REPORTERSNEPAL.COM
A BILINGUAL NEPALESE NEWS PORTAL PRESENTATION OF REPORTERS CLUB NEPAL IN
ASSOCIATION WITH RADIANT INFOTECH NEPAL
NEWS CATEGORY

Face to Face
Rishi Dhamala with  Dr. Baburam Bhattarai

पूरै अवधि सरकार चलाउँछौं ,डा. बाबुराम भट्टराई (वरिष्ठ नेता-नेकपा माओवादी)
Q.
विपरीत धु्रवका तीन दलबीच कसरी सहमति भयो?
A.
शान्ति प्रक्रियालाई अघि बढाउने, नयाँ संविधान निर्माण गर्नका लागि साझा नीति र कार्यक्रम बनाउन सबै शक्तिलाई लिएर जाने पक्षमा हामी छौं। त्यसमा नेपाली कांग्रेस पछि हट्यो, नेपाली कांग्रेसलाई पनि सहमतिमा ल्याउने प्रक्रिया हाम्रो जारी छ।
Q.
तीन दलको यो गठबन्धन कति समय जाला?
A.
यसलाई गठबन्धन नभन्नुहोस् यो सहमतिको यात्रा हो। तीन दललाई अरु दलको पनि समर्थन छ र हुन्छ। हामी साझा राष्ट्रिय मोर्चा बनाएर जाने पक्षमा छौं। प्रचण्डको नेतृत्वमा दुइ तिहाइभन्दा बढी संविधानसभा सदस्यको समर्थन हुनेछ।
Q.
यो गठबन्धनले मुलुकको समस्यालाई समाधान गर्न सक्छ कि सक्दैन?
A.
सक्नुपर्छ र सक्छ भन्ने हामीलाई पूर्ण विश्वास छ। नीति र कार्यक्रम हामी तय गर्दैछौं। त्यसलाई कार्यान्व्ायन गरेर गयौं भने राज्यको पुनसंरचनालगायतका एजेन्डा छन्। शान्ति प्रक्रियालाई तार्किक निष्कर्षमा पुर्‍याउने काम दुइ तिहाइभन्दा बढीको समर्थन पाएको यो मोर्चाको नेतृत्वमा बनेको राष्ट्रिय सहमतिको सरकार गर्न सक्छ।
Q.
नीति र कार्यक्रमको विशेषता के हुन्छ त?
A.
बृहत् शान्ति सम्झौतायताका हाम्रा सहमति सम्झौताका कुरा, अन्तरिम संविधानका विशेषता, पार्टीहरुका प्रतिबद्धतापत्र छन्। यिनीहरुको साझा निचोड निकालेर साझा कार्यक्रम बन्छ। त्यो नीति र कार्यक्रम दुइ वर्षको निम्ति हुन्छ।
Q.
दुइ वर्षअघि नै सत्ता ढाल्ने खेल हुदैन?
A.
खेल त हुन सक्छ। तर न्यूनतम साझा सहमतिको कार्यक्रममा सहमत भइसकेपछि त्यस्ता खेलले असर पार्लाजस्तो लाग्दैन। हामी दुइ वर्षसम्मको सहयात्रालाई अघि बढाउन प्रतिबद्ध छौं।
Q.
तीनतिर फर्केका दलमा कसरी सहमति भइरहला?
A.
मूलभूत राष्ट्रिय एजेन्डामा हामी तीन दल एक छौं। राज्यको पुनसंरचनाको विषयमा हामी मधेसवादी दल र फोरमसँग नजिक छौं भने आर्थिक र सामाजिक रुपान्तरणमा हामी एमालेसँग नजिक छौं। त्यसमा फोरमलाई पनि लिएर जान सकिन्छ। जनतालाई तत्काल राहत दिने, राष्ट्रियताको संरक्षण गर्ने, शान्ति प्रक्रियालाई टुंगोमा पुर्‍याउने विषयमा हाम्रो साझा सहमति छ।
Q.
यो गठबन्धनले शान्ति प्रक्रिया निष्कर्षमा पुर्‍याउने र नयाँ संविधान बनाउन सक्छ?
A.
बिलकुल। मान्छेहरुलाई के थियो माओवादी र एमालेमात्र मिले भने त दुइ तिहाइ बहुमत त पुग्दैन, दुइ तिहाइ बहुमत नपुगी नयाँ संविधान बन्न सक्दैन भन्ने चिन्ता थियो। तर, अहिलेको समीकरणपछि दुइ तिहाइ बहुमत पुर्‍याउन हामी सफल भएका छौं। त्योभन्दा पनि साना दलहरुको हामीलाई पूर्ण समर्थन र सहयोग छ।
Q.
संविधान बनाउन कांग्रेसको आवश्यक पदैन?
A.
होइन। कांग्रेसको आफ्नो वर्गीय राजनीति छ। त्यसलाई निषेध गर्ने भन्ने हुदै होइन। उसको भूमिका अवश्य नै रहन्छ। हामी चाहन्छौं बदलिएको परिस्थितिलाई आत्मसात गरेर नयाँ शक्तिको नेतृत्वमा अघि बढ्ने हिम्मत देखाउनुपर्छ। कांग्रेसको आफ्नो साइज घटिसकेको छ। राजनीतिक दृष्टिकोणले पनि उ पछि परिसकेको छ। यथास्थितिवादी शक्तिमा परिणत भइसकेको छ भन्ने कुरा बुझ्न उसलाई गाह्रो भइराखेको छ। त्यही कारणले ऊ अन्कनाएर पछि हटिरहेको छ। त्यसले कांग्रेसलाई राम्रो गर्दैन।
Q.
राजनीति धु्रवीकरणको बाटोतिर गएको होइन र?
A.
आम रुपमा वर्गीय समाजमा राजनीतिक धु्रवीकरण जहिले नि हुन्छ। हिजो राजतन्त्रवादी एकतिर र राजतन्त्रविरोधी अर्काे धु्रवीकरण थियो। अहिले राजतन्त्रको अन्त्य भइसकेपछि समाजको अग्रगमन चाहने प्रगतिशील शक्तिहरु एकपट्टि र यथास्थितिवादलाई टिकाउन चाहने पश्चगामी शक्ति अर्काेतर्फ हुनु स्वाभाविक हो।
Q.
भनेपछि कांग्रेससँग तपाईंहरुको कुरा मिल्दै मिल्दैन त?
A.
हामी कांग्रेसलाई सरकारमा ल्याउन प्रयन्त गछौं। कांग्रेसलाई पनि सरकारमा ल्याएर नयाँ संविधान नबनुन्जेल सहकार्य गराउने हाम्रो जोड रहन्छ। तर, एक हातले मात्र ताली बज्दैन।
Q.
रक्षा मन्त्रालय दिएको भए त कांग्रेस सत्तामा आइहाल्थ्यो त?
A.
त्यो कांग्रेसको बहानाबाजीमात्रै हो। रक्षा मन्त्रलाय प्रमुख कुरा होइन। एमाले र फोरमसँग त कांग्रेसले प्रस्टसँग भनेको छ। प्रमुख कुरा त माओवादीबाहेकको सरकार बनाउन त्यसमा तपाईंहरुले सहयोग गर्नुपर्छ भनेको रहेछन्। त्यो भनेपछि उनीहरु पनि प्रस्ट भएर हामीसँग सहकार्य गरे। रक्षा मन्त्रालय त देखाउने दाँतमात्रै रहेछ भन्ने कुरो एमाले र फोरमले पनि बुझे।
Q.
प्रचण्डको नेतृत्वमा बनेको सरकारको पहिलो काम के हुन्छ?
A.
प्रधानमन्त्रीको सम्बोधन, नीति र कार्यक्रम र बजेट आदिको कार्यक्रममा गृहकार्य गरिरहेका छौं। तत्काल जनतालाई राहत अनुभूति गर्न, शान्तिसुरक्षा व्यवस्थित गर्ने, सुशासन दिने, सहिद परिवार, बेपत्ता परिवार विपन्न परिवारलाई राहत दिने एउटा काम हुन्छ। समाजलाई तीव्र आर्थिक र सामाजिक रुपान्तरणको निम्ति योजना अघि सार्ने तयारी गर्दछौं।
Q.
तपाईं त अर्थमन्त्री बन्दै हुनुहुन्छ रे, आर्थिक क्षेत्रमा के गर्नुहुन्छ?
A.
अर्थमन्त्री को बन्छ भन्नेमा निर्णय भइसकेको छैन। तैपनि नेपालमा जुन गरिब, बेरोजगारी, असमानता र परनिर्भरताले ग्रस्त छ– यसलाई अन्त्य गर्नका लागि तीव्र आर्थिक विकासको योजना ल्याउनुपर्छ। न्यूनतम साधनलाई प्रयोग गरेर नेपाली समाजलाई रुपान्तरण गर्न सक्छौं भन्ने हाम्रो विश्वास छ।
Q.
मन्त्रीहरुको भागबन्डा मिलेकै हो?
A.
भागबन्डा नभनौं। सत्ता साझेदारीको रुपमा अघि बढ्नका निम्ति प्रारम्भिक गृहकार्य भएको छ। सबै मिलिसकेको छैन। तैपनि केही कुरामा सहमति भएको छ।
Q.
अन्य साना दल को सरकारमा आउँदैछन्?
A.
जनमोर्चा, संयुक्त र सद्भावना पार्टीलगायतले चाहीं सहभागी हुने इच्छा व्यक्त गरेका छन्।
Q.
सेनाको समायोजन कसरी गर्नुहुन्छ?
A.
सेना समायोजनमा शान्ति सम्झौतामा जुन किटानी भएको छ, त्यसलाई विशेष समितिमा छलफल गरेर सहमतिको आधारमा टुंग्याइन्छ। यसलाई गलत ढंगले र उत्तेजित पार्नुपर्ने कुनै कारण देखेको छैन।
Q.
सुरक्षानिकायका प्रमुख परिवर्तन हुने सम्भावना छ?
A.
अहिले हामीले सुरक्षा प्रमुखलाई परिवर्तन गर्नुपर्ने कारण देखेका छैनौं। सोचेको पनि छैनौं। निश्चित रुपमा नेपाली जनताको जुन चाहना छ त्यसअनुसार नीति र कार्यक्रम बनाउँछौं। त्यो कार्यान्व्ायन गर्ने क्रममा कसले कस्तो भूमिका निर्वाह गर्छ। त्यसको आधारमा पुनमूल्यांकन गरेर परिवर्तन गर्नुपर्‍यो भने हामी गछौैं। हामी व्यक्तिगत आवेग र रिसका आधारमा केही गर्दैनौं।
Q.
अन्तर्राष्ट्रिय सम्बन्ध कसरी विकसित गर्नुहुन्छ?
A.
अन्तर्राष्ट्रिय रुपमा हाम्रो जुन रुपमा बनेको छ, दुइ तिहाइभन्दा बढीको राष्ट्रिय सहमति बनेको छ त्यसले राष्ट्रिय/अन्तर्राष्ट्रिय समर्थन प्राप्त गर्छ र माओवादीको नेतृत्वमा बनेको सरकारलाई सबैले सहयोग गर्छन्।
‹‹ Back
Latest Video
IME
Civil Homes
जिल्ला समाचार
उदयपुरमा एक बालिकाको उद्धार
[January 03 2011]
उदयपुर २० पुस । बिभिन्न प्रलोभन देखाई एक बालिकालाई काठमाण्डौतर्फ लैजादै गरेका खोटाङका डिल्ली खत्रीलाई प्रहरीले गाईघाट बजारबाट पक्राउ गरेको छ । उदयपुरको हडिया गाविस
सबै हेर्नुहोस् ››
Dish Nepal
hometv
Galaxy Public School
Bajaj XCD
Oil Corporation
utl ad
Manakamana Temple
Tara Air
OM HOSPITAL
Guna Colony
Akhadya
Real
Kist Bank
Himalayan Bank
Prime Bank
Citizens Bank
CFL Bulb
NIBL
Copyright © Reporters Nepal. 2007 - 2012. All rights reserved.