
वरिष्ठ उद्योगपति मोहनगोपाल खेताको निधन भएको छ । १३ वैशाखको राति हृदयघातबाट उहांको मृत्यु भएको परिवारिक स्रोतले जनाएको छ ।
६१ वषीय खेतान केही समययता अस्वस्थ हुनुहुन्थ्यो । मुलुकका ख्यातिपाप्त उद्योगपतिका रुपमा परिचित उहां खेतान ग्रुपका अध्यक्ष हुनुहुन्थ्यो । उहांले मुलुकका दर्जनभन्दा बढी उद्योग व्यवसाय संचालन गर्दै आउनुभएको थियो ।
उहांका दुइ छोरा र दुइ छोरी छन् । छोराहरु राजेन्द्र खेतान र चन्द्रप्रकाश खेतान उद्योग व्यवसाय संचालनमै सक्रिय छन् । उहांको पार्थिव शरीरलाई १४ वैशाखमा पशुपति आर्यघाटमा अन्त्यष्टि गरिने कार्यक्रम रहेको छ ।