REPORTERSNEPAL.COM
A BILINGUAL NEPALESE NEWS PORTAL PRESENTATION OF REPORTERS CLUB NEPAL IN
ASSOCIATION WITH RADIANT INFOTECH NEPAL
NEWS CATEGORY

Face to Face
Rishi Dhamala with  Nitish Kumar

नेपाल र भारतको वास्तविक सम्बन्ध बुझ्न प्रचण्डजीलाई विहार आउनुहोस् भने- नितिशकुमार, मुख्यमन्त्री विहार विहारका मुख्यमन्त्री नितिशकुमारलाई कोशीबाट उत्पन्न विपत्तिले निकै पिरोलेको छ । नेपालबाट बगेर जाने कोशीको समस्याले दुवै देशलाई पिरोलेपछि उनले प्रधानमन्त्री पुष्पकमल दाहालसंग आपसी समन्वयका साथ समाधानको उपाय खोज्नेबारे कुराकानी गरेका छन् । प्रचण्डको भारत भ्रमणका क्रममा नयां दिल्ली आइपुगेका नितिशकुमारले कोशी समस्याको दीघकालिन समाधानका लागि ठोस कदम चाल्ने बताएका छन् । आफ्नो दल भारतीय जनता पार्टी एकीकृतका नेता शरद यादवको नयां दिल्लीस्थित निवासमा प्रचण्डको सम्मानार्थ आयोजित दिवाभोजमा सरिक नितिशकुमारसंग रिपोर्र्टर्स नेपाल डट कमका लागि ऋषि धमलाले गर्नुभएको विशेष कुराकानीः
Q.
प्रधानमन्त्री प्रचण्डको भ्रमण कस्तो लाग्यो ?
A.
प्रचण्डजीले उपयुक्त समयमा भारत भ्रमण गर्नुभएको छ । उहांको भ्रमण द्विपक्षीय सम्बन्ध विस्तारमा महत्वपूर्ण कदम सावित भएको छ ।
Q.
प्रचण्डसंग के के कुराकानी भयो ?
A.
हामीबीचको छलफल सफल र सकारात्मक रह्यो । भारत र नेपालबीच सदीऔं देखिको भौगोलिक, सांस्कृति र राजनीति सम्बन्धलाई नयां उचाईमा पुर्‍याउनेबारे गम्भरु िकुराकानी भयो । मलाई आशा छ कि भारत र नेपालबीचको सम्बन्ध नयां उचाईमा पुग्नेछ ।
Q.
तपाईंले प्रचण्डलाई के भन्नुभयो ?
A.
मैंले नेपाल र भारतबीचको सम्बन्धबारे कुरा राखे । नेपाल र विहारबीचको सम्बन्धबारे प्रष्ट पारे । नेपाल र विहारबीच सीमा मात्र जोडिएको छैन विहेवारी पनि हुनेगरेको छ । हामीबीच त्यस्तो कुनै सीमा छैन जसले द्विपक्षीय सम्बन्धलाई रोक्न सकोस् । त्यसैले प्रचण्डजीलाई विहारबाट भ्रमण शुरु गर्नुहोस् भनें । विहारबाट भ्रमण शुरु गर्दा मात्र नेपाल र भारतबीचको वास्तविक समस्याबारे ज्ञात हुनेछ । उहांलाई मैंले विहार भ्रमणको निम्तो गरेको छु ।
Q.
तपाईंले विहार भ्रमणको निम्तो किन दिनुभएको हो ?
A.
नेपाल र भारतबीचको सम्बन्धको गहिर्राई बुझ्न विहार जान जरुरी छ । हामी एक अर्काबीच कति अन्तरसम्बन्धित छौं भन्नेकुरा विहार आउदा थाहा हुन्छ । जब नेपालमा पानी पर्छ तब विहारमा बाढी आउंछ । जब विहारमा सुख्खा लाग्छ नेपालमा असर पर्छ । त्यसलाई मनन गरेर हामी आपसी समन्वय गरेर जान जरुरी ठानेरै विहार भ्रमणको निम्तो गरेको हुं ।
Q.
कोशीबांधबाट उत्पन्न समस्याको समाधान गर्ने उपाय निकाल्नुभएको हो ?
A.
कोशीले नेपाल र विहार दुवैलाई पिरोलेको छ । तटबन्ध पुननिर्माणका लागि तत्काल काम थाल्नुपर्ने भएको छ । मैंले केन्द्र सरकारसंग यसबारे कुरा राखिसकेको छु । भारत तटबन्ध पुननिर्माणका लागि जतिसुकै रकम खर्च गर्न पनि तयार छ । त्यसका लागि नेपालसंग समन्वय गरेर अगाडि बढ्ने सहमति भएको छ । तत्कालका लागि उद्यार र राहतमा ध्यान दिनु जरुरी छ ।
Q.
कोशीको तटबन्ध भत्कनुमा भारत या नेपाल को दोषी हो ?
A.
यो दोष दिने बेला हैन । समस्याको मिलेर समाधान गर्नेबेला हो । पक्कैपनि कमीकमजोरी भएहोलान् । तर उद्यार र पुननिर्माणमा केन्द्रित हुनुपर्छ दोष दिनेतर्फलाग्नुहुन्न ।
Q.
नेपालको जलस्रोतको व्यवस्थापनमा भारतले लगानी गर्छ ?
A.
नेपाल जलशक्तिको धनी देश हो । नेपालका नदीहरु बगेर भारत आउंछन् । भारत चाहन्छकि नेपालको जलस्रोतले दुवै देशको हित होस् । यसका लागि भारत सहयोग गर्न तयार छ । मैंले प्रचण्डजीसंग पनि जलस्रँेतको विकासमा मिलेर जाऊ भेनको छु । उहां निकै सकारात्मक हुनुहुन्छ ।
Q.
प्रधानमन्त्री प्रचण्डबारे के भन्नुहुन्छ ?
A.
उहां प्रष्ट र यथार्थ कुरा गर्नुहुदोरहेछ । उहांको प्रष्ट भनाई सुनेर म निकै उत्साही भएको छु ।
Q.
संविधान निर्माणमा भारतको के कस्तो सहयोग रहन्छ ?
A.
भारत नेपालमा दीगो शान्ति, लोकतन्त्रको संस्थागत विकास र आर्थिक विकास चाहन्छ । यसका लागि जस्तोसुकै सहयोग गर्न तयार छ । मेरो व्यक्तिगत र विहारका जनता पनि नेपालको शान्ति प्रक्रियामा सहयोगी भूमिका निर्वाह गर्दैआएका छन् । आउनेछन् ।
‹‹ Back
Latest Video
IME
Civil Homes
जिल्ला समाचार
उदयपुरमा एक बालिकाको उद्धार
[January 03 2011]
उदयपुर २० पुस । बिभिन्न प्रलोभन देखाई एक बालिकालाई काठमाण्डौतर्फ लैजादै गरेका खोटाङका डिल्ली खत्रीलाई प्रहरीले गाईघाट बजारबाट पक्राउ गरेको छ । उदयपुरको हडिया गाविस
सबै हेर्नुहोस् ››
Dish Nepal
hometv
Galaxy Public School
Bajaj XCD
Oil Corporation
utl ad
Manakamana Temple
Tara Air
OM HOSPITAL
Guna Colony
Akhadya
Real
Kist Bank
Himalayan Bank
Prime Bank
Citizens Bank
CFL Bulb
NIBL
Copyright © Reporters Nepal. 2007 - 2012. All rights reserved.