REPORTERSNEPAL.COM
A BILINGUAL NEPALESE NEWS PORTAL PRESENTATION OF REPORTERS CLUB NEPAL IN
ASSOCIATION WITH RADIANT INFOTECH NEPAL
NEWS CATEGORY

Guest Column
माओवादीबारे जान्नैपर्ने केही कुरा
देवप्रकाश त्रिपाठी

अरू लोकतन्त्रको कुरा गर्छन्, माओवादी जनतन्त्रको। अरूले गणतन्त्रको कुरा गरिरहादा माओवादी जनगणतन्त्रको कुरा गर्दै छन्। अरूले न्याय र न्यायालयको कुरा गर्दा माओवादी जनअदालतको र अरू सामान्य सञ्चारका पक्षमा उभिादा माओवादीचाहिा आफूलाई जनसञ्चार र जनताको पत्रकारिताको पक्षपाति बताउादै छ। जंगबहादुर राणाले जनताका नाममा शासन गरेनन्, तर उनको कार्यकालमा देश र जनताका निम्ति दूरगामी महत्वका जति कार्यहरू भएका थिए, जनताका नाममा राजनीति गर्नेहरू जंगबहादुर राणाजीको तुलनामा \'रानीपोखरी\' र \'पानीपोखरी\' झैं अतुलनीय ढङ्गले तल छन्। मुलुकमा जनहत्याको डरलाग्दो शृङ्खला सुरु गर्नुलाई जनयुद्ध गरेको ठान्ने उनीहरूले कास! अहिलेसम्म जनखेतमा फलेका जनतरकारीसाग जनभात र जनभैंसीको जनदूध खाादै जनओछ्यानमै सुतेर जनयुद्धमा लागेको भन्नचाहिा भ्याएका छैनन्। तर, हरेक काम आफ्ना हितका लागि गर्नु अनि नाम या विशेषणचाहिा \'जन\' प्रयोग गर्नु माओवादीहरूको विशेषता हो। युरोप र अमेरिकी जनतामा धेरै पहिले नै जागरण आइसकेको भए पनि दोस्रो विश्वयुद्धको समाप्तिसागै जनस्तरको जागरण विश्वव्यापी बन्यो। ब्रिटेन र अमेरिकाले प्रजातान्त्रिक पद्धतिसहित जनचाहना परिपूर्ति गर्दै समृद्धि प्राप्तिको मार्ग अवलम्बन गरिरहेको विकल्पमा तत्कालीन सोभियत सङ्घ (रसिया) सर्वहारा अधिनायकवादका नाममा कम्युनिस्ट पार्टीको एकदलीय अधिनायकवादको अभ्यास गर्दै थियो। कम्युनिस्टहरूले हरेक कुरा जनताका नाममा गर्ने भएको हुादा धेरैले रसियामा जनताकै शासन होला भन्ने ठानेका पनि थिए। १९४९ मा माओत्सेतुङको नेतृत्वमा चिनियाा कम्युनिस्ट पार्टीले सत्तकब्जा गरेपछि देशमा नयाा जनवादी क्रान्ति सम्पन्न भएको बताइयो। चीनजस्तो विशाल मुलुकमा समेत कम्युनिस्ट आधिपत्य भएपछि साठी, सत्तरी र असीका दशकभरि संसारमा कम्युनिस्टहरूले तहल्का मच्चाए। करिब दुई दर्जन मुलुकमा उनीहरूको सत्ता कायम भएको थियो भने पचासभन्दा बढी मुलुकमा कथित जनक्रान्तिका नाममा हिंसात्मक युद्धहरू सञ्चालन भएका थिए। ​ माओवादीहरूले सुरु गरेको हिंसात्मक युद्ध फिलिपिन्समा चार दशक बितिसक्दा पनि जारी छ। इन्डोनेसिया, मलेसिया, थाइल्यान्ड र भारतमा भने तिनले धेरै नराम्रा धक्का खाएका हुन्। यद्यपि, भारतमा माओवादीले फेरि टाउको उठाउन खोज्दै छ भने पेरूमा पनि माओवादीलाई परास्त गर्ने सफलता राज्यले करिब प्राप्त गरिसकेको छ। कम्बोडियामा माओवादीको कन्तविजोग भएको छ भने इथियोपिया माओवादीले भताभुङ्ग पारेको देशको रूपमा चिनिन्छ। उता निकारागुआमा सत्ताकब्जा गरिसकेको माओवादीलाई पनि जनताले परास्त गरेका छन्। नेपालमा चाहिा माओवादीको कथित क्रान्ति–अभियान अलिक बेग्लै ढङ्गले अघि बढ्न खोजेको देखिएको छ। नेपाली माओवादी आन्दोलनको मुख्य विशेषता भनेको प्रचण्डको \'टि्रक\' नै हो। समय, ठाउा, अवस्था र पात्रअनुसार बोली फेर्न सक्नु प्रचण्ड स्वयम्को विशेषता हो भने माओवादी आन्दोलनचाहिा प्रचण्डको यही विशेषताको छायाजस्तो बनेको छ। यहाा माओवादीका केही विशेषताहरूको चर्चा गर्ने प्रयास गरिएको छ। उपयोगवाद: (क) माओवादीले उपयोगवादलाई आफ्नो सफलताको प्रमुख सूत्रका रूपमा प्रयोग गर्दै आएको छ। काङ्गे्रस, एमाले र संसदीय प्रजातान्त्रिक प्रणालीका विरुद्ध हिंसात्मक आन्दोलनमा उत्रिादा उसले जनवादी गणतन्त्र स्थापनालाई रणनीति बनाएको थियो। तर, भित्रभित्रै दरबारसाग \'तालमेल\' मिलाएको तथ्यहरू सार्वजनिक भइसकेका छन्। त्यसबेला दरबारले ठानेको हुादो हो, घटना परिणामले दरबार नै माओवादीद्वारा उपयोग भएको प्रमाणित गरिसकेको छ। राजा ज्ञानेन्द्रलाई समेत माओवादीहरू राष्ट्रवादी शक्ति हुन् भन्ने परेको थियो र त्यसकारण उनले त्यसबेला माओवादीसाग कहीा न कहीा मिलनबिन्दु देखेका थिए भने आश्चर्यको कुरा पनि भएन। ​ (ख) माओवादीले (२०५२ फागुन १ गते) हिंसात्मक युद्धमा जानुअघि जनमोर्चा नेपालको नाममा सरकारसमक्ष चालीस सूत्रीय माग पेस गरेको थियो र चालीसमध्ये नौवटा माग भारतसाग सम्बन्धित थिए। मागको विवरण हेर्दा लाग्थ्यो– माओवादीहरू भारतका अत्यन्त विरोधी हुन् र उनीहरू भारतसाग सीधै लडाइा गर्न पनि मानसिक रूपले तयार छन्। तर, हिंसात्मक युद्धकालभरि माओवादीको आश्रयस्थल भारत बन्यो र रोल्पा–रुकुममा सुरु गरिएको युद्धको विसर्जन भारतको नयाादिल्लीमा बाह्रबुादे सम्झौतामार्फत गरियो। भारत र भारतीय भूमिको उच्चतम् प्रयोग गर्दै सिंहदरबारसम्मको यात्रा पूरा गरेपछि माओवादीले भारतको उपयोगिता सकिएको ठान्यो र चीनतिर ढल्कियो। रोल्पा र रुकुमका पखेराहरूमा रामले बालीको बध गरेको शैलीमा एकाध पोसाकधारी नागरिक तथा केही साधारण मानिसको हत्या गरेर सिंहदरबारसम्मको यात्रा पूरा गर्न सफल माओवादीहरू संविधानसभाको सबैभन्दा ठूलो दल हुादा पनि \'जाबो\' प्रधानमन्त्री पद प्राप्त गर्न नसकेबाट यिनले अदृश्य शक्तिको आडमा नेपालमा उत्पात मच्चाएका रहेछन् भन्ने स्पष्ट भएको छ। भारत सरकारको जानकारीबेगर या जानाजानी, जसरी भए पनि माओवादीले त्यस भूमिको भरमार उपयोग गर्‍यो र अहिले नेपालमा बलियो भइसकेपछि उसले भारतसाग निहुा खोज्ने या भारतको बद्नाम गर्ने काम मात्र सुरु गरेन, भारतलाई मुख्य दुश्मन तोक्नेजस्तो अपरिपक्व हर्कत पनि उसले दर्शाइरहेको छ। अब लोकतन्त्र र भारतका विरुद्ध चाइनालाई उपयोग गर्ने नीति माओवादीले अवलम्बन गरेको छ। (ग) माओवादीले दरबार र भारतलाई मात्र होइन विभिन्न राजनीतिक दलका नेता, कार्यकर्ता र प्रहरी, सेना तथा निजामती कर्मचारी सेवाका मानिसहरूलाई समेत आफ्नो पक्षमा उपयोग गर्‍यो, अझ गरिादै छ। २०५७/०५८ तिर नेपाली काङ्गे्रसका शेरबहादुर देउवालाई उपयोग गरेको थियो भने २०६२ देखि २०६५ जेठसम्म गिरिजाप्रसाद कोइरालालाई पनि आफ्नै नरबहादुर कर्माचार्यलाई माओवादीले झैं उपयोग–उपभोग गर्‍यो। गणतन्त्र घोषणासम्म कोइरालालाई बोकेर हिाडेको माओवादीले गणतन्त्र घोषणा गर्नुको \'पुरस्कार\' राष्ट्रपति निर्वाचनमा कोइरालालाई \'उपलब्ध\' गराइदिए। यतिबेला एमालेका झलनाथ खनाललाई भरपूर उपयोग गरिादै छ भने काङ्गे्रसमा शेरबहादुर देउवालाई पुनः उपयोग गर्ने प्रयास माओवादीले गरिरहेको छ। असन्तुलित विदेश नीति: एक समय भारतको नयाादिल्ली पुगेर नयाादिल्लीलाई रिझाउन पाकिस्तानलाई अस्वाभाविक एवम् अमर्यादित ढङ्गले गालीको शैलीमा आलोचना गर्नुहुने प्रचण्ड प्रधानमन्त्रीबाट हट्नु परेयता भारतविरुद्ध निकै तल्लो तहमा उत्रादै आउनुभएको छ र यसरी भारतविरुद्ध जाइलाग्नुको कारण पुनः सत्तामा पुग्न नसकिएकोले मात्र नभई चाइनालाई खुसी तुल्याउन पनि हो भन्ने बुझिन्छ। चाइना नेपालमा आफ्नो स्थायी मित्र चाहन्छ भने माओवादी भरपर्दो अन्तर्राष्ट्रिय शक्तिकेन्द्रको आश्रय खोज्दै छ। चाइना र माओवादी दुवैलाई प्रजातन्त्रप्रति सरोकार पनि नरहने हुनाले चीन र माओवादीबीचको सम्बन्ध कलम र बिर्कोझैं देखिादै छ। दुई पक्षबीचको सम्बन्धको गहिराइ त्यसबेला राम्रोसाग उजागर हुनेछ, जब माओवादीहरू सत्ताका मालिक बन्नेछन्। माओवादीले उत्तर ढल्कने नीति लिएका कारण उनीहरू शासनमा पुग्दा पनि देशको परराष्ट्र–नीति सोहीबमोजिम असन्तुलित हुन जाने अब निश्चित मानिन्छ। त्यस्तो अवस्थामा देशमा तनाव बढ्ने, लोकतन्त्र मात्र होइन जनताको दैनिक जनजीवन सङ्कटमा पर्ने कुरामा शङ्का गरिरहनुपर्ने देखिादैन। मुलुकको सबैभन्दा ठूलो पार्टीको रूपमा रहेको र सरकारको नेतृत्वसमेत गरिसकेको तथा भविष्यमा समेत गर्ने सम्भावना रहेको दलको असन्तुलित व्यवहारलाई अपरिपक्वताको एक दृष्टान्तका रूपमा लिन सकिन्छ। ​ झुटो व्यवहार एवम् चालबाजी: कुनै पनि शास्त्रीय कम्युनिस्टका निम्ति सत्ता एक मात्र गन्तव्य हो र सत्ता नपाई केही पनि गर्न सकिादैन भन्ने उनीहरूको बुझाइ हुन्छ। आफ्नो हातमा सत्ता आउनुलाई माओवादीले \'क्रान्ति\' का रूपमा बुझ्ने गर्दछ। त्यस्तो \'क्रान्ति\' सम्पन्न गर्न अपनाइने कुनै पनि प्रकारका जालझेल, बेइमानी र झुट माओवादी दृष्टिमा जायज हुन्छन्। विगतमा भएका कुनै पनि सम्झौताप्रति इमानदार नरहनु र पार्टीका अध्यक्षजस्ता \'जिम्मेवार\' व्यक्तिले हामीलाई नै लज्ज्ाानुभूति हुनेगरी दिनमा अनेकौापटक बोली फेरिरहादा पनि तिनलाई केही नहुनुको कारण त्यही हो। जसरी स्वर्गतर्फ जाादै छु भन्ने भ्रममा परेका मानिस गन्तव्यमा पुग्नका लागि जुनसुकै स्तरको कृत्य–कुकृत्य गर्न तत्पर रहन्छन् ठीक त्यस्तै हुन्छन् माओवादीहरू। जनदृष्टिमा आफ्नो अनुहार कस्तो बनेको छ भन्ने सामान्य हेक्कासमेत नराखी माओवादीले जसरी अनेकौा तिकडम र चालबाजी गर्दै छ यसले उनीहरूद्वारा लक्षित \'क्रान्ति\' सम्पन्न हुन असम्भव छ, बरु मुलुकको थप बर्बादीलाई भने यसले निश्चित गराउादै लगेको छ। बाह्रबुादेदेखि बृहत् शान्तिसम्झौतासम्म र आठबुादेदेखि अनेकौं चरणमा भएका तीनबुादे सम्झौताहरू तथा विभिन्न समयमा शान्ति, संविधान, लोकतन्त्र र जनताका नाममा गरिएका प्रतिबद्धताहरू रणनीतिक चालबाजीअन्तर्गतका थिए भन्ने व्यवहारतः पुष्टि भइसकेको छ। यसर्थ माओवादीले विगतदेखि वर्तमानसम्म दर्शाएको झुटो प्रतिबद्धता एवम् चालबाजीको व्यवहारले उसको विश्वसनीयता घटाएको छ। नेपालको इतिहासमा सबैभन्दा बढी बोली र व्यवहार बदल्ने नेताका रूपमा प्रचण्ड र पार्टीका रूपमा माओवादी स्थापित भइसक्दा पनि सम्बन्धित पक्षमा सुधारको कुनै गुञ्जाइस नदेखिनु आश्चर्यजनक छ। लडाकुबिना नरहने सोचः संसारभरिका माओवादीझैं नेपाली माओवादी पनि हिंसा र बलमा विश्वास गर्दछ। सत्तरीजना लडाकु र पााचथान भरुवा बन्दुकको सहारामा सुरु गरिएको हिंसात्मक युद्धले \'विद्यमान हैसियत\' दिलाएको ठान्ने माओवादीहरूमा हिंसा र हतियारमोह अझै जीवित देखिन्छ। लडाकु विघटन एवम् तिनको व्यवस्थापनप्रति उनीहरू उदासीन रहनुको कारण पनि यही हो। लडाकु विघटनपश्चात् आफूहरू असुरक्षित रहने सम्भावना त माओवादीहरूले देखेकै छन्, त्योभन्दा पनि ठूलो चिन्ता लडाकुको नाममा वर्षैपिच्छे राज्यको ढिकुटीबाट प्राप्त हुने अर्बाैं रुपैयााको हो। लडाकुको नाममा राज्यबाट प्राप्त धनले पार्टी सञ्चालनमा समेत मुख्य योगदान पुर्‍याइरहेको हुनाले उनीहरू लडाकु विघटन एवम् व्यवस्थापनका प्रति उदासीन रहेका हुन्। यसबाहेक लडाकुका कारण समाजमा माओवादीको त्रास कायम रहेकोबारे जानकार उनीहरू जनस्तरमा उत्पन्न त्रास समाप्त हुनुलाई \'आफूहरूमाथिको खतरा\'का रूपमा हेर्छन्। क्रान्ति र क्रान्तिका निम्ति लडाइा गर्नुपर्ने प्रयोजनका लागि मात्र हो भने थोरै सङ्ख्या राष्ट्रिय सेनाभित्र घुसाउन र बााकीलाई घर फर्काएर पनि तयारी अवस्थामा राख्ने नीति माओवादीले लिनसक्थ्यो। हुन त यसप्रकारको चाल पनि चालिएको छैन भन्न सकिन्न। तर, तत्कालका लागि उनीहरूको प्राथमिकतामा लडाकु व्यवस्थापन परेको छैन। लडाकु व्यवस्थापनभन्दा पनि महत्वपूर्ण सवाल माओवादीको हिंसात्मक मानसिकताको व्यवस्थापन हो, मानसिक रूपमै उनीहरू परिवर्तन नभएसम्म लडाकु विघटन या व्यवस्थापनले मात्र शान्तिप्रक्रियामा सकारात्मक योगदान पुर्‍याउने विश्वास गर्न सकिादैन। वर्तमान कार्यनीति: माओवादीले \'शान्ति र संविधान\'लाई उच्च प्राथमिकतामा राखेर संवाद, सङ्घर्ष र सम्झौता गर्ने देखावटी निर्णय गरेको भए पनि यी प्रिय शब्दमा अन्तरनिहित रहस्य केलाउने हो भने कहालीलाग्दो यथार्थ प्रकट हुन्छ। माओवादी दस्तावेज तथा तिनका नेताहरूको बोली र व्यवहारले माओवादीहरू शान्ति होइन क्रान्तिप्रक्रियामा प्रतिबद्ध छन् भन्ने स्पष्ट गर्दछ। तर, क्रान्तिका लागि भन्दा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय छविमा धक्का पुग्ने र जनपरिचालन गर्न पनि असहज हुने भएकोले उनीहरूले जनताको भावना र चाहनामा खेल्दै कथित \'क्रान्तिप्रक्रिया\'लाई सहज तुल्याउन \'शान्ति\' शब्दको \'इस्तेमाल\' गरेका हुन्। त्यसैगरी माओवादीहरू संविधानका पक्षमा पनि छैनन् भनेर बुझ्न आवश्यक छ। विद्यमान संविधानसभाबाट आफूले खोजेजस्तो संविधान बन्न नसक्ने यथार्थबारे माओवादी जानकार छ, काङ्गे्रस–एमाले र अन्य प्रजातन्त्र पक्षधर शक्तिहरूले चाहेजस्तो संविधान निर्माणका पक्षमा माओवादी छादै छैन। वास्तवमा माओवादी संविधान बनाउने होइन संविधानसभा बचाउने पक्षमा मात्र छ। आफ्नो वैधानिक सुरक्षा कवचको रूपमा रहेको संविधानसभालाई त्यसबेलासम्म माओवादीहरू बचाउन चाहन्छन्, जबसम्म उनीहरूलाई सत्ता प्राप्त हुादैन। सत्ता प्राप्त भइसकेपछि भने वर्तमान संविधानसभालाई \'निकम्मा\' एवम् \'जनविरोधी\' भन्दै मृत्युवरण गराउन माओवादी नै सर्वाधिक अग्रसर हुनेछन्। माओवादीबारे यति मात्र बुझ्न सकियो भने पनि उत्पन्न हुादै गरेको अनिष्टबाट देशलाई जोगाउन जनताको भूमिका प्रबल रहने विश्वास गर्न सकिन्छ। ​
December 29 2010
‹‹ Back
Latest Video
IME
Civil Homes
जिल्ला समाचार
उदयपुरमा एक बालिकाको उद्धार
[January 03 2011]
उदयपुर २० पुस । बिभिन्न प्रलोभन देखाई एक बालिकालाई काठमाण्डौतर्फ लैजादै गरेका खोटाङका डिल्ली खत्रीलाई प्रहरीले गाईघाट बजारबाट पक्राउ गरेको छ । उदयपुरको हडिया गाविस
सबै हेर्नुहोस् ››
Dish Nepal
hometv
Galaxy Public School
Bajaj XCD
Oil Corporation
utl ad
Manakamana Temple
Tara Air
OM HOSPITAL
Guna Colony
Akhadya
Real
Kist Bank
Himalayan Bank
Prime Bank
Citizens Bank
CFL Bulb
NIBL
Copyright © Reporters Nepal. 2007 - 2012. All rights reserved.