Rishi Dhamala with Dr. Baburam Bhattarai
कोइरालालाई ज्ञानेन्द्रकै हालतमा पुर्याइदिन्छौं- डा.बाबुराम भट्टर्राई, वरिष्ठ नेता, नेकपा माओवादी
नेकपा माओवादीका वरिष्ठ नेता डा.बाबुराम भट्टर्राई पार्टीभित्र थिङ ट्यांकका रुपमा परिचित हुनुहुन्छ । बौद्धिक नेताका रुपमा परिचित उहां नेपालको कम्युनिष्ट आन्दोलनका शिर्षनेता हुनुहुन्छ । आफ्ना विचार र चिन्तनका कारण क्षमता, दक्षता, अनुभव, कार्यकुशलतायुक्त नेता भट्टर्राई कम तर सटिक बोल्नुहुन्छ । वाकपटुताका धनी भट्टर्राईकै कार्यनीतिअनुसार हिडेर माओवादी सबैभन्दा ठूलो दलका रुपमा स्थापित भएको छ । पार्टर्ीींसदी दलका उपनेतासमेत रहेका उहांले अब बन्ने नयां सरकारमा आफ्नो दल सहभागी नहुने बताउनुभएको छ । माओवादीभित्र प्रचण्डपछिका निर्ण्र्ााामता रहेका नेता भट्टर्राईसंग ऋषि धमलाले गर्नुभएको विशेष कुराकानीका प्रमुख अंशहरुः
Q.
नेकपा माओवादीको नेतृत्वमा किन सरकार बन्न सकिरहेको छैन ?
A.
संविधानसभा चुनाव हारेपछि प्रतिक्रियावादीहरु रन्थनाएको छ । विभिन्न तानाबुना बुनेर माओवादीलाई सत्ता नसुम्पने षड्यन्त्रका लागि ढिलाई गरिरहेको छ । यसै कारणले सरकार नबनेको हो ।
Q.
नयां सरकार नबन्नुको मुख्य दोषी को हो ?
A.
स्वदेशी र विदेशी दुवै दोषी हुन् । त्यसमा पनि नेपाली कांग्रेस र त्यसका प्रमुख गिरिजाप्रसाद कोइराला प्रमुख हुन् ।
Q.
गिरिजाप्रसाद कोइरालाकै कारण सरकार बन्न नसकेको हो ?
A.
देशी विदेशी प्रतिक्रियावादी षड्यन्त्रको नाइके कांग्रेस बनेको छ । कांग्रेस सभापतिको हैसियतले गिरिजाप्रसाद कोइराला मुख्य बनेका छन् ।
Q.
सबैभन्दा ठूलो दल भएरपनि माओवादीले सरकारमा जानका लागि किन शर्त राख्यो ?
A.
त्यो कुनै शर्त हैन । अहिले प्रतिक्रियावादी षड्यन्त्रको घेराबन्दी तोड्नका लागि आफ्नो विचार राखेका हौं ।
Q.
तपाईंहरुले शर्त राख्दा त प्रतिक्रियावादीहरुले झन् खेल्न पाउने भए नि ?
A.
यो कुनै शर्तबन्दी हैन । जनादेशविपरित प्रतिक्रियावदीहरु षड्यन्त्रमा लागेकाले सुसूचित गर्नुपर्ने कर्तव्यबोधका साथ आफ्ना विचार राखेका हौं ।
Q.
तपाईंहरुका कारण सरकार बन्न नसकेको भनिदैछ नि ?
A.
गिरिजाप्रसाद कोइरालाको सत्तालिप्साका कारण सरकार बन्न सकिरहेको छैन । कांग्रेसीहरुले यो कुरा बुझ्नुपर्छ । नत्र भने कांग्रेसीहरुको पनि र्समनाक हुन्छ । उनीहरु ज्ञानेन्द्रकै हालतमा पुग्नेछन् ।
Q.
कांग्रेसलाई र्सवनाश बनाउन तपाईंहरु सरकारमा नजाने ?
A.
कांग्रेसले आफ्नो खाडल आफै खनिरहेको छ । हामी त संगै जाऊ भनिरहेका थियौं । तर ज्ञानेन्द्रसंगै खाडल खनिरहेको छ । अब त्यो खाल्डोमा आफै पर्छ ।
Q.
तपाईंहरु सत्तामा जाने कि प्रतिपक्षमा बस्ने ?
A.
अब हामी जनादेशको उल्लंघन गर्नेहरुका विरुद्ध जनतासामुनै जान्छौं ।
Q.
तपाईंहरुको आन्दोलन कांग्रेसविरुद्ध लक्षित हुन्छ ?
A.
प्रतिक्रियावादको मूल नाइके जो अगाडि आउंछ त्यसैविरुद्ध लक्षित हुन्छ । अहिले हाम्रो अगाडि कांग्रेस छ भोलि जो आउंछ त्यसैविरुद्ध लक्षित हुन्छ । सामन्त र दलाल वर्गविरुद्ध हाम्रँे आन्दोलन रहनेछ ।
Q.
नेपाली कांग्रेस र नेकपा माओवादीबीच पानी बाराबार भएको हो ?
A.
पानी बाराबार भएको हैन । हामी नयां संविधान नबनेसम्म सहकार्य गर्न चाहन्छौं । तर चुनाव हारेपछि पनि षड्यन्त्रमा लागेर कुर्सी लिप्त हुन कांग्रेस लाग्यो । त्यसका कारण उनीहरुले आफ्नो खाडल आफै खने ।
Q.
गिरिजाप्रसाद कोइराला नभएको भए माओवादी यो ठाउंमा आउदैनथ्यो भनिन्छ नि ?
A.
त्यो विल्कुल गलत हो । माओवादीले नगरेको भए रत्नपार्कमा सिमिति कांग्रेस र गिरिजाप्रसाद कोइराला यो ठाउंमा आइपुग्दैनथिए ।
Q.
गिरिजाप्रसाद कोइरालालाई अहिलेको अवस्थामा ल्याउन माओवादीको हात छ ?
A.
एउटा चरणसम्म दुवैको सहकार्यको आवश्यकता थियो । तर राजतन्त्रको अन्त्यपछि नेपाली कांग्रेस र गिरिजाप्रसाद कोइरालाले नयां राजतन्त्रको रुपमा प्रस्तुत गरेको हुनाले नयां प्रकारको आन्दोलनको आवश्यकता पर्यो ।
Q.
गिरिजाप्रसाद कोइरालालाई राष्ट्रपति नबनाउदा माओवादीले अहिलेको झड्का व्यवहोरेको भनिन्छ नि ?
A.
कुर्सरी जसरी पनि टासिरहनुपर्ने कांग्रेसी नेतृत्वको चिन्तन सामन्तवादी, राजतन्त्रवादी, अधिनायकवादी हो । त्यसकारण राजनीतिक गतिरोध पैदा भइरहेको छ ।
Q.
गिरिजाप्रसाद कोइरालालाई राष्ट्रपतिका लागि र्समर्थन गरेको भए सहमति हुन्थ्यो नि ?
A.
जनादेश विपरित कसैलाई सत्तँमा टासिइरहने इजाजत हामी दिन सक्दैनौं ।
Q.
गिरिजाप्रसादले शान्ति प्रक्रियामा गरेको योगदानलाई चटक्कै भुलेर राष्ट्रपतिमा र्समर्थन गर्नुभएन हैन ?
A.
त्यसो भए जनताले कांग्रेसलाई जिताउनुपथ्र्यो । जनताले त माओवादीलाई ठूलो दल बनाएर कांग्रेसलाई निकै तल झारिदिएका छन् । जनताको फैसला सबैले स्वीकार गर्नुपर्छ ।
Q.
जनादेश छ भने किन सरकारको नेतृत्व नगर्नुभएको ?
A.
सरकार उनीहरु आफै छाडिरहेका छैनन् । यो या त्यो बहानामा चार महिना हुनलाग्दा पनि कुर्सर्ीीाडिरहेका छैनन् । एउटा माग पूरा गर्यो अर्को शर्त तेसाउछन्, अर्को पूरा गर्यो फेरि अर्को तेसाउछन् । कांग्रेसको नीति नै शर्त मात्र तेसाएर कुर्सर्ीीछाड्ने छ । अब कुर्सर्ीीट झार्न जनता सामु जान लागेका हौं ।
Q.
गिरिजाप्रसाद कोइरालासंग यो कुरा गर्नुभयो ?
A.
हामीले वैशाखदेखिनै कर्ुर्सर्ीीाड्नुहोस् भनेका छौं । जनादेशको कदर गर्नुहोस् भन्यौ । तर नेपाली कांग्रेसका मान्छेहरु राजतन्त्र ढलेपछि आफूहरुलाई नयां राजतन्त्र ठानिरहेका छन् । त्यसको प्रतिफल आफैले भोग्नुपर्छ ।
Q.
गिरिजाप्रसाद कोइरालासंग हातेमालो गर्न चाहनुहुन्न ?
A.
हामीले चाहेका होइनौं । हामी त जनता र देशलाई अग्रगमनतर्फलान चाहन्छौं । नेपाली कांग्रेस यथास्थितिवादी शक्ति बन्यो । अब यथास्थितिवादी र अग्रगमनकारीबीच ध्रुवीकरण बन्छ ।
Q.
गिरिजाप्रसाद कोइरालाले त राजीनामा दिइसक्नुभयो नि ?
A.
त्यो उहांको बहानावाजी मात्र हो । उहांले विभिन्न पार्टर्ीीई बोलाएर प्रधानमन्त्री बनाइदिनुपर्यो भनेर हारगुहार गरिरहनुभएको छ ।
Q.
गिरिजाप्रसाद कोइराला फेरि प्रधानमन्त्री बन्न चाहनुहुन्छ ?
A.
अहिलेको सत्य त्यही हो ।
Q.
अब माओवादीलाई गिरिजाप्रसादले सत्ता छाड्नुहुन्न ?
A.
जनताको जनादेश सबैले मान्नुपर्छ । गिरिजाप्रसाद र कांग्रेसले जनादेश मानिरहेको छैन ।
Q.
माओवादीले तीन महिनासम्म नयां सरकार बनाउन पहल गरेन भन्ने जनगुनासो छ नि ?
A.
आफू सत्ताको चाबी लिएर ढोका थुनेर कुर्सी बस्ने अनि अर्काले खोलिदिएन भन्ने ? योभन्दा पाखण्डपन अर्को के हुनसक्छ ।
Q.
तपाईंहरु सरकार बनाउन पहल गर्नुहुन्न ?
A.
पहिले जनताकोबीचमा जान्छौं र कांग्रेसको यथार्थ हैसियत चिनाइदिन्छौं । हामी सरकारमा जाने पक्षमा छैनौं ।
Q.
तपाईंहरु आन्दोलनमा जानुहुन्छ ?
A.
अब आन्दोलनको आधीबेहरी आउंछ । त्यसले कांग्रेसलाई कहां पुर्याउछ पर्खेर बसे हुन्छ ।
Q.
एमालेसंग सम्बन्ध पुनः सुधार भएको हो ?
A.
हाम्रो सबै अग्रगामी प्रगतिशील, राष्ट्रवादी, गणतन्त्रवादी पक्षसंग सम्बन्ध विकसित हुन्छ । सबै मिलेर यथास्थितिवादी शक्तिविरुद्ध आन्दोलन हुन्छ ।
Q.
एमालेसंग मोर्चाबन्दी हुन्छ ?
A.
यथास्थितिवादी प्रतिक्रियावादीविरुद्ध हाम्रो सबैसंग मोर्चाबन्दी हुन्छ ।
Q.
एमाले राष्ट्रघाटी शक्ति हो ?
A.
हामीले त्यसरी कसैलाई पनि किटेका छैनौं । नेपाली कांग्रेस चाहि यथास्थितिवादी र प्रतिगमनको मुख्य पहरेदारी बनेको छ । कांग्रेसविरुद्ध जान चाहने सबैसंग हाम्रो मोर्चाबन्दी हुन्छ ।
Q.
एमालेले सरकार गठनमा तपाईंहरुलाई सहयोग नगरेर अड्कायो हैन ?
A.
हैन । मुख्यरुपमा कांग्रेसले सत्ता छाडेको छैन । अरुको विषयमा अहिले टिप्पणी गर्न आवश्यक ठान्दैनौं ।
Q.
कांग्रेसविरुद्ध किन आक्रोशित हुनुभएको हो ?
A.
हामी आक्रोशित भएका हैनौं । कांग्रेसको र्सवसत्तावादी, निरंकुशवादी, अधिनायकवादी राष्ट्रघाती चरित्र प्रष्टाउन यो कुरा भनिरहेका हौं । हाम्रो ऊप्रति पूर्वाग्रह हैन । उसको व्यवहार जनतासामु भनेका हौं ।
Q.
तपाईंहरु अर्को जनयुद्ध गर्नुहुन्छ ?
A.
हामी जनसंघर्ष गर्र्छौं । यथास्थितिवादी, प्रतिगामी शक्तिसंग संघर्ष लक्षित हुन्छ ।
Q.
माओवादीसंग जनसंर्घष्को आधिबेहरी ल्याउने सामर्थ्य छ ?
A.
त्यो त हेरेहुन्छ । हामी आन्दोलनको आधीबेहरी ल्याइदिन्छौं ।
Q.
राष्ट्रपति डा.रामवरण यादवसंग के कुरा भयो ?
A.
राष्ट्रपतिले कसरी जाने भनेर कुरा राख्नुभयो । हामीले आफ्नो कुरा राखेका मात्र हौं ।
Q.
राष्ट्रपतिलाई के भन्नुभयो ?
A.
हामीले संविधानमा भनेबमोजिम राजनीतिक सहमतिका आधारमा अगाडि बढ्नुपर्छ भन्यौं । राजनीतिक सहमतिलाई कसैले तोड्नुहुन्न भन्यौं र ।
Q.
राष्ट्रपत्रि्रति सन्तुष्ट हुनुहुन्छ ?
A.
उहांले परामर्श माग्नुलाई सकारात्मक मानेका छौं ।
Q.
राष्ट्रपतिले तीन दलको गठबन्धनलाई बोलाएर सरकार बनाउन भन्नुभयो भने के गर्नुहुन्छ ?
A.
उहांले त्यसो गर्नुहुन्न भन्ने लाग्छ । त्यसो गर्ने अधिकार संविधानले उहांलाई दिदैन ।
Q.
राष्ट्रपतिले के गर्दा सरकारमा जानुहुन्छ ?
A.
राष्ट्रपतिलाई सरकार बनाउन नबनाउने अधिकार छैन । र्सवसम्मति वा बहुमतबाट गएको सरकारलाई सपथ गराउने अधिकार मात्र छ ।
Q.
तपाईंहरुसंग सरकार बनाउन बहुमत छैन ?
A.
हामीसंग बहुमत छ । जनताको प्रचण्ड बहुमत छ ।
Q.
बहुमत भएको दल किन सरकार बनाउदैन त ?
A.
नेपाली कांग्रेसको र्सवसत्तावादी चरित्रलाई पहिले नंग्याउन चाहन्छौं ।
Q.
रक्षा, गृह, अर्थविना सरकारको नेतृत्वमा जानुहुन्न ?
A.
नपाइकन भन्ने कुरै छैन । र्सवप्रथम प्रतिक्रान्तिको घेरा अन्त हुनुपर्छ । त्यसको आधारमा हामी निर्णय गर्र्छौं ।
Q.
घेराबन्दीको पछाडि भारत र अमेरिकाको हात छ ?
A.
हामी कुनै शक्तिको नाम लिन चाहदैनौं । देशी विदेशी प्रतिक्रियावादी नेपालमा अग्रगमनलाई रोक्न उद्धत छन् । तिनीहरुलाई हामी परास्त गर्र्छौं । त्यसको विरुद्ध नेपाली जनताले जेहाद छेड्नेछन् ।
Q.
मधेशवादी दलसंग तपाईंहरुको कस्तो सम्बन्ध छ ?
A.
मधेशका जनताहरुसंग हाम्रो एकदम सुमधुर सम्बन्ध छ । गणतन्त्रको पहिलो राष्ट्रपति मधेशी नै निर्वाचित हुनुमा हाम्रो कारण छ ।
Q.
मधेशी जनअधिकार फोरमसंग सम्बन्ध बिग्रिएको हो ?
A.
पहिला जनतासंग राम्रो सम्बन्ध हुनुपर्यो । जनतासंग भएपछि उनीहरुको प्रतिनिधि पार्टीग राम्रो सम्बन्ध भइहाल्छ ।
Q.
प्रचण्ड हैन डा.बाबुराम भट्टर्राई प्रधानमन्त्री बन्न खोज्नुभएको सुनिन्छ नि ?
A.
त्यो बिल्नुल गलत हो । त्यसमा कुनै सत्यता छैन । त्यो फोहोरी खेल हो, हामी त्यसमा विश्वास गर्दैनौं ।
Q.
तपाईं अहिले प्रधानमन्त्री बन्न चाहनुहुन्न ?
A.
हाम्रो पार्टीको प्रधानमन्त्रीको उम्मेदवार कमरेड प्रचण्ड बाहेक अरु कोही छैन । पार्टीमा उहांको विकल्प छैन ।
Q.
प्रचण्ड कहिलेसम्म प्रधानमन्त्री बन्नुहुन्छ ?
A.
नेपाली जनताले त पहिले मानिसकेको छ । जनताको मनमश्तिष्कमा उहांकै नाम छ । प्रतिक्रियावादीहरुले छेक्न खोजेपनि असफल बनाउनेछौं । ढिलो चाडो प्रतिक्रियावादी नांगिन्छन् र कमरेड प्रचण्ड सर्वोच्च नेताका रुपमा यो देशमा स्थापित हुनुहुनेछ ।
Q.
प्रचण्डलाई राष्ट्रपति पनि बनाउन चाहनुहुन्छ ?
A.
अहिले कार्यकारी अधिकार प्रधानमन्त्रीमा छ । त्यो सर्वोच्च पद हो । उहां प्रतिक्रियावादीलाई परास्त गरेर छिट्टै प्रधानमन्त्री बन्नुहुन्छ ।
Q.
प्रचण्डलाई पहिलो राष्ट्रपति बनाउने नारा उठाउनुभएको होइन, त्यो पूरा भएन नि ?
A.
हामी कार्यकारी अधिकारसहितको राष्ट्रपति चाहन्थ्यौं । संविधानमा त्यो नभएको हुनाले उहां नहनुभएको हो । उहांले चाहनुभएको भए अहिलेपनि राष्ट्रपति बन्न सक्नुहुन्थ्यो । नयां संविधान बन्दा कार्यकारी अधिकारसहितको राष्ट्रपतिको प्रावधान बनाएर अगाडि बढ्नेछौं ।
Q.
कार्यकारी राष्ट्रपति को बन्ने ?
A.
पार्टी चुनावमा जादा नै तय गरिसकेको छ । नयां संविधान बनेपछि आगामी कार्यकारी अधिकारसहितको राष्ट्रपति प्रचण्ड बन्नुहुन्छ ।
Q.
माओवादीभित्र सरकारमा जाने नजानेबारे विवाद छ हैन ?
A.
हाम्रो पार्टीत्र त्यस्तो कुनै विवाद छैन । हाम्रो जस्तो एकढिक्का पार्टी ेपालमा अरु कुनै छैन ।
Q.
२५ दललेनै सरकारको नेतृत्व गर भन्दा किन जानुहुन्न ?
A.
नेपाली कांग्रेस र प्रतिक्रियावादीको षड्यन्त्रका कारण ढिलो भएको हो । षड्यन्त्र तोडेलगत्तै सरकारमा जान्छौं ।
Q.
सरकारमा जादा केही गर्न नसकिने देखेर भाग्नुभएको हो ?
A.
हामीले के कति गर्नसक्छौं भन्ने नेपाली जनताले बुझेका छन् । हामीले केही गर्र्छौं भनेरै प्रतिक्रियावादीहरु डराइरहेका छन् । उनीहरुलाई हामीलाई छेक्न खोजिरहेका छन् ।