REPORTERSNEPAL.COM
A BILINGUAL NEPALESE NEWS PORTAL PRESENTATION OF REPORTERS CLUB NEPAL IN
ASSOCIATION WITH RADIANT INFOTECH NEPAL
NEWS CATEGORY

प्रमुख समाचार
बन्द, हडताल प्रजातान्त्रिक कार्य होइनन् : मित्तल
May 03 2007

प्रतिष्ठित उद्योगपति वनवारीलाल मित्तल

अर्थ वार्ता

वनवारीलाल मित्तल, मुलुकको प्रतिष्ठित उद्योगपति, व्यापारी हुनुहुन्छ । सबै पक्षसित समान सम्बन्ध राख्न सफल मित्तल कुनै पनि निर्ण्र्ाा क्षणिक स्वार्थमा आधारित नभई दूरगामी महत्वलाई हेरेर गरिनुपर्ने सुझाव दिनुहुन्छ । उहाँ मुलुकको आर्थिक विकासका लागि सरकारले लगानीकर्तालाई सुरक्षाको प्रत्याभूति, सम्मान र प्रतिस्पर्धाको वातावरण बनाउन आग्रह गर्नुहुन्छ । धैरै उद्योग व्यवसायसम्बद्ध उद्योगपति मित्तलसंग वैकुण्ठ ढुंगानाले गरेको कुराकानी ।

राजनीतिक परिवर्तनपछि पनि विरोधको शैलीमा परिवर्तन नि ?

- यति ठूलो परिवर्तनपछि पनि शान्ति सुरक्षाको प्रत्याभुति, लगानीको सम्मान र प्रतिस्पर्धाको वातावरण नभएकाले मुलुकको आर्थिक अवस्था राम्रो नरहेको प्रस्ट्याइरहनु पर्दैन । त्यसैले बन्द र हड्ताल कार्यक्रम सबैले बन्द गर्नुपर्‍यो भन्ने हाम्रो माग हो ।

बन्द र हड्ताल प्रजातान्त्रिक अधिकार होइन र ?

- जुन कार्यले मुलुकको हित गर्दैन, जनताको हित गर्दैन, त्यस्ता कार्यलाई कसरी लोकतान्त्रिक भन्ने - अब विरोधको शैलीलाई परिवर्तन गरेर यस्तो कार्यक्रम ल्याउनुपर्‍यो, जुन विरोध कार्यक्रमले जनता र राष्ट्रको सवाङ्गीण हित गर्न सकोस् । देश र जनतलाई नोक्सान नहुने गरी मानिसलाई जागरुक गराउने कार्यक्रम ल्याउनुपर्‍यो ।

समग्रमा मुलुकको आर्थिक क्षेत्रको अवस्था कस्तो पाउनुभएको छ ?

- आर्थिक अवस्था जर्जर छ । नयाँ लगानीका सम्भावना न्यून छन् । स्वस्थ प्रतिस्पर्धा छैन । वीरगन्जमा मात्र सरकारी विदाबाहेक थप ५० दिन विदा हुने गरेको छ । यसले उद्योग व्यवसाय सञ्चालनमा समस्या आएको छ । यसमा हामीले भारतबाटपाठ सिक्न सक्छौं । भारतमा स्वतन्त्रता संग्राम हुँदा महात्मा गान्धीले सबै विदेशी सामग्री त्याग गर्न जनतालाई अनुरोध गरेका थिए । भारत स्वतन्त्र भएपछि उनैले मुलुकमा भएका उद्योगधन्दालाई राम्रोसित सञ्चालन गर्न लगाए । उद्यमी, व्यवसायीलाई सुरक्षाको प्रत्याभूति र सम्मानका साथै प्रतिस्पर्धाको वातावरण बनाइदिएकाले भारतले अहिले यति ठूलो प्रगति गर्न सकेको हो । यसले के सिद्ध गर्छ भने, नेतृत्वमा देश र जनताप्रतिको जिम्मेवारीबोध महत्वपर्ूण्ा पक्ष हो ।

तोकिएको समयमा संविधानसभा निर्वाचन हुने देखिएको छैन । यसबारे के भन्नुहुन्छ ?

- मुख्यतः अन्तरिम संसदले समयमा नै अत्यावश्यक कानुन बनाउन सकेन । सरकार बन्न नै ढिला भयो । र, जनतालाई स्वच्छ, निष्पक्ष र भयरहित निर्वाचन हुन्छ भन्ने विश्वास दिलाउन पनि सकिएन । यसले गर्दा नै समयमा चुनाव हुन नसकेको हो । अर्को कुरा, अन्तरिम संविधानमा संविधानसभा चुनावको समयसीमा हतारमा तोकिएको थियो ।

संविधानसभा निर्वाचनका निम्ति कस्तो तयारी आवश्यक होला ?

- राजनीतिक प्रतिबद्धता, पर्ूण्ा रुपले सुसूचित जनता एवं भय र त्रासरहित वातावरण बनाउन जरुरी छ ।

माओवादीले भनेजस्तो संसदबाट गणतन्त्र घोषणा गर्न मिल्छ कि मिल्दैन ?

- जनताको अधिकार खोस्न मिल्दैन । यति ठूलो सवालमा जनताको निर्ण्र्ाानलिई संसदबाट गणतन्त्र घोषणा गर्नु मुलुकको हितमा छैन । बरु संविधानसभा निर्वाचन जतिसक्दो चाँडो गरिनुपर्छ । यसमा सबै दलले आप\\mना एजेन्डा स्पष्टसाथ जनसमक्ष ल्याउनुपर्छ ।

संविधानसभा निर्वाचनअघि जनमत संग्रहको कुरा पनि आएको छ नि ?

- अहिले राजनीतिक दलहरुबीच एकताको अवस्था छैन । दलहरुको कलहका कारण नै नेपालमा जनमतसंग्रहको सम्भावना छैन । दलहरु नै अस्पष्ट भएको अवस्थामा केको जनमत संग्रह ?

नयाँ नेपालको निर्माण कसरी होला ?

- कार्पेट, पस्मिना हाम्रो आप\\mनै मौलिक उत्पादन होइनन् । त्यसका कच्चा पदार्थ पनि हामीले आयात नै गरेका हौं । तिब्बती शरणार्थीबाट सिकेको सीप हो । तर, यसले विश्वमा नेपाली सक्षम भएको प्रमाणित गर्न सकेको छ । ट्रेकिङ, र्‍यापि\\mटङ र पर्वतारोहणबाट नै अधिकतम आर्थिक उपलब्धि हासिल गर्न सक्छ ।

Add Comment
*Name:
*Comment:
Verification Image
*Verification Code:
Latest Video
IME
Civil Homes
जिल्ला समाचार
उदयपुरमा एक बालिकाको उद्धार
[January 03 2011]
उदयपुर २० पुस । बिभिन्न प्रलोभन देखाई एक बालिकालाई काठमाण्डौतर्फ लैजादै गरेका खोटाङका डिल्ली खत्रीलाई प्रहरीले गाईघाट बजारबाट पक्राउ गरेको छ । उदयपुरको हडिया गाविस
सबै हेर्नुहोस् ››
Dish Nepal
hometv
Galaxy Public School
Bajaj XCD
Oil Corporation
utl ad
Manakamana Temple
Tara Air
OM HOSPITAL
Guna Colony
Akhadya
Real
Kist Bank
Himalayan Bank
Prime Bank
Citizens Bank
CFL Bulb
NIBL
Copyright © Reporters Nepal. 2007 - 2012. All rights reserved.