REPORTERSNEPAL.COM
A BILINGUAL NEPALESE NEWS PORTAL PRESENTATION OF REPORTERS CLUB NEPAL IN
ASSOCIATION WITH RADIANT INFOTECH NEPAL
NEWS CATEGORY

Face to Face
Rishi Dhamala with  Girija Prasad Koiral

समय आएपछि त्यो हुन्छ -गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री प्रचण्डले अमेरिका भ्रमणबाट फर्कनुभए लगत्तै नेपाली काङ्ग्रेसलाई सरकारमा सहभागी गराउने बताउन थाल्नुभएको छ। प्रचण्डले अहिले आएर काङ्ग्रेसलाई सरकारमा सहभागी गराउने कुरा किन गर्नुभएको हो भन्नेबारेमा खोजीनिती भएको छैन, तर कहीँ न कहीँबाट प्रचण्डमाथि त्यसप्रकारको सुझाव वा दबाब पुगेको भने सहजै अनुमान गर्न सकिन्छ। प्रचण्डले जतिपटक दोहोर्‍याउनुभए पनि काङ्ग्रेस माओवादीको सरकारमा सहभागी हुने सम्भावना भने देखिँदैन। गत सोमबार साँझ पनि गिरिजाप्रसाद कोइराला बस्दै आउनुभएको महाराजगञ्जस्थित निवास पुगेर प्रचण्डले सरकारमा सहभागी हुन आग्रह गर्नुभयो। कोइराला र प्रचण्डबीच के कुराकानी भयो? काङ्ग्रेस सरकारमा सहभागी हुन लागेको हो? नेपाली काङ्ग्रेसको आगामी रणनीति के? यिनै विषयमा ऋषि धमलासँग विशेष कुराकानी गर्दै कोइरालाले भन्नुभयो– काङ्ग्रेस कुनै हालतमा माओवादी नेतृत्वको सरकारमा जाँदैन, संविधान निर्माण गर्न भने भूमिका खेल्छ।
Q.
तपाईंलाई प्रचण्डले के भन्नुभयो?
A.
प्रचण्डजीले मलाई भन्नुभयो, \'नेपाली काङ्ग्रेस सरकारमा सहभागी हुनुपर्छ र संविधान निर्माणमा महत्वपूर्ण भूमिका निभाउनुपर्छ। काङ्ग्रेस सरकारमा आइदिए सबै काम गर्न सजिलो हुन्छ, त्यसैले \'रिजिग्ड\' नबनिदिनुहोस्।\'
Q.
तपाईंले प्रचण्डजीलाई के भन्नुभयो?
A.
 मैले प्रचण्डजीलाई स्पष्ट भनेको छु कि नेपाली काङ्ग्रेस सरकारमा जाँदैन। सरकारमा जाने कुनै सोचाइ पनि बनाएको छैन। सरकारमा जाने कुरामा धेरै दबाब नदिनुहोस्। हामी कुनै हालतमा सरकारमा जाँदैनौं। संविधान निर्माण र शान्ति–प्रक्रिया निष्कर्षमा पुर्‍याउन मागिएको सहयोग पुर्‍याउँछु भनें। माओवादीले जनगणतन्त्रजस्ता नारा ल्याएर लोकतन्त्रमाथि प्रहार गर्न किन खोजेको भने। मैले विगतमा भएको शान्ति–सम्झौता र दलहरूबीच भएको सहमति पालना गर्न भनेको छु।
Q.
काङ्ग्रेस सरकारमा गए के फरक पर्छ?
A.
मैले संविधानसभा चुनाव अगावै दलहरूबीच अझै १० वर्ष सहमति र सहकार्यको राजनीति स्थापित गर्नुपर्छ भनेको थिएँ। तर, संविधानसभालगत्तै पनि मिलेर जानुपर्छ भनिरहेँ। मेरो कुरा प्रचण्डले सुन्नुभएन। उहाँ आफंैले सहमति र सहकार्यलाई तोडिदिनुभयो। काङ्ग्रेसले सहमति र सहकार्य तोडेको पनि होइन। त्यसैले सरकारमा जाने हामीलाई कुनै रुचि छैन र जाँदैनौं पनि। जनादेश पनि प्रतिपक्षमै बसेर सशक्त र जिम्मेवारी भूमिका निभाउनेछ। हामी जनादेशअनुसारको सशक्त र प्रभावकारी भूमिका निभाउनेछौं।
Q.
संविधान निर्माण समयमै पूरा गर्न काङ्ग्रेस सरकारमा जानुपर्छ भन्ने दबाब छ नि?
A.
मैले प्रचण्डजीलाई लोकतान्त्रिक प्रक्रियाअनुसार अगाडि बढेमा र विगतमा भएको समझदारी र सम्झौता पालना गर्नुभयो भने संविधान निर्माण गर्ने प्रक्रियामा सहयोग गर्न कुनै कसर बाँकी राख्नेछैन भनेको छु। कसैले दबाब दिँदैमा काङ्ग्रेस आफ्नो दायित्वबाट यताउति हुँदैन। जनताले जे भनेका छन् त्यहीबमोजिम अगाडि बढ्छ। मेरो प्रस्ट अडान छ कि लोकतन्त्र, मानवअधिकार, प्रेस स्वतन्त्रता, व्यक्तिगत स्वतन्त्रता, स्वतन्त्र न्यायालय, विधिको शासन र राष्ट्रियतामा कसैसँग पनि सम्झौता गर्दिनँ।
Q.
तपाईंहरू सरकार ढाल्न लाग्नुभएको आरोप छ नि?
A.
त्यो एकदम गलत छ। अहिले सरकार ढाल्ने काङ्ग्रेसको कुनै योजना छैन। सरकार ढाल्ने कुरा काङ्ग्रेसले सोचेको पनि छैन। संविधान निर्माण गरिछाड्ने मेरो दृढता छ। त्यो पूरा हुनुपर्छ। मैले त्यसमा पहिलेदेखि नै प्रतिबद्धता जनाउँदै आएको छु। यदि प्रचण्डजी संविधान निर्माण गर्ने प्रक्रियामा गम्भीर भएर लाग्नुहुन्छ भने मेरो पूर्ण सहयोग हुन्छ। मैले स्पष्ट भनेको छु कि यदि तपाईंले संविधान निर्माण गर्न सक्रियता देखाउनुभएन भने म आन्दोलन गरेर भए पनि संविधान निर्माणलाई सफल बनाइछाड्छु।
Q.
प्रचण्ड र तपाईंबीचको सम्बन्ध सुधारिएको हो?
A.
म प्रजातन्त्रका लागि ६० वर्ष लडेँ। प्रजातन्त्रमा कसैसँग सम्झौता गरिनँ। प्रचण्डजी राजनीतिक मान्छे हो। उहाँ प्रधानमन्त्री हुनुभएको छ। मेरो उहाँलाई असहयोग गर्ने सोचाइ छैन। तर, उहाँले जुन-जुन सम्झौता गर्नुभएको छ त्यो पूरा गरेर देखाउनुपर्छ। प्रजातन्त्रमाथि धावा बोल्ने अधिकार उहाँलाई छैन। विधिसम्मत रूपमा काम गरेर देखाउनुपर्छ।
Q.
नेपाली सेनाको पक्षमा काङ्ग्रेस किन यति खुलेर बोलिरहेको छ?
A.
नेपाली सेनाले धेरै योगदान पुर्याएको छ। यसले नेपालमा मात्र नभएर विश्वमा शान्ति स्थापनामा प्रभावकारी भूमिका खेल्दै आएको छ। नेपालमा बाढीपहिरो जाँदा होस् या विपत्तिमा पर्दा होस् सेनाको भूमिका महत्वपूर्ण छ। यसपटक पूर्वाञ्चल र सुदूरपश्चिममा भएको विपत्तिमा सेनाले मुख्य भूमिका निभाएको छ। राज्यले केही गर्न नसक्दा सेनाले उद्धारमा कुशलता प्रदर्शन गरेको छ। सेनाले गरेको राम्रो कामको प्रशंसा गर्नुपर्छ।
‹‹ Back
Latest Video
IME
Civil Homes
जिल्ला समाचार
उदयपुरमा एक बालिकाको उद्धार
[January 03 2011]
उदयपुर २० पुस । बिभिन्न प्रलोभन देखाई एक बालिकालाई काठमाण्डौतर्फ लैजादै गरेका खोटाङका डिल्ली खत्रीलाई प्रहरीले गाईघाट बजारबाट पक्राउ गरेको छ । उदयपुरको हडिया गाविस
सबै हेर्नुहोस् ››
Dish Nepal
hometv
Galaxy Public School
Bajaj XCD
Oil Corporation
utl ad
Manakamana Temple
Tara Air
OM HOSPITAL
Guna Colony
Akhadya
Real
Kist Bank
Himalayan Bank
Prime Bank
Citizens Bank
CFL Bulb
NIBL
Copyright © Reporters Nepal. 2007 - 2012. All rights reserved.