागि आन्दोलन सुरु भइसकेका थिए। गणतन्त्र स्थापनाका लागि वर्षैंको जेल जीवन पनि मैले ब्यतित गरेको छु। २०४२ सालको बम काण्ड त दुई दशकसम्मको अनवरत संघर्षपछि मात्र घटाएका थियौं।
Q.
तपाईंं त राष्ट्रपति पदका लागि पक्का हुनुभयो होइन?
A.
चुनावी प्रक्रियामा गएकोले पक्कापक्की भयो भनेर अहिले नै भन्दिनँ। तर मेरो जित सुनिश्चित देखिरहेको छु। किनकि संविधानसभाको ठूलो दल माओवादी र मधेसवादी दलको समर्थन मलाई रहेको छ।
Q.
जीवनमा कहिल्यै यो पदको दावेदार हुन्छु वा राष्ट्रपति बन्छु भन्ने सोच्नुभएको थियो?
A.
त्यस किसिमको कल्पना त कहिल्यै गरेको थिइनँ। मैले संघर्षमै आफ्नो जीवन समर्पण गरेको थिएँं। त्यसैले पदको कल्पना गरेर संघर्ष गर्ने काम मबाट कहिल्यै भएन।
Q.
राष्ट्रपति पदमा मनोनयन गरिसकेपछि कस्तो अनुभव गरिरहनुभएको छ?
A.
राष्ट्रपतिको पद जुन हो– त्यसको मनोनयन गरिसकेपछि एउटा स्टेप पार भयो। अब शनिवार निर्वाचनमार्फत राष्ट्रपति चुनिंदैछ। मैले अहिले कुनै नौलो अनुभव गरेको छैन, सहज रुपमा लिएको छु।
Q.
दुई वर्षभित्र संविधान निर्माण हुने सम्भावना छ?
A.
भारतमा जुन बेलामा अन्यौल थियो– त्यस्तो बेलामा पनि भारतको संविधान दुई वर्ष दुई महिनामै बन्यो। त्यसैले दुई वर्ष काफी समय हो। तर अहिलेसम्म हामीले संविधानको एक शब्द पनि लेखेका छैनौं। त्यसैले अहिलेदेखि नै सुरु गर्‍यौं भने दुई वर्षमा संविधान बन्न सक्छ।
Q.
नयाँ संविधान बनाउन दलहरुबीच सहमति होला?
A.
माओवादी र मधेसवादी दलका बीचमा सहमति त भइहाल्छ। अन्य दलहरुसँग पनि सहमति हुन्छ नै। म असहमति र अ सम्भवको सम्भावना देख्दिनँ।
Q.
अब सहमतिको सरकार बन्ला कि माओवादीको एकलौटी सरकार?
A.
मेरो त स्पष्ट धारणा यही हो कि सबै दल सहभागी हुने गरी माओवादीको नेतृत्वमा सबैको साझा सरकार हुनुपर्छ। बहुमत भए पनि सबै मिलेर नयाँ संविधान बनाउनका सहमत हुनुपर्छ। माओवादी अध्यक्ष प्रचण्डको नेतृत्वमा सरकार बन्नुपर्छ भन्ने मान्यतामा म छु।
Q.
प्रचण्डले तपाईंलाई नै किन राष्ट्रपतिका लागि रोज्नुभयो होला?
A.
मलाई राष्ट्रपतिमा प्रस्ताव गरेकोमा अध्यक्ष प्रचण्ड र माओवादी पार्टीलाई धन्यवाद दिन चाहन्छु। हुन त प्रचण्डसँग राष्ट्रपतिका विषयमा कसरी कुराकानी भएको थियो भन्ने विस्तृत कुरा यहाँ उल्लेख नगरौं। तर उहाँले नै राष्ट्रपतिका लागि मेरो उपयोगिता छ भनेर प्रस्ताव गर्नुभयो, मैले त्यसलाई सहर्ष स्वीकार गरें। मैले उहाँसँग धेरै सहकार्य र वर्षाैं काम गरेको थिएँ। उहाँले पनि मलाई राम्रै मूल्यांकन गर्नुभएको होला। माओवादीसँग डेढ दशकदेखि प्रगाढ सम्बन्ध रहँदै आएको छ।
Q.
जनयुद्धकालमा पनि तपाईंले माओवादीले सहयोग गर्नुभएको थियो हो?
A.
मैले जनयुद्ध सफल बनाउनका लागि सहयोग र समर्थन दुवै गरेको थिएँ।
Q.
नेपाल विखण्डन हुने सम्भावना देख्नुभएको छ?
A.
– नेपाल कहिल्यै विखण्डन हुदैन, कसैले गर्न पनि सक्दैन। त्यो सोच्नु पनि अपराध हो।
Q.
एक मधेस एक प्रदेशले त्यो सम्भावना देखिंदैन र?
A.
त्यो समस्यालाई आन्दोलनकारी दलसँग कुराकानी गरेर समाधान गर्न सकिन्छ। समस्याहरुलाई थुप्र्याएर राखेपछि विकृतिहरु बढ्दै जान्छन्। नेपालको विखण्डन गर्ने युग पनि छैन। पहिलेको जमानामा घोडामा चढी तरबार लिएर लडेपछि भूमि जितिन्थ्यो। तर अब बम र बन्दुकले पनि राष्ट्र विखण्डन हुदैन।
Q.
भारतले नेपाललाई विखण्डित बनाउँछ भनिन्छ नि?
A.
भारत आफैं कतिपटक विखण्डन भएको छ। विखण्डनको पीडा भोगेको उसले नेपाललाई विखण्डन गराउन चाहँदैन र त्यसले उसलाई फाइदा पुग्दैन, त्यो गर्न पनि सक्दैन।
‹‹ Back
Latest Video
IME
Civil Homes
जिल्ला समाचार
उदयपुरमा एक बालिकाको उद्धार
[January 03 2011]
उदयपुर २० पुस । बिभिन्न प्रलोभन देखाई एक बालिकालाई काठमाण्डौतर्फ लैजादै गरेका खोटाङका डिल्ली खत्रीलाई प्रहरीले गाईघाट बजारबाट पक्राउ गरेको छ । उदयपुरको हडिया गाविस
सबै हेर्नुहोस् ››
Dish Nepal
hometv
Galaxy Public School
Bajaj XCD
Oil Corporation
utl ad
Manakamana Temple
Tara Air
OM HOSPITAL
Guna Colony
Akhadya
Real
Kist Bank
Himalayan Bank
Prime Bank
Citizens Bank
CFL Bulb
NIBL
Copyright © Reporters Nepal. 2007 - 2012. All rights reserved.