REPORTERSNEPAL.COM
A BILINGUAL NEPALESE NEWS PORTAL PRESENTATION OF REPORTERS CLUB NEPAL IN
ASSOCIATION WITH RADIANT INFOTECH NEPAL
NEWS CATEGORY

Face to Face
Rishi Dhamala with  Upendra Yadav

ऋषि धमलाले परराष्ट्रमन्त्री उपेन्द्र यादवसंग गर्नुभएको कुराकानीः ...त्यतिबेला जे पनि हुनसक्छ- परराष्ट्रमन्त्री उपेन्द्र यादव
Q.
बिमस्टेक शिखर बैठकबाट नेपालले के पायो ?
A.
बिमस्टेक शिखर बैठकमा आर्थिक विषयमा खुलेर कुरा भयो । सदस्यराष्ट्रहरुबीच आर्थिक साझेदारी, ऊर्जाको समस्या समाधानको उपायबारे मिलेर काम गर्ने सहमति भएको छ । आर्थिक विकासका लागि आधार तयार गर्ने काम भएको छ । नेपालमा पर्यटन केन्द्र स्थापना खोल्नेबारे पनि छलफल भएको छ । हामीले जलविद्युतमा लगानीका लागि अन्तराष्ट्रिय समुदायलाई आव्हान गरेका छौं । लगानीका लागि अन्तराष्ट्रिय समुदायले उत्साह देखाएका छन् ।
Q.
बैठकमा राजनीतिक कुरा बढी भयो भनिन्छ नि ?
A.
आर्थिक विषयमा विशेष छलफल भयो । भारतसंग राजनीतिक विषयमा पनि छलफल भएको हो ।
Q.
भारतसंग के के कुरा भयो ?
A.
नेपालको जारी शान्ति प्रक्रियाबारे भारतसंग कुरा भयो । शान्ति प्रक्रियामा भारतले खुलेर सहयोग गर्ने प्रतिवद्धता जनाएको छ । यसबाहेक सीमा समस्या समाधानको विषय उठ्यो । कोशीबांधको पुननिर्माण, क्षत्रि्रस्त राजमार्गको पुननिर्माणमा पनि भारतसंग थप छलफल भएको थियो । भारतले पुननिर्माणलाई युद्धस्तरमा सम्पन्न गर्ने इच्छा देखाएको छ ।
Q.
भारतीय प्रधानमन्त्री मनमोहन सिंहले नेपालको शान्ति प्रक्रियाबारे कस्तो धारणा राख्नुभयो ?
A.
भारतीय प्रधानमन्त्री मनमोहन सिंहले नेपालको शान्ति प्रक्रियाबाट सन्तुष्टि व्यक्त गर्नुभएको छ । उहांले दलहरुबीच सहमति भई शान्ति प्रक्रिया तार्किक निष्कर्षा पुर्‍याउन सुझाव दिनुभएको छ ।
Q.
नेपाली कांग्रेसलाई सरकारमा सहभागी गराउन भारतले दबाब दियो भनिन्छ नि ?
A.
भारतले त्यस्तो कुनै दबाब दिएको छैन । उसले नेपालका दलहरुबीचको सहमति बनाउन सुझाव दिएको छ । बरु हामीले शान्ति प्रक्रिया सफल बनाउन सहमतिलाईनै आधार बनाएर अगाडि बढ्ने प्रष्ट पार्‍यौं ।
Q.
कांग्रेस सरकारबाहिर रहेकोमा भारतीय चासो रह्यो ?
A.
मैंले अघि पनि भनें कि सहमतिबाटै अगाडि बढ्न अन्तराष्ट्रिय क्षेत्रको सुझाव रहदै आएको छ । त्यसका लागि हामीले पनि पहल गरिरहेका छौं । कांग्रेस सरकारमा आउनुपर्छ भन्ने हाम्रो भनाई हो । सबै मिलेर शान्ति प्रक्रिया सफल बनाउनुपर्छ ।
Q.
भारतीय विदेशमन्त्री प्रणव मुखर्जीको नेपाल भ्रमणको दौरान के के विषयमा छलफल हुन्छ ?
A.
भारतीय विदेशमन्त्रीले कोशी बांध निर्माणको कामको अवलोकन गर्नुहुनेछ । उहां आफै कोशीबांधबाट प्रभावित क्षेत्रको भ्रमणमा जानुहुनेछ । यसबारे दुइ देशबीचको व्यापार विस्तारबारे पनि छलफल हुनेछ । नेपालमा आर्थिक लगानीका बारे विशेष कुराकानी हुनेछ । भारतीय विदेशमन्त्रीको नेपाल भ्रमणले दुइ देशको सम्बन्ध अझ प्रगाढ हुने गरी आधारहरु तयार गरिनेछ ।
Q.
सेना समायोजनबारे भारतको के कस्तो चासो रह्यो ?
A.
सेना समायोजन शान्ति प्रक्रियाको महत्वपूण् पाटो हो । भारतीय नेताहरुले सहमतिका आधारमा सेना समायोजनको सुझाव दिनुभएको छ । हामीले पनि सहमतिबाटै सेना समायोजन प्रक्रिया सफल बनाउने बताएका छौं ।
Q.
प्रधानमन्त्रीले सेना समायोजन कसरी गर्ने भन्नुभएको छ ?
A.
प्रधानमन्त्रीले सेना समायोजन गर्दा पूराका पूरा जनसेनालाई नेपाली सेनामा मर्ज नगर्ने प्रष्ट पारिसक्नुभएको छ । जनसेनालाई नेपाली सेनामा भन्दा अन्य क्षेत्रमा व्यवस्थापन गर्नुपर्ने हाम्रो पनि धारणा रहेको छ । प्रधानमन्त्री त्यसमा सकारात्मक हुनुहुन्छ ।
Q.
सेना समायोजन कसरी गर्नुपर्छ ?
A.
सेना समायोजन गर्दा पछिसम्मको विचार गर्नुपर्छ । राजनीतिक दलको सेनालाई नेपाली सेनामा समायोजन गर्नुहुदैन । सेनाको मापदण्ड बिगारेर काम गरेमा गम्भीर चुनौतीहरु आउनसक्छ । हामी राजनीतिक दलका सेनालाई नेपाली सेनामा समायोजन गर्नहुदैन भन्ने पक्षमा छौं । बरु नेपाली सेनामा सबै क्षेत्र, जाति, समुदायको समानुपातिक सहभागिता सुनिश्चित गर्नुपर्छ । राष्ट्रिय सेनामा राजनीतिक सेनालाई प्रवेश दिने कुरा स्वीकार्य हुनसक्दैन । बरु उनीहरुलाई औद्योगिक बल, समाजका अन्य क्षेत्रमा व्यवस्थापन गर्नुपर्छ । छापामारहरु पढ्नलेख्न मन गर्नसक्छन्, कोही वैदेशिक रोजगारीमा जानसक्छन् । त्यसका लागि उचित व्यवस्था गर्नुपर्छ ।
Q.
सेना समायोजनको विशेष कमिटि विवादमा परेको छ नि ?
A.
प्रमुख दलका विषयमा संवैधानिक व्याख्याको स्पष्ट व्यवस्था गर्नुपर्छ । त्यसका लागि दलहरुले स्पष्ट आधार तयार गर्न सहमतिको विकास गर्नुपर्छ । सेना समायोजनको विशेष कमिटिमा नेपाली कांग्रेसलाई पनि सहभागी गराउनुपर्छ । कांग्रेसविनाको विशेष कमिटिलाई अगाडि बढाउन हुदैन । बरु सहमतिको आधार तयार गर्नेतर्फलाग्नुपर्छ ।
Q.
विशेष कमिटिमा नेपाली कांग्रेस आउंछ ?
A.
हामीले नेपाली कांग्रेसविनाको सेना समायोजनको विशेष कमिटि सोचेका छैनौं । कांग्रेसलाई समेत कमिटिमा ल्याउन पहल भइरहेको छ । त्यो छिट्टै एउटा टुंगोमा पुग्नेछ । दलहरुको सहमति र नेपाली जनताको चाहनाअनुसार सेना समायोजन प्रक्रिया पूरा हुनेछ ।
Q.
सरकारको नेतृत्वबाट सन्तुष्ट हुनुहुन्छ ?
A.
सरकार बनेको धेरै भएको छैन । हामीले सहमतिबाटै काम अगाडि बढाउने प्रयास गरिरहेका छौं । सहमतिको संस्कृति अनुसार सरकार संचालन हुनुपर्छ । त्यसो नहुदा अविश्वास पैदा भई संकट आउनसक्छ ।
Q.
सरकारको आयु कति होला ?
A.
सरकरको आयु यसको नेतृत्व गर्नेको व्यवहारमा निर्भर गर्छ । सरकारको नेतृत्व गरिरहेको नेकपा माओवादीले सहमतिको संस्कृतिअनुसार सबैलाई समेटेर जनताको भावनाअनुसार काम गर्नसके यो सरकारले लामो समयसम्म काम गर्नसक्छ । सहमतिको संस्कृतिविपरित जानखोजे जे पनि हुनसक्छ ।
Q.
सहमतिको संस्कृतिविपरित गए मधेशी जनअधिकार फोरम सरकारबाट हट्छ भन्नु खोज्नुभएको हो ?
A.
हामीले मधेश आन्दोलनको बेलामा सरकारसंग भएको समझदारीलाई कार्यान्वयन गराउनका लागि सरकारमा सहभागी भएको प्रष्ट पारिसकेका छौं । विगतको समझदारी पालना गराउन पहल पनि गरिरहेका छौं । मधेशको समस्या समाधानका लागि काम गर्न अवरोध सृजना भएमा हामी एक मिनेट पनि सरकारमा बस्नेछैनौं । हामी सत्ताको सुखभोग गर्नलाई सरकारमा गएका हैनौं । मधेशका जनतासंग भएको समझदारीलाई कार्यान्वयन गराउन सरकारमा गएका हौं ।
‹‹ Back
Latest Video
IME
Civil Homes
जिल्ला समाचार
उदयपुरमा एक बालिकाको उद्धार
[January 03 2011]
उदयपुर २० पुस । बिभिन्न प्रलोभन देखाई एक बालिकालाई काठमाण्डौतर्फ लैजादै गरेका खोटाङका डिल्ली खत्रीलाई प्रहरीले गाईघाट बजारबाट पक्राउ गरेको छ । उदयपुरको हडिया गाविस
सबै हेर्नुहोस् ››
Dish Nepal
hometv
Galaxy Public School
Bajaj XCD
Oil Corporation
utl ad
Manakamana Temple
Tara Air
OM HOSPITAL
Guna Colony
Akhadya
Real
Kist Bank
Himalayan Bank
Prime Bank
Citizens Bank
CFL Bulb
NIBL
Copyright © Reporters Nepal. 2007 - 2012. All rights reserved.