ऋषि धमला with सीताराम यचुरी
प्रभावशाली भारतीय नेता एवं सांसद यचुरीले नेपालको लोकतान्त्रिक आन्दोलनमा महत्वपूण् योगदान पुर्याउनुभएको छ । भारतीय प्रधानमन्त्री डा. मनमोहन सिंहलगायत सत्तारुढ गठबन्धनका दलहरुको सल्लाहमा लोकतन्त्र दिवसका अवसरमा तीनदिने नेपाल यात्रा सकेर उहाँ स्वदेश फर्किसक्नुभएको छ । आठ दलको एकताका निम्ति कोसेढुंगा बन्न सफल यचुरीसित नेपालमा रहँदा ऋषि धमलाले गरेको विशेष कुराकानीको अंश
Q.
तपाईं नेपाल कसको निमन्त्रणामा आउनुभएको हो ?
A.
म प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको मैत्रीपूण् निमन्त्रणामा आएको हुँ । २०६२-६३ को जनआन्दोलनको ऐतिहासिक सफलतापछि नेपालमा लोकतन्त्र स्थापना भयो । यसको वाषिर्कोत्सव पारेर म आएको हुँ ।
Q.
केका लागि आउनुभयो ?
A.
लोकतन्त्रको एक वर्ष नेपालमा धेरै महत्वपूण् काम भएको छ । अन्तरिम सविधान, अन्तरिम संसद र अन्तरिम सरकार बनेको छ । यति छिटो विश्वमा कतै पनि परिवर्तन भएको छैन । यो विश्वकै निम्ति उदाहरण हो । तर, विभिन्न कारणले संविधानसभा निर्वाचन समयमा हुन सकिरहेको छैन । यसबारे सरकार, दलहरु र नेताहरुसित छलफल गर्न आएको हुँ ।
Q.
तर, राजालाई बचाउन आएको भन्ने आरोप लागेको छ नि ?
A.
यो सरासर गलत हो । म कसैलाई बचाउन आएको होइन । राजाको सक्रिय शासनमा आउँदा हामीविरुद्ध कालो झण्डा देखाएर, ढुंगामुढा गरी अप्रिय नारा लगाइएको सबैलाई थाहा छ । त्यो आरोप एकदमै पूवाग्रही छ । नेपाली जनता आप\\mनो निर्ण्र्ाा आफैं गर्न सक्छन् । कसलाई राख्ने, कसलाई फाल्ने मेरो भारतको वशमा छैन ।
Q.
भारत त सेरेमानियल राजाका पक्षमा छ भनिन्छ नि ?
A.
यसमा पनि सत्यता छैन । भारत नेपाली जनताको जस्तोसुकै निर्ण्र्ााको स्वागत गर्छ । नेपालको जनमतलाई भारत सम्मान गर्छ । सेरेमानियल राजाका पक्षमा कोही छ जस्तो मलाई लाग्दैन ।
Q.
नेपालको जनमत कसको पक्षमा छ त ?
A.
राजतन्त्रका बारेमा निर्ण्र्ाा गर्ने अधिकार नेपाली जनताको हातमा रहेको छ । राजतन्त्रको निर्ण्र्ाानेपाली जनताले भनेबमोजिम होस् भन्ने भारतको चाहना छ । भारतले सदैव नेपालमा दिगो शान्ति र लोकतन्त्रको संस्थागत विकास चाहेको छ । नेपाली जनमत लोकतन्त्रको पक्षमा छ, लोकतान्त्रिक गणतन्त्रको पक्षमा छ । द्वन्द्व समाधानमामात्र होइन, आर्थिक अभिवृद्धिलगायत संविधानसभा निर्वाचन छिटो सम्पन्न गराउन भारत हरतरहको सहयोग गर्छ ।
Q.
नेपाल गणतन्त्रको पक्षमा जानुपर्छ या पर्दैन ?
A.
नेपालमा कुन किसिमको शासन प्रणालीमा जानुपर्छ भन्ने कुरा भारतले तय गर्ने कुरा होइन । भारत नेपालको ठूल्दाइ हो भन्ने धारणा पुरानो भइसक्यो । उनीहरु जुम्ल्याहा दाजुभाइजस्ता भइसकेका छन् । नेपालमा गणतन्त्र आउँदा पनि भारतलाई आपत्ति छैन । त्यसमा भारतको पूण्ा सहयोग र र्समर्थन रहन्छ ।
Q.
गणतन्त्र कसरी ल्याउने - जनमतसंग्रह, संसद घोषणा या संविधानसभा निर्वाचनबाट ?
A.
गणतन्त्रको आप\\mनै विधि र प्रक्रिया हुन्छन् । राष्ट्रिय सहमति बनाएर निश्चित लोकतान्त्रिक प्रक्रियामा जानर्ुपर्छ । आठ दल या नेपाली जनताको सहकार्य र समझदारीमा तय हुने कुरामा मैले टिप्पणी गर्नु आवश्यक छैन ।
Q.
प्रधानमन्त्री त संविधानसभा निर्वाचन नै भनिरहनुभएको छ नि ?
A.
संविधानसभा निर्वाचनप्रति प्रधानमन्त्री प्रतिबद्ध हुनुहुन्छ । उहाँ छिटोभन्दा छिटो गराउने प्रयत्न गरिरहनुभएको छ । मलाई लाग्छ, अव केही दिनमा मिति घोषणा हुन्छ । तीन दिन नेपाल रहँदा मैले प्रधानमन्त्रीसित पटकपटक भेटं । नेपालमा संविधानसभा निर्वाचन कसैले र्टार्न सक्दैन । भारतीय जनता नेपालमा संविधानसभाको निर्वाचन होस् भन्ने चाहन्छन् । संविधानसभा निर्वाचनका लागि भारतीय जनताको साथ विगतमा पनि थियो र भविष्यमा पनि रहनेछ ।
Q.
प्रधानमन्त्रीसित तपाईंका के के कुरा भए ?
A.
वार्ता समसामयिक घटनामा केन्द्रित रह्यो । आठ दलको एकता, संसद, शिविर व्यवस्थापन, संविधानसभा निर्वाचनबारे कुराकानी भयो । उहाँले आठ दलको एकता दिगो राख्ने, छिटो बैठक बोलाएर मिति घोषणा गर्न तयार रहेको बताउनुभएको छ ।
Q.
तपाइंले केही सुझाव दिनुभयो कि ?
A.
भारत अहिले नेपालको सहयोगी मात्र हो । भारतले निर्देशन दिने होइन । आठ दलको द्वन्द्व न्युनीकरण आवश्यक छ । १२ बुँदे दिल्ली समझदारीदेखि सुरु भएको एकता अझै आवश्यक छ ।
Q.
प्रधानमन्त्री र तपाईंबीच गोप्य समझदारी भयो भन्ने चर्चा छ, त्यो के हो र किन भयो ?
A.
प्रधानमन्त्री कोइराला र मेरो समझदारी खुला किताबजस्तै हो । भारतले लुकाएर कुरा गर्नुपर्दैन । प्रधानमन्त्रीको प्रतिबद्धतामा म शंका गर्न चाहन्न ।
Q.
समयमै संविधानसभा गराउन नसकेको भन्दै प्रधानमन्त्रीको विकल्प खोज्ने प्रयत्न भइरहेका छन्, तपाई के भन्नुहुन्छ ?
A.
कोइराला आठ दलको समझदारीअनुसार प्रधानमन्त्री बन्नुभएको हो । उहाँ आठ दलको सहमतिमा अघि बढिरहनुभएको छ । यो अस्थिरता र विभाजनको समय हुँदै होइन । अन्तरिम सरकार संविधानसभा निर्वाचन गराउन बनेको हो । सानातिना विवादले एकता टुक्रिनुहुँदैन । असमझदारी हटाउँदै लक्ष्यमा पुग्नुपर्छ । कोइरालाको विकल्पबारे मलाई थाहा छैन ।
Q.
प्रचण्ड र माधव नेपालसित तपाईंको के कुरा भयो ?
A.
नेपालका वामपन्थी अहिले शक्तिशाली छन् । यो स्वाभाविकै हो । दुवै नेता गम्भीर भएर लाग्नुभएको छ । प्रचण्ड संविधानसभा निर्वाचनअघि संसदबाट गणतन्त्र घोषणा गर्न चाहिरहनुभएको छ । राजतन्त्रले चलखेल गरिरहेको प्रचण्डको भनाइ छ । जनमतसंग्रहबाट जानुपर्ने माधव नेपालको धारणा पाएँ ।
Q.
इयान मार्टिनसित तपाईंको के कुरा भयो ?
A.
शान्ति प्रक्रिया जारी छ । हतियार व्यवस्थापन र प्रमाणीकरण भइसकेको छ । राष्ट्रसंघका नेपालस्थिति मिसन प्रमुख इयान मार्टिनस\"ग चितवनको जुटपानीस्थित माओवादी शिविर अवलोकन भ्रमण गरें । चितवनको जुटपानी शिविर व्यवस्थापन कमजोर छ । झण्डै छ हजार माओवादी सेना रहेको शिविरमा राम्रो व्यवस्थापन भएको देखिएन । हुरी र पानीले शिविरमा लडाकु दयनीय अवस्थामा बसिरहेका छन्।
Q.
दुइ कांग्रेस एकताको सम्भावना कस्त्ाो देख्नुभयो ?
A.
नेपालमा लोकतान्त्रिक र गणतान्त्रिक शक्ति एकता आवश्यक छ । कांग्रेस पनि एकताको तरखरमा रहेको मैले पाएको छु ।
Q.
तपाईं सबै कम्युनिस्टलाई एक बनाउन नेपाल आउनुभएको होइन ?
A.
हेर्नोस्, भारतमा त हामीले वामपन्थीलाई एक बनाउन सकिरहेका छैनौं भने नेपालमा कसरी सकौंला - एमाले र माओवादीबीच एकताका लागि भइरहेको पहल सकारात्मक छ । नेपालका सम्पूण् वामशक्ति एक भए पूरै दक्षिण एसियामा राम्रो सन्देश जानेछ । तर, नेपालमा लोकतान्त्रिक र गणतान्त्रिक शक्तिको एकता आवश्यक छ ।
Q.
तर्राईको समस्या कसरी समाधान होला ?
A.
मधेसीसँग भारतको गहिरो र भावनात्मक सम्बन्ध छ । तर, समस्याको समाधान नेपाल सरकारले नै गर्ने हो । संवाद सुरु हुनु सकारात्मक पक्ष हो । वार्ताबाटै समाधान खोजिनुपर्छ । दुइ देशबीचको खुला सीमाका कारण केही समस्या आएको छ । त्यसमा भारत संवेदनशील छ ।
Q.
भारत नेपालमा के चाहन्छ ?
A.
समृद्ध लोकतान्त्रिक गणतन्त्र नेपाल बनाउने अभियानमा भारतको पूण् र्समर्थन छ । भारत सवै क्षेत्र र पक्षको सहभागितासहितको लोकतान्त्रिक व्यवस्थाको संस्थागत विकास चाहन्छ । भारत नेपालमा लोकतान्त्रिक शक्तिको एकता र समझदारी दिगो होस् । नयाँ परिवेशमा अघि बढिरहेको नेपाललाई भारत निस्वार्थ सहयोग गर्न चाहन्छ ।
Q.
तपाईं कसको प्रतिनिधिका रुपमा नेपाल आउनुभएको हो ?
A.
म भारतीय जनता, भारत सरकार र कम्युनिस्ट पार्टीको प्रतिनिधित्व गर्दै आएको हुँ ।असल छिमेकीको नाताले केही योगदान गर्न नेपाल आएको हुँ ।
Q.
तपाई नेपालमा सबैको प्रिय हुनुभयो किन ?
A.
यो नेपाली जनताको सद्भावना र प्रेम हो । आठ दल र लोकतान्त्रिक शक्तिले गरेको सम्मानमा म निकै खुसी छु । नेपाली जनताले दिएको माया र सम्मान सदैव सम्भिmरहनेछु । यसबाट मलाई भारतमा रहेर पनि नेपाल र नेपालीको हितमा काम गरिरहने प्रेरणा मिलेको छ ।