REPORTERSNEPAL.COM
A BILINGUAL NEPALESE NEWS PORTAL PRESENTATION OF REPORTERS CLUB NEPAL IN
ASSOCIATION WITH RADIANT INFOTECH NEPAL
NEWS CATEGORY

Face to Face
Rishi Dhamala with  Madhav Kumar Nepal

म माओवादीलाई कसरी विश्वास गरुँ? माधवकुमार नेपाल वरिष्ठ नेता, नेकपा एमाले नेपालको शान्ति प्रक्रियामा नेकपा एमालेका पूर्व महासचिव माधवकुमार नेपालको अतुलनीय योगदान छ। १२ बुंदे समझदारीदेखि संविधानसभा निर्वाचन सफल बनाउन उहांले महत्वपूर्ण भूमिका निर्वाह गर्नुभयो। नेपालको राजनीतिमा निष्कलंक छवि बनाउनुभएका उहां कठिन घडीमा पनि विचलित नभएर उदाहरणीय बन्न सफल हुनुभयो। राजनीतिमा नैतिकता हुनुपर्छ भन्नेमा जोड दिदै आउनुभएका उहां इमान्दार र मिलनसार शिर्ष कम्युनिष्ट नेताका रुपमा परिचित हुनुहुन्छ। नेपालको राजनीतिमा नैतिकवानको खडेरी परिरहदा उहांले चुनावमा पराजय व्यहोर्ने वित्तिक राजीनामा दिएर नैतिक पाठ सिकाउनुभयो। नेपालसंग ऋषि धमलाले गर्नुभएको कुराकानीको महत्वपूर्ण अंशः
Q.
चार दलको सहमतिको सरकार किन बनेन?
A.
चार दलको सहमति सरकार बनाउने प्रयत्न गर्नुपर्छ। सहमतिको सरकारको विकल्प छैन।
Q.
चार दलको सहमतिको सरकार कसरी बन्छ?
A.
कुनै न कुनै पक्षले लचकता देखाउनैपर्छ। दलहरुले जिम्मेवारीवोधको भावनासाथ चलेर मिलेर जानैपर्छ। शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्‍याउनैपर्छ र संविधान पनि मिलेर बनाउनुपर्छ भन्ने भावना बुझ्न सकियो भने सरकार बन्ने कुरा ठूलो हो।
Q.
दलहरुबीच पदबांडफांडमै रडाको मच्चियो नि?
A.
शक्तिबांडफांडको कुरा मिलाउनुपर्छ। लेनदेन हुनुपर्छ।
Q.
लेनदेन कसरी मिलाउने?
A.
जिम्मेवारीबोधको भावना भयो भने पदबांडफांडको लेनदेन मिल्छ।
Q.
शक्तिबांडफांडमा अड्किएको हलो कसरी फुकाउने?
A.
हलो अड्किएको छ भने फुकाउनुपर्छ। आपसी छलफल गरेरै सहमति बनाउनुपर्छ। हात्ती छिर्‍यो पुच्छर अड्क्योको अवस्था रहन दिनुहुन्न। संविधानसभाले सर्वसम्मतबाट प्रधानमन्त्री छान्न सक्ला त?
Q.
नयां प्रधानमन्त्री को बन्ला?
A.
सरकारको नेतृत्वले नेकपा माओवादीले गर्ने भनिएको छ। माओवादीबाटै प्रधानमन्त्री बन्नुपर्छ।
Q.
एमाले पनि सरकारको नेतृत्वमा अगाडि सरेको छ नि?
A.
माओवादीले सरकारको अगुवाई गर्नुपर्छ। हामीले सरकारको नेतृत्व दाबी गरेका छैनौं।
Q.
उसो भए, प्रचण्ड प्रधानमन्त्री बन्दा तपाईंलाई आपत्ति छैन?
A.
प्रचण्ड, रामबहादुर थापा बादल, महराजी को हुने भन्ने बारे माओवादीले पनि सोच्नुपर्‍यो। के गर्दा ठीक हुन्छ त्यही गर्ने हो। म अहिले व्यक्तिका बारे बोल्न चाहन्नं।
Q.
तपाईलाई राष्ट्रपतिमा अस्वीकार गर्ने माओवादीलाई किन सरकारको नेतृत्वका लागि जोड दिदैहुनुहुन्छ?
A.
म त्यस्तो संकीर्ण विचार राख्दिन। म व्यक्तिभन्दा प्रवृत्तिमा ध्यान दिन्छु। व्यक्तिविशेष मेरा लागि गौण विषय हो।
Q.
तपाईंको प्रचण्डसंग कुरा मिलिरहेको छ?
A.
प्रचण्डसंग मात्र हैन राम्रा कुराका लागि सबैसंग कुरा मिल्छ नराम्रा कुराका लागि कसैसंग कुरा मिल्दैन।
Q.
माओवादीलाई सरकारको नेतृत्वबाहिर राख्ने पक्षमा हुनुहुन्न?
A.
माओवादीलाई सरकारबाट बाहिर राख्नुहुन्न। माओवादी आफै बुद्धि बिग्रेर सरकारमा जान्न प्रतिपक्षमा बस्छु भन्छ भने सरकारविहिनताको अवस्था त रहदैन। सरकारको नेतृत्व गर्ने हो भने अरुलाई पनि सम्मान गरेर उचित ढंगले समेटेर जानुपर्छ। प्रधानमन्त्री माओवादीले लिनुपर्छ अरुले पोर्टफोलियो बांडफांड गरेर सरकार बनाउनुपर्छ। दुईवटा महत्वपूर्ण काम हाम्रासामु बांकी छन्। शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्‍याउनुपर्छ र जनादेशबमोजिमको संविधान निर्माण गर्नुपर्छ।
Q.
तपाईंको पार्टीले कुन कुन मन्त्रालय मागेको छ?
A.
मन्त्रालयको कुरा प्रमुख होइन। शक्तिका मन्त्रालयहरु सबैकाबीच बाडिनुपर्छ। मूल कुरा नीतिमा सहमति हुनुपर्‍यो। माओवादीको आचरणमा सुधार हुनुपर्‍यो। सरकार संचालनको निश्चित विधि र प्रक्रिया तय हुनुपर्‍यो। कसैले पनि मनपरी गर्नुभएन। विसंगति र विकृति हटाउनुपर्‍यो, भ्रष्टाचार उन्मूलन गर्नुपर्‍यो, सत्ताको दुरुपयोग गर्ने काम कसैले गर्नुभएन।
Q.
एमालेले सरकारको नेतृत्व लिन सम्भावना के छ?
A.
कुनैपनि पार्टीले औपचारिक रुपमा निर्णय गरेर हामीलाई सरकारको नेतृत्वको आग्रह गरेको छैन। हामी हावाको भरमा यस्ता कुरा किन सोच्ने?
Q.
झलनाथ खनाल प्रधानमन्त्री बन्दैहुनुहुन्छ भनिन्छ नि?
A.
झलनाथ खनालजीलाई कस्ले प्रधानमन्त्री बन्नुहुन्छ भनेको छ? त्यो कुरा मेरो कानमा आएको छैन। त्यस्तो प्रस्ताव कसैले ल्याएकै छैन।
Q.
गिरिजाप्रसाद कोइरालाले खनाललाई प्रधानमन्त्री बनाउन प्रस्ताव राख्नुभयो रे नि?
A.
गिरिजाप्रसाद कोइरालाले त्यस्तो कुरा गर्नुभएको छैन।
Q.
तपाईंहरु सरकारको नेतृत्व गर्ने पक्षमा हुनुहुन्न?
A.
हामीलाई कसैले पनि सरकारको नेतृत्वको प्रस्ताव गरेकै छैन।
Q.
सरकारको नेतृत्वका लागि प्रस्ताव आएको के गर्नुहुन्छ?
A.
प्रस्ताव आएपछि जवाफ दिऊला।
Q.
गिरिजाप्रसाद कोइरालाले प्रजातान्त्रिक शक्तिहरु एक हुनुपर्छ भन्नुभएको छ नि?
A.
संविधानसभामा प्रतिनिधित्व गर्ने सबै शक्ति प्रजातान्त्रिकनै हुन्। को अप्रजातान्त्रिक छ र?
Q.
तपाईंलाई गिरिजाप्रसादले के भन्नुभयो?
A.
उहांले सबै मिलेर जानुपर्छ भन्नुभयो। सेना र राजनीतिक पद दुवै ओगटेर बस्ने माओवादीको प्रवृत्ति अन्त हुनुपर्छ, माओवादी र उसका भातृसंगठनले निजी र सरकारी घरजग्गा सम्पत्ति कब्जा गरेको फिर्ता गर्नुपर्छ, माओवादीले बनाएको समानान्तर सरकार भंग गरिनुपर्छ भन्नुभएको हो। शक्तिशाली मन्त्रालयहरुको कुरा गर्नुभयो। मैंले शक्तिबांडफांड गर्दा कांग्रेस, एमाले, माओवादीले पाउनुपर्छ भने। माओवादीले हिजो जस्तो सबै पद पाउने स्थिति बन्दैन। उसले अवसर गुमाइसकेको छ भनें। तर माओवादीलाई वाइपास गरेर जान मिल्दैन भनें।
Q.
माओवादीले रक्षा मन्त्रालय नपाए सरकारमा जान्न भनेको छ नि?
A.
मुखले के भन्छ छाडिदिऊ। तर कुरा गरेर टुंग्याउनुपर्छ।
Q.
माधव नेपाल अहिलेपनि शक्तिकेन्द्र हो, तपाईं के चाहनुहुन्छ?
A.
संसदमा प्रतिनिधित्व गर्ने सबै दलको सहमतिमा राष्ट्रिय सहमतिको सरकार बन्नुपर्छ। सरकारको अगुवाई माओवादीले गर्नुपर्छ। कांग्रेस र एमालेले महत्वपूर्ण भूमिका निर्वाह गरेर सरकारमा बस्नुपर्छ। दुई वर्षको अवधिमा सहमति र सहकार्यबाटै शान्ति प्रक्रियालाई टुंगोमा पुर्‍याउनुपर्छ। जति झगडा गर्नुछ दुई वर्ष पछि गरौंला।
Q.
तपाईंको प्रचण्डसंग के के कुरा हुन्छ?
A.
मेरो प्रचण्ड, गिरिजाप्रसादलगायतसंग लामा लामा कुरा भएका छन्। माओवादीबाट गम्भीर गल्ती भएको छ। प्रचण्डजीहरुले गल्ती भएको महशुश गर्नुभएको छ। महशुश भएको मसंग मात्र गर्नुभएको छ कि सार्वजनिक रुपमा पनि ल्याउनुभएको छ त्यसको टेष्ट गरिरहेको छु।
Q.
माओवादीबाट गम्भीर गल्ती के भयो?
A.
राष्ट्रपतिको निर्वाचनमा माओवादीले ठूलो धोका दियो नि। उसले एमालेलाई धोका दियो।
Q.
माधव नेपाल मात्र कि गिरिजाप्रसाद कोइरालालाई पनि धोका दियो?
A.
माधव नेपाललाई कि गिरिजाप्रसादलाई धोका दियो त्यो प्रश्न त्यत्तिकै छ। गिरिजाप्रसादको कुरा गिरिजाप्रसादलेनै गर्ने हो। गिरिजाप्रसाद कोइरालाले माधव नेपाललाइ के गर्नुभयो भन्ने प्रश्न पनि त्यत्तिकै छ। सधैभर गिरिजाप्रसाद कोइरालाप्रति समर्पित हुनुपर्ने, गिरिजाप्रसादले अर्काको लागि कहिल्यै त्याग गर्न तयार हुनुनपर्ने। यो कुरा विचारणीय छ। उहांले आफूबाहेक अरु र अरु पार्टीका लागि पनि गुन लगाउने काम गर्नुपर्छ। यो गर्नुभयो भने उहां राजनेता हुनुभएछ भन्ने ठान्नेछौं।
Q.
तपाईंलाई माओवादीले किन स्वीकारेन?
A.
त्यो प्रश्नको जवाफ म अहिले दिन्न। कुन न कुनै समय म रहस्य खोल्नेछु। संविधान निर्माण सुझाव आयोगको अध्यक्ष बन्न प्रचण्डले आग्रह गर्नुभएको छ नि? मलाई यो प्रस्ताव प्रचण्डजीले मात्र हैन गिरिजाबाबुले पनि राख्नुभएको छ। यी प्रस्ताव मलाई धेरै आएको छ। यसबारे म बोल्दिन। मेरो मनमा केही कुरा छ त्यो अहिले भन्दिन।
Q.
उपचुनावमा भाग लिनुहुन्छ?
A.
म चुनाव लड्ने नलड्ने कुरा भन्न सक्दिन। म मनको कुरा गर्दिन। मलाई घटनाक्रम हेर्नुछ। शुरुमा सबै कुरा खोल्न चाहन्न। म हतार नगरी विस्तारै के गर्नुपर्छ त्यसको निर्क्यौल गर्नेछु।
‹‹ Back
Latest Video
IME
Civil Homes
जिल्ला समाचार
उदयपुरमा एक बालिकाको उद्धार
[January 03 2011]
उदयपुर २० पुस । बिभिन्न प्रलोभन देखाई एक बालिकालाई काठमाण्डौतर्फ लैजादै गरेका खोटाङका डिल्ली खत्रीलाई प्रहरीले गाईघाट बजारबाट पक्राउ गरेको छ । उदयपुरको हडिया गाविस
सबै हेर्नुहोस् ››
Dish Nepal
hometv
Galaxy Public School
Bajaj XCD
Oil Corporation
utl ad
Manakamana Temple
Tara Air
OM HOSPITAL
Guna Colony
Akhadya
Real
Kist Bank
Himalayan Bank
Prime Bank
Citizens Bank
CFL Bulb
NIBL
Copyright © Reporters Nepal. 2007 - 2012. All rights reserved.