REPORTERSNEPAL.COM
A BILINGUAL NEPALESE NEWS PORTAL PRESENTATION OF REPORTERS CLUB NEPAL IN
ASSOCIATION WITH RADIANT INFOTECH NEPAL
NEWS CATEGORY

प्रमुख समाचार
चाल्स्र शोभराजमाथिको अभियोग सदर
काठमाडौं, १४ साउन । एक अमेरिकी महिलालाई बलात्कारपछि हत्या गरेको आरोपमा फ्रान्सेली नागरिक चाल्स्र शोभराजलाई सर्वस्वसहित जन्मकैद गर्ने पाटन पुनरावेदन अदालतको फैसलालाई सर्वोच्च अदालतले सदर गरेको छ । पछिल्लो निर्णय पछि उनले अब १४ वर्ष अझै जेल जीवन बिताउनु पर्ने छ । न्यायाधीशद्धय रामकुमारप्रसाद साह र गौरी ढकालको संयुक्त इजलासले पुनरावेदन अदालत पाटनको पाँच वर्ष अघिको फैसलालाई सदर गर्ने निर्णय सुनाएको हो ।
July 30 2010
प्रचण्डको पक्षमा मतदान गर्ने विषयलाई लिएर मधेसी मोर्चा विभाजित
काठमाडौ १४ साउन । आगामि १७ गतेको निर्वाचनमा एकीकृत नेकपा माओवादीका उमेदवार अध्यक्ष प्रचण्डको पक्षमा मतदान गर्ने वा नगर्ने भन्ने विषयलाई लिएर संयूक्त लोकतान्त्रिक मधेसी मोर्चाका दुई प्रमुख घटकवीच मतभेद उत्पन्न भएको छ । मधेसी जनाधिकार फोरम लोकतान्त्रिक र मधेसी जनाधिकार फोरम नेपालविच प्रचण्डलाई समर्थन गर्ने वा नगर्ने भन्ने विषयमा मतभेद उत्पन्न भएपछि त्यस्तो अवस्थाको सृजना भएको हो ।
July 30 2010
एमाले र काग्रेसद्धारा एक अर्कालाई धोका दिएको आरोप
काठमाडौ १४ साउन । एमाले र काग्रेसका नेताहरुले सरकार गठनको अवस्थामा आएर दुई पार्टीले एक अर्कालाई धोका दिएको आरोप लगाएका छन् । रिपोर्टस्र क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै नेकपा एमालेका यूवा नेता एवम् केन्द्रीय सदस्य योगेश भट्टराईले काग्रेसका प्रधानमन्त्री उमेदवार रामचन्द्र पौडेलको निवासमा भएको बार्तामा एमाले काग्रेसवीच एकीकृत नेकपा माओवादीले जसको नेतृत्वमा सरकार बन्छ त्यो दलको नेतृत्वमा सरकार बनाउनु पर्छ भन्ने सहमति भएकोमा नेपाली काग्रेसले एमालेलाई माओवादीको समर्थन भएको अवस्थामा आफ्नो उमेदवार बनाएर धोका दिएको दावी गरे ।
July 30 2010
मधेसी मोर्चाकोलागी काग्रेसको जवाफ तयार
काठमाडौ १४ साउन । नेपाली काग्रेसले संयूक्त लोकतान्त्रिक मधेसी मोर्चाले प्रस्तुत गरेको सहमतिको आधारपत्रको जवाफ तयार पारेको छ । मोर्चाले कुनै दल विशेषका प्रधानमन्त्रीको उमेदवारको पक्षमा मतदान गर्न सम्बन्धीत दलको आधारपत्रमाथिको धारणा आउनु पर्ने भनेपछि काग्रेसले आधारपत्रको जवाफ तयार पारेको हो । मोर्चाले मधेसका सवाल शान्ति प्रकि्रया र संविधान निर्माणको विषय समेटिएको आधार पत्र सार्वजनिक गरेको थियो । मोर्चाको आधारपत्रमा नेपाली काग्रेसले १४ बुँदे जवाफ तयार पारेको प्रवक्ता अर्जुन नरिसंह केसीले जानकारी दिनु भएको छ ।
July 30 2010
दलहरु आन्तरिक छलफलमा, मोर्चालाई लिखित पत्र दिने माओवादी तयारी
काठमाडौ १४ साउन । मधेसवादी मोर्चा एकीकृत माओवादी र कांग्रेसको लिखित प्रतिवद्धता पर्खामा रहेपनि पत्र प्राप्त भएको छैन् । एकीकृत नेकपा माओवादीले भने आज मोर्चासँगको छलफलमा पत्र दिने बताएको छ । माओवादी प्रवक्ता दीनानाथ शर्माले आज मधेसवादी दल र साना दलहरुसँग छलफल हुने त्यसैक्रममा पत्र दिइने जानकारी दिए । मोर्चासँगको छलफलसँगै आज अपरान्हसम्ममा लिखित धारणा सार्वजनिक गरिने छ ।
July 29 2010
कुख्यात अपराधि शोभराजको मुद्दाको फैसला आज
काठमाडौ १४ साउन । दर्जनभन्दा बढी ज्यान मुद्दा लागेका चाल्स्र शोभराजको मुद्दाको साउन ३० गते रोकिएको फैसलाको आज अन्तिम टुंगो लाग्ने भएको छ । कुनै अवरोध नभए आज मध्यान्हपछि फैसलाको प्रकि्रया अघि बढ्ने सर्वोच्चका प्रवक्ता हेमन्त रावलले जानकारी दिनुभएको छ । यस अघि मुद्धामाथि अझै छलफल हुन बाँकी रहेको भन्दै सर्वोच्च अदालतले अन्तराष्टिय अपराधी चाल्स्र शोभराजमाथिको अन्तिम फैसला साउन १४ गते अर्थात आजसम्मका लागि सारेको थियो ।
July 29 2010
एमाले निर्णय विरुद्धको सुनुवाइ आज पनि
काठमाडौ१४ साउन । प्रधानमन्त्री पदका लागि संसदमा भएको निर्वाचनमा एमाले अध्यक्ष झलनाथ खनालको उम्मेदवारी फिर्ता लिने निर्णय गैरकानूनी भन्दै सर्वोच्च अदालतमा दायर भएको रिटमाथि आज पनि सुनुवाइ जारी रहनेछ । हिजो सुनुवाइको क्रम नसकिएकाले आज फेरि सुनुवाई अघि बढाइने सर्वोच्चका प्रवक्ता हेमन्त रावलले बताउनुभयो ।
July 29 2010
अन्तराष्ट्रिय पुरस्कार नेपाललाई
काठमाडौ १४ साउन । राष्ट्रसंघीय शैक्षिक वैज्ञानिक तथा सांस्कृतिक संघ युनेस्कोले यस वर्षको अन्तर्राष्ट्रिय साक्षरता पुरस्कार नेपाललाई दिने भएको छ । चीनको सहयोगमा स्थापना गरिएको ूसाक्षरताका लागि युनेस्को कम्पुयुसियस पुरस्कारू नेपालको अनौपचारिक शिक्षा केन्द्रलाई दिने बुधबार घोषणा गरिएको चिनियाँ समाचार समिति सिन्ह्वाले जनाएको छ ।
July 29 2010
श्रीलंका र भारतवीचको दोश्रो टेष्ट म्याच बराबरीतर्फ
काठमाडौ १३ साउन । श्रीलंका र भारतवीचको दोश्रो टेष्ट म्याच बराबरीतर्फ धकेलिएको छ । आज चौथो दिनको खेल सकिदा सम्म पनि भारत पहिलो पारीमै खेलिरहेकाले भोलि पाँचौ तथा अन्तिम दिन निर्णायक नतीजा आउने संभावना क्षीण भएको छ । कोलम्बोस्थित कि्रकेट मैदानमा पहिलो पारीमा श्रीलंकाले ४ विकेटको नोक्सानीमा ६४२ रन बनाएर पारी समाप्त गरेको थियो । पहिलो पारीको ब्याटिङमा रहेको भारतले आज चौथो दिनको समाप्तीमा ९ विकेट गुमाएर ६६९ रन जोडेको छ ।
July 29 2010
एमालेले १७ गते अगाडि नै काग्रेसको पक्षमा निर्णय गर्ने देउवाको विश्वास
काठमाडौ १३ साउन । नेपाली काग्रेसका बरिष्ठ नेता शेरबहादुर देउवाले नेकपा एमालेले आगामि साउन १७ गते अगावै आफ्नो निर्णय बदलेर नेपाली काग्रेसका उमेदवार रामचन्द्र पौडेलको पक्षमा मतदान गर्ने विश्वास ब्यक्त गर्नु भएको छ । आफ्नै निवास बुढानिलकण्ठमा आज सन्चारकर्मीहरुसँग कुरा गर्दै देउवाले विगतमा एमाले नेतृत्वको सरकारलाई अन्तिम समयसम्म पनि नेपाली काग्रेसले समर्थन गरेको स्मरण गराउँदै अब पालो एमालेको आएको बताउनु भयो । उहाँले भन्नु भयो-पालो अब एमालेको हो । एमालेले निर्णय गर्छ र रामचन्द्रजी प्रधानमन्त्री बन्नु हुन्छ ।
July 29 2010
सहमतिको नाममा दलगत अडानमा नेताहरु अडिग
काठमाडौ १३ साउन । विभिन्न दलका शीर्ष नेताहरुले राजनीतिक सहमतिका लागि आ आफ्नै अडानलाई तर्कको रुपमा दोहोर् याएका छन् । एमाले निकट युवा संघ नेपालले काठमाण्डौको राष्ट्रिय सभागृहमा आज गरेको शान्ति र संविधान लेखनका लागि राष्ट्रिय सहमति विषयक कार्यक्रम प्रमुख ३ दल तथा मधेसवादी र अरु सानादलको पुरानै भनाई आएको हो । कार्यक्रममा नेकपा एमाले अध्यक्ष झलनाथ खनालले राजनीतिक सहमति नगरी गरिने १७ गतेको प्रधानमन्त्रीको निर्वाचनको महत्व नभएको भन्दै प्रधानमन्त्री चयन भए पनि बहुमतबाट बन्ने सरकारले मुलुकमा हित नहुने बताउनुभयो ।
July 29 2010
फेरी प्रधानमन्त्री नछानीए मुलुक गोलचक्करमा फस्छः प्रचण्ड
काठमाडौ १३ साउन । एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आगामी सोमवार हुने निर्वाचनवाट पनि प्रधानमन्त्री चयन नभए मुलुक गोल चक्करमा फस्ने बताउनु भएको छ । देशलाइ गोलचक्करवाट बचाउन तीब्र बहसको जरुरी रहेको उहाँको भनाइ छ । अखिल नेपाल लेखक संघले आज राजधानीमा आयोजना गरेको कार्यक्रममा अध्यक्ष प्रचण्डले मुलुक युगान्तकारी परिवर्तनको चरणमा रहेकोले अग्रगामी शक्तिहरु एकजुट हुने समय आएको बताउनु भएको हॊ । उहाँले अग्रगामी परिवर्तनको पक्षमा जुटन बौद्धिक समूदायसंग आग्रह गर्नुभयो।
July 29 2010
बहुमतको सरकारले संविधान लेख्न नसक्ने सुजाताको ठोकुवा
काठमाडौ १३ साउन । आफ्नो पार्टी आधिकारिक निर्णयसहित बहुमतीय सरकार गठनको कसरतमा जुटिरहेको बेला नेपाली काग्रेसकाी नेतृ सुजाता कोइरालाले भनेबहुमतको सरकारले संविधान लेख्न नसक्ने ठोकुवा गर्नु भएको छ । दुई पटकको मतदानले बहुमतको सरकार ुअसफल भएको प्रमाणित भईसकेको भन्दै उहाँले सहमतिको सरकार बनाउनतर्फ लाग्न सबै दललाई आग्रह गर्नु भयो । आफू सहभागी रहेको बहुमतको सरकार असफल भएको अनुभव सुनाउँदै उहाँले जनताकोलागी केही गर्न नसकेको गुनासो गर्नु भयो । विराटनगर विमानस्थलमा साचारकर्मीसग कुरा गर्दै कोइरालाले भन्नु भयो- अब विगतबाट पाठ सिकेर सबै दल बसेर सहमतिको सरकार बनाउनुपर्छ ।
July 29 2010
बहुमतीय सरकारले शान्ति प्रकि्रयालाई पूर्णता दिन सक्दैनः अनमिन प्रमुख
काठमाडौं १३ साउन । नेपालमा रहेको संयुक्त राष्ट्र संघको राजनीतिक मिसन अनमिन प्रमुख करिन ल्याण्डग्रेनलॆ बहुमतीय प्रकि्रयाबाट बन्ने सरकार कमजोर हुने भएकोले यस्तो सरकारबाट शान्ति प्रकि्रयालाई तोकिएको समयमा पूर्णता दिन नसकिने भन्दै चिन्ता व्यक्त गर्नु भएको छ । आफ्नै पार्टीका अध्यक्ष बहुमतको सरकार निर्माण गर्न कसरतमा रहेको बेला सहमतिको सरकारको बकालत गर्दै हिडनु भएका एकीकृत नेकपा माओवादी उपाध्यक्ष डा। बाबुराम भट्टराईसँग उहाँकै निवास शान्तिनगरमा भएको भेटवार्तामा ल्याण्डग्रेनले बहुमतीय सरकार कमजोर हुनसक्ने र त्यसले शान्ति प्रकि्रयामै बाधा पुराउने संभावना औल्याउँदै सहमतिको सरकारका लागि पहल गर्न अनुरोध गरेको भट्टराईका सहयोगी विश्वद्धिप पाण्डेले जानकारी दिनु भयो । सरकार बनाउने प्रकि्रया लामो हुँदा सँगसँगै अनमिनलाई दिईएको समय पनि काम विहीन सकिदै जाने भएकोले सो अनमिनलाई समय अभाव हुने गुनासो पनि भेटमा ल्याण्डग्रेनले भट्टराईसँग गर्नु भएको थियो ।
July 29 2010
कालोसुचिको कम्पनी ओवरथरलाई एमआरपी छपाईका लागि छनोट गरिएको खुलासा
काठमाडौ १३ साउन । सरकारले कालो सुचिमा परेको फ्रान्सेली कम्पनी ओवरथरलाई मेसिन रिडेबल पासपोर्ट एमआरपी छपाईका लागि छनोट गरेको खुलासा भएको छ । केन्या सरकारले एङ्ग्लो लिएसिङ्ग स्क्याण्डलपछि ओबरथरलाई कालोसुचिमा राखेको हो । २००५ मा बेलायतमा एङ्ग्लो लिएसिङ्ग फाइनान्स नामक कम्पनी खडा गरेर केन्याको एमआरपी छपाइको जिम्मा लिएको तथा उसलाई ६ लाख युरो कमिसन दिएको खुलासा भएपछि ओवरथर कालो सुचिमा परेको थियो । यसैगरी ओवरथर टेक्नोलोजिज् यसअघि नै नेपाल राष्ट्र बैंकको कारवाहिमा परिसकेको पनि खुलासा भएको छ ।
July 29 2010
१७ गते सरकार देउ कि पद छाड्ः नगारिक समाज
काठमाडौ १३ साउन । नागरिक समाजका अगुवाहरुले मुलुकलाई सरकार विहीनताको अवस्थामा लामो समयसम्म राखे असफलता तर्फ अग्रसर हुने भन्दै आगामि १७ गतेको निर्वाचनबाट नयाँ प्रधानमन्त्री चयन गर्न आग्रह गरेका छन् । रिपोर्टस्र क्लब नेपालले आयोजना गरेको विशेष साक्षात्कारमा बोल्दै नागरिक अगुवाहरुले दलहरुले नसके नागरिक समाजलाई जिम्मेवारी सुम्पिएर मार्ग प्रसस्त गर्न समेत आग्रह गरेका थिए । साक्षात्कारमा बोल्दै नेपाल डेमोक्र्याटिक लयस्र एसोसिएसनका अध्यक्ष उपेन्द्रकेशरी न्यौपानेले प्रधानमन्त्रीको निर्वाचनमा दलहरुको तटस्थ रहने भूमिका लोकतन्त्र विरोधी भएको दावी गर्दै यस्तो अवस्था अझै कायम रहे अन्तरिम संविधान र सभासदहरु हुँदै मुलुक समेत असफल हुने चेतावनी दिनु भयो ।
July 29 2010
अमेरीकि राजदुत सकि्रय प्रचण्ड र गच्छदारसँग छलफल
काठमाडौ१३ साउन । एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेपालका लागि अमेरीकि राजदुत स्कट एच डेलीसीबीच भेटवार्ता भएको छ । बिहान पार्टी कार्यालय पेरिस डाँडामा भएको भेटवार्तामा प्रधानमन्त्री छान्ने प्रकि्रया सेना समायोजन र संविधान निर्माणका बारेमा डेलीसीले चासो राख्नु भएको थियो । एकीकृत नेकपा माओवादी अध्यक्ष प्रचण्डले छिट्टै नयाँ सरकार बन्ने र त्यसपछि सबै समस्या समाधान हुँदै जाने बताउनु भएको थियो । यसअघि डेलीसीले कांग्रेसका कार्यवाहक सभापति सुशिल कोइराला एमाले अध्यक्ष झलनाथ खनालसँग्ा छुट्टा छुट्टै भेटवार्ता गर्नु भएको थियो ।
July 28 2010
मधेसी मोर्चाको अवधारणाको जवाफ माओवादीले तयार पार्यो
काठमाडौ १३ साउन । आत्म निर्णयको अधिकार सहितको मधेस स्वात्त प्रदेश सेनामा मधेसीको सामूहिक प्रवेश जस्ता मागसहित संयूक्त लोकतान्त्रीक मधेसी मोर्चाले अगाडि सारेको आधारपत्रको जवाफ एकीकृत नेकपा माओवादीले तयार पारेको छ । मोर्चाले जसले आफ्नो आधारपत्रमा उल्लेखित मागमा समर्थन जनाउँछ प्रधानमन्त्रीको निर्वाचनमा उसैलाई सहयोग गर्ने निर्णय गरेका कारण प्रधानमन्त्रीमा अध्यक्ष प्रचण्डको उमेदवारी दिएको माओवादीले आज मोर्चाको मागमा लिखित प्रतिबद्धता जनाउन लागेको हो ।
July 28 2010
झलनाथको उमेदवारी फिर्ता विरुद्धको रिटको फैसला आज
काठमाडौ १३ साउन । प्रधानमन्त्री माधवकुमार नेपालले प्रधानमन्त्री उम्मेदवारी दिएका एमाले अध्यक्ष ´लनाथ खनालको उम्मेदवारी फिर्ता लिएको विरुद्ध सर्वोच्च अदालतमा दायर भएको रिटमाथिको सुनवाई आज हुने भएको छ । नेकपा एमाले कानून विभागका पदाधिकारी कानून ब्यवसायी भविश्वर गुरुङ र रमेशप्रसाद खनालले उक्त रिट दर्ता गराएका हुन् । साउन ५ गते भएको प्रधानमन्त्री चुनावमा एमाले अध्यक्ष खनालको उम्मेदवारी प्रधानमन्त्री नेपालले फिर्ता लिएको घोषण गरेका थिए । प्रधानमन्त्री नेपाल ´लनाथको प्रस्तावक थिए ।
July 28 2010
भर्ना खोल्न गरेको ढिलाई र प्राविधिक शिक्षाको अवस्थाप्रति चिन्ता प्रकट
काठमाडौ १२ साउन । सीटीईभीटीले नयाँ भर्ना नखोलेको प्रति विद्यार्थी नेताहरुसहित सरोकारवाला हरुले रोस प्रकट गरेका छन् । आज प्राविधिक विषयमा नयाँ विद्यार्थी भर्ना गर्न आवश्यक छ की छैन भन्ने विषयमा राज्यपक्षलाई दवाव दिने उद्देश्यका साथ फोरम फर हेल्थ एण्ड टेक्निकल साइन्सले रिपोर्टस्र क्लव नेपालमा गरेको साक्षत्कार कार्यक्रममा उनीहरुले त्यस्तो रोस प्रकट गरेका हुन । एसएलसीको नतिजा प्रकासन भएको लामो समय भईसकेपनि सीटीईभीटीले अहिलेसम्म नयाँ शैक्षिक वर्षको भर्ना खोलेको छैन । जसका कारण प्रविधिक शिक्षाकालागी कुरेर बसेका लाखौ विद्यार्थिहरु अन्यौलमा परेका छन् । कार्यक्रममा नेपाल विद्यार्थी संघका उपाध्यक्ष प्रमोदहरी गुरागाइँले समयमै यस विषयमा छलफलको नगर्दा विद्यार्थीको भविष्यमा खेलवाड गरेको आरोप लगाउनु भएको थिए । उहाँले ६४ सालदेखि अहिलेसम्म सरोकारवालाहरु के हेरेर बसेको भनी प्रश्न गर्नु भएको थियो ।
July 28 2010
Latest Video
Civil Homes
जिल्ला समाचार
सिराहामा लुट्न वसेका डाँका प्रहरी नियन्त्रणमा
[July 30 2010]
सिराहा १४ साउन । पूर्व पश्चि महेन्द्र राजमार्ग अन्र्तगत सिराहा जिल्लाको असनपुर गाविस वडा नम्वर १ वाट प्रहरीले आधा दर्जन डाका लाई हतियार सहित पक्राउ
सबै हेर्नुहोस् ››
Galaxy Public School
Bajaj XCD
Machhapuchchhre Bank Limited
utl ad
Manakamana Temple
Dabur
NTC
Akhadya
Lumbini
Pyramid
Pentagon
Kist Bank
Reliance Int'l
Baby Care
Texas
New Millennium
Princeton
National Campus
Omega
King's College
Columbus
KnK
Nasa
Rehdon
Prime College
Nepal Food Corporation
Citizens Bank
SM College
Trinity Int'l
St. Lawrence
DAV College
KMC
Global
Lord Buddha
GEMS
Nobel Academy
Aberdeen
Bernhardt
LA
V.S. Niketan
Nightingale College
Donbosco
Triton College
Alliance Academy
southwestern
Jubilant College
Xavier
International School of
CFL Bulb
Nepal Oil Corporation
NIBL
NIBL
Copyright © Reporters Nepal. 2007 - 2010. All rights reserved.