REPORTERSNEPAL.COM
A BILINGUAL NEPALESE NEWS PORTAL PRESENTATION OF REPORTERS CLUB NEPAL IN
ASSOCIATION WITH RADIANT INFOTECH NEPAL
NEWS CATEGORY

Face to Face
Rishi Dhamala with  Mohan Baidhya, Kiran

जनगणतन्त्र अवश्य आउँछ — मोहन पोखरेल (वैद्य), नेता– नेकपा (माओवादी) माओवादीका वरिष्ठ नेता मोहन वैद्य प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका समेत गुरु हुनुहुन्छ। नामको पछाडि 'वैद्य' लेखेपनि उहाँ वास्तवमा नेवार नभएर ब्राम्हण कूलका (पोखरेल) हुनुहुन्छ। बाहुन बाहुले वैद्यको काम गर्ने हुँदा उहाँले पनि थर वैद्य लेख्न थाल्नु भएको हो । उहाँ व्यवहारिकभन्दा सिद्धान्तप्रति अडान लिने नेताको कम्युनिष्ट आन्दोलनका शिर्ष व्यक्तित्व उहाँले नेपालमा जनगणतन्त्र स्थापना हुनुपर्छ भन्ने पक्षमा सशक्त रुपमा लागिरहनुभएको छ। पाका र इमान्दार कम्युनिष्ट नेता मोहन वैद्यसंगको कुराकानीको मुख्य अंशहरु:
Q.
पोर्टफोलियोको विवाद समाप्त भएको हो?
A.
विवाद छैन। कुरा मिलिसकेको छ।
Q.
कसरी कुरा मिलाउनुभयो?
A.
हामीले एमाले नेता वामदेव गौतमलाई सरकारमा दोस्रो मर्यादाक्रममा राखेर कुरा मिलायौं। प्रधानमन्त्री अध्यक्ष कमरेडलाई जिम्मा दिएका छौं। उहांको निर्णय हामीलाई स्वीकार्य छ।
Q.
वामदेवलाई दोस्रो र डा.भट्टराईलाई तेस्रो स्थानमा राख्दा तपाईंलाई चित्त बुझ्यो?
A.
प्रधानमन्त्री र पार्टी अध्यक्षले गरेको निर्णय नमान्ने कुरै आउदैन। उहांले जे गर्नुभएको छ ठिक गर्नुभएको छ।
Q.
तपाईंलाई वामदेव र बाबुराममा को प्रिय?
A.
त्यो कुरा छाड्नुहोस्। यो त अप्ठ्यारो कुरा हो। यहां प्रीयको सवाल भएन। सरकारमा बस्ने कि नबस्ने भन्ने सवाल भएपछि त गांठो फकाउनै पर्‍यो। कुरा मिलाउन हामीले अध्यक्ष कमरेडलाई जिम्मा दिएका हौं। उहांको निर्णय स्वीकार्य छ।
Q.
उपप्रधानमन्त्री नै तीनजना हुनेभयो नि?
A.
ठिकै छ। यसमा मेरो कुनै आपत्ती छैन।
Q.
समिकरण दीगो बनाउन वामदेवलाई दोस्रो स्थान दिनुभएको हो?
A.
हामीले देशको समग्र अवस्थालाई विश्लेषण गर्‍यौं। हामीले पदलाई त्याग्दै आएका छौं। कतिपय अवस्थामा त्यागको भावना पनि देखाउनुपर्छ। स्टेट्स्म्यानशिप पनि त देखाउनुपर्‍यो। को नजिक भन्दा त हाम्रो लागि कमरेड बाबुराम भट्टराईनै नजिक हुनुहुन्छ।
Q.
बाबुराम नजिक भन्दा भन्दै किन वामदेवलाई दोस्रो स्थान छाडिदिनुभएको हो?
A.
यो तर्क नै भएन। त्यस्तो कुरा गर्ने हो भने हामीले सबै मन्त्रालय लिएको भए त भइहाल्थ्यो नि। हामीले लिन नचाहेको हो र? आवश्यकता र परिस्थितिले यस्तै अवस्था आइपुग्यो।
Q.
वामदेवलाई दोस्रो स्थान दिनुपर्ने आवश्यकता थियो?
A.
वामदेवलाई दोस्रो स्थान दिनुको विकल्प नै रहेन।
Q.
डा.बाबुराम भट्टराई त बेखुशी हुनुहुन्छ नि?
A.
उहां बेखुशी हुनुहुन्न। उहां खुशीनै हुनुहुन्छ।
Q.
डा.भट्टराई प्रचण्डपछिको नेता होइन र?
A.
हो त हो डा.भट्टराईलाई हामीले सेकेण्डम्यान त मानेकै छौं। के गर्ने त नि? नेतै हो। पार्टीको सबै हो।
Q.
पार्टीभित्र प्रचण्डपछिको नेता तपाईं पनि भन्छन् नि?
A.
हाम्रो पार्टीमा यो र ऊ भन्ने हुदैन। संसदीय व्यवस्थामा मात्र यो र ऊ हुन्छ। क्रान्ति गर्दा हामीमा मर्यादाक्रम भन्ने कुरा नै थिएन। संसदीय व्यवस्थामा प्रवेश गरेपछि के के हुदोरहेछ के के? हामीले धैरै कुरा थाहापाउनथालेका छौं।
Q.
पोर्टफोलियोका कारणले झण्डै सरकार ढलेको होइन?
A.
त्यो त बचाउनुपर्‍यो। बुद्धि पुर्‍याउनुपर्‍यो नि। पोर्टफोलियो समस्या थियो, हामीले हल गरेका छौं।
Q.
बाबुराम भट्टराईले त कसैको अण्डरमा बस्दिन भन्नुभएको थियो नि?
A.
पार्टीको अण्डरमा हामी सबै बस्नुपर्‍यो नि। पार्टीभन्दा ठूलो कोही पनि छैन। अध्यक्ष पनि पार्टीभन्दा ठूलो हुनुहुन्न।
Q.
यो सरकारको आयु कति हो?
A.
यो सरकारलाई सबैको सहयोग भयो भने पूरा कार्यकाल रहन्छ। सबैको सहयोग रहनुपर्‍यो नि। सबैको सहयोग भएन भने एकछिन पनि रहदैन।
Q.
सरकारलाई माओवादीभित्रैबाट खतरा छ रे नि?
A.
माओवादीभित्रबाट यो सरकारलाई कुनै खतरा छैन। आफ्नो सरकारलाई टिकाउन र सफल बनाउन हामी सधै सक्रिय हुनेछौं।
Q.
सरकारलाई कहां कहांबाट खतरा छ?
A.
यो सरकारलाई गठबन्धनका अन्य दलहरुबाट खतरा छ। सहयोगी दलहरुको बीचमा अलिकति मनमुटाव भयो र एकता हुन सकेन भने पनि खतरा छ। आन्तरिक खतरा पनि त हुनसक्छ। आन्तरिक पंक्ति मिल्यो भने त सरकारले निश्चित रुपमा आफ्नो अवधि पूरा गर्छ।
Q.
माओवादीमा पनि सुविधाभोगीहरु बढेका छन् नि?
A.
हामी देश र जनताका लागि केही गरौं भनेर सरकारमा जान खोजेका हौं। हामी खानैका लागि सरकारमा जान लागेका होइनौं। यो सरकारलाई सबैको सहयोग हुनुपर्‍यो।
Q.
तपाईंहरुको प्राथमिकता भारत कि चीन?
A.
हाम्रो कोही पनि प्राथमिक छैनन्। हामी समदूरीको सम्बन्ध बनाउछौं। देशको लागि जसले राम्रो गर्छ उसैसंग राम्रो सम्बन्ध हुन्छ।
Q.
तपाईं पार्टीको कार्यवाहक अध्यक्ष कहिले बन्नुहुन्छ?
A.
हाम्रो केन्द्रीय समितिले मान्नुपर्छ। आफूले कार्यवाहक अध्यक्ष भइन्छ र। पार्टीले जिम्मेवारी दिएमा गर्ने कुरा भइहाल्यो नि। जिम्मा दिने नदिने पार्टीको कुरा हो। म एउटा व्यक्तिले भन्ने कुरा होइन। पार्टीले जिम्मा दिएमा काम गर्न तयार छु। यो चाहिन्छ ऊ चाहिन्छ भन्दिन।
Q.
तपाईं अध्यक्ष भएर पार्टी चलाउन सक्नुहुन्छ?
A.
पार्टीले जिम्मेवारी दिएमा सोच्ने कुरा हो। मलाई जिम्मेवारी दिनैपर्छ भन्ने कुरा भएन। मलाई दिनेभएमा केन्द्रीय समितिले कुरा गर्छ। पार्टीलाई कसरी अगाडि लैजाने भनेर हाम्रो कार्यविभाजन हुन्छ।
Q.
तपाईंले सभासदबाट किन राजीनामा दिनुभयो?
A.
आन्तरिक कुरा त हुन्छ। बाहिर के के कुरा आउछ म भन्न चाहन्न। सरसल्लाह त हुन्छ नि।
Q.
बाबुराम भट्टराईले कसैलाई पनि कार्यवाहक अध्यक्ष दिनुपदैन भन्नुभएको छ नि?
A.
मलाई कार्यवाहक अध्यक्ष नदिए पनि केही आपत्ती छैन। नदिए झन् राम्रो।
Q.
तपाईं र बाबुराम भट्टराईबीचको द्वन्द्व छताछुल्ला भयो भन्छन् नि?
A.
त्यस्तो होइन। हाम्रो राम्रो सम्बन्ध छ। हामीबीच एकता संघर्ष भन्ने कुरा स्वाभाविक हो। पार्टीमा बहस र छलफल हुनु राम्राे कुरा हो।
Q.
नेपालमा जनगणतन्त्र कहिले आउंछ?
A.
जनगणतन्त्र हाम्रो लक्ष्य हो। त्यो अवश्य आउंछ।
‹‹ Back
Latest Video
IME
Civil Homes
जिल्ला समाचार
उदयपुरमा एक बालिकाको उद्धार
[January 03 2011]
उदयपुर २० पुस । बिभिन्न प्रलोभन देखाई एक बालिकालाई काठमाण्डौतर्फ लैजादै गरेका खोटाङका डिल्ली खत्रीलाई प्रहरीले गाईघाट बजारबाट पक्राउ गरेको छ । उदयपुरको हडिया गाविस
सबै हेर्नुहोस् ››
Dish Nepal
hometv
Galaxy Public School
Bajaj XCD
Oil Corporation
utl ad
Manakamana Temple
Tara Air
OM HOSPITAL
Guna Colony
Akhadya
Real
Kist Bank
Himalayan Bank
Prime Bank
Citizens Bank
CFL Bulb
NIBL
Copyright © Reporters Nepal. 2007 - 2012. All rights reserved.