REPORTERSNEPAL.COM
A BILINGUAL NEPALESE NEWS PORTAL PRESENTATION OF REPORTERS CLUB NEPAL IN
ASSOCIATION WITH RADIANT INFOTECH NEPAL
NEWS CATEGORY

प्रेम र जीवन
कर्मचारीदेखि राजनीतिक जीवनसम्म
May 26 2007

शिक्षा तथा खेलकुद राज्यमन्त्री मोहनसिंह

माओवादीसहितको अन्तरिम सरकारमा एमालेका तर्फाट एक्कासि मोहनसिंह राठौरको नाम सिफारिस भयो । र्सवत्र कौतूहल छायो- को हुन् राठौर - नौलो नाम कसरी मन्त्री बन्न सम्भव भयो - तर, सुदूर पश्चिमेली एमालेका जल्दाबल्दा नेता राठौरको पृष्ठभूमिदेखिको लगानीको महत्व कम थिएन । 'एक्कासि प्रकट भए जस्तो देखिएको मात्र हो,' आकर्ष व्यक्तित्वका धनी शिक्षा तथा खेलकुद राज्यमन्त्री मोहनसिंह राठौरले भन्नुभयो ।

सुदूर पश्चिममा पृष्ठभूमिदेखि एमालेमा क्रियाशील कार्यकर्ता धेरै थिएनन् । तर, तिनीहरुमध्ये पनि धेरैजसो पार्टर्ीी तर्फबाट उचित जिम्मेवारी पाएका छैनन् । राज्यबाट ओझेलमा परेको सुदूर पश्चिममा राज्यमन्त्रीका रुपमा आप\mनो प्रवेशले समावेशीकरणको नयाँ माहोल बनेको उहाँको तर्क छ । यसअघि अन्तरिम सरकार, संसदमा उचित भूमिका र जिम्मेवारी दिइनुपर्ने ध्यानाकर्षा सेती अञ्चल समन्वय कमिटीले पहिल्यै गराइसकेको थियो । राष्ट्रिय राजनीतिमा नै स्थापित नेता भीम रावलले नयाँ साथीलाई पठाउन सुझाएपछि बाटो अझ सहज बन्यो । 'पार्टर्ीी अवसर दिएको छ, उल्लेखनीय काम गर्नु सके भने र्सार्थकता हुन्छ,' उहाँले भन्नुभयो- तर, मन्त्री बन्दा अस्वाभाविक अनुभूति भएन ।

राजनीतिक जीवनमा आप\mनो मिहिनेत, परिवारजनको प्रोत्साहन र समकालीनहरुको सहयोग महत्वपर्ूण्ा रहेको उहाँको टिप्पणी छ । अन्तरिम सरकारमा सामेल भएपछि राठौरमा धेरैले अनन्त सम्भावना देखिएका छन् । पार्टर्ीीहासचिवदेखि प्रधानमन्त्रीसम्मका । 'परिस्थितिले जिम्मेवारी आउँछ, इमानदारपर्ूवक काम गरे उच्च जिम्मेवारी पाउन सकिन्छ,' उहाँको स्पष्ट भनाइ छ ।

सल्यानको बडागाउँमा २००९ सालमा मोहनसिंह राठौरको जन्म भएको हो । देवेन्द्रबहादुर र प्रेमकुमारीका माइला छोरा उहाँका दाजु दर्ीघराज हुनुहुन्थ्यो भने भाइ केदारसिंह प्रहरी सेवामा हुनुहुन्छ । दाजुको चाहिँ ४३ वर्षो अल्पायुमा नै निधन भएको हो ।

१२ वर्षम्म मन्त्री राठौर सल्यानको गाउँमा हुनुहुन्थ्यो । तर, औंलो उन्मुलनपछि चाहिँ उहाँको परिवार स्थायी रुपमा मधेस -कैलाली) झर्‍यो । त्यसो त स्थायी रुपमा नबस्दा पनि मधेस ओहोरदोहोर भइरहन्थ्यो । प्राथमिक विद्यालयसम्मको शिक्षा उहाँले सल्यानको गाउँबाटै लिनुभयो । पञ्चायतकालीन प्रध्ाानमन्त्री मरीचमानसिंह श्रेष्ठले उहाँलाई पढाउनुभएको थियो । त्यसपछि नेपालगन्जको नारायणी माविमा पढ्नुभयो । नेपाल पब्लिक कमर्स कलेज काठमाडौं बाट आईए र नेपाल कमर्स कलेज पाटनबाट बीकम गरेका उहाँले २०३४ मा त्रिविबाट अर्थशास्त्रमा एमए गर्नुभएको हो ।

पञ्चायतकालको प्रतिबन्धित अवस्थामा विद्यार्थी राजनीतिमा उहाँले सामान्य भूमिका निर्वाह गर्नुभएको थियो । २०३२ को विद्यार्थी आन्दोलनमा पनि उहाँ क्रियाशील हुनुहुन्थ्यो । प्रगतिशील र प्रजातान्त्रिक खेमामध्ये उहाँ वामपन्थीतिरै नजिक हुनुहुन्थ्यो । खासगरी नेकपा चौथो महाधिवेशनप्रति भावनात्मक रुपमा निकट हुने वातावरण बन्यो । उहाँलाई पार्टर्ीी सर्म्पर्क गराउने पहिलो व्यक्तिचाहिँ विजय कँुवर हुुनुहुन्थ्यो । उहाँका समकालीन साथीमा डा. डिल्लीराज खनाल, धनहर्क र्राई, राममणि पोखरेललगायत हुनुहुन्थ्यो ।

जनमत संग्रहका बेला चाहिँ उहाँ सरकारी सेवामा प्रवेश गरिसक्नुभएको थियो । सुरुमा यती ट्राभल्समा टुर अफिसर रहेका उहाँले लोकसेवा आयोगमा प्रतिस्पर्धा गर्नुभयो । त्यतिबेला प्रतिस्पर्धा कम थियो । २०४२ सालसम्म अर्थात् ६ वर्षकृषि मन्त्रालय बजार सेवा विभागमा रहेर काम गर्नुभयो । तर, सरकारी सेवाका विसंगति, विकृतिसामू उहाँको स्वाभिमान टिक्न सकेन । नोकरीमा वितृष्णा बढेपछि राजिनामा दिएर स्वतन्त्र समाजसेवीका रुपमा काम गर्नुभयो ।

सक्रिय राजनीतिमा मोहनसिंह राठौरको प्रवेशचाहिँ २०४६ को परिवर्तनपछि मात्र भएको हो । कांग्रेसको बर्चस्व रहेको कैलालीमा उहाँ तत्कालीन नेकपा -माले) मा संगठित हुनुभयो । त्यो समय थियो २०४७ कात्तिक । राजनीतिमा संलग्न हुनासाथ उहाँ २०४९ र २०५४ मा दर्ुइ कार्यकाल गाविस अध्यक्ष हुनुभयो । त्यसो त उहाँलाई एमालेले २०५१ मा क्षेत्र नं २ मा टिकट दिएको थियो । चौधरीहरुको पकड रहेको क्षेत्र भएकाले उहाँले पार्टर्ीी हनुमान चौधरीलाई छाडिदिनुभयो । तर, हनुमान, रामजनम चौधरीबाट पराजित हुनुभयो । लोकप्रियताका हिसाबमा बरु राठौरले नै जित्ने सम्भावना थियो ।

२०५४ सम्म जिल्ला संगठन कमिटीको उपसचिव रहेका राठौर त्यसपछि २०५९ सचिव हुुनुभयो । त्यसो त उहाँलाई २०५४ मा पार्टर्ीी जिविस सभापतिको टिकट पनि दिएको थियो । तर, राप्रपा-कांग्रेस गठनबन्धनका कारण उहाँ पराजित हुनुभयो । लगत्तै उहाँले २०५६ को आम निर्वाचनमा क्षेत्र नं २ बाटै टिकट पाउनभयो । फेरि पनि जित रामजनम चौधरीकै पोल्टामा पर्‍यो ।

बौद्धिक एवं प्रखर व्यक्तित्व राठौर २०५७ मा सम्पन्न सातौं राष्ट्रिय महाधिवेशनपछि केन्द्रीय अनुशासन कमिटीमा सदस्य हुुनुभयो । राजा ज्ञानेन्द्रको प्रतिगमनपछि उहाँ जिल्लामा क्रियाशील हुनुभयो भने निर्ण्ाायक संर्घष्ाका क्रममा काठमाडौंमा । जनआन्दोलन-२ का क्रममा उहाँ सामान्य गिरप्=mतारीमा पर्नुभयो । लामो समय जेल बसेको उहाँसित अनुभव छैन ।

राजनीतिमा उहाँका आदर्श पुरुष मदन भण्डारी हुन् । बीपी कोइरालालाई उहाँ ऐतिहासिक राजनेताका साथै साहित्यकारका रुपमा विश्लेषण गर्नुहुन्छ । समकालीन नेताहरुका आप\mनै विशेषता र भूमिका निर्वाह रहेको उहाँको धारणा छ । 'माधव नेपाल संक्रमणको चुनौतीपर्ूण्ा घडीमा कुशलतापर्ूवक नेतृत्व गर्नुभएको छ,' पार्टर्ीीहासचिवप्रति उहाँको मत छ । उहाँको दृष्टिमा प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको विशेषता चाहिँ राजनीतिक अडान हो । तर, मन्त्रीबन्नुअघि कोइराला र प्रचण्डसित उहाँको सामान्य भेटघाटमात्र थियो ।

स्कुलकलेज पढ्दा उहाँ चलचित्र हर्ेर्नुहुँदो रहेछ । दिलीपकुमार, अमिताभ बच्चन उहाँका प्रिय नायक हुने नै भए । नेपाली कलाकार राजेश हमाललाइृ पनि उहाँ ठम्याउनुहुन्छ । सामान्य खाना र साधारण पहिरन उहाँलाई मनपर्छन् । कर्मचारी हुँदा उहाँ रक्सी खानुहुुन्थ्यो । तर, एमालेको पार्टर्ीीनुशासन कमिटीमा बसेपछि उहाँ कमरेडहरुलाई कलुतबाट बच्न सल्लाह दिन थाल्नुभएको छ । ब्लड प्रेसरजस्ता रोगब्याधिका कारण उहाँले रक्सीमात्र होइन, चुरोट पनि छाड्नुभयो ।

पहिले पहिले उहाँ मन्दिर जानुहुुन्थ्यो । द्वन्द्वात्मक भौतिकवादी दर्शनको प्रभावले उहाँ मर्ूर्तिपूजा गर्नुहुन्न । कहिलेकाहीँ सिकार खेलेको अनुभव छ उहाँसित । पहिले कलेज र जागिरको छुट्टीमा घर जाँदा बन्दुक समाएर बनतिर जाने बानी थियो उहाँको । बाघ त होइन, चराचुरुंगी बनकुखुरा, मजुर सिकार गर्नुभयो उहाँले । भन्नुभयो- शौकिन सिकारी होइन म । किसान पृष्ठभूमिको भएकाले मधेसमा उहाँको जग्गाजमिन दस-एघार विघा का साथै घडेरीहरु छन् । त्यस्तै काठमाडौंको बासबारीमा चारआना जग्गामा साढे दर्ुइ तले घर छ । बैंकमा उहाँको त्यति बचत रहेनछ । व्यक्तित्वमा निखार ल्याउन कपालमा रंगाउने उहाँको आदत छ ।

जीवनमा दर्ुइचोटि विवाह गर्नुभयो उहाँले । तर, पहिलो विवाहको अप्रिय अनुभव छ उहाँसित । त्यो विवाह २०३२ मा भएको थियो । 'युवा अवस्थामा परिवर्तनप्रति लगाव थियो,' उहाँले सुनाउनुभयो- सामाजिक मूल्यमान्यताप्रति अन्तर्जातीय विवाह गरेर भावनात्मक व्रि्रोह गरेँ । पश्चिमको झर्रर्ााकुरी परिवारमा जन्मेका राठौरले भानु गुरुङसित मित्रता र विवाह गर्नु चानचुने कुरा थिएन । 'संकर्ीण्ाता तोड्ने प्रयास हामीले गरेका हौं,' उहाँले भन्नुभयो- तर, त्यो विवाह सफल भएन ।

राठौरले प्रतिमा सिंहसित २०४५ मा फेरि अर्को विवाह गर्नुभयो । त्यो सामान्य सहमति विवाह थियो । 'एउटा विवाह असफल भएको अवस्था अर्को विवाहमा हर्षढाइँ गर्नुपर्ने अवस्था थिएन,' शिष्ट व्यक्तित्व मन्त्री राठौरले भन्नुभयो- प्रतिमा विशुद्ध गृहिणी भए पनि राजनीतिक-सामाजिक क्षेत्रमा सुझबुझ छ, मेरो अस्तव्यस्त जीवन सम्हाल्ने उनै हुन् । दुःख, अभाव र कष्टप्रति उनको सहनशीलताबाट म प्रभावित छु । प्रतिमाबाट दर्ुइ छोरा छन् राघव र सूर्योदय । पहिलो पत्नीबाट उहाँका छोरा र छोरी छन् । छोरी मनीषाको विवाह भइसकेको छ भने छोरा विक्रम सिंह राठौर सँगै हुनुुहुन्छ ।

राठौरको विचारमा प्रेम स्वतः स्फूर्त भावना हो । सँगै पढ्दा दौतरीबीच सामान्य आकर्षा त हुँदो हो । तर, पत्र वा शारीरिक आदानप्रदान भएन । तर, भावनामा बगेर गरिएको व्रि्रोहबाट असहज र अप्रिय परिस्थितिको सामना गर्नुपरेको उहाँको अनुभव छ । सेक्सलाई उहाँ मानव जीवनको स्वाभविक क्रिया हो मान्नहुन्छ । अपरिपक्व सेक्सबाट युवा पुस्ताले ज्ञान प्राप्त गर्ने उहाँको धारणा छ । पार्टर्ीी रुपमा मदन भण्डारीको हत्या -निधन†) र व्यक्तिगत रुपमा दाजुको निधनले उहाँलाई दुखी बनाएको थियो ।

प्रस्तुति : ऋषि धमला

Add Comment
*Name:
*Comment:
Verification Image
*Verification Code:
Latest Video
IME
Civil Homes
जिल्ला समाचार
उदयपुरमा एक बालिकाको उद्धार
[January 03 2011]
उदयपुर २० पुस । बिभिन्न प्रलोभन देखाई एक बालिकालाई काठमाण्डौतर्फ लैजादै गरेका खोटाङका डिल्ली खत्रीलाई प्रहरीले गाईघाट बजारबाट पक्राउ गरेको छ । उदयपुरको हडिया गाविस
सबै हेर्नुहोस् ››
Dish Nepal
hometv
Galaxy Public School
Bajaj XCD
Oil Corporation
utl ad
Manakamana Temple
Tara Air
OM HOSPITAL
Guna Colony
Akhadya
Real
Kist Bank
Himalayan Bank
Prime Bank
Citizens Bank
CFL Bulb
NIBL
Copyright © Reporters Nepal. 2007 - 2012. All rights reserved.