REPORTERSNEPAL.COM
A BILINGUAL NEPALESE NEWS PORTAL PRESENTATION OF REPORTERS CLUB NEPAL IN
ASSOCIATION WITH RADIANT INFOTECH NEPAL
NEWS CATEGORY

Face to Face
Rishi Dhamala with  Jhalanath Khanal

सेना समायोजनको विशेष समिति पुनगठन हुन्छ-झलनाथ खनाल, महासचिव नेकपा एमाले
Q.
सेना समायोजन सम्बन्धी विशेष समिति किन विवादमा पर्‍यो?
A.
समिति सहमतिका साथ बनाउनुपर्ने कुरा हो। सहमति बनाउने विषयमा कतिपय त्रुटिहरु भए। त्यसकारण समस्या आएको हो।
Q.
विवाद कसरी समाधान हुन्छ?
A.
प्रमुख दलहरु बसेर तत्काल सहमति निकाल्नुपर्छ। विवाद समाधानको उपाय छलफलबाटै निस्कन्छ।
Q.
सहमति कसरी निस्कन्छ?
A.
 सबैले मेरो गोरुको बाह्रै टक्का भन्नुहुदैन। नेपाली कांग्रेसले पनि जिम्मेवारीबोध गरेर शान्ति प्रक्रिया टुंगोमा पुर्‍याउन ठूलो भूमिका छ भन्ने भुल्नुहुदैन। माओवादीलगायत अन्य दलहरुले पनि भुल्नुहुदैन। प्रधानमन्त्री पुष्पकमल दाहालजीले पनि गम्भीर भएर भूमिका खेल्नुपर्छ। उहांले नै सहमति बनाउन विशेष पहल गर्नुपर्छ।
Q.
समिति बिघटन हुन्छ कि पुर्नगठन हुन्छ?
A.
समिति बनिसकेकोले विघटन हुदैन, पुर्नव्यवस्थित गर्नुपर्छ। कांग्रेससंग छलफल गरी समितिको संरचना पुर्नगठन गर्न सकिन्छ।
Q.
कांग्रेस र तमलोपाले बिघटन नभए सदन अवरुद्ध गर्छु भनेका छन् नि?
A.
त्यो सभ्य तरिका होइन, लोकतान्त्रिक ढंगबाट जानुपर्छ। उहांहरुले त्यसो गर्नुभएमा संविधान निर्माण गर्न नदिने शक्तिहरुलाई मद्दत पुग्नजान्छ, त्यसो गर्नु हदैन।
Q.
कांग्रेस र माओवादीबीच द्वन्द्व बढ्दा एमाले के हेरेर बसेको छ?
A.
हामीले कांग्रेस र माओवादीसंग वार्ताको प्रक्रियामा छौं। दुवैलाई सहमतिमा ल्याउन सर्वमान्य बाटोमा आउन भनिरहेका छौं। प्रधानमन्त्रीलाई पनि सहमति बनाउन आग्रह गरिरहेका छौं। नेपाली कांग्रेसका साथीहरुलाई पनि सहमतिमा आउन आफै पनि पहल गर्नुहोस् भनिरहेका छौं।
Q.
सेना समायोजनको विशेष समिति बिघटन गर्दा के हुन्छ?
A.
समिति बिघटन गर्ने माग उपयुक्त होइन। समिति पुर्नगठनका लागि छलफल गर्न सकिन्छ। समिति त बनिसक्यो। तर समिति बनाउादा भएका त्रुटि सच्याएर अगाडि बढ्न सकिन्छ।
Q.
कांग्रेस विशेष समितिमा आउला?
A.
कांग्रेस विशेष समितिमा आउनैपर्छ, त्यसको अर्को विकल्प छैन। कांग्रेसलाई समितिमा ल्याएर शान्ति प्रक्रियालाई छिटोभन्दा छिटो तार्किक निष्कर्षमा पुर्‍याउनुपर्छ। विगतबाट नै शान्ति प्रक्रियामा कांग्रेसले महत्वपूर्ण भूमिका खेलेको छ र त्यसलाई निरन्तरता दिनुपर्छ।
Q.
कांग्रेसविना विशेष समितिले काम गर्न सक्छ?
A.
विशेष समिति सहमतिको आधारमा बस्ने हो। हामी शान्ति प्रक्रियाका सबै विषय सहमतिबाटै होस् भन्ने चाहन्छौं र कांग्रेसविनाको समितिको सोच राखेका पनि छैनौं।
Q.
चार दललाई मात्र कसरी प्रमुख दल मान्ने भनी प्रश्न उठिरहेका छन् नि?
A.
कसैलाई त्यस्तो लाग्छ भने आधार प्रस्तुत गरेहुन्छ। तर मुलुकका एमाले, माओवादी, कांग्रेस र फोरमनै प्रमुख दल हो। यसका लागि पर्याप्त आधारहरु छन्। हामी अरु मित्रलाई आफ्ना आधार प्रकट गर्न आव्हान गर्छौ्र।
Q.
उपराष्ट्रपतिले त विशेष समिति संविधानविपरित बनेको भन्नुभएको छ नि?
A.
उपराष्ट्रपति परमानन्द झाले रिपोर्टर्स क्लब नेपालमा दिनुभएको अभिव्यक्तिलाई गम्भीर रुपमा लिएका छौं। के संवैधानिक हो के असंवैधानिक हो त्यो छलफलको विषय हो। अहिले राष्ट्रपति र उपराष्ट्रपतिले खेल्ने भूमिकाबारे बहस भएका छन्। उहांहरु संवैधानिक हो कि अलंकारिक हो भन्ने प्रश्नहरु उठेका छन्। यीनै महत्वपूर्ण प्रश्नहरु नेपालको लोकतन्त्र र दीगोपनका लागि आवश्यक छलफल गर्न लायक विषय हुन्। यसबारे उच्चस्तरीय छलफल गरेर टुंगो लगाउनुपर्छ। विवाद बढ्न दिनुहुन्न।
Q.
उपराष्ट्रपतिले त विशेष समितिबारे प्रष्ट अभिव्यक्ति दिनुभयो नि?
A.
उहांले आफूले हिड्नुनपर्ने र कुल्चनुनपर्ने ठाउंमा कुल्चेर बोल्नुभएको हो।
Q.
एमालेले त्यसमा के गर्छ?
A.
उपराष्ट्रपतिको अभिव्यक्तिप्रति हाम्रो कडा आपत्ति छ। यो संविधानसम्मत छैन।
Q.
सरकारको गतिविधिप्रति सन्तुष्ट हुनुहुन्छ?
A.
सरकार भर्खर बनेको छ। नीति तथा कार्यक्रम लागू गर्न खोजेको छ। जसरी अगाडि बढ्नुपर्ने हो त्यसरी बढेको छैन। जनताको चाहनाअनुसारको पर्याप्त काम हुनसकेको छैन। सरकारलाई अझ प्रभावकारी ढंगले संचालन गर्नुपर्छ।
Q.
सरकारको आयु कति छ?
A.
सरकारको आयु सबै पार्टीको समझदारीमा निर्भर गर्छ। समझदारीबाट काम भए अगाडि बढ्छ हैन भने त्यहीअनुसारको भविष्य हुन्छ। आशा गरौं कि सरकार दीगो रुपमा अगाडि बढोस्।
Q.
सरकारको सााचो तपाईंहरुको हातमा छ, अब के गर्नुहुन्छ?
A.
हामी आफूसंग भएको सााचोलाई गलत ढंगले प्रयोग गर्दैनौं। सााचोको दुरुपयोग नगरी देशको शान्ति, लोकतन्त्रको सुदृढीकरण र आर्थिक क्रान्ति गरी जनताको सर्वाङि्ण विकासमा लागि प्रयोग गर्नेछौं।
Q.
माओवादी सच्चिएन भने सरकार ढल्छ भनिन्छ नि?
A.
म्ाओवादी सच्चिनुपर्छ। उसले आफ्ना गतिविधिमा सुधार गरेर जानैपर्छ। १२ बुंदे समझदारी देखि यहांसम्म आउदा उसले धेरै कुरामा परिवर्तन ल्याएका छ। तर उसको कमी कमजोरी छन्। शान्ति सम्झौता र विगतका कतिपय सम्झौता उल्लंघन गरेको छ। त्यसलाई पालना गरेर जानुपर्छ। अहिले सरकार ढल्ने आधार उसले तयार गर्नहुन्न।
‹‹ Back
Latest Video
IME
Civil Homes
जिल्ला समाचार
उदयपुरमा एक बालिकाको उद्धार
[January 03 2011]
उदयपुर २० पुस । बिभिन्न प्रलोभन देखाई एक बालिकालाई काठमाण्डौतर्फ लैजादै गरेका खोटाङका डिल्ली खत्रीलाई प्रहरीले गाईघाट बजारबाट पक्राउ गरेको छ । उदयपुरको हडिया गाविस
सबै हेर्नुहोस् ››
Dish Nepal
hometv
Galaxy Public School
Bajaj XCD
Oil Corporation
utl ad
Manakamana Temple
Tara Air
OM HOSPITAL
Guna Colony
Akhadya
Real
Kist Bank
Himalayan Bank
Prime Bank
Citizens Bank
CFL Bulb
NIBL
Copyright © Reporters Nepal. 2007 - 2012. All rights reserved.