REPORTERSNEPAL.COM
A BILINGUAL NEPALESE NEWS PORTAL PRESENTATION OF REPORTERS CLUB NEPAL IN
ASSOCIATION WITH RADIANT INFOTECH NEPAL
NEWS CATEGORY

Face to Face
Rishi Dhamala with  Sharad Yadav

संघीयताको विकल्प खोजे अनर्थ हुन्छ शरद यादव, अध्यक्ष, भारतीय जनता दल एकीकृत भारतीय जनता दल एकीकृतका अध्यक्ष शरद यादव नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सपथग्रहण समारोहमा सहभागी हुन काठमाडौं आउनुभएको थियो । तीन दिन काठमाडौं बर्साईंको क्रममा प्रधानमन्त्री देखि निवर्तमान प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालासम्मलाई भेट गर्नुभयो । नेपाललाई अत्यन्त माया गर्ने सरल, बौद्धिक र खरो नेताका रुपमा परिचित यादव भारतमा धेरैपटक मन्त्री भइसक्नुभएको छ । भारतीय केन्द्रीय राजनीतिका प्रभावशाली व्यक्तित्व यादवसंग ऋषि धमलाले गर्नुभएको विशेष कुराकानीको प्रमुख अंशः
Q.
तपाईं नेपाल किन आउनुभएको हो ?
A.
नेपालमा भएको जनआन्दोलन पृथक र ऐतिहासिक छ । आन्दोलनको बलबाट संविधानसभा चुनाव सम्पन्न भई निर्वाचित सरकार बन्यो । माओवादी अध्यक्ष प्रचण्डको नेतृत्वमा बनेको सरकारलाई सफलताको शुभकामना दिन म नेपाल आएको हुं ।
Q.
प्रधानमन्त्री प्रचण्डबारे तपाईंको धारणा के छ ?
A.
  प्रधानमन्त्री प्रचण्डका सामु धेरै चुनौती छ ।
Q.
के के चुनौती छ ?
A.
  नेपालका सामु धेरै चुनौती छन् । सेनाको समायोजन प्रमुख चुनौती छ । प्रशासनलाई चुस्त दुरुस्त बनाउनुपर्ने देखिन्छ । सबै दलहरुलाई साथमा लिएर लोकतान्त्रिक नेपालको नयां संविधान निर्माण गर्नुपर्ने छ । सदीऔं पछिको अवस्थालाई बुझेर आउदो पिढीका लागि संविधान बनाउनु सानो चुनौती होइन । प्रचण्ड स्वयं संर्घष्ानै संर्घष्ाबाट निस्कनुभएको हो । उहां हरेक मान्छेको चाहना र पीडा बुझ्नुहुन्छ । संघर्षबाट आएको व्यक्तिले जनता र्समर्थन लिन सक्छ । मलाई लाग्छ प्रचण्डजीले सबैलाई समेटेर अगाडि बढ्नसक्नुहुनेछ ।
Q.
प्रचण्ड सफल प्रधानमन्त्री बन्नुहोला ?
A.
  प्रचण्डजी राजनीतिक व्यक्तित्व हुनुहुन्छ । उहांले धेरै कुरा बुझ्नुभएको छ । सबै कुराका जानकार भएकाले उहां सफल हुनुहुनेमा म आशावादी छु ।
Q.
प्रचण्डजी व्यक्तिगत रुपमा कस्तो लाग्छ ?
A.
  प्रचण्डजीले जिम्मेवारी र चुनौती बुझ्नुभएको छ । मैंले उहांसंग भेट्दा आफूसामु धेरै चुनौती रहेको भन्नुभयो । जो व्यक्ति आफ्ना सामु चुनौती छ भन्ने महशुश गर्छ, जिम्मेवारीबोध गर्छ उसले त्यसको सामना गर्छ र जिम्मेवारी पूरा गर्छ । उहां सफल प्रधानमन्त्री बन्नुहुनेछ ।
Q.
भारतले प्रचण्डलाई सहयोग गर्छ कि गर्दैन ?
A.
प्रचण्डलाई विगतदेखि पूरापूर सहयोग रहदैआएको थियो । भविष्यमा पनि पूरापूर सहयोग गर्छ ।
Q.
भारतीय प्रधानमन्त्री मनमोहन सिंहबाट पनि सहयोग रहन्छ ?
A.
  नेपालबारे प्रधानमन्त्री मनमोहन सिंहसंग मेरो पांचपटक कुरा भएको छ । मेरो र मनमोहन सिंहको नेपाललाई सहयोग गर्ने दृष्टिकोणमा कुनै फरक छैन । प्रधानमन्त्री प्रचण्डलाई पनि भारत र भारतीय जनताको पूरापूर सहयोग हुन्छ ।
Q.
नेपालमा राजतन्त्रको बर्हिगमनलाई भारतले कसरी हेरेको छ ?
A.
नेपालमा शान्तिपूर्ण रुपमा क्रान्ति सम्पन्न भएको छ । यस्तो घटना विश्वमा पहिलोपटक भएको छ । रक्तपातविहिन क्रान्तिले विश्वलाई आर्श्चर्यचकित भएको छ । विश्वले नेपालबाट पाठ सिक्नुपर्छ । नेपालमा शक्तिहस्तान्तरण शान्तिपूर्ण रुपमा हुनु ठूलो विषय हो ।
Q.
प्रचण्डलाई भारत बोलाउनुभएको हो ?
A.
प्रधानमन्त्री मनमोहन सिंहले नेपालका नवनिर्वाचित प्रचण्डलाई भारत भ्रमणको निम्तो पठाउनुभएको छ । हामीले त्यो पत्र प्रचण्डलाई दिएका छौं । उहांले उपयुक्त समयमा भारत आउने बताउनुभएको छ । हाम्रो पार्टर्ीी तर्फाट पनि निम्तो दिएका छौं ।
Q.
नेपाली कांग्रेसका सभापति गिरिजाप्रसाद कोइरालाले तपाईंसंगको भेटमा के भन्नुभयो ?
A.
  ऋषिजी, तपाईं चलाख पत्रकार हुनुहुन्छ । सबै कुरा म तपाईंलाई भन्न सक्दिन । मैंले एउटा महत्वपूण्ा कुरा भनेको छु । संविधान निर्माणमा पूरापूर सहयोग रहनुपर्छ भनेको छु । स्टेट्स्म्यानका रुपमा परिचित हुनुभएकाले कोइरालाको अभिभावकत्व रहनुपर्छ भनें ।
Q.
नेपालमा गिरिजाप्रसाद कोइरालाको भूमिका के हुनसक्छ ?
A.
  गिरिजाप्रसाद कोइराला पितासमान हुनुहुन्छ । सबै दलहरुले त्यसलाई मनन गर्नुपर्छ ।
Q.
माओवादीले सत्तामा पुगेपछि पनि विधिविपरितको काम गर्छ भन्ने आरोप लाग्दै आएको छ नि ?
A.
  म यो कुरा मान्न तयार छैन । माओवादी लोकतान्त्रिक प्रणालीमा आइसकेको छ । ऊ लोकतन्त्रविरोधी हुनसक्दैन । प्रचण्डजी भारत भ्रमणमा आउनुहुदा पनि मैंले जनताको र्समर्थन भएकाले अघि बढ्नुहोस् भनेको थिएं । नयां दिल्लीमा मसंगको उहांले आफू मार्क्सवादी मात्र नभएको भन्नुभयो । उहांले भारतका समाजवादी नेताहरुदेखि बुद्धको बारेमा पनि जानकारी हासिल गरेको बताउनुभयो । उहांले गान्धी, लोहिया र जयप्रकाशको दर्शनबाट पनि प्रभावित भएको बताउनुभयो । उहांले मार्क्सवादीबाहेकका दार्शनिकबाट पनि धेरै कुरा लिने बताउनुभयो ।
Q.
कोशीबांध फुटेर हजारौं जनता प्रभावित भएकोमा तपाईंहरु के गरिरहनुभएको छ ?
A.
  कोशीबांघ फुटेको घटनाबाट म निकै दुःखी छु । मलाई असाध्यै अप्ठ्यारो परेको छ । समयमै पुननिर्माण नगरेकाले विपत्ति आइपुग्यो । केन्द्र सरकार सुत्दा अहिलेको अवस्था आयो । विहारका हाम्रा मान्छेहरुले टुटेको बांध निर्माण गर्न खोज्दा प्रशासनले अनुमति दिएन । एकजना एसपी थिए जसले अनुमति नभएको बताए । मैंले भनेपछि निर्माणका लागि जानलाग्दा बांध फुटेको स्थानका जनताले नारावाजी गरेर रोके । यो समस्या समाधानका लागि भारत र नेपाल गम्भीर भएर लाग्नुपर्छ ।
Q.
हजारौं विस्थापित हुदा पनि दीगो समाधानका लागि किन दुवै देशका सरकार गम्भीर नभएको ?
A.
दुवै देशको बीचमा गम्भीर छलफल हुनुपथ्र्यो, नहुनु दुःखद हो । समस्या समाधान गर्न दुवै देश एकसाथ मिलेर जानुपर्नेमा भएन । अब दुवै देश मिलेर समस्या समाधानमा जानुपर्छ ।
Q.
पानीको व्यवस्थापन कसरी गर्ने ?
A.
  पानीको व्यवस्थापननै नेपालको सबैभन्दा ठूलो शक्ति हो । नेपालमा आर्थिक क्रान्तिनै पानीले गर्छ ।
Q.
बांध फुटेको विषयमा भारत सरकारसंग कुरा गर्नुहुन्छ ?
A.
  अवश्य पनि कुरा गर्छु प्रधानमन्त्री मनमोहन सिंह देखि सरकारका जिम्मेवार मन्त्रीहरुसंग कुरा गर्छु लाखौं करोडौं जनता प्रभावित भएको घटनामा कोही पनि चुप लागेर बस्न मिल्दैन । फुटेको बांधलाई पुननिर्माण गर्नुपर्छ । मैंले नेपालका प्रधानमन्त्री प्रचण्डसंग कुरा गरी बांधको विषयमा भारतको केन्द्रीय सरकारसंग छलफल गर्नुपर्छ भनेको छु ।
Q.
समस्या समाधानको उपाय के ?
A.
  अहिलेसम्म काम नहुनु दुभाग्यपूर्ण हो । दुवै देशको सरकार जिम्मेवार रुपमा प्रस्तुत भएर काम गर्नुपर्छ ।
Q.
नेपालमा उठेको संघीयताको विषयमा के भन्नुहुन्छ ?
A.
विश्वनै संघीयतामा गइसकेको छ । नेपाल त्यसबाट अछूतो हुनसक्दैन । संघीयता नभएको राज्य सायदै होला । नेपालमा संघीयताको विकल्प छैन । त्यसको विकल्प खोजिए अनर्थ हुन्छ ।
Q.
एक मधेश एक प्रदेश किन ?
A.
यसमा धेरै समस्या छ । आर्थिक विषय प्रमुख हो । प्रदेशका बारेमा आर्थिक विषयलाई जोडेर सोच्नर्ुपर्छ । कर उठाउने, विधिको शासनको कार्यान्वयनलाई गम्भीरतापूवक हेरेर प्रदेशको टुंगो लगाउनुपर्छ । नेपालको भौगोलिक बनावट अलगअलग छ । पहाड, तर्राई र हिमाल छ । सबै स्थानको समस्या अलग अलग छ ।
‹‹ Back
Latest Video
IME
Civil Homes
जिल्ला समाचार
उदयपुरमा एक बालिकाको उद्धार
[January 03 2011]
उदयपुर २० पुस । बिभिन्न प्रलोभन देखाई एक बालिकालाई काठमाण्डौतर्फ लैजादै गरेका खोटाङका डिल्ली खत्रीलाई प्रहरीले गाईघाट बजारबाट पक्राउ गरेको छ । उदयपुरको हडिया गाविस
सबै हेर्नुहोस् ››
Dish Nepal
hometv
Galaxy Public School
Bajaj XCD
Oil Corporation
utl ad
Manakamana Temple
Tara Air
OM HOSPITAL
Guna Colony
Akhadya
Real
Kist Bank
Himalayan Bank
Prime Bank
Citizens Bank
CFL Bulb
NIBL
Copyright © Reporters Nepal. 2007 - 2012. All rights reserved.