
नायक दिलीप रायमाझीले नेपालमा सबैभन्दा सस्तो विवाह गरेका रहेछन् । विवाहका बेला उनको गोजीमा जम्मा दस रुपैयाँ थियो । दस रुपैयाँ उनले सिन्दुर किन्न र बस भाडामा खर्च गरे । रित्तो गोजी र नयाँ जोडी लिएर उनी घर गए ।
टिन एजमै डिल्लीबजारमा नृत्य सिक्दासिक्दै मञ्जुको सरलता, आत्मीयता, बौद्धिकता उनलाई औधी मन परेछ । दर्ुइ-चार वर्षो अफेयर भागी विवाहमा परिणत भयो । मागी विवाह नभए पनि जोडी सजातीय नै थियो । त्यसैले घरले अस्वीकार गरेन । त्यतिबेला दिलीप १९ वर्षो थिए भने मञ्जु चार वर्षकान्छी । उनले कस्तरी मन पराएछन् भने, मञ्जुबिना हर क्षण तड्पेजस्तो हुन्थ्यो ।
कलिउड नायक दिलीप रायमाझीले विवाह गरेको १०, १२ वर्षभइसक्यो । किशोर उमेरमा उनले कसैलाई प्रेमपत्र लेखे, तर जवाफ आयो- नो, सरी । यस्तो जवाफले उनको मायालु हृदयमा गहिरो चोट लाग्यो । नो, सरी भन्ने सुन्दरीहरुलाई उनी अहिले बाटाघाटा कतै पनि भेट्दैनन् । दिलीप त्यस्ता अभागी प्रेमी हुन्, जसलाई मनपराउने कोही थिएनन् । 'मैले चाहेका बेला कसैले मन पराएनन्,' उनी भन्छन्, 'त्यसपछि मैले पनि मन पराउन छाडिदिएँ ।'
बचपनमा विवाह गरेकाले मञ्जुसित उनको ठाकठुक परिरहन्थ्यो । अहिले चाहिँ पर्दैन । खाली गोजी, अल्लारे उमेर भएकाले उनले हनिमुन मनाएनन् । तर, धेरै वर्षछि पत्नीसहित उनले आधा विश्व यात्रा गरेका छन् । पहिले ब्युटीसियन मञ्जु अहिले हाउसवाइफमा सीमित छिन् ।
दिलीपको विचारमा प्रेम भनेको शक्ति हो । प्रेमबाट प्रगति सम्भव छ । र, जीवन बिताउन सजिलो हुन्छ । प्राणी जगत्मा प्रजनन र मनोरञ्जनका निम्ति सेक्सको महत्व उनी अस्वीकार गर्दैनन् । उनी भन्छन्- सेक्सविना पनि बाँच्न सकिन्छ । विवाहअघि र पछि परस्त्रीसित सम्बन्ध नरहेको उनको दाबी छ । 'मैले घरमा झगडा पर्छ भनेर ढाँटेको हैन है,' एकमात्र छोरी दिव्याका पिता दिलीपले पंक्तिकारसित भने । छोरीको आकांक्षामा हस्तक्षेप नगर्ने उनको प्रतिबद्धता छ ।
दिलीप रायमाझी २०३३ मा कर्ीर्तिपुरमा जन्मेका हुन् । साथै आनन्द-शान्ति रायमाझीका कान्छा छोरा । उनका दाजु दीपक सिड्नी बस्छन् भने दिदी अञ्जना लन्डनमा । अर्की दिदी अञ्जु नेपालमै छिन् । कर्ीर्तिपुरको लेबोरेटोरी माध्यमिक विद्यालयपछि सिर्द्धार्थ वनस्थलीबाट उनले विद्यालय शिक्षा पुरा गरे । उनले २०५० मा एसएलसी गरेका हुन् ।
विद्यालयकालीन उमेरमा आदिकवि भानुभक्तका कविताबाट प्रभावित थिए दिलीप । घाँसीले भनेजस्तो नाम कमाउने धोको उनको मनमा गढेको थियो । नाम कमाउने इरादा न थियो, हिरो बन्ने सपनाले दिलीपमा नृत्य झुकाव बढ्यो । हिउँदे विदामा थुप्रै स्टेज नृत्य गरे उनले । चलचित्रमा रुचि छँदै थियो । अरु क्षेत्रमा उनका खासै शोख थिएनन् ।
आप
\mनो समयका अग्रज नै उनका प्रेरणा स्रोत थिए । मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, शिव श्रेष्ठ, राजेश हमालको व्यक्तित्व उनलाई मनपर्नु स्वाभाविकै थियो । मह गाईजात्रामा अभिनय र नृत्य गर्दागर्दै २०५३ मा निर्देशक यादव खरेलको आकर्ष प्रस्ताव आयो उनलाई । खरेल निर्देशित 'आदिकवि भानुभक्त' मा ब्रेक पाए उनले । एक दसकको अवधिमा उनले सयवटा चलचित्रमा नायकत्व देखाइसकेका छन् ।आदिकवि भानुभक्तदेखि क्रान्तिकारी चलचित्र सहिदसम्म आइपुग्दा दिलीपले थुपै्र उतारचढाव बेहोरेका छन् । उनका कुनै चलचित्र सुपरडुपर भए त कुनै सुपर प
\mलप । कुनैले औसत व्यापार गरे । तर, भानुभक्त, जिन्दगानी, आप\mनो मान्छे, दर्पण छाया, मुगलान, बन्दकी, पाहुना उनलाईसाँच्चै मनपर्छन् । तर, उनले दर्शकको अधिक मायाचाहिँ दर्पण छायामा पाएका हुन् ।चकलेटी हिरो दिलीप रायमाझीले अहिले चलचित्र निर्माणमा हात हालेका छन् । उनी निर्माता रहेको चलचित्र हो, हामी साथीभाइ । त्यो चलचित्र दर्शकमाझ जेठको अन्तिम साता रिलिज हुने क्रममा छ । हिरो बनिरहेका बेला निर्माता बन्नु किन पर्यो त - 'म पहिले कलाकार थि
Pm अहिले निर्माता,' उनी भन्छन्- यो सबै चलचित्र क्षेत्रको निरन्तरताका लागि हो ।' हुन पनि उनी आजीवन नेपाली चलचित्र उद्योगमा रहिरहन चाहन्छन् ।नायक दिलीप रायमाझीले नृत्य गरे, स्टेज शो गरे, हिरो बने, फिल्म बनाए, चारवटा चलचित्रमा नृत्य निर्देशन गरे, अव गायक बन्दैछन् । चलचित्र पालेदाइमा उनले गाएका छन् । भविष्यमा उनी चलचित्र निर्देशनमा लाग्ने विचार गर्दैछन् ।
त्यसो त दिलीप चलचित्र नपाएर निर्माता बन्न लागेको होइन रहेछ । अहिले उनी सहिद र बुबाआमा नामक चलचित्र खेलिरहेका छन् । सहिद उनको क्रान्तिकारी चलचित्र हो । बेरोजगारी पीडित युवक क्रान्तिकारीका देश र जनताका निम्ति लडेको कथा छ यसमा । कलाकारका रुपमा दिलीपमा राजनीतिक चेतना छ । तर, यसमा चाख र ज्ञान नभएको भन्न मनपराउँछन् । 'मेरो क्षेत्र कलाकारिता हो, म कुनै पार्टर्ीी सम्बद्ध छैन,' उनी भन्छन्- 'बिर्सर्ेेपनि म नेपालमा राजनीति गर्दिन ।
नेपालमा त्यस्तो नेता जन्मेको रहेनछ, जसलाई दिलीप मन पराऊन् । उनको विचारमा दृश्यमा रहेका सबैजसो नेताको परीक्षण भइसकेको छ । अव पालो प्रचण्ड, डा. बाबुराम भट्टर्राईहरुको हो । उनीहरुले नयाँ नेपाल बनाउनसक्छन् कि सक्दैनन् हर्ेर्नुछ । उनमा 'स्पष्टवक्ता' प्रचण्ड राष्ट्रपति बनेको हर्ेर्ने रहर पनि छ ।
त्यसो त गिरिजाप्रसाद कोइरालाले आदिकवि भानुभक्तमा खेलेबापत सम्मान दिएको पनि बिर्सर्ेे छैनन् उनले । बीपीलाई उनले पढ्नमात्र पाए । 'बीपी हाम्रा लागि किताबमा रहनुभयो,' उनी भन्छन् । राजा ज्ञानेन्द्रका कुरा गर्न उनी त्यति मन पराउँदैनन् । उनलाई आप
\mनासबै अग्रज मनपर्छ । सबैसित राम्रो सम्बन्ध छ । तर, स्पेसल कोही छैन । उनको कसैसित प्रतिस्पर्धा छैन । भन्छन्- भए आप\mनै अघिल्लो चलचित्रसित हो ।उनलाई हिरोमा राजेश हमाल मनपर्छ भने निर्देशकमा नारायण पुरी, उज्जवल घिमिरे, किशोर राना, शिव रेग्मीहरु । जनावरमा उनलाई कुकुर राम्रो लाग्छ । घरमा पालेका छन् पनि । शाकाहारी दिलीप साधारण दालभात तरकारीमा चित्त बुझाउँछन् । पार्टर्ीीम्ाा कहिलेकाहीँ मात्छन् दिलीप । उनको स्कच प्रिय हन्ड्रेड पाइपर हो । पार्टर्ीीमा मात्दा साथीहरुले उनलाई नपिउन सल्लाह दिन्छन् । त्यसो त दिलीप सुटिङका बेला चुरोट तानेजस्त्ाो पनि गर्छन् ।
सादा पहिरन मन पराउने दिलीप अक्सर टोप छुटाउँदैनन् । उनले आप
\mनो कमाइबाट कुनै सम्पत्ति जोडेका छैनन् । बुबाले बनाएको घरमा बसिरहेका छन् । उनका नाममा कुनै जायजेथा छैन । बैंकमा खाता छ, तर पैसा त्यति छैन । भएको दर्ुइ/चार लाख रुपैयाँ उनले सिनेमामा लगानी गरेका छन् ।सानैदेखि हिरो बन्ने चाहना भएकाले आदिकवि भानुभक्तका निम्ति सिलेक्सन भएको दिन उनी बिर्सदैनन् । त्यस दिन उनलाई जीवनको सपना पूरा भएजस्तो लागेको थियो । दिलीप धार्मिक प्रवृत्तिका हिरो हुन् । बरोबर गइरहन्छन् मन्दिर । उनलाई साइबाबालाई भेट्न औधी मन लागेको छ ।
दिलीपको अनुभवमा कलाकारको जीवन दुखिया छ । 'हामी हरेक बिहान उठेर पात्रको जिन्दगी बिताउँछौं,' उनी भन्छन्, 'अरुको समस्या देखाउँछौं । र्सवसाधारणजस्तो समयमा खान, बस्न र सुत्न पाइँदैन तर जति दुःख पाए पनि यो रोजेको क्षेत्र हो । प्रस्ताव आए विदेशी सिनेमा खेल्ने सुरसार छ उनको । उनले भने, 'तर, म हलिउड, बलिउडमा नै जान्छु भन्ने सोचेको छैन ।'
प्रस्तुति
: ऋषि धमला