REPORTERSNEPAL.COM
A BILINGUAL NEPALESE NEWS PORTAL PRESENTATION OF REPORTERS CLUB NEPAL IN
ASSOCIATION WITH RADIANT INFOTECH NEPAL
NEWS CATEGORY

Face to Face
Rishi Dhamala with  PM Prachanda

मेरै नेतृत्वमा सबै कुरा हुन्छ- प्रधानमन्त्री प्रचण्ड
Q.
एघारौं बिम्स्टेक शिखर बैठकका उपलब्धि के के हुन् ?
A.
बिम्स्टेक शिखर बैठक उपलब्धिमूलक रह्यो । खासगरी विमस्टेक मुलुकहरुको दु्रततर आर्थिक अभिवृद्धि, प्राकृतिक स्रोतको अधिकतम परिचालन, आतंकवाद, स्वतन्त्र व्यापार, जलविद्युतमा लगानी वृद्धि, खाद्य सुरक्षा, पर्यटन प्रवर्द्धन, ऊर्जा अभाव, लगायतका एजेन्डाहरुमा बैठकले महत्वपूण् निर्ण्र्ाारु गरेको छ । यसबाट म अत्यन्त उत्साहित छु ।
Q.
संघीय गणतान्त्रिक नेपालका पहिलो प्रधानमन्त्रीका रुपमा तपाईं बैठकमा सहभागी हुनुभयो । नेपालप्रति विम्स्टेक मुलुकहरु ध्ाारणा कस्तो पाउनुभयो ?
A.
मैले विम्स्टेक मुलुकका राष्ट्र एवं सरकारप्रमुखहरुसित भेटवार्ता गरें । उहाँहरुले नेपालको शान्ति प्रक्रिया, संविधान निर्माणबारे निकै चासो राख्नुभयो । नयाँ नेपाल निर्माणका सर्न्दर्भमा उहाँहरु सकारात्मक हुनुहुन्छ ।
Q.
भारतीय प्रधानमन्त्री डा मनमोहन सिंहसित चाहिँ तपाईंको के के कुराकानी भयो ?
A.
मैले उहाँलाई नेपालको पछिल्लो राजनीतिक घटनाक्रमबारे अवगत गराएँ । दुइ देशबीच आपसी सहयोग विस्तार र आर्थिक लगानीका विषयमा कुराकानी भएका छन् । उहाँले नेपालको शान्ति प्रक्रियालाई तार्किक निष्कर्षा पुर्‍याउनुपर्ने अनि निर्धारित समयमै लोकतान्त्रिक संविधान निर्माण गराउनुपर्ने धारणा राख्नुभयो । यसमा भारतको सम्पूण् सहयोग रहने उहाँले वचनबद्धता गर्नुभएको छ । यसबाहेक पूव पश्चिम रेल वे, कोशी बाँध, सीमा समस्याका बारेमा पनि भारत सकारात्मक छ । भारतीय प्रधानमन्त्रीसंगको भेटबाट म निकै खुशी छु ।
Q.
कांग्रेसलाई सरकारमा ल्याउन भारतको दबाब छ भन्छन् नि ?
A.
त्यस्तो कुनै दबाब मैले महसुस गरेको छैन । मलाई लाग्छ, नेपालको आन्तरिक मामिलामा भारत कुनै खालको दख्खल दिन चाहँदैन ।
Q.
भनेपछि कांग्रेसलाई सरकारमा ल्याउन सक्नुहुन्छ त ?
A.
कांग्रेस आउनैपर्छ, आउँछ र यसको विकल्प छैन ।
Q.
मनमोहन सिंहले कांग्रेसका बारेमा केही भन्नुभयो ?
A.
छैन । उहाँले तीनवटा एजेन्डाका निम्ति भारत जुनसुकै सहयोग गर्न तयार रहको बताउनुभयो । सहमति, सहकार्य र एकताको विकल्प नभएको दोहोर्‍याउनुभयो ।
Q.
भारतका जेलमा रहेका माओवादी नेताकार्यकर्ताको रिहाइका सम्बन्धमा कुरा भएको हो कि होइन ?
A.
हो, पटना लगायत ठाउँका जेलमा रहेका माओवादी कार्यकर्ताको रिहाइको पहल गर्न मैले भारतीय प्रधानमन्त्रीसंग आग्रह गरेको छु । यसमा उहाँ सकारात्मक हुनुहुन्छ ।
Q.
सीमा विवादका बारेमा कुरा भएन ?
A.
कालापानीदेखि सुस्ता, नवलपरासीदेखि दार्चुलासम्म सीमा समस्या छन । त्यसलाई समाधान गर्न भारत प्राविधिक समिति बनाएर काम गर्न इच्छुक छ ।
Q.
नेपाल र्फकनेबित्तिकै के गर्नुहुन्छ त ?
A.
यतिखेर हामीलाई अन्तर्ााट्रय र्समर्थन छ । मलाई विश्वास छ मेरै नेतृत्व र कार्यकालमा सबै कुरा हुन्छ ।
Q.
सबै कुरा भन्नाले.... ?
A.
अहिले नेपालको मुख्य एजेन्डा आर्थिक क्रान्ति हो । आर्थिक क्रान्तिको आधार स्थापना गर्ने काम द्रुत गतिमा भइरहेको छ । दिगो शान्तिको नजिक पुगिसकिएकाले मैले सबैलाई नेपालमा लगानीका लागि आव्हान गरेको छु । नेपालमा लगानीको सुरक्षाको ग्यारेन्टी हुने विश्वास पनि मैले विम्स्टेक मुलुकहरुलाई दिलाएको छु । सरकारले अन्तराष्ट्रिय क्षेत्रको आर्थिक लगानीका लागि वातावरण निर्माण गर्छ । जलविद्युतमा लगानीका लागि देखिएको चाहनाबाट म निकै उत्साही छु । विम्स्टेक पर्यटन केन्द्र नेपालमा खोल्ने निर्ण्र्ााे हामीलाई थप उत्साहित बनाएको छ ।
‹‹ Back
Latest Video
IME
Civil Homes
जिल्ला समाचार
उदयपुरमा एक बालिकाको उद्धार
[January 03 2011]
उदयपुर २० पुस । बिभिन्न प्रलोभन देखाई एक बालिकालाई काठमाण्डौतर्फ लैजादै गरेका खोटाङका डिल्ली खत्रीलाई प्रहरीले गाईघाट बजारबाट पक्राउ गरेको छ । उदयपुरको हडिया गाविस
सबै हेर्नुहोस् ››
Dish Nepal
hometv
Galaxy Public School
Bajaj XCD
Oil Corporation
utl ad
Manakamana Temple
Tara Air
OM HOSPITAL
Guna Colony
Akhadya
Real
Kist Bank
Himalayan Bank
Prime Bank
Citizens Bank
CFL Bulb
NIBL
Copyright © Reporters Nepal. 2007 - 2012. All rights reserved.