REPORTERSNEPAL.COM
A BILINGUAL NEPALESE NEWS PORTAL PRESENTATION OF REPORTERS CLUB NEPAL IN
ASSOCIATION WITH RADIANT INFOTECH NEPAL
NEWS CATEGORY

प्रेम र जीवन
पुरानो कमिज, मागेको साडी र जुलुस जन्ती
April 28 2007

हिसिला यमी

सन् १९७८ तिर दिल्लीमा बाबुराम भट्टर्राईसित हिसिला यमीको भेट भएको रहेछ । त्यति बेला हिसिला दोस्रो वर्षा अध्ययनरत हुनुहुन्थ्यो भने बाबुराम चण्डीगढबाट ब्याचलर अफ आर्किटेक्चर सिध्याएर एम आर्क गर्न पुग्नुभएको थियो । 'बाबुराम मेरा बुबालाई राम्रोसित चिन्नुहुँदो रहेछ,' हिसिलाले सुनाउनुभयो, 'त्यतिबेलासम्म मैले मेरा बुवालाई राजनीतिक रुपमा चिनेकै थिइनँ ।' आप\mनो बुबालाई चिनाउने व्यक्तिप्रति प्रभावित हुनु स्वाभाविकै थियो ।

हिसिला यमीले धेरै बोर्ड फस्टसित सहकार्य गर्नुभयो । आईएलटी कानपुर टप ब्रेनी आउने थलो थियो । खासगरी भारत र नेपालका । अरु ब्रेनी भन्नमा टाठा हुन्थे तर आप\mनो विषयमा मात्र । विश्व एवं सामाजिक दृष्टिकोणमा चाहिँ लगाम लगाएको घोडा बराबर । तर, हिसिलाले नेपाली बोर्ड फस्ट बाबुराम भट्टर्राईमा त्यस्तो छाप पाउनुभएन । सबै क्षेत्रमा उहाँको समान रुचि थियो । कलेजमा खाने, बस्ने र पढ्ने ठाउँ एउटै हुन्थ्यो । सुत्ने ठाउँ मात्र अलग हुन्थ्यो ।

सिनेमादेखि राजनीतिसम्म सबै गहिरो चाखसहित पढ्ने बाबुरामलाई गहिरिएर नियाल्नुहुन्थ्यो हिसिला । रुचिको विविधता र फराकिलो दृष्टिकोणका कारण उहाँले मनमनै मनपराउनुभयो । प्रवासी नेपालीको विद्यार्थी संगठन अखिल भारत नेपाली विद्यार्थी संघ -अनेभासंघ) को काममा एकले अर्कालाई झन् बढी चिन्ने मौका मिल्यो । प्रेमदेखि विवाहसम्म पहिलो प्रस्ताव बाबुरामले नै राख्नुभयो । त्यसमा हिसिलाले स्वीकृति नजनाउने कुरै थिएन । अभानेविसंघमा हिसिला कोषाध्यक्षदेखि महासचिवसम्म बन्नुभयो । पछि दुवैजना नेपाली एकता समाजमा पनि क्रियाशील हुनुभयो ।

पहिले हिसिला बाबुरामलाई दाइ भन्नुहुँदो रहेछ । दुइवर्ष प्रेमपछि उहाँहरुको अन्तर्जातीय विवाह भएको हो । हिसिलाको परिवारमा प्रेम विवाहमा समस्या थिएन । किनभने उहाँ पाँच दाजुदिदीले प्रेमविवाह नै गर्नुभएको थियो ।वरिष्ठ माओवादी नेता बाबुराम भट्टर्राई र हिसिला यमीको प्रेम विचारमा आधारित थियो । भावनाबाट विचारमा आधारित होइन । विवाहका निम्ति थुप्रैले प्रस्ताव राखेका थिए हिसिलालाई । तर, उहाँले बाबुराममा नै प्रेम खन्याइरहनुभयो । प्रेमपत्र लेखिरहनुभयो ।

विवाहताक बाबुराम भट्टर्राईले आफूलाई लेखेको पत्र अझै पनि आफन्तको घरमासुरक्षित राख्नुभएको छ हिसिलाले । विचार नमिलेको खण्डमा स्वतः सम्बन्ध विच्छेद हुने उल्लेख छ त्यसमा । प्रेम विचारको आधार हो । विचारबाट विचलित हुँदा स्वतः विच्छेद हुने हुन्छ । बाबुरामचाहिँ कतिसम्म अन्तर्मुखी र सबैसित हेलमेल गर्न नचाहने स्वभावको भने, विवाहको कुरा पनि धेरैलाई थाहा भएन । विवाहमा बाजा त बजेन नै । तर, जुलुस नै जन्ती बन्यो । विवाहमा हिसिलाले फिर्ता गर्ने र्सतमा साथीको कटनको सारी लगाउनुभएको थियो भने बाबुराम पुरानै ब्याग र कपडामा हुनुहुन्थ्यो । रहेको उहाँको भनाइ छ । 'बाबुरामको नराम्रो बानीमा सुधार भएको छ,' उहाँ भन्नुहुन्छ, 'उहाँमा सामाजिक पक्ष बढेको श्रेय म लिन्छु ।' बाबुरामको कम बोल्ने, घुलमिल नहुने अर्न्तर्मुखीपनले समस्यामा पनि पर्नुभयो उहाँ । आन्दोलनले नेता बनिसकेका बाबुरामको ध्यान किताबमै हुन्थ्यो । नेतासित नजिक हुन खोज्ने निराश हुन्थे । बाबुराम भट्टर्राईको हाँसो पनि हिसिलाले नै हासिदिनुपर्ने ।

तर, विवाहको २६ वर्षा बाबुराम भट्टर्राईबाट हिसिलाले गम्भीर हुन सिक्नुभयो । पहिले पहिले उहाँ आफन्तकहाँ जान मान्नहुुन्थेन । अहिले विवाह पनि जान थाल्नुभएको छ, हाँस्न र कुरा गर्न पनि थाल्नुभएको छ । अहिले आफूभन्दा बाबुराम र प्रचण्डको मेलमिलाप भएको उहाँको विश्लेषण छ । 'अहिले त दर्ुइ नेता सँगै खान्छन्, बस्छन्,' हिसिलाले हाँस्दै भन्नुभयो, 'सरकारमा गएपछि मेरो पो श्रीमान्सित डिभोर्स भइरहेको छ ।'

भौतिक योजना तथा निर्माण मन्त्री हिसिला यमीको जन्म २०१६ सालमा धर्मरत्न यमी र हीरादेवी यमीकी कान्छी छोरीका रुपमा भएको हो । उहाँको बाल्यकाल काठमाडौं भुरुङखेलमा बित्यो । उहाँका आठ दाजुबहिनी हुनहुुन्छ । उहाँकी जेठी दिदी धर्मदेवी राजभण्डारी क्यान्सर विशेषज्ञका रुपमा अमेरिका हुनुहुन्छ भने दाजु इन्जिनियर विधान सायमी भौतिक योजना तथा निर्माण मन्त्रालयमा सहसचिव । त्यस्तै दिदी तिमिला, रुचिशोमा, चिरिकशोभा प्राद्यापनमा संलग्न हुनुहुन्छ भने डा. कर्ण्र्ाामी वैज्ञानिक हुनुहुन्छ ।

कान्छी छोरी भएकाले उहाँलाई कहिल्यै दुःखको अनुभव भएन । स्थानीय कन्यामन्दिर विद्यालयमा ७ कक्षासम्म पढेपछि उहाँले दिदी तिमिलासँगै कानपुरमा उच्च माध्यमिक शिक्षा हासिल गर्नुभयो । त्यसपछि उहाँ स्कुल अफ प्लानिङ एन्ड आर्किटेक्ट दिल्लीमा पढ्न थाल्नुभयो । त्यति बेलासम्म उहाँमा अध्ययनको शौख थियो तर राजनीतिमा लगाव थिएन । यति हुँदाहुँदै पनि भारतमा नेपालीको बिचल्ली देखेर उहाँको मन भत्भती पोल्थ्यो । सम्भ्रान्त परिवारकी सदस्य भए पनि उहाँलाई गरिब नेपालीको दिनचर्याले नराम्ररी बिथोल्यो । नयाँ दिल्लीमा धेरैजसो नेपाली भाँडा माभ\mने, चौकादारीमा मात्र संलग्न थिए । धनी र गरिबको फराकिलो दूरी देेखेपछि हिसिलाको राजनीतिक यात्रा सुरु भएको हो ।

विवाहपछि बाबुराम जवाहरलाल युनिर्भसिटीमा पीएचडी गर्न थाल्नुुभयो भने एक वर्षहिसिला त्यहीँ काम गरेर इन्जिनियरिङ क्याम्पस पुल्चोकमा पढाउन थाल्नुभयो । त्यहाँ सन् १९८३ देखि१९८६ सम्म पढाउनुभयो उहाँले । खासगरी माओवादीको नेतृत्वमा जनयुद्ध सुरु भएपछि उहाँले अध्यापन छाड्नुभएको हो । उहाँ नेकपा -मशाल), एकताकेन्द्र हुँदै माओवादीसम्म संलग्न हुनुभयो ।

२०४६ को जनआन्दोलनमा हिसिला पटक पटक पक्राउ पर्नुभयो । एकचोटि ८ मार्चमा महिला दिवस मनाउँदा पक्राउ पर्नुभयो भने अर्कोचोटि ७ चैतमा । उहाँलाई लामो समय थुनियो पनि । नेपाली जनमानसमा व्रि्रोही र क्रान्तिकारी नेतृका रुपमा परिचित हिसिला कहिले भित्ता काण्ड त कहिले रानी ऐर्श्वर्यलाई ढुंगा हानेको अभियोगमा पक्राउ परिहनुभयो । माओवादी पार्टर्ीी पर्ूण्ाकालीन भइसकेपछि कमरेड प्रचण्डको सेक्रेटरीका रुपमा पनि काम गरेको अनुभव छ हिसिलासित । त्यसपछि पार्टर्ीीे अन्तर्रर्ााट्रय विभागको जिम्मा उहाँलाई सुम्पियो । झन्डै आठ वर्षउहाँ भारत बस्नुभयो । त्यसो त त्यतिबेला उहाँ अमेरिका पुगेको हल्ला पनि मिडियामा आइपुग्थ्यो । तर, उहाँ भारत-नेपाल ओहोरदोहोर गरिरहनुहुन्थ्यो । पार्टर्ीी काठमाडौंको नेवार समुदायमा काम गर्न काजमा सहायक इन्चार्जका रुपमा पनि खटायो उहाँलाई । त्यसो त उहाँले रोल्पामा सत्ता सुदृढ विभागमा सेक्रेटरीका रुपमा पनि काम गर्नुभयो ।

माओवादीको दोस्रो राष्ट्रिय सम्मेलनबाट हिसिला केन्द्रीय सदस्य बन्न सफल हुनुभयो । त्यसको तीन-चार वर्षा पोलिट ब्युरोमा उहाँको बढुवा भयो । तर, बढुवाको ६ महिना नपुग्दै उहाँलगायत डा. बाबुराम भट्टर्राई पार्टर्ीीारबाहीमा पर्नुभयो । त्यो कारबाही विशुद्ध राजनीतिक थियो, हिसिला भन्नुहुन्छ-पछि पुनर्स्थापन भयो । प्रचण्ड र बाबुरामको टिमले मुलुकलाई शानित र अग्रगमनको बाटोमा पुर्‍याउने विश्वास छ उहाँमा । पार्टी नेताद्वयबीच द्वन्द्वपछि उच्च एकता स्थापित भएको उहाँको निष्कर्ष छ । पटकपटक सीमामा र रेलमा समातिने अवस्था आएको अनुभव पनि छ उहाँसित । रेलमा गइरहेका बेला भारतीय प्रहरीको निगरानीमा पर्नुभयो । त्यतिबेला उहाँको हातमा किताब थियो । किताबसँगै माओवादी नेता सुरेश वाग्लेको तस्बिर थियो । सौभाग्यबस त्यो तस्बिर कम्ब्याट पोशाकमा थिएन । त्यसैले उहाँ बच्न सफल हुनुभयो ।

दिल्ली प्रवासमा उहाँले संगठन विस्तार र अन्तर्रर्ााट्रय सम्बन्ध बिस्तारमा योगदान पुर्‍याउनुभयो ।

संयोग के भने, सात सालको क्रान्तिपछि हिसिला पिता धर्मरत्न यमी पनि वनसहायक मन्त्री हुनुहुन्थ्यो । जुन सरकारले संविधानसभा निर्वाचन गराउने जिम्मेवारी पाएको थियो । फेरि पनि

उहाँकी छोरी हिसिला संविधानसभा निर्वाचन गराउने जिम्मेवारी पाएको सरकारको मन्त्री हुुनुभएको छ । मन्त्री भएपछि हिसिलाले घरमा बुबाको समयदेखि काम गर्ने पोडे -हाकु) र महर्जन -ज्यापु) लाई सम्झनुभयो । जसले उहाँको घरमा काम गर्दागर्दै प्रेमविवाह रचेका थिए । र, हिसिला मन्त्री भयो भने आरामसित मर्ने कुरा गरेका थिए । हो, तिनैलाई सम्भFmदै झण्डा फहराएको मन्त्रीको मोटरसहित फोटो खिचेर उनीहरुकहाँ पुर्‍याउनुभयो । मन्त्री भएपछि उहाँ जिम्मेवारी बढेको अनुभव गरिरहनुभएको छ । 'म सडक विभागमार्फ ग्रामीणमुखी हुन खोजिरहेको छु भने भवननिर्माणमार्फ सहरकेन्द्रित हुन खोजिरहेकी छु,' उहाँले सक्षेपमा आप\mनो योजना सुनाउनुभयो । मन्त्रालय सम्हालेपछि उहाँ भ्रष्टाचार नियन्त्रणमा क्रियाशील हुनुहुन्छ । कर्मचारीको असहयोग सामना गर्नुपरेको छैन । दस वर्षो जनयुद्धपछि उहाँले काठमाडौं सहरमा सकारात्मक पाटो आधुनिकता र नेवारी वास्तुशास्त्रको प\mयुजन देख्नुभएको छ ।

दक्षिण एसियाका धेरै महिला नेतृहरुले राष्ट्रपति र प्रधानमन्त्रीका रुपमा मुलुकको बागडोर सम्हालिसकेका छन् । माओवादीका माथिल्लो तहका जिम्मेवार नेतृ दर्ुइजनामात्र छन् हिसिला र पम्फा भुसाल । के तपाईं प्रधानमन्त्री या राष्ट्रपति हुनुहोला - मेरो प्रश्नमा उहाँले भन्नुभयो, अहिलेको मेरो उचाइ परम्परागत राजनीतिको हो । मुलुक गणतन्त्रमय भइसकेकाले परिस्थिति अनुसार जो पनि त्यस्तो जिम्मेवारीमा पुग्न सक्छ ।

बौद्धिक नेतृ हिसिलाका प्रिय नेता हुन् प्रचण्ड । प्रचण्डलाई विचार र कलाको संयोजन गर्न सक्ने खुबी भएको नेता मान्नुहुन्छ । साथै, प्रचण्डलाई मानवीय गुणसम्पन्न नेताका रुपमा पनि उहाँ लिनुहुन्छ । पार्टी कारबाहीताका पनि हिसिला दम्पत्तिलाई उहाँले अलग पार्नुभएन । आफू नजिकै राख्नुभयो । प्रचण्ड र बाबुराम सँगै बस्न सक्लान् भन्ने प्रश्नमा हिसिला अलि गम्भीर हुनुभयो र भन्नुभयो, 'संर्घष्ाले एकताबद्ध गराएको छ । विचार मिलेसम्म एकै ठाउँ रहने हो ।'

जुझारु नेतृ हिसिला यमी मन्त्री बनेपछि उहाँको ब्यागको पनि खुबै चर्चा भयो । एकताका साइकलपछाडि बच्चा राखेर हिँड्ने हिसिलाको जीवनशैली फेरिएको टिप्पणी भए । 'म कति सरल छु, कति कम्प्लेक्स, कति फेसनवल छु,' उहाँले भन्नुभयो, 'तपाईंहरुले देख्नुभएकै छ, म कुनै टिप्पणी गर्दिन ।' हरियो सागसब्जी र फलफूल उहाँका रोज्जा खाना हुन् । उहाँ सजिलो पहिरन लगाउन मनपराउनुहुन्छ । खासमा उहाँ स्पोर्टस वुमन हो । त्यसबाट उहाँले धेरै पुरस्कार पनि पाउनुभएको छ । हिसिलाको कपाल अहिले संक्रमणकालमा छ । उहाँले हेना प्रयोग गर्न छाडनुभएको छ ।

वास्तुकला हर्ेन उहाँ थुप्रैपटक मन्दिर पुग्नुभएको छ । जनावरमा उहाँको शोख छैन । गोरखाको बेल्बासमा रहेका सम्पत्ति सबै छोरीका नाम गरिदिनुभएको छ । उहाँको नाममा बैंक ब्यालेन्स जम्मा तीन हजार रहेछ । उहाँले पहिले पहिले चलचित्र हेर्नुभयो । तर, अहिले फुसद छैन । अभिनेतृ मिथिला शर्मा उहाँलाई एकदमै मन पर्दो रहेछ । रामेश र रायन पनि उहाँका प्रिय कलाकार हुन् । बीपी कोइरालासित उहाँ र डा. बाबुराम भट्टर्राईले दिल्लीमा छँदा आधा घण्टा भेट्नुभएको थियो । 'त्यतिबेला उहाँ क्यान्सर पीडित हुनुहुन्थ्यो,' उहाँले भन्नुभयो, 'बडो करिस्म्याटिक लिडर हुुनुहुन्थ्यो ।'

हिसिला दम्पतीकी एकमात्र छोरी छिन् मानुषी । उनी जेएनयुमा राजनीतिशास्त्र पढ्दैछिन् । छोराछोरीभन्दा पनि एउटै भए पुग्ने उहाँको निष्कर्ष थियो । मन्त्रीज्यू साढे तीन बजे उठेपछि नियमित योगा गर्नुहुन्छ । बीबीसी र सगरमाथा सुन्नहुन्छ । पत्रपत्रिका पढ्नुहुन्छ । अनि मन्त्रालय पुग्नुहुन्छ । अक्सर ६ बजे फर्किसक्नुहुन्छ र्क्वाटर । उहाँका अनुसार सामाजिक प्राणीको गुदी हो प्रेम । विवाहअघिको यौन सम्बन्ध माओवादी पार्टीले स्वीकार गर्दैन । कठोर प्रतिबद्धता भएका र लडाकु महिला नै उहाँलाई सुन्दरी लाग्छन् ।

प्रस्तुति : ऋषि धमला

Add Comment
*Name:
*Comment:
Verification Image
*Verification Code:
Latest Video
IME
Civil Homes
जिल्ला समाचार
उदयपुरमा एक बालिकाको उद्धार
[January 03 2011]
उदयपुर २० पुस । बिभिन्न प्रलोभन देखाई एक बालिकालाई काठमाण्डौतर्फ लैजादै गरेका खोटाङका डिल्ली खत्रीलाई प्रहरीले गाईघाट बजारबाट पक्राउ गरेको छ । उदयपुरको हडिया गाविस
सबै हेर्नुहोस् ››
Dish Nepal
hometv
Galaxy Public School
Bajaj XCD
Oil Corporation
utl ad
Manakamana Temple
Tara Air
OM HOSPITAL
Guna Colony
Akhadya
Real
Kist Bank
Himalayan Bank
Prime Bank
Citizens Bank
CFL Bulb
NIBL
Copyright © Reporters Nepal. 2007 - 2012. All rights reserved.