REPORTERSNEPAL.COM
A BILINGUAL NEPALESE NEWS PORTAL PRESENTATION OF REPORTERS CLUB NEPAL IN
ASSOCIATION WITH RADIANT INFOTECH NEPAL
NEWS CATEGORY

Face to Face
Rishi Dhamala with  Pranab Mukherjee

नेपालमा सहमतिको सरकार बने राम्रो हुन्छ - भारतीय विदेशमन्त्री प्रणव मुखर्जी भारतीय विदेशमन्त्री प्रणव मुखर्जी बौद्धिक, जुझारु, सरल र मिलनसार नेताका रुपमा परिचित हुनुहुन्छ । कांग्रेस आईकी अध्यक्ष सोनिया गान्धीका विश्वासपात्र उहां अन्तराष्ट्रिय क्षेत्रमा निकै चर्चामा हुनुहुन्छ । नेपालका हितैषी उहांले श्रीलंकाको राजधानी कोलम्बोमा र्सार्क सम्मेलन अगावै प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालालाई भेट्नुभयो । नेपालको शान्ति प्रक्रियाका सहयोगी मुखर्जीले कोइरालाले शान्ति प्रक्रियामा खेल्नुभएको भूमिकाको उच्च प्रशंशा गर्नुभयो । ८६ वर्षा पनि कोइरालामा रहेको उत्साह र क्षमताको पटक पटक प्रशंशा गर्नुभएका उहांले कोलम्बोमा रहेका पत्रकार ऋषि धमलासंग विशेष कुराकानी गर्नुभयो । उक्त कुराकानीको मुख्य अंश ।
Q.
१५ औं र्सार्क सम्मेलनबाट के आशा राख्नुभएको छ ?
A.
र्सार्क सम्मेलनबाट दक्षिण एशियाको साझा समस्याबारे छलफल भइरहेको छ । हामीले हाम्रा साझा समस्याबारे कुराकानी गर्न पाएका छौं । भविष्यको चुनौतीसंग जुध्न सबै मिलेर कसरी जान सकिन्छ भन्नेबारे निष्कर्षा पुग्न सकिने आशा राखेका छौं ।
Q.
प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालासंग के कुरा भयो ?
A.
प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालासंग द्विपक्षीय हितका विषयमा कुराकानी भयो । भारत र नेपालबीचको सम्बन्धलाई अझ सुदृढ गर्न र आपसी सहयोग विस्तार गर्नेबारे सहमति भएको छ । भारतले आजभन्दा ६ दशक पहिले संविधान निर्माण गरेको छ । हामीले हाम्रा अनुभवबारे विचार आदानप्रदान गर्‍यौं ।
Q.
प्रधानमन्त्री कोइरालाले तपाईंलाई के भन्नुभयो ?
A.
नेपालको शान्ति प्रक्रियामा प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको भूमिका अभूतपूव छ । यो उमेरमा पनि उहांले देखाउनुभएको सक्रियता उदाहरणीय छ । उहांले लोकतान्त्रिक आन्दोलनमा भारतले सहयोग पुर्‍याएको भन्दै धन्यवाद व्यक्त गर्नुभयो । भविष्यमा दुवै मित्रराष्ट्र मिलेर जानुपर्ने कुरा गर्नुभयो, त्यसबाट हामी निकै उत्साही भएका छौं । भारत र नेपाल मिलेर जादा दुवै देशलाई फाइदा हुन्छ । हाम्रो सम्बन्ध दुइ देशबीचको मात्र हैन, जनता जनताबीचको पनि हो । त्यसलाई अझ प्रगाढ बनाउनुपर्छ ।
Q.
नेपालको संविधान निर्माणमा भारतको कस्तो भूमिका रहन्छ ?
A.
नेपालको संविधान निर्माणका लागि नेपाली जनताले आफ्ना प्रतिनिधि चयन गरिसकेका छन् । संविधान नेपाली जनताका प्रतिनिधले बनाउनेछन् । नेपाली जनता र जनताको म्याण्डेट पाएका दलको हरेक कदममा भारतको शुभेच्छा मात्र रहन्छ ।
Q.
नेपालमा नयां सरकार गठन हुन लागेकोमा भारतको दृष्टिकोण के छ ?
A.
नेपाली जनताले संविधान निर्माणलगायतका सबै राजनीतिक प्रक्रियाका लागि प|mेस म्याण्डेट दिइसकेका छन् । नेपाली जनताको भावनाअनुसार नेपालमा नयां सरकार गठन हुनेछ भन्नेमा हामी विश्वस्त छौं ।
Q.
नेपालमा कस्तो सरकार बन्नुपर्छ ?
A.
नेपालमा कस्तो सरकार बन्नुपर्छ भन्ने कुराको निक्र्यौल नेपाली जनता र नेपालका राजनीतिक दलहरुले गर्ने हो । भारत जनताको भावनाअनुसार चालिने कदमको सम्मान गर्दछ । हामीलाई आशा छ कि नेपाली जनताले भनेअनुसार नेपालमा नयां सरकार गठन हुनेछ । त्यस्तो सरकारले लोकतन्त्रलाई बलियो बनाई दीगो शान्ति स्थापनाका लागि सफलता हासिल गर्नेछ ।
Q.
नेकपा माओवादीको नेतृत्वमा सरकार बनेमा भारतको दृष्टिकोणे के रहनेछ ?
A.
सरकार गठन गर्ने अधिकार नेपाली जनताका प्रतिनिधिलाई छ । जुनसुकै दलको सरकार गठन भएपनि भारतको सम्मान रहनेछ । हामीलाई आशा छ कि नेपाली जनताले दिएको म्याण्डेट अनुसार नेपालमा सहमतिको सरकार बन्नेछ । दलहरु सहमतिका साथ अगाडि बढे शान्ति प्रक्रिया छिट्टै गन्तव्यमा पुग्ने भारतको बुझाई छ ।
Q.
माओवादी अध्यक्ष प्रचण्ड प्रधानमन्त्री भए तपाईंहरुको र्समर्थन रहन्छ ?
A.
हामी यो या त्यो प्रधानमन्त्री बन्नुपर्छ भन्दैनौं । नेपालका दलहरुले को प्रधानमन्त्री भन्ने टुंगो लगाउलान्नै । लोकतान्त्रिक पद्धतिबाट गठन हुने सरकारप्रमुखलाई हाम्रो र्समर्थन र सहयोग रहनेछ ।
Q.
गिरिजाप्रसाद कोइराला फेरि प्रधानमन्त्री बनुन् भन्ने भारतको चाहना रहेको चर्चा छ नि ?
A.
हामी यो या त्यो प्रधानमन्त्री बन्नुपर्छ भन्दैनौं । नेपालमा को प्रधानमन्त्री बन्ने भन्ने फैसला नेपाली जनताका प्रतिनिधिले गर्नेछन् ।
Q.
प्रधानमत्री गिरिजाप्रसाद कोइरालासंग के समझदारी भयो ?
A.
हामीबीच आपसी हितका विषयमा कुराकानी भयो । सहमतिको सरकार बनोस् भन्ने प्रधानमन्त्री कोइरालाको चाहना पायौं । सहमतिको सरकार बने राम्रो हुन्छ भन्ने उहांको चाहनामा हामी सकारात्मक छौं ।
Q.
प्रधानमन्त्री कोइराला र भारतीय प्रधानमन्त्री मनमोहन सिंहबीच के कुरा हुन्छ ?
A.
भारत र नेपालबीच गाढा सम्बन्ध छ । हामी दुइ देशको हित, शान्ति प्रक्रिया, आर्थिक विकासलाई मूल एजेण्डा बनाएर कुराकानी गर्नेछौं ।
Q.
भारत नेपालमा के होस् भन्ने चाहन्छ ?
A.
भारत एकीकृत, समृद्ध र शान्त नेपाल चाहन्छ । त्यसका लागि आवश्यक सहयोग गर्न सधै तत्पर छ ।
Q.
एक मधेश एक प्रदेश नेपाललाई बिखण्डन गराउन भारतले चालेको षड्यन्त्र हो भन्ने आरोप छ नि ?
A.
त्यो विल्कुल गलत हो । हामी नेपाल बिखण्डन होस् भन्ने सोच्न पनि सक्दैनौं ।
‹‹ Back
Latest Video
IME
Civil Homes
जिल्ला समाचार
उदयपुरमा एक बालिकाको उद्धार
[January 03 2011]
उदयपुर २० पुस । बिभिन्न प्रलोभन देखाई एक बालिकालाई काठमाण्डौतर्फ लैजादै गरेका खोटाङका डिल्ली खत्रीलाई प्रहरीले गाईघाट बजारबाट पक्राउ गरेको छ । उदयपुरको हडिया गाविस
सबै हेर्नुहोस् ››
Dish Nepal
hometv
Galaxy Public School
Bajaj XCD
Oil Corporation
utl ad
Manakamana Temple
Tara Air
OM HOSPITAL
Guna Colony
Akhadya
Real
Kist Bank
Himalayan Bank
Prime Bank
Citizens Bank
CFL Bulb
NIBL
Copyright © Reporters Nepal. 2007 - 2012. All rights reserved.