REPORTERSNEPAL.COM
A BILINGUAL NEPALESE NEWS PORTAL PRESENTATION OF REPORTERS CLUB NEPAL IN
ASSOCIATION WITH RADIANT INFOTECH NEPAL
NEWS CATEGORY

Face to Face
Rishi Dhamala with  Subash Nemwang

माओवादीको नेतृत्वमा सरकार बन्नुपर्छ , सुभासचन्द्र नेम्वाङ (सभाध्यक्ष, संविधानसभा)
Q.
साझा विन्दुमा दलहरुबीच सहमति कायम होला?
A.
हाम्रो मूल जिम्मेवारी भनेको संविधान निर्माण हो। २५ वटै राजनीतिक दल संविधान निर्माणमा कटिबद्ध छन्। संविधान निर्माण गर्ने कुरामा उहाँहरुले सार्वजनिक रुपमा पनि आफ्नो प्रतिबद्धता व्यक्त गर्नुभएको छ। त्यसैले २५ सै राजनीतिक दललाई सहमतिको विन्दुमा ल्याउन सकिन्छ। त्यसको लागि म कुनै कसर बाँकी राख्दिनँ।
Q.
सविधानसभाको अध्यक्ष पदमा निर्विरोध निर्वाचित हुनुभयो कस्तो लागिरहेको छ?
A.
यो एउटा सुखद र सकारात्मक घटना हो। राजनीतिक दलहरुले प्रयास र पहल गर्दा दलहरु एउटै साझा विन्दुमा पुग्न सक्छन् भन्ने कुरालाई यो घटनाले पुष्टि गरेको छ।
Q.
तपाईं बहुमतीय सरकारको पक्षमा हुनुहुन्न?
A.
माओवादीले सबै दलसँग सहमति गरेर अघि बढ्नुपर्छ र माओवादीको नेतृत्वमा सर्वदलीय, सर्वपक्षीय र राष्ट्रिय सरकार बन्नुपर्छ। मैले सधैं सहमतिको सरकारको कुरा गरेको छु, बहुमतको छैन। संविधानले पनि सहमतिकै सरकारलाई प्राथमिकता दिएको छ।
Q.
सरकार सहमतिको बन्छ कि बहुमतको?
A.
सरकार सहमतिकै बन्नुपर्छ।
Q.
माओवादीको नेतृत्वमा बन्नुपर्छ कि?
A.
माओवादी संविधानसभाको सबैभन्दा ठूलो दल हो। पहिलो पार्टीको नाताले माओवादीले सरकारको नेतृत्व गर्नुपर्छ। त्यसको लागि सबैले सहमति दिनुपर्छ।
Q.
सरकार बनाउन पनि तपाईको नाममा झैं सहमति होला त?
A.
मैले त निरन्तर आग्रह गरिरहेको छु। दलहरु एकताबद्ध भएर अघि बढ्नुको विकल्प छैन। किनभने संविधानसभाको निर्वाचन सफलतापूर्वक सम्पन्न गर्‍यौं। संविधान निर्माण सफलतापूर्वक सम्पन्न गर्न बाँकी छ। यसका लागि दलहरुबीच उच्चस्तरीय समझदारी हुनुबाहेक अर्काे विकल्प छैन।
Q.
राष्ट्रपति र उपराष्ट्रपतिमा चुनाव भयो, तपाईंको नाममा मात्र किन सहमति भयो?
A.
सबै राजनीतिक दलले उपयुक्त ढंगले प्रयास गर्ने हो भने नहुने केही छैन। साझा निष्कर्षमा पुग्न सक्छौ भन्ने कुराको यो एउटा उदाहरण हो।
Q.
तपाईंमात्र साझा व्यक्तित्व किन?
A.
मेरो बारेमा अरु व्यक्तिले बोल्दा नै राम्रो हुन्छ। २५ दलले नै मलाई जुन किसिमको सहमति गरेर निर्विरोध गर्नुभयो। त्यसका लागि म सबै दललाई धन्यवाद दिन चाहन्छु। म कस्तो हुँ भन्नेमा अरुले टिप्पणी गर्दा नै राम्रो हुन्छ। म केमात्र भन्न सक्छु भने दलहरु साझा निष्कर्षमा पुग्न सक्दा रहेछन् भन्ने यो एउटा महत्वपूर्ण उदाहारण हो।
Q.
अब कस्तो संविधान बन्छ त?
A.
निश्चय पनि संविधान निर्माण प्रक्रियामा सिंगो मुलुकलाई तराईमधेस अनि पहाडदेखि हिमालसम्मका सबै जाति, भाषा, धर्म र संस्कृतिका जनतालाई हामीले समावेश गर्न सक्नुपर्छ। त्यसका लागि प्रक्रिया निर्माण गरिरहेका छौं र चाँडै टुंगोमा पुग्नेछौं। प्रक्रियाबाट सबै नेपाली जनता सहभागी भएर बनाएको संविधान निश्चय पनि सबल र सफल बन्नेछ।
Q.
कति समयभित्र संविधान निर्माण हुन्छ?
A.
अन्तरिम संविधानले तोकेका समयभित्रै हामी लोकतान्त्रिक संविधान निर्माण गर्न सफल हुनेछौं। हामी दुई वर्षभित्र नयाँ संविधान बनाउन सक्छौं।
Q.
अब संविधान बनाउन कुनै बाधा आउँदैन?
A.
निश्चिय पनि हाम्रो अघि अप्ठ्यारा र चुनौतीहरु छन्, हामीले जेठ १५ गते लोकतान्त्रिक गणतन्त्र घोषणा कार्यान्वयनपछि संविधान निर्माण प्रक्रियामा केही ढिला भइसकेका छौं। तर मलाई विश्वास छ– हामी समयमै संविधान निर्माण गर्न सफल हुनेछौं।
Q.
पच्चीसतिर फर्केका दलहरुबीच कसरी सहमति बनाउनुहुन्छ?
A.
कतिपय विषयहरुमा दलहरुको विचार फरक देखिएको छ। तर भर्खरै सबैभन्दा पछिल्लो घटना त हिजो बिहीवार संविधानसभाको अध्यक्षमा निर्विरोध निर्वाचित भएको घोषणा भएको छ। यसले संविधानसभाका २५ दल एकै ठाउँमा उभिन सक्छन् र सहमति जुटाउन सक्छन् भन्ने यो ज्वलन्त उदाहरण र सन्देश हो।
Q.
भनेपछि सहमतिका साथ संविधान बन्न सक्छ?
A.
यस विषयमा म पूर्ण रुपमा आशावादी र विश्वस्त छु। मैले भनेको पनि छु– संविधानसभा सहमति र सहकार्यको थलो बन्नुपर्छ। सिंगो मुलुकलाई एकताबद्ध बनाउने संगमको थलो बन्नुपर्छ।
Q.
दलहरु संविधान संशोधन गरेर गणितीय खेलमा जाने भइसके त?
A.
सहमति हुन नसकेको अवस्थामा मात्रै बहुमतीय प्रणालीमा जाने समझदारी भएको हो। दलहरुबीच सहमतिबाहेक अर्को विकल्प छैन।
Q.
सहमति हुन सकेन भने कस्तो सरकार बन्छ?
A.
सहमति हुन सक्छ र सहमतिकै सरकार बन्छ। सहमति भएन भने के हुन्छ भनेर मैले टिप्पणी गर्नु उपयुक्त हुदैन। नयाँ संविधान बनेर जबसम्म हाम्रो चाहना र भावनाबमोजिमको सिस्टम स्थापित गर्न सक्दैनौं। त्यतिबेलासम्म हामीले सहमतिमै चल्नुपर्छ। म त अझ हुन सक्छ भने नयाँ संविधान बनिसकेपछि पनि त्यसलाई सफल कार्यान्वयनका लगि सहमतिमा जानुपर्छ भन्ने पक्षधर व्यक्ति हु। तर त्यसलाई कतिपयले आदर्श कुरा भन्लान्। जनआन्दोलनको बेलादेखि अहिलेसम्मको दलहरुको त्यही प्रतिबद्धता हो।
Q.
कांग्रेसले त माओवादीलाई सरकारमा जान नदिने भनिरहेको छ नि?
A.
मैले त्यस्तो कहीं सुनेको छैन। सबै जिम्मेबार राजनीतिक दलले सहमतिकै आधारमा अघि बढ्नुपर्छ भन्ने हो।
Q.
राष्ट्रपति डा. रामवरण यादवको बारेमा तपाईंको धारणा के छ?
A.
राष्ट्रपतिको निर्वाचनपछि लोकतान्त्रिक गणतन्त्र कार्यान्वयनको व्यावहारिक अनुभूति भइरहेको छ। म राष्ट्रपति डा. यादवलाई बधाइ दिन्छु र सफलताको लागि शुभकामना व्यक्त गर्दछु।
‹‹ Back
Latest Video
IME
Civil Homes
जिल्ला समाचार
उदयपुरमा एक बालिकाको उद्धार
[January 03 2011]
उदयपुर २० पुस । बिभिन्न प्रलोभन देखाई एक बालिकालाई काठमाण्डौतर्फ लैजादै गरेका खोटाङका डिल्ली खत्रीलाई प्रहरीले गाईघाट बजारबाट पक्राउ गरेको छ । उदयपुरको हडिया गाविस
सबै हेर्नुहोस् ››
Dish Nepal
hometv
Galaxy Public School
Bajaj XCD
Oil Corporation
utl ad
Manakamana Temple
Tara Air
OM HOSPITAL
Guna Colony
Akhadya
Real
Kist Bank
Himalayan Bank
Prime Bank
Citizens Bank
CFL Bulb
NIBL
Copyright © Reporters Nepal. 2007 - 2012. All rights reserved.