REPORTERSNEPAL.COM
A BILINGUAL NEPALESE NEWS PORTAL PRESENTATION OF REPORTERS CLUB NEPAL IN
ASSOCIATION WITH RADIANT INFOTECH NEPAL
NEWS CATEGORY

Face to Face
Rishi Dhamala with  KP Sharma Oli

सरकार जहिले पनि ढल्न सक्छ, केपी शर्मा ओली, वरिष्ठ नेता, एमाले
Q.
सरकारको नीति तथा कार्यक्रम कस्तो लाग्यो?
A.
नीति र कार्यक्रम औपचारिकताको निर्वाह, समग्र रुपमा परम्परागत छ। विगतका सन्धी सम्झौताको पालना नगर्ने प्रतिवद्धता र पालना नगर्ने कुरा प्रकारान्तरले बताएको छ। सरकारमा नयांपन केही छैन।
Q.
एमालेको दृष्टिकोण र सहमतिअनुसार कार्यक्रम नआएको हो?
A.
कसको के सहमति छ छैन भन्ने कुरा होइन। देश र जनता, लोकतन्त्र र शान्ति प्रक्रियाको निम्ति के योगदान हुन्छ भन्ने कोणबाट यसलाई हेनुपर्छ। समग्र रुपमा त्यसप्रति स्पष्ट देखिदैन।
Q.
नीति तथा कार्यक्रम देश र जनताको लागि काम लाग्दो छ त?
A.
केही, केही कुरा काम लाग्ने छ। माओवादीले नेतृत्व गरेको सरकारले प्रतिष्पर्धात्मक राजनीतिक प्रणाली, आवधिक निर्वाचनको ग्यारेन्टी, मानवअधिकार, स्वतन्त्र न्यायालय आदि विषयको प्रत्याभूति दिन खोजेको छ।
Q.
जनयुद्धलाई स्थापित गर्न खोज्यो भन्ने आरोप छ नि?
A.
जनयुद्धको विषयबारे उल्लेख गर्नुपर्ने माओवादीको वाध्यता हुनसक्छ। एकातर्फ जनयुद्धलाई हाइलाइट गर्न खोजिएको छ भने अर्कोतर्फ ऐतिहासिक जनआन्दोलनको सरकार...अवमूल्यन गर्न खोजिएको छ। लोकतन्त्रका आधारभूत विषयमा प्रतिवद्धता पनि छ।
Q.
नीति तथा कार्यक्रमको नकारात्मक पक्ष के छ?
A.
सहमतिहरुको उल्लंघन गरिएको छ। माओवादीले प्रचारात्मक कार्यक्रम ल्याउन खोजेको छ। सेनाको सम्बन्धमा निष्पक्षताको कुरा गरेपनि सेनामा जनसेनालाई समायोजन गर्न खोज्ने जस्ता विवादास्पद विषय उठाइएको छ।
Q.
यो सरकार राष्ट्रिय सरकार हो?
A.
सरकार राष्ट्रिय सरकार होइन। माओवादीलाई राष्ट्रिय सरकार भन्ने रहर लागेको होला। माओवादीले राष्ट्रिय सरकार बनाउने रहर भएको भए नेपाली कांग्रेसलाई सरकार बाहिर राख्नेनै थिएन नि। प्रतिपक्षीमा कांग्रेसलाई पुर्‍याउने अनि राष्ट्रिय सहमतिको सरकार भन्ने?
Q.
यो सरकारलाई के भन्ने?
A.
यो सरकार अराष्ट्रिय सरकार भने होइन। राष्ट्रिय सहमतिको सरकार पनि होइन। यसलाई समग्रमा संयुक्त सरकार भने हुन्छ।
Q.
यो सरकारको आयु कति हो?
A.
यो सरकार जहिलेपनि ढल्न सक्छ। पुरै टिक्यो भने दुई वर्ष टिक्छ। नराम्रो काम गर्‍यो भने सरकार ढल्छ।
Q.
एमालेले सहमतिअनुसार काम नभए सरकारबाट समर्थन फिर्ता लिन्छ?
A.
 नराम्रो काम गरेमा अवश्य पनि समर्थन फिर्ता लिन्छ। माओवादीलाई सोध्नुहोस् कि कहिले सम्म नराम्रो काम गर्छ।
Q.
माओवादीले सम्झौता उल्लंघन गर्ने काम गरेको छ भन्नुभएको छ नि?
A.
माओवादीले समय समयमा सम्झौता उल्लंघन गर्ने गरेको छ। हामी भूलसुधार गरोस् भन्ने चाहन्छौं। गरेन भने गम्भीर परिणाम भोग्न तयार भए हुन्छ।
Q.
माओवादीले गतिविधि सुधार गरिरहेको छ?
A.
माओवादी गतिविधि सुधार्ने क्रममा छ। सुध्रेन भने जनताले उसलाई ठेगान लगाउनेछन्। भ्यागुतो उफ्रेको जसरी परिवर्तन हुनेकुरा पनि त भएन नि।
Q.
भारत भ्रमणका क्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले के के एजेण्डा उठाउनुपर्छ?
A.
प्रचण्डजीले मुसुक्क मुस्काउनुपर्छ, यसो हात मिलाउनुपर्छ, राम्ररी बोलेर फर्कनुपर्छ।
Q.
सन् १९५० को सन्धि खारेजीको कुरा उठाउनुपर्दैन?
A.
प्रचण्डजीले के तयारी गर्नुभएको छ र सन्धि खारेजीको कुरा उठाउनुहोला। प्रचण्डजीको राष्ट्रवाद पनि देखिइसकेको छ नि। उहांले चीनबाट फर्केलगत्तै के भन्नुभयो सारा नेपाली जनताले सुनेकै कुरा हो।
Q.
सन्धि खारेज हुनुपर्छ कि पर्दैन?
A.
सन्धी खारेजीको विषय भारत भ्रमणसंग जोडिएको विषय नै होइन।
Q.
भ्रमणबाट नेपालले के आशा गर्ने?
A.
भारत भ्रमणबाट केही आशा गर्न सकिदैन। प्रचण्डजी भारतबाट खाली हात फर्कनुहुन्छ।
Q.
गिरिजाप्रसाद कोइरालाले त कुनैपनि सन्धी सम्झौता गर्न मिल्दैन भन्नुभएको छ नि?
A.
सन्धी सम्झौता गर्ने प्रश्नै आउदैन। यो सरकारले त्यसका लागि कुनै तयारीनै गरेको छैन। प्रधानमन्त्रीभएपछि हेर्न मान्छे आउंछन्। दुलही भएपनि मान्छेहरु हेर्नआउछन्, छरछिमेक र आफन्तलाई घुमाउन लान्छन्। उहांको भ्रमण त्यस्तै हो।
Q.
एमाले सरकारमा गएकोमा तपाईंलाई दुःख छ?
A.
छैन। किन दुःख हुने। एमालेले केही गरेर देखाउछ।
Q.
उपप्रधानमन्त्री तथा गृहमन्त्री वामदेव गौतमले डान्स रेष्टुरेन्ट बन्द गर्नु ठिक हो?
A.
कहां बन्द गर्न लगाउनुभएको छ? चाहिदो जति चल्छ नचाहिदो सबै बन्द हुन्छ। वामदेवजीले जे गर्नुभएको छ ठिक गर्नुभएको छ। मेरा पूर्ण समर्थन छ।
Q.
वामदेव र तपाईंको मोर्चाबन्दी भएको हो?
A.
शान्तिसुरक्षा चाहियो कि चाहिएन। शान्तिसुरक्षाका लागि सबै मिल्नुपर्छ। कस्तो र कसरी मोर्चाबन्दी हुन्छ भविष्यमा थाहापाउनुहुन्छ।
Q.
एमालेको आगामी महाधिवेशनमा तपाईं महासचिवका लागि उठ्ने कि नउठ्ने?
A.
महासचिवका लागि खडा हुने नहुने अहिले चर्चाको विषय नै होइन। जनता, देश र परिस्थितिको माग अनुसार पार्टी अगाडि बढाउनुपर्छ। सही विचार बोकेको, लोकतान्त्रिक, सुधारोन्मुख, जनता र देशका लागि लड्ने मान्छे नेतृत्वमा आउनुपर्छ।
Q.
एमाले र माओवादी मिल्दैन?
A.
कठैवरी। माओवादीसंग एमाले मिल्छ? उग्रवामपन्थीसंग मिल्दैन। जसले हत्याहिंसा छाडेको छैन ऊसंग कसरी मिल्ने? रामेछापमा हाम्रो पार्टीको कार्यकर्तालाई मरणासन्न हुने गरी कुटेको छ। त्यो अपराध हो। त्यस्तालाई कडाभन्दा कडा कारबाही गर्नुपर्छ।
Q.
एमाले र माओवादी एकता हुदै हुदैन?
A.
एमाले माओवादीको कहिले एकता सम्भव छैन। कार्यकर्ता पिटिदा पनि साथीहरुले किन यस्तो कुरा गर्नुभएको छ।
‹‹ Back
Latest Video
IME
Civil Homes
जिल्ला समाचार
उदयपुरमा एक बालिकाको उद्धार
[January 03 2011]
उदयपुर २० पुस । बिभिन्न प्रलोभन देखाई एक बालिकालाई काठमाण्डौतर्फ लैजादै गरेका खोटाङका डिल्ली खत्रीलाई प्रहरीले गाईघाट बजारबाट पक्राउ गरेको छ । उदयपुरको हडिया गाविस
सबै हेर्नुहोस् ››
Dish Nepal
hometv
Galaxy Public School
Bajaj XCD
Oil Corporation
utl ad
Manakamana Temple
Tara Air
OM HOSPITAL
Guna Colony
Akhadya
Real
Kist Bank
Himalayan Bank
Prime Bank
Citizens Bank
CFL Bulb
NIBL
Copyright © Reporters Nepal. 2007 - 2012. All rights reserved.