REPORTERSNEPAL.COM
A BILINGUAL NEPALESE NEWS PORTAL PRESENTATION OF REPORTERS CLUB NEPAL IN
ASSOCIATION WITH RADIANT INFOTECH NEPAL
NEWS CATEGORY

Face to Face
Rishi Dhamala with  Mohan Bikram Singh

संघीयताले मुलुक टुक्रन्छ- मोहनविक्रम सिंह पाका कम्युनिष्ट नेता मोहनविक्रम सिंह अझै भूमिगत हुनुहुन्छ । प्रधानमन्त्री प्रचण्डका समेत गुरु सिंह नेपालका कम्युनिष्ट आन्दोलनका धरोहर मात्र हुनुहुन्न राष्ट्रियताका सवालमा कडा नीति लिने नेताका रुपमा चिनिनुहुन्छ । बौद्धिक, जुझारु, चिन्तनशील नेता सिंहले पछिल्लोपटक संघीयताको विरोध गरिरहनुभएको छ । संघीयताले मुलुकलाई बिखण्डन गर्ने बताउनुहुने उहां माओवादीका कट्टर आलोचक हुनुहुन्छ । यसै सेरोफेरोमा मोहनविक्रम सिंहले रिपोर्र्टर्स नेपाल डट कमकालागि ऋषि धमलासंग गर्नुभएका कुराकानीको मुख्य अंशहरु ः
Q.
संघीयताविरोधी माग किन लिनुभयो?
A.
संघीयता देशका लागि खतरनाक हो। नेपाल सानो मुलुक हो। बहुजातीय, बहुभाषी बहुसांस्कृतिक मुलुक हो। संघीयताले मुलुकमा जातीयता, क्षेत्रीयतालाई प्रोत्साहित बनाउछ। विभेद बढाएर मुलुकलाई बिखण्डनको अवस्थामा पुर्‍याउंछ।
Q.
संघीयताले देशलाई कसरी टुक्राउंछ?
A.
आत्मनिर्णयको अधिकार, एक मधेश एक प्रदेशको कुरा उठेको छ। स्वायत्तताको कुरा उठाइएको छ। यसले देशको राष्ट्रियतालाई बाधा पुर्‍याउँछ। राष्ट्रियता र राष्ट्रिय अखण्डतालाई बाधा पुर्‍याउने सवाल कुनैपनि राष्ट्रवादी नेपालीका लागि स्वीकार्य हुनसक्दैन।
Q.
संघीयतामा नगए मुलुक टुक्रन्छ भन्नेहरु पनि छन् नि?
A.
संघीयतामा लगेर देश टुक्राउन भारतीय विस्तारवादीहरु लागेका छन्। संघीयता मूल रुपमा नेपालको आफ्नो माग होइन।
Q.
संघीयता कसको माग हो?
A.
भारतीय विस्तारवादले नेपालमाथि संघीयता लाद्न खोजेको हो। नेपालका मुख्य दलका नेताहरु पनि संघीयतालाई राम्रो मानिरहेका छैनन्। उनीहरु भारतीय विस्तारवादको दबाबमा परेका छन्।
Q.
नेपालमा संघीयता भारतको माग हो भन्ने आधार के?
A.
भारत नेपालमा भुटानीकरण होस् भन्ने चाहन्छ। संघीयता लादेर आफूले भनेको अवस्था बनाउन चाहन्छ।
Q.
माओवादीले पनि संघीयता स्वीकारेको छ नि?
A.
नेपालमा संघीयताका अग्रदूत दुईवटा दल छन्। एउटा माओवादी र अर्को मधेशवादी दलहरु। मधेशका दलहरु र माओवादी दुवैले भारतपरस्त नीति अपनाउदै आएका छन्। भारतपरस्त नीतिकै कारण माओवादीले संघीयताको कुरा उठाएको हो। नत्र भने मार्क्सवादी लेनिनवादी सिद्धान्तसंग यसले मेल खादैन। माओवादीले विगतमा संघीयताको कुरा उठाएका थिएनन्। जब भारतसंग सम्झौतापरस्त नीति अपनाउन थाले तब संघीयतालाई बढी उठाएका हुन्। माओवादीमा रहेको भारतपरस्त नीतिकै असरले संघीयताको विषय उठिरहेको छ।
Q.
किन भारतपरस्त भएका छन्?
A.
अतिमहत्वाकांक्षाका कारण भारतपरस्त भएका हुनसक्छन्। जानमा अनजानमा या आफ्नो चाहना पूरा गर्न भारतको नीति अनुसार चलिरहेका पनि छन्।
Q.
प्रधानमन्त्री प्रचण्डले भारत भ्रमणका क्रममा मिलेर जाने कुरा गर्नुभएको छ नि?
A.
माओवादीमा राजनीतिक विचलन आइसकेको छ। उनीहरुमा अवसरवादी नीति हावी छ। कतिपय आधारभूती नीतिमा परिवर्तन गरेका छन्। विगतमा भारतीय विस्तारवाद र अमेरिकी साम्राज्यवादीको विरोध गर्नेगरेकोमा परिवर्तित भएका छन्। उनीहरु पतनको बाटोमा लागेका छन्। माओवादीमा संशोधनवादी नीति हावी भएको छ।
Q.
माओवादी पतन हुन्छ भन्ने आधार के?
A.
माओवादी पतनोन्मुख बाटोमा छन्। मार्क्सवादी लेनिनवादी सिद्धान्तलाई बिसर्जन गरेका छन्। माओवादी एमालेकरण भएको छ। माओवादीले कुनैबेला राजा वीरेन्द्रसंग सम्झौतापरस्त नीति अपनाए। राजावादीहरुसंग अहिलेपनि एकताको नीति अपनाई ठूलो संख्यामा राजावादीलाई पार्टीमा समावेश गरेका छन्। अहिलेपनि भारतीय विस्तारवादी र अमेरिकी साम्राज्यवादसंग सम्झौतापरस्त नीति अपनाए। यसले उनीहरु सैद्धान्तिक रुपमा पतन भइसकेका छन्।
Q.
प्रचण्डले बुससंग भेट्दा खुशी व्यक्त गरेका छन् नि?
A.
माओवादीका कार्यकर्ता क्रान्तिकारी भएपनि कार्यकर्ता अवसरवादी भएको छ। उनीहरु क्रान्ति राष्ट्रियताका लागि नभई महत्वाकांक्षाका लागि काम गरिरहेका छन्।
Q.
माओवादी क्रान्तिकारी पार्टी रहेन?
A.
निश्चितरुपमा माओवादी क्रान्तिकारी पार्टी रहेन। ऊ कम्युनिष्ट पार्टी पनि रहेन। उनीहरु कम्युनिष्ट होइनौं भनेर त धेरै पहिलेदेखि भन्दै आएका छौं।
Q.
कांग्रेस र माओवादीमा पनि फरक छ?
A.
कांग्रेस र माओवादीमा फरक छ। माओवादी, एमाले र कांग्रेसबीच पनि फरक छ। कम्युनिष्ट नभएपनि उनीहरुको सही नीतिको समर्थन गर्छौं भने गलतको आलोचना गर्छौं। आधारभूत रुपमा कम्युनिष्ट नरहेपछि माओवादीसंग अन्तरविरोध त रहनेनै भयो।
Q.
माओवादीविरुद्ध कम्युनिष्टहरुको मोर्चाबन्दी हुन्छ?
A.
माओवादीविरुद्ध मोर्चाबन्दी गर्ने कुनै योजना बनिसकेको छैन। शान्ति प्रक्रिया गन्तव्यमा पुर्‍याउनुपर्छ भन्ने हाम्रो तात्कालिक उद्येश्य हो। दलहरु जनआन्दोलन हुदै संविधानसभा निर्वाचनमार्फत् यो अवस्थामा आइपुगेकामा हामी सकारात्मक सोच राख्छौं।
Q.
मोहनविक्रम सिंह विरोध मात्र गर्नुहुन्छ भनिन्छ किन?
A.
जसले गलत नीति लिन्छ त्यसको विरोध गर्छौं। सही नीति लिनेको समर्थन गर्छौं।
Q.
नेपालमा मोहनविक्रम सिंह आवद्ध दलमात्र कम्युनिष्ट हो?
A.
हाम्रो पार्टी कम्युनिष्ट हो होइन व्यवहार र परिणामले फैसला गर्नेछ। हामी पतनको बाटोमा जादैनौं। हामी आफ्नो सिद्धान्त र व्यवहारप्रति प्रतिवद्ध भएर लाग्छौं।
Q.
प्रचण्डले कम्युनिष्ट सिद्धान्तलाई समयानुकूल परिवर्तन गर्ने कुरा गरेका छन् नि?
A.
प्रचण्डले कम्युनिष्ट सिद्धान्तलाई परिवर्तन गर्न के सक्लान्? उनी आफै परिवर्तन भएका छन्। उनी कम्युनिष्ट सिद्धान्त त्यागी सम्झौतापरस्त भएका छन्। प्रचण्डले ख्रुश्चेवको बाटो समातिसकेका छन्।
Q.
माओवादीको सरकार चलाउने शैलीबाट सन्तुष्ट हुनुहुन्छ ?
A.
माओवादीको समग्र कार्यप्रणाली सैन्यवादी फासीवादी नीति अपनाइरहेका छन्। उनीहरुबाट राष्ट्रिय बिखण्डन र अभिनायकवादको खतरा छ। पछिल्लोपटक प्रस्तुत गरिएको बजेट भूमण्डलीकरणका पक्षधर, साम्राज्यवादी र विस्तारवादीसंग सम्झौतापरस्त नीति अपनाइएको प्रष्ट हुन्छ। यसले देशलाई बिखण्डनको बाटोमा लानसक्छ। त्यसविरुद्ध सशक्त रुपमा आन्दोलनमा जानुपर्ने अवस्था आएको छ।
Q.
माओवादीका छापामारलाई नेपाली सेनामा समायोजन गर्न सकिन्छ?
A.
त्यसका लागि लामो गृहकार्य गर्नुपर्छ। द्वन्द्व विशेषज्ञ, संविधानसभाका सदस्यहरुको आयोग बनाएर मात्र अगाडि बढ्नुपर्छ
Q.
लोकतान्त्रिक संविधान बन्छ?
A.
लोकतान्त्रिक संविधान बन्नुपर्छ। पछिल्लोपटक दलहरुको अभिव्यक्तिले लोकतान्त्रिक संविधान बन्नेमा आशंका आएको छ।
Q.
माओवादीका कारण लोकतन्त्र संकटमा छ भन्ने गिरिजाप्रसाद कोइरालाको अभिव्यक्ति आयो नि?
A.
हामीले माओवादीबाट अधिनायकवादको खतरा छ भनी शुरु देखिनै भन्दै आएका हौं। माओवादीहरु अधिनायकवादी शासन लाद्न चाहन्छन्। प्रचण्डजीको भित्री चाहना भनेको एकदलिय तानाशाही व्यवस्था लागू गर्नु हो। त्यसको लागि सवैसंग सम्झौतापरस्त नीति लिएर काम गरिरहनुभएको छ।
‹‹ Back
Latest Video
IME
Civil Homes
जिल्ला समाचार
उदयपुरमा एक बालिकाको उद्धार
[January 03 2011]
उदयपुर २० पुस । बिभिन्न प्रलोभन देखाई एक बालिकालाई काठमाण्डौतर्फ लैजादै गरेका खोटाङका डिल्ली खत्रीलाई प्रहरीले गाईघाट बजारबाट पक्राउ गरेको छ । उदयपुरको हडिया गाविस
सबै हेर्नुहोस् ››
Dish Nepal
hometv
Galaxy Public School
Bajaj XCD
Oil Corporation
utl ad
Manakamana Temple
Tara Air
OM HOSPITAL
Guna Colony
Akhadya
Real
Kist Bank
Himalayan Bank
Prime Bank
Citizens Bank
CFL Bulb
NIBL
Copyright © Reporters Nepal. 2007 - 2012. All rights reserved.